• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
\'पिपिरी\'मा आफैंतिर फर्केकाे छु : मीनराज वसन्त [अन्तर्वार्ता] \'दाेस्राे पुस्तक लेख्दा सकसभन्दा सहज धेरै भयो\'
64x64
नेपाल लाइभ शनिबार, फागुन १८, २०७५  ०९:०१
1140x725

पहिलाे उपन्यास 'मुदिर'मार्फत वैदेशिक राेजगारीकाे कथा लेखेर मीनराज वसन्त चर्चामा आएका लेखक हुन्। दुई वर्षकाे अन्तरालमा उनी दाेस्राे पुस्तक 'पिपिरी'काे साथमा पाठकमाझ आउँदै छन्। गजल, कविता हुँदै उपन्यास लेखनमा तल्लिन वसन्त सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर लेख्न रुचाउँछन्। दाेस्राे उपन्यासकाे सकस, कथानक र लेखनकाे समकालीन प्रवृत्तिका विषयमा उनीसँग नेपाल लाइभका विमर्श कँडेलले एक दर्जन प्रश्न गरेका छन्।

‘मुदिर’ उपन्यास लेखेपछि तपाईंलाई धेरैले मीनराजको सट्टा ‘मुदिर’ नै भनी पुकारेको/बोलाएको सुनेको छु। किन होला? उपन्यासको नाम नै आफ्नो नाम बनेको सुन्दा कस्तो लाग्छ?

मलाई त मजा लाग्छ। एउटा पुस्तकको नामबाट लेखक चिनिनु, बोलाइनु साह्रै सुन्दर कुरा हो। सायद, पुस्तकको शक्ति र सफलता पनि यही होला।

‘मुदिर’को रुपमा यो क्षेत्रमा पहिलो पाइला चाल्नुभयो। कस्तो रह्यो यो हिँडाइ?

नेपाली साहित्यमा वर्षेनी सयाैं पुस्तक छापिन्छन्। नयाँ-नयाँ लेखक 'डेब्यू' गर्छन्। २०७३ सालमा त्यसैमध्यको एक थिएँ म पनि। सरसर्ती हेर्दा म सौभाग्यशाली नै हुँ। पहिलो यात्रामै प्रशस्त शुभ संकेतहरू देखिए। खासमा मेरो हिँडाइ बाख्राका नवजात पाठाहरू जस्तै भयो- जन्मेको छोटो समयमै हिँड्न सक्ने।

यहाँले भन्नुभएझैं नेपाली साहित्यमा लेखकको दोस्रो कृति केही समययता सकसको विषय बन्दै आइरहेको पक्कै हो। यसमा लेखकीय जिम्मेवारीसहितका विविध कारण हुन सक्छन्।

नेपालको आख्यान क्षेत्रमा दोस्रो पुस्तक प्रकाशनका क्रममा धेरै लेखकहरु दबाबमा आएको देखिएको छ। तपाईं आफूमा चाहिं दोस्रो पुस्तकको सकस कत्तिको अनुभव भयो।

यहाँले भन्नुभएझैं नेपाली साहित्यमा लेखकको दोस्रो कृति केही समययता सकसको विषय बन्दै आइरहेको पक्कै हो। पहिलो पुस्तकले दिएको प्रसिद्धिलाई दोस्रो पुस्तकले सम्बोधन गर्न नसक्दा यस्तो स्थिति बनेको हुनुपर्छ। यसमा लेखकीय जिम्मेवारीसहितका विविध कारण हुन सक्छन्। यी कुरा पछि लेखौंला।

तर, म आफू भने यस कुरामा सचेत छु। सचेतताकै कारण 'पिपिरी'मा अधिक मेहनत गरेको छु। कृतिका रूपमा दोस्रो भएकोले आफ्नै भाषा, शैली पनि निर्माण गर्न सकें भन्ने लाग्छ। यसरी हेर्दा मलाई सकसभन्दा पनि सहज धेरै भयो। मलाई विश्वास छ, पाठकले 'मुदिर'भन्दा 'पिपिरी' अधिक मन पराउनेछन्।

पहिलो पुस्तकमा आफैं पनि साक्षी बसेको वैदेशिक रोजगारीको कथालाई कथानक बनाउनु भयो। जो हालसम्म पनि आम नेपालीको बाध्यता, समस्या र समृद्धिको बाटो बनिरहेको छ। यसपटक 'पिपिरी'ले के बोल्छ?

