काठमाडौं- परमाणु शक्ति सम्पन्न भारत-पाकिस्तानबीचको पछिल्लो विवाद अवतरणउन्मुख भइरहँदा आ-आफ्नै पक्षको जितको दाबी भइरहेका छन्।
असली जित कसको?
यो खुट्याउनुअघि भारत–पाक तनावको ‘टाइमलाइन’ एकपटक हेरौं।
–१४ देखि १५ फेब्रुअरी : भारत प्रशासित कश्मिरको पुलवामा एक आत्मघाती आक्रणकारीद्वारा ४० जनाभन्दा बढी सुरक्षाकर्मी हत्या। पाकिस्तानी शसस्त्र समूह जैश–ए– मोहमदले आक्रमण गरेको भारतीय दावी। पाकिस्तानद्वारा अस्वीकार।
–१८ फेब्रुअरी : कश्मिरमा भारतीय सेनाले सशस्त्र समूहको खोजी गर्दा गोली हानाहान। ९ जना नागरिकको मृत्यु।
–१९ फेब्रुअरी : कश्मिर आक्रमणविरुद्ध भारतलाई पाकिस्तानको चेतावनी। दुई देशबीचको तनावमा वृद्धि।
–२६फेब्रुअरी : पाकिस्तानी भूमि बालाकोटमा भारतद्वारा हवाई हमला। 'नियन्त्रण रेखा’मै हमला गरिएको सन् १९७१ को दुई देशबीचको युद्ध यताकै पहिलो घटना।
–२७ फेब्रुअरी : दुई भारतीय लडाकु विमान खसाली पाइलट अभिनन्दन वर्तमानलाई पाकिस्तानद्वारा नियन्त्रणमा।
–१ मार्च : कब्जामा लिइएका भारतीय पाइलट पाकिस्तनाद्वारा रिहा।
‘पर्सेप्सन’मा इमरानको जित
युद्धमा जित्नलाई केवल भौतिक विजय मात्रै काफी मानिँदैन। ‘वार अफ पर्सेप्सन’ (धारणाको लडाइँ) मा पनि जित्नुपर्ने हुन्छ।
यसमा कसले जिते त ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो विवादमा आफ्नो जित भएको दावा चुनावी सभाहरुमा गरिरहेका छन्। ‘शत्रुलाई अहिले भारतको डर’ भएको उनको टिप्पणी छ।
भारतीय मिडियाको ठूलो हिस्साले भारतीय वायु सेनाका पाइलट वर्तमानको रिहाइलाई मोदीको जितको रूपमा अर्थ्याएका छन्।
तर, बाहिरी दुनियाँको ‘पर्सेप्सन’ मोदी र मिडियाको भन्दा अलग छ।
१४ फेब्रुअरीदेखि मार्च १ सम्मका घटनालाई एकसरो नियालौं, जसबाट मोदी होइन इमरानले अवधारणाको लडाइँमा जित हासिल गरेको खुट्याउन सकिन्छ।
१४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा एक आत्मघाती आक्रणकारीद्वारा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मीको हत्या भयो।
भारतले पाकिस्तानी सशस्त्र समूह जैश–ए– मोहम्मदले आक्रमण गरेको दाबी गर्यो। त्यसलाई पाकिस्तानले अस्वीकार गर्यो। त्यसको भोलिपल्ट कश्मिरमा भारतीय सेनाले सशस्त्र समूहको खोजी गर्दा गोली हानाहान भयो। ९ जना नागरिक मारिए। त्यसविरुद्ध पाकिस्तानले चेतावनी दियो।
त्यसको ६ दिनपछि २६ फेब्रुअरीमा पाकिस्तानी भूमि बालाकोटमा भारतद्वारा हवाई हमला भयो। 'नियन्त्रण रेखा’मै गएर गरिएको भनिएको यो हवाई हमला सन् १९७१ मा दुई देशबीचको युद्धयताकै पहिलो थियो।
धेरैले सोचेकै थिएनन् कि पाकिस्तानले कब्जामा लिएका भारतीय सेनाका पाइलटलाई सजिलै रिहा गरिदिनेछ। पाइलट नियन्त्रणमा लिएकै भोलिपल्ट संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले भारतीय पाइलट छाडिने घोषणा गरिदिए।
भारतले सशस्त्र समूह जैश–ए–मोहम्मदको शिविरमा आक्रमण गरेर धवस्त पारेको दाबी गर्यो। भारतीय मिडियाले ३ सय आतंकवादी मारिएको बताए। तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेन।
