• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘टिपोट’ सिंहदरबार : माननीयज्यू, नेपालमै होला छुट!

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  ०७:०३
1140x725

पत्रकारिता गरेको दशक बढी भयो। तर, हालससम्म पनि म राज्य सञ्चालन गर्ने सिंहदरबार ‘फ्रेन्ड्ली’ छैन। सुरुवाती वर्षहरूमा गरिएको कला पत्रकारिताले सिंहदरबार प्रवेश जरुरी ठानेन।

त्यसपछिका चार वर्ष गरेको स्वास्थ्य पत्रकारिताले सिंहदरबारको पर्खाल बाहिरैबाट दिनहुँ गुजार्‍यो तर भित्र पस्न जरुरी भएन। किनभने स्वास्थ्य मन्त्रालय सिंहदरबारको पर्खाल भन्दा केही फिट बाहिरै छ।

केही दिनअघि एक्कासी सिंहदरबारभित्र पसेर रिपोर्टिङ गर्ने रहर जाग्यो। पत्रकारितालाई नै पेसा बनाइसकेको एकबारको जुनीमा सत्ता सञ्चालन र नीति निर्माणको प्रक्रिया बारे जान्न मन लाग्यो। यसै पनि नेपाल त सिंहदरबारकै चौकोस न हो।

त्यसैले केही दिनदेखि सिंहदरबारका गल्लीहरू छिचोलिरहेको छु। यहाँभित्र हुने कार्यक्रमको दर्शक बनिरहेको छु। दर्शक यसअर्थमा कि अझै सिंहदरबारसँग राम्ररी परिचित नभइसकेकाले भित्री कुरा थाहा पाइरहेको छैन। भित्री कुरा जानकारी नभएसम्म पत्रकार कसरी भइन्छ? बन्ने दर्शक नै हो। आइतबार पनि मसँग ‘दर्शकस्रोता बन्ने’ एउटा सूची थियो। लगभग चार बजेसम्म म सिंहदरबार भित्रै रहने पक्का थियो। केही कार्यक्रम जुधेका थिए।

सबैमा नभ्याइएला भनेर आफू जानैपर्ने ‘प्राथमिकता’ निर्धारण गरेँ। बाँकीमा साथीहरुको सहयोग लिने निधोसहित बिहान १०ः४७ मा म सिंहदरबारको दक्षिण गेटबाट भित्र पसेँ। दिउसो चार बजे फर्किएँ। नियमित गतिविधिका समाचार फोनबाटै टिपाएको थिएँ।

कार्यालय पुगेपछि दिनभरि सिंहदरबारमा देखेका र थाहा पाएका कुरालाई समाचार बनाउन डायरीको टिपोट हेर्न थालेँ। ती टिपोटहरूबाट गतिलो ‘रिपोर्ट’ बन्ने छाँट देखिन। तैपनि आफ्नै रेकर्डका लागि कम्प्युटरमा उतार्न थालेँ। उतार्दै जाँदा ब्लगसम्म पो बन्याे कि?

दुई घन्टा कुराउन नेपालमै हो छुट!
सिंहदरबार भित्र बिहान ठीक ११ बजे सुरु हुने भनिएका तीन वटा कार्यक्रम थिए। तीन वटै महत्वपूर्ण थिए। प्रधानमन्त्री कार्यालयमा ‘कृषिको वर्तमान अवस्था र भावी योजना’ विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल कार्यक्रम थियो।

संसदीय सुनुवाइ समितिमा विभिन्न आयोगका अध्यक्षहरूमाथि सुनुवाइ थियो भने दिगो विकास तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेसँग छलफल थियो। छाड्न मिल्ने तीन वटै कार्यक्रम थिएनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

विषयका हिसाबले सबै गम्भीर थिए। अरु दुई ठाउँमा साथीहरूलाई रेकर्ड गर्न अनुरोध गरेर मैले प्रधानमन्त्रीसँग हुने कृषि बारे छलफल रोजेँ। मोबाइलको घडीमा ११ः०५ डिजिट देखिएको थियो। प्रधानमन्त्री कार्यालयको गेटमा ‘मर्यादापालक’ले कार्यक्रम सुरु नभएको भन्दै रोके।

उनीहरुले थप सूचना दिए, ‘प्रधामन्त्रीज्यू आइपुग्नुभएको छैन। केही समय लाग्ला।’ ‘केही समय’मा सम्झौता गर्ने बानी लागेको छ। हामी केही मिनेटको ढिलाइलाई ‘नेपाली टाइम’ भन्छौँ, त्यहीअनुसार मुड बनाउँछौं। मैले पनि नेपाली समयलाई पछ्याउने मूड बनाएँ। एक घन्टा २० मिनेट कुरियो। प्रधानमन्त्री आउने सारसंकेत देखिएन। समय कटाउने मेलोका रुपमा अनलाइन पोर्टल चहारेर देश/विदेशको ताजा अवस्था जान्न मन लाग्यो। त्यो भन्दा अघि ट्वीटर हेरेँ। 