वैदेशिक रोजगारीअन्तर्गत अरब मुलुक जाने नेपाली युवाहरूको कथा थियो 'मुदिर'। सरकारले उठाउनुपर्ने विषय लेखनमार्फत मैले उठाएँ। तर, यसपटक गम्भीर मुद्दा भन्दा पनि समाजका साना कथा, परिवेश र आन्चलिकतामाथि काम गर्न मन लाग्यो। त्यसकै स्वरूप हो 'पिपिरी'।

खासमा, 'पिपिरी' एउटा गाउँले बालकको बाल्यकालीन 'नोस्टाल्जिया' हो। यसका साथ-साथै समाजको अँध्यारो, सजातीय वर्गभित्रै भइरहेको मानवीय विभेद, धनी-गरिबबीचको तिक्ततापूर्ण सम्बन्ध र हामी आफूले छोडिआएको रहरलाग्दो बाल्यकालबारे 'पिपिरी' मज्जैले बोल्छ।

सन् २००० को दशकबाट अफ्रिकी लेखकहरुले ‘आफैंतिर फर्क’ भन्ने आधारमा लेखनमा आफ्नै स्थानीय कथाहरुलाई जोड दिन थालेका थिए। त्यसको प्रभाव विश्व साहित्यमा हालसम्म पनि राम्रोसँग परिरहेको छ। यसपटक तपाईं पनि सोही मान्यतामा अघि बढेको जस्तो देखिन्छ। खासमा के कारणले तपाईंलाई आफैंतिर फर्कौं भन्ने लाग्यो?

ढिलै भए पनि हामीमा चेतनाकाे विकास भइरहेको छ। यसमा हामीलाई बधाइ छ।

लेखनमा महत्त्वपूर्ण कुरा हो 'रुट राइटिङ' अर्थात् 'मूल जरा' । 'मूल जरा' अर्थात् मौलिकता । मौलिकता अर्थात् आफ्नै परिवेश, संस्कृति र समाजका कथा। लेखनमा मात्रै होइन अहिले फिल्म, कला-संगीतमा पनि मौलिकताको प्रयोग बढिरहेको छ। यो भनेको हामी आफैंतिर फर्किनु हो।

'मूल जरा' लेखिन किन पनि जरुरी छ भने, यसमार्फत लेखकले आफ्नो समाज, संस्कृति र त्यहाँका विविध पक्षबारे अधिकाधिक लेख्न, बोल्न सक्छ। लेखाइमा मौलिकता, विविधता र जीवन्तता आउँछ। यसकै उदाहरण हुन्, खालिद हुसेनीदेखि बुद्धिसागर, नयनराज पाण्डेसम्म। उनीहरू बसे कहीँ तर लेखे 'मूल जरा'।

मलाई उहिल्यैदेखि आफैंतिर फर्केर लेख्ने मन हो। आफ्नै मूल जरा, भूगोल र परिवेश लेख्न मन भएको हो। विविध कारणले सकिइरहेको थिइन। तर, यसपल्ट लेखेको छु।

'मूल जरा' लेखिन किन पनि जरुरी छ भने, यसमार्फत लेखकले आफ्नो समाज, संस्कृति र त्यहाँका विविध पक्षबारे अधिकाधिक लेख्न, बोल्न सक्छ। लेखाइमा मौलिकता, विविधता र जीवन्तता आउँछ। यसकै उदाहरण हुन्, खालिद हुसेनीदेखि बुद्धिसागर, नयनराज पाण्डेसम्म। उनीहरू बसे कहीँ तर लेखे 'मूल जरा'।

पार गरिसक्नुभएको उमेरको बाल्यकालीन तहलाई यो समयमा लेखनमा उतार्दा विषयवस्तु र घटना/परिघटनालाई त्यतिबेलाकै आँखाले हेर्न कत्तिको सहज/असहज भयो?

