• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘गीत, गजल र शीतल’मा सुनिए हुकुम र संगीता, गायक कार्की सम्मानित

64x64
नेपाल लाइभ आइतबार, फागुन २६, २०७५  १६:१८
1140x725

काठमाडौं– ‘गीत, गजल र शीतल’को आठौं शृंखलामा गजलकार हुकुम धड्कन र संगीता थापा सुनिएका छन्। कुञ्ज थिएटरमा शनिबार भएको कार्यक्रममा दुबै गजलकारले आफ्ना प्रतिनिधि गजल सुनाएका थिए।

३ चरणमा गरी दुबै गजलकारले ५/५ वटा गजल सुनाएका हुन्।

पहिलो चरणमा संगीता थापा आफ्ना २ गजलका साथमा उभिइन्। गजलमा प्रस्तुत हुने प्रेमिल, महिला सशक्तीकरण, पारिवारिक सम्बन्धमा आउने उतारचढाव र सामाजिक यथार्थ लगायतका भाव उनको लेखनका बलिया पक्ष हुन्। पहिलो गजलमार्फत नै उनले उपस्थितको भरपुर साथ पाइन्।

तिमी जून हौ त्यो दाग होइन।
यो मैले चाहेको जवाफ होइन।

उसले मागेको तिम्रो जिन्दगी हो
तिम्रो जिन्दगीको हिसाब होइन।

गजल सुनाइरहँदा पटक–पटक पुनः सुनाउनका लागि आग्रह आउँथ्यो। राष्ट्रिय प्रेम तथा सामाजिक बेथितिका सेरहरु सुनाउँदाको थापाको प्रस्तुति हेर्न लायकको देखिन्थ्यो। पछिल्लो समय सेरको भाव गाम्भीर्यका आधारमा त्यसको प्रस्तुति पनि अनुकुलको हुनुपर्ने विषय बहसमा रहेको सन्दर्भमा थापा यसमानेमा सचेत रहको स्पष्ट हुन्थ्यो।\

कोमल सेरहरुमा सोही किसिमको प्रस्तुति तथा वीर रस र आक्रोस भावका सेरहरुमा उस्तै किसिमको वाचनले श्रोताहरुलाई सेरको गहिराई बुझ्न सजिलो भएको सुर्खेतका निराजन शाहीले बताए। ‘म सामान्य पाठक हुँ, तर, सेरको क्राफ्ट र प्रस्तुति आमपाठकले सजिलै बुझ्ने ढंगको छ’, उनले भने, ‘यसले गर्दा नै गजलको प्रभाव आमजनतासम्म पुग्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो चरणमा पनि थापाले दुई गजल सुनाइन्। आफ्नो नजिकको मान्छेसँगको आफ्नोपन तथा शत्रुहरुलाई पनि उस्तै चुनौती दिएको गजलका सेरहरुले बोलिरहेका थिए।

तिम्रो इलाकाको चरी हुँ आजाद नभएको
मलाई यही कुरा हो कहिल्यै याद नभएको

बघिनीको अड्डामा सिकार खेल्न नआउनु
मलाई पनि सिकारीको सिकार गर्न आउँछ

थापापछि कोहलपुरका गजलकार हुकुम धड्कनले पनि ३ चरणमा गरेर ५ गजल प्रस्तुत गरे। पारिवारिक सम्बन्धमा आउने उतारचढाव, दर्शन, सुफी, प्रेम, देशभक्तिलगायतका विषय उनका गजलमा प्रायः सुन्न र पढ्न पाइन्छ। त्यसमाथि वाचनका क्रममा आवाजमा ल्याउने फरकपन उनको अर्को बलियो पक्ष हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय दर्शन र सुफी भावमा पनि गजलका सेरहरु लेख्ने प्रयास गरेको बताउने हुकुमलाई केही वर्षयता नेपाली गजलको वैचारिक वा भाव पक्ष बलियो र सुधारोन्मुख हुँदै गइरहेको लाग्छ। भन्छन्, ‘पहिलेजस्तै गरी अहिलेको नेपाली गजललाई बुझियो भने हामी अन्तर्यमा पुग्नसक्छौं भन्ने लाग्दैन। आफ्नै मौलिक शैली र लयमा आधार बनाइरहेको तथा सबै किसिमका विषयवस्तु सेरको कथानक बनिरहेको अवस्थालाई गम्भीर रुपले लिनैपर्छ। यो सुधारको बाटोमा अगाडि बढिसकेको छ।’

धड्कनको भनाइमा जुन कुराको आभास हुन्थ्यो त्यो पक्ष उनका गजलमा स्पष्ट पाउन सकिन्थ्यो।

यो गाउँबाट बादलका थुम्का तल देखिन्छन्
तर हामीलाइ अग्लो हुनुको अहम् भएन।

अन्तमा त्यो फूलको थुङ्गा मैमाथि चढाइ दिनु
जुन फूल मैले तिमीलाइ दिएथें सुरुवातमा।

एक स्वरुप उनी वास्तै नगरी अन्धकारमा गइन
एक छाया म पर्खीबसें जीवनभर उज्यालोमा।

मुसलमानले कान काट्छ भन्ने बच्चालाई नै
आँखा सुम्पिएर अब्दुल कहाँ हिडेको होला?

