• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मोदी भर्सेस इमरान : असली जित कसको?

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १७:००
1140x725

काठमाडौं- परमाणु शक्ति सम्पन्न भारत-पाकिस्तानबीचको पछिल्लो विवाद अवतरणउन्मुख भइरहँदा आ-आफ्नै पक्षको जितको दाबी भइरहेका छन्। 

असली जित कसको? 

यो खुट्याउनुअघि भारत–पाक तनावको ‘टाइमलाइन’ एकपटक हेरौं।

–१४ देखि १५ फेब्रुअरी : भारत प्रशासित कश्मिरको पुलवामा एक आत्मघाती आक्रणकारीद्वारा ४० जनाभन्दा बढी सुरक्षाकर्मी हत्या। पाकिस्तानी शसस्त्र समूह जैश–ए– मोहमदले आक्रमण गरेको भारतीय दावी। पाकिस्तानद्वारा अस्वीकार। 

–१८ फेब्रुअरी : कश्मिरमा भारतीय सेनाले सशस्त्र समूहको खोजी गर्दा गोली हानाहान। ९ जना नागरिकको मृत्यु। 

–१९ फेब्रुअरी  : कश्मिर आक्रमणविरुद्ध भारतलाई पाकिस्तानको चेतावनी। दुई देशबीचको तनावमा वृद्धि।

–२६फेब्रुअरी : पाकिस्तानी भूमि बालाकोटमा भारतद्वारा हवाई हमला। 'नियन्त्रण रेखा’मै हमला गरिएको सन् १९७१ को दुई देशबीचको युद्ध यताकै पहिलो घटना। 

–२७ फेब्रुअरी : दुई भारतीय लडाकु विमान खसाली पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानद्वारा नियन्त्रणमा। 

nimb
nimb
Ncell 2
Ncell 2

–१ मार्च : कब्जामा लिइएका भारतीय पाइलट पाकिस्तनाद्वारा रिहा। 

‘पर्सेप्सन’मा इमरानको जित
युद्धमा जित्नलाई केवल भौतिक विजय मात्रै काफी मानिँदैन। ‘वार अफ पर्सेप्सन’ (धारणाको लडाइँ) मा पनि जित्नुपर्ने हुन्छ। 

यसमा कसले जिते त ? 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो विवादमा आफ्नो जित भएको दावा चुनावी सभाहरुमा गरिरहेका छन्। ‘शत्रुलाई अहिले भारतको डर’ भएको उनको  टिप्पणी छ। 

भारतीय मिडियाको ठूलो हिस्साले भारतीय वायु सेनाका पाइलट वर्तमानको रिहाइलाई मोदीको जितको रूपमा अर्थ्याएका  छन्। 

तर, बाहिरी दुनियाँको ‘पर्सेप्सन’ मोदी र मिडियाको भन्दा अलग छ। 

१४ फेब्रुअरीदेखि मार्च १ सम्मका घटनालाई एकसरो नियालौं, जसबाट मोदी होइन इमरानले अवधारणाको लडाइँमा जित हासिल गरेको खुट्याउन सकिन्छ। 

१४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा एक आत्मघाती आक्रणकारीद्वारा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मीको  हत्या भयो। 

भारतले पाकिस्तानी सशस्त्र समूह जैश–ए– मोहम्मदले आक्रमण गरेको दाबी गर्‍यो। त्यसलाई पाकिस्तानले अस्वीकार गर्‍यो। त्यसको भोलिपल्ट कश्मिरमा भारतीय सेनाले सशस्त्र समूहको खोजी गर्दा गोली हानाहान भयो। ९ जना नागरिक मारिए। त्यसविरुद्ध पाकिस्तानले चेतावनी दियो। 

त्यसको ६ दिनपछि २६ फेब्रुअरीमा पाकिस्तानी भूमि बालाकोटमा भारतद्वारा हवाई हमला भयो। 'नियन्त्रण रेखा’मै गएर गरिएको भनिएको यो हवाई हमला सन् १९७१ मा दुई देशबीचको युद्धयताकै पहिलो थियो। 

धेरैले सोचेकै थिएनन् कि पाकिस्तानले कब्जामा लिएका भारतीय सेनाका पाइलटलाई सजिलै रिहा गरिदिनेछ। पाइलट नियन्त्रणमा लिएकै भोलिपल्ट संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले भारतीय पाइलट छाडिने घोषणा गरिदिए।

