काठमाडौं- नेपाली हलमा हप्तामा करिब चार वटा फिल्म लाग्ने गरेका छन्। कुनै 'पानी समेत पिउन नपाई' उत्रिन्छन् भने कुनै चर्चा र हल्लाका भरमा दुई-चार दिन टिक्छन् पनि। पछिल्लो समय लामो सयम टिकिरहने र दर्शकलाई प्रभाव पार्ने फिल्म अति न्यून संख्यामा छन्।
दर्शकको मनोविज्ञान नबुझी व्यापारकेन्द्रित भएको र बौद्धिक वर्गलाई समेत आकर्षण गर्नेगरी फिल्न नबनेको आरोप पनि लाग्ने गरेको छ।
अहिले काठमाडौंमा दोस्रो 'अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल' चलिरहेको छ। भृकुटीमण्डपमा आयोजित फेस्टिभलमा आइतबार एउटा सेसन थियो ‘शिक्षासँग फिल्मको सम्बन्ध’। जसमा वक्ता थिए, प्राडा तथा त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी र अभिनेता राजेश हमाल।
सहजकर्ता राम लोहनीले शिक्षाप्रद फिल्मको अवस्था र बौद्धिक फिल्म कति बनिरहेका छन् भने उनीहरुको धारणा बुझ्न खोजे।
जवाफमा अभिनेता हमालले भने, 'समाजमा खालि बौद्धिक वर्गमात्र भनेर हुन्न। जुनसुकै कुरामा बौद्धिक वर्ग, बौद्धिक वर्ग भन्ने हो भने त्यो सामाजिक भेदभाव हुन्छ।'
‘यहाँ उत्कृष्ट विषयमाथि बनाइएका फिल्महरुले राम्रै वाहवाही पाउँछन्। वसन्ती पनि सफल फिल्म थियो। धेरैले त्यसको प्रशंसा गर्नुभयो। तर फिल्मले व्यावसायिक सफलता पाउन सकेन।’
समाजका कुनै पनि व्यक्तिले विषयवस्तुलाई बुझ्ने क्षमता राख्ने र उनीहरुले आफ्नै तरिकाले त्यसलाई ग्रहण गर्ने भएकाले बौद्धिक वर्गका सम्बन्धमा आएको प्रसंग समय सान्दर्भिक नभएको उनको टिप्पणी थियो। कतिपय अवस्थामा फिल्म मेकिङ र विषयवस्तु बौद्धिक तहसँग मिल्दोजुल्दो नहुनु स्वाभाविक भएपनि त्यसलाई समग्रतामा व्याख्या गर्न नमिल्ने हमालको तर्क थियो।
एउटा निर्माताले फिल्म निर्माणमा ठूलो रकम खर्चिइरहँदा बौद्धिक तहलाई भन्दा उनसले व्यापारिक प्रयोजनलाई प्राथमिकतामा राख्नु नयाँ विषय नभएको भन्दै उनले प्रश्नकर्ताको प्रतिवाद गरे। आफूले अभिनय गरेको फिल्म ‘वसन्ती’को उदाहरण दिँदै उनले थपे, ‘यहाँ उत्कृष्ट विषयमाथि बनाइएका फिल्महरुले राम्रै वाहवाही पाउँछन्। वसन्ती पनि सफल फिल्म थियो। धेरैले त्यसको प्रशंसा गर्नुभयो। तर फिल्मले व्यावसायिक सफलता पाउन सकेन।’
व्यावसायिक असफलताकै कारण वसन्तीका निर्माताले त्यसपछि अन्य फिल्म निर्माण गर्ने आँट नगरेको तितो उनले सुनाए। 'अब फिल्म निर्माणमा व्यावसायिकता रोज्ने वा बौद्धिक तहलाई अकर्षणयुक्त फिल्म बनाउने?’ उनले उल्टै प्रश्न गरे।
यो बहसमा राज्यको पनि चासो र लगानी हुनुपर्ने उनको जोड थियो। ‘यदि बौद्धिक तहले त्यसै अनुरुपका फिल्मको अपेक्षा राख्ने हो भने प्रतिफलको आशा नराखी राज्यले लगानी गर्नुपर्छ,' उनले भने, 'त्यसो होइन भने व्यक्तिको लगानीमा बन्ने फिल्मबाट त्यस प्रकारको अपेक्षा राख्नु सान्दर्भिक हुन्न।'
कार्यक्रमकी अर्की वक्ता त्रिपाठीले भने फरक मत राखिन्। सिंगो फिल्म उद्योग र फिल्ममा समाविष्ट विषयवस्तुको उपेक्षा गर्दै उनले भनिन्, ‘बौद्धिक वर्गले तीन घन्टा समय खर्चिएर फिल्म हेर्न पनि भ्याउँदैन र फिल्मबाट बौद्धिक विषयको अपेक्षा पनि राख्दैन।'
'तपाईंहरु फिल्म क्षेत्रसँग रहेर रातदिन सुत्नेउठ्ने गर्नुहुन्छ होला। मैले त्यति नगरे पनि म फिल्मको बारेमा जिरो छु भन्ने चाहिँ नसोच्नुहोला।’
उनको अभिव्यक्तिपछि दर्शकदीर्घाबाट पनि प्रश्न ओइरिए।
'तपाई खासै फिल्म नहेरेको कुरा गर्नुहुन्छ, बौद्धिक अपेक्षा राख्दिन पनि भन्नुहुन्छ। तर अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा स्वयं बहसका लागि आउनुभएको छ?‘
यसको जवाफमा उनले आफू किन अन्तरक्रियामा छु भन्ने कुरा आफूलाई भन्दा बढी आयोजकलाई थाहा भएको बताइन्। 'म व्यस्त छु भन्दाभन्दै पनि उहाँहरुले जोड गरेर म यहाँ आएकी हुँ,’ उनले आवेशपूर्ण शैलीमा थपिन्, 'तपाईंहरु फिल्म क्षेत्रसँग रहेर रातदिन सुत्नेउठ्ने गर्नुहुन्छ होला। मैले त्यति नगरे पनि म फिल्मको बारेमा जिरो छु भन्ने चाहिँ नसोच्नुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।