धड्कनले अन्तिम गजल गायनमा समेत प्रस्तुत गर्न भ्याए। ‘पहिलो पटक मञ्चमा गजल गायनको अनुभूति लिएँ। मेरो प्रयासमा दर्शक दिर्घाबाट मिलेको साथले हौसला मिलेको छ।’, उनले भने।

‘३ दशक लामो सांगीतिक यात्रा सम्मान पाउनका लागि थिएन’

गजललाई गायन विद्याकै रुपमा चिनिन्छ। नेपाली गजल संगीतको इतिहास केही दशकअघि मात्रैको हो। तर, सुरुवाती अवस्थामा यसलाई गीती शैलीमा गाउने चलन थियो। ४० को दशकपछि नेपाली गायन क्षेत्रमा उदाएका चर्चित गायक आनन्द कार्की यसमा सहमति राख्छन्। तर, हाल आएर भने नेपाली गजल संगीत हिन्दी तथा उर्दु गजलको प्रभावले केही परिमार्जन भने पक्कै भएको छ।

कार्यक्रममा कार्कीलाई सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मानसमेत गरिएको थियो। आयोजक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल र कार्यक्रमकी संयोजक शितल कादम्बिनीले उनलाई संयुक्त रुपमा सम्मान गरेका थिए।

सो क्रममा संक्षिप्त मन्तव्य राख्न मञ्चमा उक्लिएका कार्कीले आफ्नो ३ दशकभन्दा लामो संगीतकर्म सम्मान या पुरस्कारका लागि नभएको प्रस्ट्याए। ‘३० वर्षभन्दा बढी समय जुन क्षेत्रमा मैले संघर्ष गरें, यस्तो पाउँछु भनेर गरेको थिइन। तर, अहिले मिलिरहेको छ’, उनले खुसी साटे।

कार्कीले रेडियो नेपालबाट २०४२ सालमा स्वर परीक्षा पास गरेका थिए। सोपश्चात् नेपाली आधुनिक तथा पार्श्व गायनमा जमेका कार्कीको गजलप्रतिको मोह र योगदान पनि उत्तिकै तारिफयोग्य छ। ‘आफू यो क्षेत्रमा आउँदा नेपालमा गजल संगीत भर्खर–भर्खर मात्रै आएको थियो’, कार्कीले स्मरण गरे, ‘भारतबाट हामी धेरै जना टोली नै बनाएर नेपाल आउँथ्यौ। लगातार २५/२६ दिनसम्म सांगीतिक कार्यक्रम हुन्थ्यो।’

आफू बोल्न भन्दा गाउनमा अभ्यस्त भएको जनाउँदै उनले आफ्ना जीवनका केही सर्वकालिक गीतका अंशहरु प्रस्तुत गर्न भ्याए।

गायक कार्कीले जीवनमा धेरै खोला तर्नु छ, जनम–जनम जिउँला सँगै, पाकिस्तानी गायक गुलाम अलीले गाएको गाजलु ति ठूला–ठूला आँखालगायत गीतहरु प्रस्तुत गरे। गायनका क्रममा उनले केही हिन्दी गजल तथा आफ्नै स्वरमा रहेको डा कृष्णहरि बरालको चर्चित गजल ‘जे–जे हुने हो हुन्छ यहाँ पर्दापछाडि नै’ समेत गाएका थिए।

गायक कार्कीको सम्मानस्वरुप गायक रुपक चौधरीको समूहले कार्यक्रमको सुरुवातमै कार्कीकै चर्चित गीतहरु लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई र यी हल्लाहरु हुन तिमीले सुनेका प्रस्तुत गरेको थियो।

कार्यक्रमको संयोजन गरेकी गीतकार तथा गजलकार शितल कादम्बिनीले नेपाली गजल र गीतको उन्नयनका लागि कार्यक्रम गरिएको बताइन्। ‘गीत र गजल अभिन्न छन्, त्यसकारण पनि यी दुबै क्षेत्रका सर्जकहरुबीचको सेतु बन्ने प्रयास गरेका हौं’, कादम्बीनीले कार्यक्रमबारे प्रकाश पारिन्।

कार्यक्रममा गीतसंगीतमा लामो समय साधना गरेका व्यक्तित्वलाई सम्मान तथा २ जना गजलकार वा गीतकारलाई वाचनका लागि उभ्याइन्छ। सातौं शृंखलामा गायक रामकृष्ण ढकाल सम्मानित भएका थिए भने गीतकार विष्णुबाबु देवकोटा र गजलकार ईश्वर दाहालले आफ्ना रचना प्रस्तुत गरेका थिए।

कार्यक्रम प्रत्येक २/२ महिनाको अन्तरमा हुने गर्दछ।
 

प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्