उमेरको अविश्रान्त यात्रामा धेरै कुरा छुट्दै जान्छन्। विस्मृतिको नेप्से सूचक उकालो चढिरहन्छ। त्यसैबीच केही स्मरणीय र महत्त्वपूर्ण लाग्ने कुराहरू लेख्ने कोसिस गरेको छु। यसो भनिरहँदा आत्मसंस्मरण किन भनिएन भन्ने स्वाभाविक प्रश्न उठ्न सक्ला। तर, त्यसो होइन।

मैले त एउटा गाउँले बालकको मनोविज्ञान, उसको स्वभाव, हेर्ने दृष्टिकोण र भोगाइलाई लिपिबद्ध गरेको हुँ। निमित्त मात्रै हुँ म। हो, कहीं-कहीं म आफू पनि छु। लेखिरहँदा मैले सबै आफ्नै कथा जस्तो महसुस गरेर लेखेँ। यसकारण खासै अप्ठ्यारो महसुस गरिन।

'पिपिरी' बाल्यकालमा सर्वाधिक बजाएको पातको बाजा। जब यो नाम सम्झन्छु, एकखालको आनन्द मिल्छ। 'नोस्टाल्जिक' बन्छु। युवाबाट बच्चा बन्दै गाउँ पुग्छु। विश्वास छ पाठकले पुस्तक पढिसकेपछि 'पिपिरी' नै उपयुक्त नाम रहेकाे भन्नेछन्।

अघिल्लो पुस्तकको नाम ‘मुदिर’लाई पाठकले नौलो स्वादको रुपमा लिएका थिए। यसपटक राखिएको नाम पनि आम लाग्दैन। पुस्तकको नाम प्रयोगका लागि मात्रै ‘पिपिरी’ राख्नुभएको हो वा कथानककै माग हो?

विलियम सेक्सपियरले 'नाममा के छ ?' भने। तर, यता म भने जे देख्छु नाममै देख्छु।

कुनैपनि चीज पूर्ण बन्न त्यसभित्र स-साना थुप्रै 'आधा' कुरा हुन्छन्। यस्तै मेरो विचारमा एउटा सुन्दर पुस्तक बन्नका लागि ३ वटा कुरा आवश्यक छन्- कन्टेन्ट, कभर र नाम। यी सबैको संयोजन नै सुन्दर पुस्तक हो।

पुस्तकमा कथालाई न्याय हुने तरिकाको नयाँ र मीठो सुनिने नाम राखौं भन्ने लाग्छ मलाई। नामप्रतिको एकखालको मोह पनि हाेला हाे। त्यसमाथि नामले 'युनिकनेस' पनि दिन्छ। यही कारण मैले नयाँ र मौलिक नाम छान्छु।

'पिपिरी' बाल्यकालमा सर्वाधिक बजाएको पातको बाजा। जब यो नाम सम्झन्छु, एकखालको आनन्द मिल्छ। 'नोस्टाल्जिक' बन्छु। युवाबाट बच्चा बन्दै गाउँ पुग्छु। विश्वास छ पाठकले पुस्तक पढिसकेपछि 'पिपिरी' नै उपयुक्त नाम रहेकाे भन्नेछन्। कथालाई नै सम्बोधन हुने गरी यो नाम राखेको हुँ।

अहिले हप्तैपिच्छे पुस्तकहरु प्रकाशन भइरहेका छन्? जसमा युवाहरुको पनि उपस्थिति देखिन्छ। पछिल्लो समय नेपाली आख्यानमा युवा वर्गको उपस्थितिलाई देखेर सन्तोष गर्ने ठाउँ छ?