भारतले सशस्त्र समूह जैश–ए–मोहम्मदको शिविरमा आक्रमण गरेर धवस्त पारेको दाबी गर्‍यो। भारतीय मिडियाले ३ सय आतंकवादी मारिएको बताए। तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेन। 

त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले जवाफी कारबाही गरी दुई भारतीय लडाकु विमान खसालिदियो। र, पाइलट अभिनन्दन वर्तमानलाई नियन्त्रणमा लियो। 

भारतीय विमान खसालेपछि देशमा नाममा सम्बोधन गर्ने क्रममा पाकिस्तानी प्रधानमन्त्री खानमा त्यस्तो कुनै जितको उन्माद देखिएन। 

निकै परिपक्व रुपमा प्रस्तुत हुँदै उनले ‘स्थिति बिग्रिए अवस्था मोदी र आफ्नो नियन्त्रणमा नरहने’ भन्दै चिन्ता प्रकट गरे।  बाध्यतावश आफ्नो सेनाले जवाफ दिनुपरेको बताए र मिल्नुमै सबैको हितमा हुने कुरामा जोड दिए।

‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो,’ खानको भनाइ थियो, ‘कुनै पनि सम्प्रभु मुलुक यत्तिकै चुप रहन सक्दैन। हामी चुप लागेर आफैलाई अपराधी बनाउन सक्दैन्थ्यौं। हामीले बुधबार जवाफ दियौं र बतायौं– तपाईं हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने म पनि तपाईंको मुलुकमा आउन सक्छु।’

यसअघिको टेलीभिजन सम्बेधनमा पनि उनले पुलवामा हमालामा जाँच गर्न भारतलाई सघाउन आफूहरु तयार भएको बताएका थिए। 

खानलाई पछ्याउँदै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फूरले पनि आफ्नो बचाउका लागि भारतमा हमला गर्नुपरेको बताएका थिए।  ‘हामीले हमला आफ्नो बचाउका लागि गरेका हौं,’ लगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘पकिस्तानी सेनासँग जवाफ दिनुको अलावा केही विकल्प थिएन।’

उनले पनि आफूहरुले शान्तिको बाटो हिँड्न चाहेको र शान्तिपूर्वक रहन पाउनु जनाताको हक भएको बताए। बसेर छलफल गर्न पनि भारतलाई आग्रह गरे। 

आफ्ना पाइलट पाकिस्तानी सेनाको नियन्त्रणमा गएपछि भारतले उनलाई निशर्त फिर्ता गर्न पाकिस्तानसँग आग्रह गर्‍यो। त्यसका लागि पाकिस्तानलाई दबाब बढाउन कूटनीतिक सक्रियता पनि बढायो। 

धेरैले सोचेकै थिएनन् कि पाकिस्तानले कब्जामा लिएका भारतीय सेनाका पाइलटलाई सजिलै रिहा गरिदिनेछ। पाइलट नियन्त्रणमा लिएकै भोलिपल्ट संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले भारतीय पाइलट छाडिने घोषणा गरिदिए। खानले ‘शान्तिको संकेत’का रुपमा पाइलट छाड्ने निर्णय गरेको जानकारी संसद्‌मा गराए। 

अघिल्लो दिनको बाचा बमोजिम नै पाकिस्तानले १ मार्चमा कब्जामा लिइएका भारतीय पाइलट वर्तमानलाई रिहा गरिदियो। 

घटनाक्रम मोदीको हातबाट फुत्किँदै गए। दुई देशबीच बढेको तनावका बेला पनि मोदीले एक पटक देशका नाममा सम्बोधन गरेनन्। देश र जनतालाई आश्वस्त पार्ने कोसिससम्म गरेनन्। बरु चुनावीसभामै व्यस्त भए।

आम अपेक्षाविपरीत खानको यस्तो निर्णय र उदारताले दुई देशबीच युद्धको खतरालाई  टारेको भन्दै उनको सर्वत्र प्रशंसा भयो। निकै सुझबुझ र परिपक्वता देखाएको भन्दै कतिपयले खान दक्षिण एसियाको एक आशा गर्न लायक नेता बन्ने टिप्पणीसमेत गरे।

यस्ता टिप्पणी भारत भित्रैबाट पनि भए। भारतीय कूटनीतिक मामिलाका जानकार केसी सिंहले इमरान खान यस अवधिमा गरिमामय र धैर्यवान् छवि बनाउन सफल रहेको टिप्पणी गरे।

कब्जामा लिइएका पाइल बिनाशर्त रिहा गर्नुले संवादमार्फत् पाकिस्तानले समस्याको समाधान गर्न चाहेको सन्देश खान दिन सफल भए। 

