• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतीय टेलिभिजनका ‘लडाकु’ एंकर

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १५:२२
1140x725

काठमाडौं– पुलवामा घटनाले आणविक अस्त्रयुक्त दक्षिण एसियाका दुई स्थायी प्रतिद्वन्द्वी भारत र पाकिस्तान यतिबेला पुनः आमने–सामने छन्। 

जारी विवादमा एकअर्काको भूमिमा हवाइ हमलादेखि सेनाका फाइल नियन्त्रणमा लिने र छाड्नेसम्मका काम भए। निकै लामो सत्रुतापूर्ण सम्बन्ध रहेका दुई  देशबीच निम्तिएको तिक्तताभन्दा अर्कै विषयमा बढी चर्चा र आलोचना केन्द्रित भए। 

त्यो हो– दुई देश, त्यसमा पनि विशेषगरी भारतीय टेलिभिजन च्यानलका न्युज एंकरको प्रस्तुति। दुई देशबीच चलेको ‘नोक–झोक’ले भारतीय टेलिभिजन पत्रकारिताको बिग्रँदो साखलाई पुनः सतहमा ल्याइदियो। 

दुई देशबीच चर्केको विवादलाई मत्थर पार्न भूमिका खेल्नुपर्ने मिडिया उल्टै युद्ध उन्माद फैलाउने र त्यसका लागि सरकार र सेनालाई उकास्नेतिर लागे। यस्तो प्रस्तुतिप्रति भारत भित्रै र बाहिरबाट भारतीय टेलिभजन न्युज एंकरमाथि व्यंग्य र आक्रोस व्यक्त भए। 

ट्वीटरमा भारतीय नागरिकबाटै न्युज एंकरप्रति यस्तो आक्रोस पोखिएको पाइयो जसमा विंग कमान्डरको साटो न्युज एंकरलाई लैजान पाकिस्तानलाई आग्रह गरिएको छ। 

पूर्व भारतीय सञ्चारकर्मी समेत रहेका विवेक विशालले ट्विटरमा लेखे–
प्रिय पाकिस्तान, विंग कमान्डर अभिनन्दन वर्तमान हामीलाई फर्काइदेऊ। बदलामा हाम्रा न्युज एंकर लैजाऊ। उनीहरु सबैलाई त्यही‌ राख्न। उनीहरुसँग के गर्न मन लाग्छ त्यही गर। र, कृपया तिनीहरुलाई हामीकहाँ फिर्ता नपठाऊ। सधैंका लागि। 

न्युज एंकरप्रतिको यो हदको आक्रोसले भारतीय मिडियाको चुलिँदो पेशागत चुक र बिग्रिँदो साख झल्काउँछ। 

 

nimb
nimb
Ncell 2
Ncell 2

न्युज रुमबाट ‘वार रुम’ तिर
भारतीय टेलिभिजन च्यानल हेर्दा लाग्छ– पत्रकारहरु न्युज रुममा होइन ‘वार रुम’ मा छन् र सेना होइन, उनीहरु नै हमला गरिरहेछन् पाकिस्तानतिर। 

राष्ट्रवादको चर्को कुरा गर्छन् उनीहरु। आक्रमणमा सहभागी सेनाका अधिकारी आक्रामक छैनन् जति न्युज एंकर छन्। निकै कर्कस स्वरुमा उनीहरु ‘मार्ने’, ‘तोड्ने’, ‘नामोनिसान मेटाउने’, ‘सबक सिकाउने’ जस्ता हिंस्रक शब्दावली प्रयोग गरिरहेका छन्।

बालाकोट हवाई हमलापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका प्रवक्ताले त्यस्ता शब्द प्रयोग गरेको सुनिएन बरु। भारतीय विदेश मन्त्रालयबाट जारी वक्तव्यहरुमा पनि त्यस्ता कुनै शब्दावली भेटाइँदैन्। 

उता बालाकोट आक्रमणको जवाफी कारबाहीपछि भारतीय वायु सेनाको विमान खसालेको पाकिस्तानले पनि त्यस्ता शब्द प्रयोग गरेको सुनिएन। 

जवाफी कारबाहीपछि देशका नाममा र संसद्मा गरिएका सम्बोधनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान सालिन सुनिन्थे। पाकिस्तानी सेनाका प्रवक्ता पनि ‘मिडिया ब्रिफ्रिङ’मा निकै जिम्मेवारीपूर्वक प्रस्तुत भएको देख्न पाइन्थ्यो।

आक्रमण वा युद्धका बेला देशको राष्ट्रिय स्वार्थ र सुरक्षा मामिलामा मिडिया सरकारकै साथमा हुन्छन्। यसलाई स्वभाविक रुपमा लिइन्छ। 

