• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली सहरमा सम्भव छ सेयरिङ साइकल?

64x64
नेपाल लाइभ बुधबार, फागुन २२, २०७५  ०७:३२
1140x725

‘पख तिमेरूलाई! अब यो बाटो त हिँड, मैले जान्या छु।’

बाराको निजगढस्थित बाग्देवकी बुढी कार्की हजुरआमा उतिखेर काम गरिखान सक्नेखालकी हुनुहुन्थ्यो। यतिखेर ८५ वर्षको उमेर पुग्दा पनि उहाँ ठमठम हिंड्ने गर्नुहुन्छ भन्ने सुन्छु।

उहाँबाट आज धेरै टाढा, हिमालपारिको देशमा पुगे पनि उनले जमानामा गरेको गाली र उडाइदिएको हाम्रो सात्तो आजै जस्तो लाग्छ।

आँखा तर्दै कार्किनी आमाले गर्नुभएको त्यो गाली आज पनि कुनै साइकल देख्दा दिमागमा झलक्क बिजुली चम्केसरी आइहाल्छ।

२०५७ सालको आसपास हुनुपर्छ। वैशाख महिनामा स्कुल खुलिसकेको थिएन। त्यो चर्को तराईको घाममा पनि म घरमा साइकल खाली भयो कि कुदाइहाल्थें।

बल्लबल्ल बुढो साइकललाई कैंचीबाट चलाउन आउँथ्यो। मलाई के चाहिएको थियो र, साइकल कुदाउन पाए स्वर्गमै पुगेको आभाष हुन्थ्यो। २०५७ सालतिर हिरो साइकल खुब चलेको थियो।

अग्लो, कालो र अगाडि बस्नका लागि सानो चिटिक्क परेको सिट पनि थियो हाम्रो घरको साइकलमा।

२०५७ सालको वैशाख महिनाको कुनै एउटा शनिबारको दिन थियो। मध्याह्नमा घाम चर्केर सबै मान्छे चौतारामा गफ गर्दै सुस्ताइरहेका थिए।

nimb
nimb

चौतारा नजिकै सार्वजनिक धारा थियो। त्यहाँ पानी लिन आउने–जानेहरूको सिलसिला चलिरहन्थ्यो।

करिब १०र१२ वर्षका दौंतरी म र यशोदा साइकल चलाउनका लागि चौतारानेरको खुला ठाउँलाई रोज्थ्यौं। ‘कस्ले छिटो चलाउनेरु’ भनेर एकले अर्कालाई उछिन्नका लागि होडबाजी गर्थ्यौं हामी। कुदाउँदै गर्दा अगाडि बाल्टिनभरि पानी बोकेर कार्कीनी आमै जाँदै हुनुहुन्थ्यो।

जब हामी हुइँकिएर नजिक पुग्यौं, यता जाने कि उता जाने भनेर अल्मलिनुभयो। त्यही बेलामा मैले पनि लर्बरिदै उहाँकै बाल्टिनमा हानें। विचरा म जस्तो सिकारूले हानेको साइकलले पनि उहाँ त गर्लम्मै पछारिनु भयो।

तर उहाँ पनि ज्याद्रै हुनुहुँदोरहेछ। तुरून्तै उठेर गालीको वर्षा गर्नुभयो। बिचरी छेउमा रहेकी यशोदालाई पिट्नुभयो, म भने भागिहालें।
 
गत वर्षको जुन महिनाको १० तारिख बेइजिङ उत्रेको म। राति भएको थियो कोठामा आउँदा। त्यसैले भोलिपल्ट बिहान आफू बसेको वरिपरि घुम्न गइयो। राति थाकेकाले ट्याक्सीमै निदाएँ, निद्रामा बाहिरको दृश्य पनि हेर्न चुकाएकी थिएँ।  

ठूलाठूला सडक, घर र सफा बाटोले मलाई लोभ्यायो। म दंग पर्दै एउटा/एउटा चिजबिजको बारेमा सोध्दै थिएँ। मानौं कि म एउटा अबोध बालक हो। फराकिला बाटोका दुवैपट्टि अलि सानासाना लाइन पनि तानेको देखेर छक्क परें।

