• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकार! सार्वजनिक सवारीमा सिन्डिकेट अन्त्य भएकै हो?

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  २२:१०
1140x725

गत चैत १८ गते यातायात व्यवस्था विभागले पत्रकार सम्मेलन गर्दै ४० वर्षदेखि सार्वजनिक यातायात सञ्चालनमा जरो गाड्दै आएको सिन्डिकेट अन्त्य भएको घोषणा गर्‍यो। विभागले सार्वजनिक सवारी सञ्चालनका लागि विभिन्न यातायात समितिको सिफारिसमा दिँदै आएको सवारी सञ्चालन इजाजत बन्द गर्ने निर्णय गरेको थियो। विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका- २०६०’ संशोधन गर्दै समितिको सिफारिसमा दिइँदै आएको सवारी रुट इजाजत बन्द गर्ने निर्णयसँगै कागजी रूपमा सिन्डिकेटको अन्त्य भएको घोषणा भएको थियो।

तत्कालीन समयमा विभागले २०७५ को असार मसान्तभित्र यातायात समितिका नाममा सञ्चालन भएका सबै सवारीलाई कम्पनी मोडलमा दर्ता गराई विभागमा पञ्जीकृत गर्ने र रुट परमिट नवीकरण गनुपर्ने गरी कार्यविधि जारी गरेको थियो। कागजी रूपमा सिन्डिकेट अन्त्य भएको एक वर्ष हुनै लागेको छ। तर यसको वास्तविक अवस्था भने कहाँ पुगको छ? सरकार के गर्दै छ?  भन्नेजस्ता प्रश्न अहिले उब्जिएका छन्। 

मन्त्री महासेठले पनि विभिन्न बाहना गर्दै व्यवसायीको खाताको रहेको रकम झिक्ने वातावरण बनाइदिए।

कार्यविधिमा असार मसान्तभित्र कम्पनी मोडलमा दर्ता नहुने सवारीको रुट इजाजत खारेज गर्ने गरी उल्लेख गरिएको थियो। तर, विभागको काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिधै हस्तक्षेप गरी विभिन्न यातायात समितिको नाममा सञ्चालन भएका सवारीलाई कम्पनी मोडलमा आउने पुस मसान्तसम्मको समय थप गरिदिए। तर, पुस मसान्तसम्म पनि सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्यका लागि विभाग र मन्त्रालयले कुनै काम अगाडि बढाएनन्। यातायात व्यवसायी पनि रोक्का भएका बैंक खाता खुलाउन मन्त्री महासेठलाई रुझाउन तिरे लागे। मन्त्री महासेठले पनि विभिन्न बाहना गर्दै व्यवसायीको खाताको रहेको रकम झिक्ने वातावरण बनाइदिए।

सरकार के गर्दै छ?
यही फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षको अवधिमा गरेको कामको फेहरिस्त सहित राष्ट्रको नाममा सम्बोधन गरे। तर, प्रधानमन्त्रीको सम्बोधनमा सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्यको विषय उल्लेख भएन। तर, यसअघिका जुनसुकै सम्बोधन र सरकारले गरेको कामको फेहरिस्तमा सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्य भएको बताउनेदेखि उल्लेख गर्ने काम भइरहेका थिए। 

सरकारले ६ महिनाको उपलब्धिमा समेत सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्य भएको उल्लेख गरेको थियो।

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै सार्वजनिक गरेको उपलब्धिको लिस्टमा सार्वजनिक सवारी साधनको सिन्डिकेट अन्त्यको विषय नआउनुलाई महत्वका साथ हेरिएको छ।

त्यति मात्रै हैन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)का तर्फबाट एउटा प्रतिवेदन पेस भयो। प्रतिवेदनमा उल्लेख गरिएको थियो, '४० वर्षदेखि सार्वजनिक यातायातमा सञ्चालनमा रहेको सिन्डिकेट अन्त्य भयो।’

Ncell 2
Ncell 2

अध्यक्षद्वयले यो प्रतिवेदन गत पुस २ गते स्थायी समितिमा पेस गरेका थिए। तर, प्रतिवेदनमा भनेजस्तै सार्वजनिक सवारी सञ्चालनमा सिन्डिकेट अन्त्य भएकै हो त? कि सरकारले सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्य गर्ने नसकेको हो? प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै सार्वजनिक गरेको उपलब्धिको लिस्टमा सार्वजनिक सवारी साधनको सिन्डिकेट अन्त्यको विषय नआउनुलाई महत्वका साथ हेरिएको छ। यातायात क्षेत्रका विज्ञहरु पनि सरकार सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्य गर्न नसकेको बताउँछन्।

पटकपटक सयम थप
सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारले आवश्यक तयारी नपुगको भन्दै पहिलो पटक असार मसान्तसम्मको समयमा थप ५ महिनाको समय थप गरिएको थियो। मन्त्री महासेठको निर्देशनमा विभागले मंसिरमसान्तसम्ममा समितिमार्फत् सञ्चालन हुँदै आएका सवारी साधनलाई कम्पनी मोडलमा दर्ता गरी सञ्चालन हुनपर्ने समय तोकिएको थियो।

तर, तोकिएको समयसम्ममा पनि ८० प्रतिशत भन्दा बढी व्यवसायी कम्पनी मोडलमा आउन चाहेनन्। व्यवसायीले मन्त्री महासेठलाई बारम्बार भेटघाट गर्दै समय लम्ब्याउँदै आएका छन्।

मन्त्री महासेठ पनि व्यवसायीप्रति लचिलो बन्दै गए। मंसिरमसान्तको समय नजिकिँदै गर्दा विभागले मंसिर २२ गते यातायात सेवा पञ्जीकृत गर्नेबारे सार्वजनिक सूचना जारी गरेको थियो। तर, विभागले सार्वजनिक सवारी साधनमा रहेको सिन्डकेट अन्त्यसँगै आवश्यक रुट अध्ययनलगायतका कुनै काम गरेको थिएन।