तर, यस्तो बेला युद्ध उत्तेजना फैलाउनेतिर नभई युद्ध साम्य पार्नेतिर मिडियाको भूमिका अपेक्षा गरिन्छ। जहिल्यै मिडियालाई मानवता र मानवअधिकार रक्षाको वकालत गर्न सिकाउँछ पत्रकारिताको आचार संहिताले।

टेलीभिजन एंकरले प्रयोग गर्ने हिंस्रक शब्द
–गर्जियो हिन्दुस्तान, काप्यो पाकिस्तान
–हिजो घुसेर मार्‍यो, आज घुसेकाले मार्‍यो
–डरका कारण वार्ता चाहन्छ पाकिस्तान
–पाकिस्तानी सेनाले लेख्यो, इमरानले पढे
–भारतमा प्रवेश गर्‍यौं कि मारिन्छौं
–नक्साबाटै पाकिस्तान मेटिने छ
–अब पाकिस्तानको अन्तिम उपचार हुनेछ
–जब तोड्दैनौं तबसम्म छोड्दैनौं
–हिन्दुस्तानसँग जुधे मुक्का खाइएला

विकृत बहस संस्कार
पहिलो पटक भारतीय टेलिभिजन च्यानल खोल्नुभयो भने तपाईं तर्सिन बेर छैन। एंकरको कर्कस आवाज र सहभागी अतिथिको एकहोरो चिच्याहटले टेलिभिजनमा बहस होइन, झगडा भएको प्रतित हुन्छ। 
अर्को पक्षको कुरा सुन्दै नसुन्ने र बोल्ने अवसर समेत नदिने, एकोहोरो फलाक्ने अतिथि र त्यसैलाई मसला बनाउने एंकरका कारण भारतीय टेलिभिजन च्यानलमा हुने बहस हेर्न र सुन्न लायक छैनन्। त्यस्ता कार्यक्रम लगातार पाँच मिनेट हेर्न ठूलै हिम्मत जुटाउनुपर्छ। ‘टर्चर’ झेल्न तयार हुनुपर्छ। 

यही आम प्रवृत्तिका कारण अहिले भारतीय मिडियाले बदनामी समेत खेप्न परिरहेको छ। पछिल्लो भारत–पाकिस्तान विवादमा पाकिस्तानी प्रधानमन्त्रीले समेत मिडियाको प्रसंग उप्काए। उनले बिहीबारको संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय मिडियाले दुई देशमा आगो थप्ने काम गरेको टिप्पणी गरे। तर, यसपाला आफ्नो देशका मिडियामा परिपक्वता झल्किएको भन्दै सन्तोष व्यक्त गरे।

‘यहाँका मिडियाले निकै जिम्मेवार र परिपक्व व्यवहार देखाए,’ खानको टिप्पणी थियो, ‘यसको ठूलो कारण यो हो कि, हाम्रा मिडियाले पछिल्लो १५ वर्ष पाकिस्तानमा जुन आतंक र युद्ध भयो त्यो खुद आफैं देखेका छन्। बम, धमकाबाट कस्तो प्रकारको अवस्था सिर्जना हुन्छ। कसरी बम आक्रमणबाट मान्छे घाइते हुन्छन् भन्ने विभत्स अवस्था अस्पतालमा देखेका छन्। भारतीय मिडियाले यस्तो देख्नु परेको भए केही संयम हुन्थे होला।’

भारतीय पत्रकार रवीश कुमार पनि भारतीय मिडियाको अवस्था बिग्रिएको भन्दै चर्को आलोचना गर्ने गर्छन्। मिडिया ‘प्रोपगान्डा टुल’ बनेको र झुठा खबर बेच्ने उनको विश्लेषण छ। ‘जब पाकिस्तान र भारतबीच तनाव हुँदैन, न्युज च्यानलहरु मन्दिरको विषय उचालेर तनाव पैदा गर्छन्,’ उनको तिखो टिप्प्पणी छ, ‘जब मन्दिरको तनाव हुँदैन न्युज च्यानलले ‘पद्मावती’ चलचित्रको विषय उचालेर तनाव पैदा गर्छन्। जब कुनै चलचित्रका विषयमा तनाव वा विवाद हुँदैन, न्युज च्यानल कुनै झुठो विषय बनाएर हिन्दु–मुसलमानबीच तनाव पैदा गर्छन्। जब केही विषय नै हुँदैन त नक्कली विषयमा भएको सर्भेमा घन्टौं कार्यक्रम गर्छन्।’

लोकतन्त्रलाई समेत धरापमा पारेको भन्दै अढाइ महिना न्युज न्यानल नहेर्न उनको आग्रह छ।