त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले जवाफी कारबाही गरी दुई भारतीय लडाकु विमान खसालिदियो। र, पाइलट अभिनन्दन वर्तमानलाई नियन्त्रणमा लियो।

भारतीय विमान खसालेपछि देशमा नाममा सम्बोधन गर्ने क्रममा पाकिस्तानी प्रधानमन्त्री खानमा त्यस्तो कुनै जितको उन्माद देखिएन।
निकै परिपक्व रुपमा प्रस्तुत हुँदै उनले ‘स्थिति बिग्रिए अवस्था मोदी र आफ्नो नियन्त्रणमा नरहने’ भन्दै चिन्ता प्रकट गरे। बाध्यतावश आफ्नो सेनाले जवाफ दिनुपरेको बताए र मिल्नुमै सबैको हितमा हुने कुरामा जोड दिए।
‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो,’ खानको भनाइ थियो, ‘कुनै पनि सम्प्रभु मुलुक यत्तिकै चुप रहन सक्दैन। हामी चुप लागेर आफैलाई अपराधी बनाउन सक्दैन्थ्यौं। हामीले बुधबार जवाफ दियौं र बतायौं– तपाईं हाम्रो मुलुकमा आउन सक्नुहुन्छ भने म पनि तपाईंको मुलुकमा आउन सक्छु।’
यसअघिको टेलीभिजन सम्बेधनमा पनि उनले पुलवामा हमालामा जाँच गर्न भारतलाई सघाउन आफूहरु तयार भएको बताएका थिए।
खानलाई पछ्याउँदै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फूरले पनि आफ्नो बचाउका लागि भारतमा हमला गर्नुपरेको बताएका थिए। ‘हामीले हमला आफ्नो बचाउका लागि गरेका हौं,’ लगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘पकिस्तानी सेनासँग जवाफ दिनुको अलावा केही विकल्प थिएन।’
उनले पनि आफूहरुले शान्तिको बाटो हिँड्न चाहेको र शान्तिपूर्वक रहन पाउनु जनाताको हक भएको बताए। बसेर छलफल गर्न पनि भारतलाई आग्रह गरे।
आफ्ना पाइलट पाकिस्तानी सेनाको नियन्त्रणमा गएपछि भारतले उनलाई निशर्त फिर्ता गर्न पाकिस्तानसँग आग्रह गर्यो। त्यसका लागि पाकिस्तानलाई दबाब बढाउन कूटनीतिक सक्रियता पनि बढायो।
धेरैले सोचेकै थिएनन् कि पाकिस्तानले कब्जामा लिएका भारतीय सेनाका पाइलटलाई सजिलै रिहा गरिदिनेछ। पाइलट नियन्त्रणमा लिएकै भोलिपल्ट संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले भारतीय पाइलट छाडिने घोषणा गरिदिए। खानले ‘शान्तिको संकेत’का रुपमा पाइलट छाड्ने निर्णय गरेको जानकारी संसद्मा गराए।
अघिल्लो दिनको बाचा बमोजिम नै पाकिस्तानले १ मार्चमा कब्जामा लिइएका भारतीय पाइलट वर्तमानलाई रिहा गरिदियो।
घटनाक्रम मोदीको हातबाट फुत्किँदै गए। दुई देशबीच बढेको तनावका बेला पनि मोदीले एक पटक देशका नाममा सम्बोधन गरेनन्। देश र जनतालाई आश्वस्त पार्ने कोसिससम्म गरेनन्। बरु चुनावीसभामै व्यस्त भए।
आम अपेक्षाविपरीत खानको यस्तो निर्णय र उदारताले दुई देशबीच युद्धको खतरालाई टारेको भन्दै उनको सर्वत्र प्रशंसा भयो। निकै सुझबुझ र परिपक्वता देखाएको भन्दै कतिपयले खान दक्षिण एसियाको एक आशा गर्न लायक नेता बन्ने टिप्पणीसमेत गरे।
यस्ता टिप्पणी भारत भित्रैबाट पनि भए। भारतीय कूटनीतिक मामिलाका जानकार केसी सिंहले इमरान खान यस अवधिमा गरिमामय र धैर्यवान् छवि बनाउन सफल रहेको टिप्पणी गरे।
कब्जामा लिइएका पाइल बिनाशर्त रिहा गर्नुले संवादमार्फत् पाकिस्तानले समस्याको समाधान गर्न चाहेको सन्देश खान दिन सफल भए।