अर्कोतर्फ घटनाक्रम मोदीको हातबाट फुत्किँदै गए। दुई देशबीच बढेको तनावका बेला पनि मोदीले एक पटक देशका नाममा सम्बोधन गरेनन्। देश र जनतालाई आश्वस्त पार्ने कोसिससम्म गरेनन्। बरु चुनावीसभामै व्यस्त भए। 

मुलुक सुरक्षा खतराको डिलमा उभिइरहेका बेला पनि चुनावी कार्यक्रममा व्यस्त भएको भन्दै भारतका धेरै विपक्षी दलले मोदीको आलोचना गरे।

यी घटनाक्रमबाटै प्रस्ट हुन्छ– धेरैको सहानुभूति मोदीभन्दा खानतर्फ गएको थियो। यसबाटै भन्न सकिन्छ- ‘वार अफ पर्सेप्सन’मा खान विजयी भए। 

विकल्प थिएन शान्तिको
भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता सकिएलगत्तै मिडियासँग अन्तरक्रियामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले विवादमा अल्झिएका भारत र पाकिस्तानबाट ‘आकर्षक समाचार’ आउने बताए। 

‘भारत र पाकिस्तानबाट यथोचित आकर्षक समचार आउँछ,’ उनले भनेका थिए, ‘यसका लागि उनीहरु लागिरहेका छन् र हामी उनीहरुलाई रोक्न लागिरहेका छौं। मलाई लाग्छ, आशापूर्वक यो अन्त्य हुन गइरहेको छ।’

ट्रम्पको यस्तो भनाइले भारत–पाक विवादमा अमेरिकी चासो निकै छ र विवाद समाधानका लागि पनि लागेको भन्ने प्रस्टै पार्छ। 

‘नयाँ पाकिस्तान’ बनाउने बाचा चुनावबाट अनुमोदन गराएर प्रधानमन्त्री बनेका उनी  चुलिँदो आर्थिक संकटको सामना गर्नुपरेको अवस्थाबारे जानकार नै थिए। त्यस्तो संकट टार्न विदेशी लगानी चाहिन्थ्यो, जुन छिमेकीसँग जोरी खोज्दा टाढिन्छ भन्ने हेक्का पनि उनमा थियो।

अमेरिका मात्रै होइन अधिकांश अन्तर्राष्ट्रिय समुदाय शान्तिकै पक्षमा थिए र तनाव अन्त्य गरी शान्ति कायम गर्नका निम्ति उनीहरुले दबाब बढाइरहेका थिए। 

यही पृष्ठभूमिमा मानिसहरुले सोचेभन्दा दुई कदम अगाडि बढ्दै खानले आफ्नो कब्जामा रहेका भारतीय चालकलाई रिहा गर्ने घोषणा गरे।

मिल्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको दबाब एकातिर थियो भने स्वयं मोदी र खान पनि युद्ध गर्ने अवस्थामा थिएनन्। 

विवादित सीमा क्षेत्रका दुवै देशका नागरिक पनि शान्तिकै पक्षमा थिए। उनीहरुले आफूहरुले युद्ध नचाहेको भन्दै सामाजिक सञ्जालमा ‘से नट टु वार’ ह्यासट्याग चलाएका थिए। 

उब्जिएको विवादलाई चर्को राष्ट्रवादको मोहोडा दिँदै मोदीले चुनावी फाइदा लिन खोजे पनि आणविक शक्तियुक्त दुई देश युद्धमा जाँदा निम्तिने भयानक परिणमबारे उनी जानकार नै थिए। युद्ध सुरु भइहाले चाहेका बेला त्यसलाई रोक्न सकिँदैन् भन्ने समझ उनमा नभएको पनि होइन। 

अर्कातिर खानलाई पनि त्यस्तो कुनै विकल्प थिएन। ‘नयाँ पाकिस्तान’ बनाउने बाचा चुनावबाट अनुमोदन गराएर प्रधानमन्त्री बनेका उनी  चुलिँदो आर्थिक संकटको सामना गर्नुपरेको अवस्थाबारे जानकार नै थिए। त्यस्तो संकट टार्न विदेशी लगानी चाहिन्थ्यो, जुन छिमेकीसँग जोरी खोज्दा टाढिन्छ भन्ने हेक्का पनि उनमा थियो।

त्यससँगै सात दशकदेखि जारी कश्मिर विवादमा समाधान खोज्न भारतसँग वार्ता गर्ने उनको चुनावी प्रतिबद्धता छँदै थियो।

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्