मेरो साथीले त्यसबारे केही भन्नै परेन किनकि भुइँमै इनामेलले साइकलको चित्र पनि बनाएको रहेछ।

तथापि मेरा पथप्रदर्शकले भनिदिए, ‘यो साइकल लेन हो। यताबाट मानिसहरूले साइकल चलाउँछन्।’

आजभन्दा १५ वर्षअघि चिनियाँ टेलिचलचित्र ‘कपुरको रूख’ बनेको थियो। त्यो टेलिचलचित्र नेपाल टेलिभिजनबाट नेपाली भाषामा अनुदित भएर प्रसारण हुन्थ्यो।

त्यो बेलामा म सानै थिएँ। मेरो बाल मस्तिष्कमा चिनियाँहरूले साइकल चलाएको छाप परेको थियो। त्यति नै बेला म चीनलाई साइकलको राजधानी मान्थें। जब म चीन आएँ मेरो त्यो सोच फितलो भयो।

अहिले चीनमा गाडीहरू प्रशस्त छन् तथापि साइकल लेन र साइकलप्रेमीहरूको कमी रहेनछ। मलाई यो कुरा थाहा पाउन २४ घन्टा पनि कुर्नुपरेन।

अहिले चीन विश्वकै साइकल चलाउनेहरूको देशमा १०औं नम्बरमा पर्दो रहेछ। यहाँ ३७।२ प्रतिशत मानिस साइकल चलाउँछन्।

चीनमा अहिले सेयरिङ साइकलको लोकप्रियता बढ्दै गएको छ। गत वर्षको तथ्यांकअनुसार बेइजिङमा २।४ मिलियन सेयरिङ साइकल छन्। त्यसमध्ये ११ मिलियनले साइकल सेवाका लागि रजिस्टर गरिसकेका छन्।

सेयरिङ साइकल भन्नाले विभिन्न प्रयोगकर्ताले एउटै साइकल आफ्नो सुविधा अनुसार निश्चित शुल्क तिरेर चलाउन सक्ने यातायात प्रणाली हो।

साइकल सेयरिङ सेवाको मुख्य उद्देश्य भनेको प्रयोगकर्ताहरूले सजिलै जहाँबाट पनि साइकल सेवा प्राप्त गर्नु हो।

बेइजिङको क्याम्पस, सब वे स्टेसन, बस स्टेसन, आवासीय क्षेत्र, व्यापारिक क्षेत्रमा यस्ता सेयरिङ साइकलहरू प्रशस्तै भेटिन्छन्।

यस्ता सेयरिङ साइकल प्रयोगका लागि साइकल एप डाउनलोड गर्नुपर्छ। त्यो एपमा रजिस्टर गरेर केही पैसा तिरेपछि सदस्य बनेर म्याद नसकुन्जेलसम्म ढुक्कले जतिबेला पनि प्रयोग गर्न सकिन्छ।

सन् २०१३ जनवरी ५ मा चीनको हाङचौउमा ६६ हजार ५ सय साइकल २७ सय स्टेसनमा सञ्चालन गरिएको थियो। यो नै चीनमा पहिलो उद्घाटन हो। जुन विश्वमा नै ठूलो संख्यामा गरिएको सेयरिङ साइकल हुनपुग्यो।

मैले पनि ओफ्फो साइकल एप डाउनलोड गरें। साइकल चलाउन मनपर्ने हुनाले म प्रायःजसो चलाइरहन्छु। यहाँ सडकमा साइकल लेन छुट्याएको हुनाले साइकल चलाउन सुरक्षित महसुस हुन्छ।

ठूलो सडक दायाँबायाँतिर साइकल लेन र पैदल यात्रुका लागि छुट्टाछुट्टै बाटो बनाइएको छ। नेपालमा साइकल यात्रुहरू कति असुरक्षित हुन्छन्। ठूला गाडीले कति पेल्छन्। म यहाँ साइकल चलाउँदा कतै ठूला गाडी आउँछन् कि भनेर डराउँथे तर साइकल लेनपट्टि त उनीहरू जस्तो हतारोमा पनि आउँदा रहेनछन्।