अर्कोतर्फ घटनाक्रम मोदीको हातबाट फुत्किँदै गए। दुई देशबीच बढेको तनावका बेला पनि मोदीले एक पटक देशका नाममा सम्बोधन गरेनन्। देश र जनतालाई आश्वस्त पार्ने कोसिससम्म गरेनन्। बरु चुनावीसभामै व्यस्त भए।
मुलुक सुरक्षा खतराको डिलमा उभिइरहेका बेला पनि चुनावी कार्यक्रममा व्यस्त भएको भन्दै भारतका धेरै विपक्षी दलले मोदीको आलोचना गरे।
यी घटनाक्रमबाटै प्रस्ट हुन्छ– धेरैको सहानुभूति मोदीभन्दा खानतर्फ गएको थियो। यसबाटै भन्न सकिन्छ- ‘वार अफ पर्सेप्सन’मा खान विजयी भए।
विकल्प थिएन शान्तिको
भियतनामको हनोईमा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता सकिएलगत्तै मिडियासँग अन्तरक्रियामा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले विवादमा अल्झिएका भारत र पाकिस्तानबाट ‘आकर्षक समाचार’ आउने बताए।
‘भारत र पाकिस्तानबाट यथोचित आकर्षक समचार आउँछ,’ उनले भनेका थिए, ‘यसका लागि उनीहरु लागिरहेका छन् र हामी उनीहरुलाई रोक्न लागिरहेका छौं। मलाई लाग्छ, आशापूर्वक यो अन्त्य हुन गइरहेको छ।’
ट्रम्पको यस्तो भनाइले भारत–पाक विवादमा अमेरिकी चासो निकै छ र विवाद समाधानका लागि पनि लागेको भन्ने प्रस्टै पार्छ।
‘नयाँ पाकिस्तान’ बनाउने बाचा चुनावबाट अनुमोदन गराएर प्रधानमन्त्री बनेका उनी चुलिँदो आर्थिक संकटको सामना गर्नुपरेको अवस्थाबारे जानकार नै थिए। त्यस्तो संकट टार्न विदेशी लगानी चाहिन्थ्यो, जुन छिमेकीसँग जोरी खोज्दा टाढिन्छ भन्ने हेक्का पनि उनमा थियो।
अमेरिका मात्रै होइन अधिकांश अन्तर्राष्ट्रिय समुदाय शान्तिकै पक्षमा थिए र तनाव अन्त्य गरी शान्ति कायम गर्नका निम्ति उनीहरुले दबाब बढाइरहेका थिए।
यही पृष्ठभूमिमा मानिसहरुले सोचेभन्दा दुई कदम अगाडि बढ्दै खानले आफ्नो कब्जामा रहेका भारतीय चालकलाई रिहा गर्ने घोषणा गरे।
मिल्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको दबाब एकातिर थियो भने स्वयं मोदी र खान पनि युद्ध गर्ने अवस्थामा थिएनन्।
विवादित सीमा क्षेत्रका दुवै देशका नागरिक पनि शान्तिकै पक्षमा थिए। उनीहरुले आफूहरुले युद्ध नचाहेको भन्दै सामाजिक सञ्जालमा ‘से नट टु वार’ ह्यासट्याग चलाएका थिए।
उब्जिएको विवादलाई चर्को राष्ट्रवादको मोहोडा दिँदै मोदीले चुनावी फाइदा लिन खोजे पनि आणविक शक्तियुक्त दुई देश युद्धमा जाँदा निम्तिने भयानक परिणमबारे उनी जानकार नै थिए। युद्ध सुरु भइहाले चाहेका बेला त्यसलाई रोक्न सकिँदैन् भन्ने समझ उनमा नभएको पनि होइन।
अर्कातिर खानलाई पनि त्यस्तो कुनै विकल्प थिएन। ‘नयाँ पाकिस्तान’ बनाउने बाचा चुनावबाट अनुमोदन गराएर प्रधानमन्त्री बनेका उनी चुलिँदो आर्थिक संकटको सामना गर्नुपरेको अवस्थाबारे जानकार नै थिए। त्यस्तो संकट टार्न विदेशी लगानी चाहिन्थ्यो, जुन छिमेकीसँग जोरी खोज्दा टाढिन्छ भन्ने हेक्का पनि उनमा थियो।
त्यससँगै सात दशकदेखि जारी कश्मिर विवादमा समाधान खोज्न भारतसँग वार्ता गर्ने उनको चुनावी प्रतिबद्धता छँदै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।