नवीन सोच, सिर्जनशीलता र क्षमता अभिवृद्धिको उर्वर समय हो, युवा उमेर। युवाहरू परिवर्तनका संवाहक हुन् भनेर हामीले बुझेकै छौं। यिनै युवा आख्यान लेखनमा आउँदा त्यस्तो असन्तोष नै गर्नुपर्ने ठाउँ त म देख्दिन। 'न्यू कमर'लाई स्वागत गर्नैपर्छ। यसरी नयाँ-नयाँ लेखक आउनु, पुस्तक प्रकाशन हुनु नेपाली साहित्यका लागि सुखदै कुरा हो।

यदि म अरब मुलुक नगएको भए लेखक हुँदिनथेँ। अहिले लेखनमा लागेर मैले आफ्नो जिम्मेवारीबोध गरिरहेको छु। अब मैले लेख्नु बाहेक केही गर्न सकुलाँ जस्तो पनि लाग्दैन। त्यसैले म जे खोजिरहेको छु, लेखनमै खोजिरहेको छु।

समयक्रमानुसर अनुभव बटुल्दै जालान्। लेखनमा परिपक्वता आउला।  तर, यति भनिरहँदा उपस्तिथि जनाउनुमा मात्रै पनि लेखनको सान्दर्भिकता, त्यसको औचित्य र गुणस्तरीयतामाथि समयले स्वत: समीक्षा गर्ला। चामलका बियाँ जसरी छाँटिदै जालान् भन्ने म सोच्छु।

यसअघि 'मुदिर' प्रकाशनका क्रममा आफ्नो सामाजिक सञ्जालको प्रभावलाई देखेर मात्रै प्रकाशन गृहले पुस्तकको पाण्डुलिपी ग्रहण गरेको बताउनुभएको थियो। के यसपटक पनि त्यस्ता केही घटनाको साक्षी बस्नु पर्यो?

नयाँ बाटो हिँड्दा अलमल हुनु स्वाभाविक हो। हिँड्दा अप्ठ्याराहरू आउँछन्। ठेस पनि लाग्न सक्छ। तर, यसको अर्थ गन्तव्य भुल्नु भन्ने हुँदैन। अब त त्यही गन्तव्यमा पुग्ने सरल बाटाहरू भेटिन थालेका छन्। म फरक बाटोबाट हिँडेर पनि आफ्नो गन्तव्यमा सजिलै पुग्नसक्ने भएको छु।

अहिले नयाँ तर क्षमतावान युवा लेखकप्रति पनि प्रकाशन गृहको व्यवहार उस्तै छ?

यो त ठ्याक्कै भन्न सकिँदैन। प्रकाशकअनुसार उनीहरूको आफ्नै 'पोलिसी' हुन्छ। त्यहीअनुसार उनीहरूले काम गरिरहेका हुन्छन्। तर, म यति चाहिँ भन्न सक्छु, राम्रो चीज जहाँ पनि 'रिप्लेसमेन्ट' हुन्छ। चाहे त्यो लेखनमा होस्, जागिरमा यात अन्य क्षेत्रमा नै किन नहाेस्।

हालको परिप्रेक्ष्यमा लेखेरै नेपालमा बाँच्न सकिने अवस्था भइसकेकोमा स्वयम् लेखकहरुनै पूर्ण विश्वास गर्दैनन्। तपाईं भने प्रतिष्ठित देशको भिसा त्यागेर तथा कुनै पनि आर्थिक उपार्जनका क्षेत्रमा आवद्ध नभई लेखेरै जीवन निर्वाह गर्छु भनेर लागिरहनु भएको छ। एउटा युवा लेखकका लागि यसरी सतहमा रहनसक्ने आधारहरु के–के हुन्? यो सब कसरी ‘ब्यालेन्स’ गरिराख्नु भएको छ?