उनको भनाइ छ–
यदि तपाईँ आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गरिदिनुहोस्। यदि तपाईँ लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गर्नुहोस्।
न्युज च्यानल हेर्नु भनेको आफ्नै पतन हेर्नु हो। म तपाईँहरुसँग अपिल गर्छु कि कुनै पनि न्यूज च्यानल नहेर्नूस्। टेलिभिजन सेटमा पनि र मोबाइलमा पनि न्युज च्यानल हेर्न छोडिदिनुस्। आफ्नो दिनचर्याबाटै न्युज च्यानल हेर्ने कुरालाई हटाइदिनुस्। तपाईँ एक नेतालाई समर्थन गर्नका लागि पत्रकारिताको पतनको समर्थन नगर्नूस्। केवल साढे दुई महिनाको कुरा हो। न्युज च्यानल हेर्न बन्द गरिदिनुस्।

केही समयअघि ‘कोब्रा पोस्ट’ले गरेको स्टिङ अपरेसनले भारतीय मिडियाको दुरावस्थाको चित्र बाहिर ल्याएको थियो। पैसा पाएको खन्डमा हिन्दुत्व फैलाउने र चुनावी फाइदाका लागि त्यसकै नाममा दंगाफसाद गराउन पनि अधिकांश भारतीय मिडिया तयार हुने तथ्य उक्त स्टिङ अपरेसनले खोलेको थियो।

पाकिस्तानी सेनाको नियन्त्रणपछि मुक्त भएका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमानले समेत स्वदेश फर्किने बेला भारतीय मिडियाको आलोचना गरे। दिनभर अभिनन्दनलाई ‘वीर’ र ‘हिरो’ करार गरिरहेका भारतीय मिडियालाई साँझ उनैले पानी खन्याइदिए। पाकिस्तानबाट फर्किनुअघि उनले भारतीय मिडियाबारे भनेका थिए– ‘भारतीय मिडियाले सधैं कुरालाई बढाइचढाइ गर्छन्। सानोतिनो कुरालाई पनि उनीहरु यति धेरै आगो लगाएर बोल्छन्, त्यसबाट मान्छेहरु बहकाउमा आउँछन्।’

भारतीय टिभी च्यानलले नेपालबाट समेत आलोचना खेप्नु परेको थियो। २०७२ को महाभूकम्पको रिपोर्टिङ गर्न आएका भारतीय टिभी च्यानलले भूकम्पपीडितको उद्धारमा व्यवधान खडा गरेको र घटनालाई बढाइचढाइ गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै ट्विटरमा ह्यासट्याग ‘गो ब्याक होम इन्डियन मिडिया’ ट्रेन्डिङ भएको थियो। 

उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले भारतीय टिभी च्यानलकै कारण सिट नपाएको समाचार प्रकाशित भएको थियो। भारतीय दर्शकहरुले नै भारतीय मिडिया विरुद्धको नेपालको अभियानलाई समर्थन गरेका थिए। 

वैकल्पिक मिडियाप्रतिको आशा
आलोचनाको तारोमा टेलिभिजनपछि हिन्दी भाषाका अखबार आउँछन्। टेलिभिजन एंकरकै शब्दावली ती अखबारले प्रयोग गर्ने गरेका छन्। टेलिभिजनहरुमा एनडी टिभीलाई भने अरुको तुलनामा केही सन्तुलित मानिन्छ। त्यहाँ पत्रकार रवीश कुमार कार्यरत छन्। हिन्दी अखबारका तुलनामा अंग्रेजी भाषाका अखबार केही सन्तुलित मानिन्छन्। 

मुलधारका मिडियाको बिग्रँदो छविबीच वैकल्पिक मिडियाका रुपमा आएका समाचार पोर्टलले भने केही हदसम्म यसलाई रोक्ने आशा गरिएको छ। स्वतन्त्र सम्पादकीय नीतिबाट विचलित नहुन उनीहरुले विज्ञापन नहाल्ने र पाठकबाट स्वेच्छिक दान लिने गरेका छन्। दि वाइर, स्क्रोल, कोब्रा पोस्ट, न्युज लाउन्डरी लगायतका समाचार पोर्टल त्यसमा पर्छन्। 

नेपाली मिडियाको कुरा
छिमेकका हरेक कुराको बाछिटा नेपालसम्म आइपुग्छन् नै। भारतीय मिडियाका गुण अवगुणबाट नेपाली मिडिया पनि अछुतो रहँदैनन्। बग्रेल्ती खुलेका अनलाइन र युट्युबले मिडियाको व्यावसायिक स्वच्छता कायम राख्नमा चुनौती थपेका छन्। 

पुष्टि नै नगरी खबर ‘ब्रेक’ गर्ने अनलाइनको हतारो र मानवीय संवेदनाको समेत ख्याल नगरिदिने युट्युबरले कतै नेपाली मिडियाको प्रस्थान पनि त्यतै हुन थालेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ।
तमाम कमजोरीका बावजुद पनि मूलधारका नेपाली मिडिया भने अहिलेसम्म व्यावसायिकताको ‘लिक’ भित्रै रहेको मानिन्छ।

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्