सायद यातायात नियम उल्लंघन गर्नेलाई तुरून्तै कारबारी हुने भएकाले होला! यहाँ न त बाटोबाटोमा ट्राफिकले सिठ्ठी फुकेको सुनिन्छ, न त ट्राफिकको आँखा छलें भनेर चालक नै दंग हुन पाइन्छ। चारैतिर सिसी क्यामेराले निगरानी गरिरहेको हुन्छ। कसैले नियम उल्लंघन गर्यो कि उसको मोबाइलमा तुरून्तै सन्देश आइहाल्छ।

सन् २०२० सम्ममा काठमाडौंलाई पनि साइकलमैत्री सहर बनाउने भन्ने अभियान चलाएको सुन्दा खुसी लागेको छ।

साइकल चलाउन प्रेरित गर्नका लागि केही संघसंस्थाहरूले समयसमयमा चेतनामूलक र्‍याली पनि आयोजना गर्ने गरेका छन्।

काठमान्डौं महानगरपालिकामा सवारी साधनको मात्रा दिनानुदिन बढ्दै गएको छ। यही अनुपातमा बढ्दै जाने हो भने पेट्रोलियम पदार्थको भार धान्न हम्मेहम्मे नै पर्ला। त्यसो त बेला बेलामा पेट्रोलको अभाव नभएको हैन।

कयौं पटक सर्टेज भएर रातदिन पेट्रोलपम्ममा धर्ना बसेको अनुभव जो कोही नेपालीसँग होला नै। सन् २०१४ को एउटा तथ्याङ्कअनुसार नेपालमा प्रतिदिन लगभग २७ सय ब्यारेल इन्धन खपत हुने गरेको छ।

यदि हामीले साइकल प्रयोग गर्न थाल्यौं भने इन्धनको पनि बचत हुन्छ। आफ्नो देशको करोडौं मुद्रा बाहिर जानबाट बच्छ।

साइकल चलाउँदा एक त व्यायाम हुन्छ, अर्को सक्रिय जीवनपद्द्धतिको पनि विकास हुन्छ। हामी निकै व्यस्त र सहरी जीवनयापनले गर्दा रोगको शिकार भैरहेका छौं।

हुन त हाम्रो देशमा साइकल चलाउने र टोपी लगाउनेलाई अपहेलना गरिन्छ। यदि, नेपालका विभिन्न सहरहरूमा पनि सेयरिङ साइकलको प्रणाली विकास गर्नसक्ने हो भने यसले जनजीवनमा सकारात्मक प्रभाव पार्नेछ।

उस्तै खालको साइकल र भूगोलमा सबैले साइकल चलाउने परिपाटी बन्यो भने 'को धनी को गरिब?' भन्ने भावनामा पनि सन्तुलनमा आउनसक्थ्यो।

त्यति मात्रै होइन, अहिले विश्वभर वातावरणीय सचेतनाको मुद्दा चर्किरहेको छ। एउटा सानो देशले सेयरिङ साइकल वा साइकल यातायातमा कुनै क्रान्ति ल्याउन सक्ने हो भने विश्वका लागि पनि उदाहरण बन्न सक्छ।

तर, साइकल लेन समेत नबनाई हचुवाका भरमा साइकलमैत्री सहर घोषणा गर्दा कुनै उपलब्धि हुनेछैन।

–बेइजिङ

प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी : बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला, ८ हजार ७३० जनाको उद्धार
मुग्लिन–काठमाडौं वैकल्पिक बाटो खुल्यो, इन्धन आपूर्तिमा समस्या नहुने
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने
सम्बन्धित सामग्री
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी अबको प्रश्न सरकार विपत्ति आउनुअघि कति तयार थियो, विपत्ति आउँदा कति सक्षम भयो र विपत्तिपछि नागरिकलाई कति सुरक्षित भविष्य दिन सक्छ भन्... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
रसुवा बाढी : बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला, ८ हजार ७३० जनाको उद्धार आइतबार, भदौ १४, २०८३
मुग्लिन–काठमाडौं वैकल्पिक बाटो खुल्यो, इन्धन आपूर्तिमा समस्या नहुने आइतबार, भदौ १४, २०८३
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्