जिन्दगीमा अकुत पैसा कमाउँला, महल ठड्याउँला र विलासी जीवन बाँचुला भन्ने अहिले छैन। थियो कुनै समय। तर, मुदिर प्रकाशनपछि ममा सोच बदलियो। वैदेशिक रोजगारसम्बन्धी उपन्यास लेखेर फेरि आफैं श्रमिकको रुपमा जान मन लागेन। किनकी प्रवासी पीडाको भुक्तभोगी नै हुँ म।

बाइक चलाइरहेको मान्छेले गाडी चलाउनै नपाउने भन्ने हुँदैन। तर, बाइक चलाइरहेको मान्छेको सीप गाडी चलाउन पुग्छ कि पुग्दैन वा त्यस किसिमको अनुभव र विज्ञता उसमा छ कि छैन भन्ने मुख्य कुरा हो। त्यसैले एउटा साहित्यकार एउटै विधामा 'बन्दी' हुनुपर्छ भन्ने म ठान्दिन।

यदि म अरब मुलुक नगएको भए लेखक हुँदिनथेँ। लेखक नभएको भए मीनराज वसन्तलाई अन्य कुनै क्षेत्रमा रहेकाे देख्न पाउनुहुन्थ्याे हाेला। अहिले लेखनमा लागेर मैले आफ्नो जिम्मेवारीबोध गरिरहेको छु। केही गरौं भन्ने भइरहेको छ। अब मैले लेख्नु बाहेक केही गर्न सकुलाँ जस्तो पनि लाग्दैन। त्यसैले म जे खोजिरहेको छु, लेखनमै खोजिरहेको छु।

नेपाली साहित्यमा बजार, पाठकको अभिरुचि र प्रकाशकको दिशाबोधका कारण लेखकहरु एउटै विधामा स्थायी हुन सकिरहेका छैनन्। तपाईंको हकमा पनि पहिले गजलको संग्रह निकालेर आख्यानमा प्रवेश गर्नुभयो। पछिल्ला दुबै पुस्तक उपन्यास नै आउँदै गर्दा अब यस विधामै जम्ने सोच बनाउनु भएको हो?

उदाहरणका लागि बाइक चलाइरहेको मान्छेले गाडी चलाउनै नपाउने भन्ने हुँदैन। मज्जाले पाउँछ। तर, बाइक चलाइरहेको मान्छेको सीप गाडी चलाउन पुग्छ कि पुग्दैन वा त्यस किसिमको अनुभव र विज्ञता उसमा छ कि छैन भन्ने मुख्य कुरा हो। त्यसैले एउटा साहित्यकार एउटै विधामा 'बन्दी' हुनुपर्छ भन्ने म ठान्दिन।

आजभन्दा झन्डै बाह्र वर्ष पहिले गजल संग्रह निकालें। त्यहीँबाट साहित्यको औपचारिक यात्रा प्रारम्भ भयो। तर, मैले आफूलाई गजलमा स्थापित गर्न सकिन। गजलका लागि अहिलेको जस्तो उर्वर समय पनि थिएन त्यतिबेला। यी विभिन्न कारणले गजलको बारीमा म फस्टाउन, मौलाउन सकिन।

स्कुले जीवनमा उपन्यास लेखनको भूत यतिसम्म सवार रहेछ कि २ वटा उपन्यासका पाण्डुलिपी तयार पारेको थिएँ। त्यतिबेला अवचेतनमा रहेको उपन्यास लेखन मोहले आजभोलि मूर्तता पाउँदै गएझैँ लाग्छ। म हृदयले कोमल कवि हुँ। तर, विधागत रूपमा हेर्दा मेरो पहिलो प्राथमिकता उपन्यास नै हुनेछ।

प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्