व्यवसायीले मन्त्री महासेठलाई बारम्बार भेटघाट गर्दै समय लम्ब्याउँदै आएका छन्।

विभागमा महानिर्देशक लावण्यकुमार ढकालले पनि मन्त्री महासेठकै निर्देशनमा सिन्डिकेट अन्त्यका लागि चासो दिएर कुनै काम गरिरहेका थिएनन्।

पुस १ गतेबाट सार्वजनिक सवारी सञ्चालनमा रहेको सिन्डिकेट अन्त्य निश्चित भइसकेको थियो। पब्लिकबाट सार्वजनिक सवारी सञ्चालनमा रहेको सिन्डिकेट अन्त्य गर्न नसकेकोमा सरकारको चर्को विरोध हुने अवस्था थियो। सरकारको विरोध केही मात्रामा भएपनि मत्थर गर्ने दाउमा मन्त्री महासेठले अर्को प्रपञ्च रचे। ९ महिनासम्म मन्त्री महासेठले कार्यविधिमा कुनै कमजोरी देखेका थिएनन्। मंसिर २९ गते फेरि महासेठले कम्पनी ऐनको दफा ९ का कारण सर्वाजनिक सवारी साधनमा रहेको सिन्डिकेट अन्त्य गर्न केही समय थप गर्ने निर्णय गरे।

कम्पनीको ऐनको दफामा ९ मा प्राइभेट कम्पनीका सेयरधनीहरूको संख्या पचासभन्दा बढी हुन नहुने उल्लेख थियो। मन्त्री महासेठले पनि व्यवसायीको आग्रहमा ऐनमा भएको भन्दा बाहिर गएर कम्पनीमा जति पनि संख्यामा सेयरधनी हुनसक्ने व्यवस्था गर्ने तयारीमा लागेको थिए। उनलै यही दफालाई लिएर ३ महिनाको समय थप गरे। तर, साढे दूई महिना हुँदा पनि यो दफा शंशोधन भएको छैन। यसैगरी दफा ९ कै उपदफा (२) मा दफा ३ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशका अधीनमा रही पब्लिक कम्पनीको सेयरधनीहरूको संख्या कम्तीमा ७ जना र बढीमा जतिसुकै पनि हुन सक्नेछ भन्ने उल्लेख छ। यो व्यवस्था पनि मन्त्री महासेठले व्यवसायीमैत्री बनाउन लागि गरेको थिए।  

व्यवसायीले सवारीको आयु २० वर्ष भनेर तोक्न नमिल्ने भन्दै कवाडीमा बिक्री गर्नुपर्ने सवारी साधन पनि मर्मत गरेर चलाउन पाउनुपर्ने माग अघि सारेका छन्।

'ऐनको दफा (३) को उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कर्मचारीलाई सेयर बिक्री गर्ने योजना अन्तर्गत कम्पनीको सेयर खरिद गरेका कर्मचारी वा त्यस्तो योजना अन्तर्गत शेयर खरिद गरिसकेका तर तत्काल कम्पनीको सेवामा नरहेका कर्मचारीलाई सयरधनीको रुपमा गणना गरिने छैन’ भन्ने उल्लेख छ। उक्त नियम देखाएर मन्त्री महासेठ सार्वजनिक सवारीमा रहेको सिन्डिकेट अन्त्यमा समस्या देखाएर सिन्डिकेट कायम राख्न लागिपरेका थिए।

अन्ततः मन्त्री महासेठ गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको बैठकले तीन महिना समयावधि थप गर्न सफल भएका थिए।

त्यसलगत्तै विभागले रुट परमिटका लागि थप तीन महिनासम्मको म्याद थपिएको सूचना प्रकाशन गरेको थियो। विभागले जारी गरेको सूचनामा यातायात समितिका सवारी साधनलाई कम्पनी मोडलमा जाँदै पञ्जीकरण गरी रुट अनुमति लिन फागुन मसान्तसम्मको समय तोकिएको छ। तर, अहिले पनि पुराना यातायात समितिका नाममा सञ्चालन भएका सवारी व्यवसायिक कम्पनी मोडलमा आइसकेका छैनन्। योसँगै सरकारका उपलब्धिबाट समेत सिन्डिकेट अन्त्य भएको विषय नराख्नुको पछाडि सार्वजनिक सवारी सिन्डिकेट ब्युँताउने खेल भइरहेको छ।

के भन्छन् व्यवसायी?
विगत ४० वर्षदेखि सार्वजनिक सवारीमा सिन्डिकेट खडा गर्दै आएका व्यवसायीले सरकारसँग कम्पनी मोडलमा जाँदा सवारी सञ्चालन गर्न केही सर्त अगाडि सार्दै आएका छन्। व्यवसायीले सवारीको आयु २० वर्ष भनेर तोक्न नमिल्ने भन्दै कवाडीमा बिक्री गर्नुपर्ने सवारी साधन पनि मर्मत गरेर चलाउन पाउनुपर्ने माग अघि सारेका छन्।

योसँगै व्यवसायीले कम्पनी मोडलमा दर्ता भई सवारी सञ्चालन गर्दा एउटा कम्पनीमा एक सयभन्दा बढी गाडी पनि रहन सक्ने व्यवस्था गर्नुपर्ने भन्दै मन्त्रीसँग बार्गेनिङ गरिरहेका छन्। सरकारले पनि व्यवसायीको माग पूरा गरिदिएको अवस्थामा आफुहरू पनि कम्पनी मोडलमा जाँदै सवारी सञ्चालन गर्ने व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउँछन्।

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्