कुनै न्युज पोर्टलले संसदीय बैठकमा तीन मिनेट ढिला पुगेपछि जापानका ओलम्पिक मन्त्री योशिताका साकुरादाले माफी मागेको समाचार लेखेका रहेछन्। घटना गत बिहीबारको भए पनि नेपाली समाचार पोर्टलले आइतबार मात्रै छापेका थिए। हामी झन्डै डेढ घन्टादेखि प्रधानमन्त्री कुरिरहेका थियौँ।

कुराइमा पर्ने हामी पत्रकार बबुरा मात्रै भए त के फरक पर्थ्याे र! प्रधानमन्त्रीले त कृषिमन्त्री चक्रपाणि खनाल  र भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई समेत दुई घन्टा कुराइदिनुभएछ! जापान जस्ता देशमा तीन मिनेट पर्खिनुपर्दा हंगामा हुन्छ। हामीकहाँ घन्टौं कुराउने बानी छ। सायदै नेपालमै होला कुराउने छुट! 

सांसद जान्छन् चाहिँ कहाँ? 
प्रधानमन्त्री आउने संकेत नदेखेपछि म सुनुवाइ समितिको रिपोर्टिङ गर्न हिँडे। दुई वटा आयोगका अध्यक्षको सुनुवाइ हुने कार्यसूची थियो। यसअघि सुनुवाइ गरिएका दुईजनाको निर्णय पनि हुन सक्थ्यो। त्यसैले समय लाग्ने भएकाले अन्तिमतिर भए पनि भ्याउँछु भन्ने लागेर त्यता हिँडेको थिएँ।

सुनुवाइ समितिबाट निस्केर योगेश भट्टराईलगायत केही सांसद नेकपा संसदीय दलको कार्यालयअगाडि पुगिसकेका रहेछन्। सुनुवाइका लागि कुरेर बसेका एक टिभी पत्रकार बाटोमै भेटिए। उनलाई सोधें, ‘के भयो समितिको सुनुवाइ?’ उनले गणपूरक संख्या नपुगेर स्थगित भएको सूचना आफूले पाएको बताए। आएका सांसद पनि हिँडिसकेको जनाए। सुनुवाइ एक्कासी तय भएको होइन।

तीन दिनअघि नै सूचना गरिएको हो। सांसदलाई आम नेपालीले भोट हालेर संसदमा पठाएको पनि यही कामका लागि हो। मनमनै प्रश्न लहरिए, ‘सुनुवाइमै नआएर कहाँ गएछन् सांसद? जेका लागि चुनिएका हुन्, त्यही गर्न उनीहरू आउँदैनन् भने गर्छन् चाहिँ के? जान्छन् चाहिँ कहाँ?’ अन्य देशमा यस्तो हुन्छ होला र? कि नेपालमै हो छुट!

निहुँ झिकेर हिँड्ने कि डट्ने माननीयज्यू! 
१२ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो। यो बैठक भने निर्धारित  समयमै सुरु भयो।  नागरिकता सम्बन्धी विधेयकमा छलफल थियो। तर, नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई सांसद देवेन्द्र कँडेल र डिला संग्रौलाले सुरुमै एनसेलका टावरलाई लक्ष्य गरेर गरिएको बम विस्फोटबारे गृहमन्त्री रामबहादुर थापा बादलको जवाफ मागे।

उनीहरुका प्रश्न थिए, ‘जनता असुरक्षित महशुस गरिरहेका छन्। कसले गरेको रहेछ? घटनामा संलग्न पक्राउ परे कि परेनन्?’ समितिकी सभापति शशी श्रेष्ठले पूर्वसूचित विषयमा छलफल गरिसकेपछि उक्त विषयलाई सम्बोधन गरिने बताइन्। 

कँडेले र संग्रौलाले त्यही विषयमा प्रवेश गर्नुपर्ने अड्डी कसे। तर, समितिका अन्य सांसदहरू झपट रावल, यशोदा सुवेदीलगायतले पूर्वसूचित विषयमै छलफल गरेर अघि बढ्दा उपयुक्त हुने सल्लाह सभापतिलाई दिए। उनले त्यसै गरिन्। तर, सांसदद्वय संग्रौला र कँडेल त्यही निहुँमा हिँडे।

सांसद संग्रौलाले जाँदा जाँदै ‘अर्कै काम रहेको’ पनि बताइन्। कँडेलले पनि आफूले भनेअनुसार नभएको भन्दै बैठक छाडर हिँडे। लाग्यो– पहिले नै आफूसँग बैठकभरि बस्ने समय नभएकाले आफ्नो प्रश्नको जफाव अगाडि मागेको बताउनु नि! माननीय जस्तो व्यक्ति यसरी निहुँ खोजेर हिँड्नु सुहाउँदिलो हुन्छ त? त्यहीँ डट्दा पो राम्रो हुन्थ्यो कि? यसो गर्न पनि नेपालमै त होला छुट! 

७ नम्बर होइन, सुदूरपश्चिम हाे गृहमन्त्रीज्यू
नागरिकता सम्बन्धी संशोधन विधेयकका विषयमा बनेको समितिले बनाएको प्रारम्भिक सहमतिको ‘ड्राफ्ट’लाई सभापतिले पढेर सुनाएपछि उक्त विषयमा थप छलफल भएन। गृहमन्त्रीलाई सांसदद्वय कँडेल र संग्रौलाले उठाएकै विषयमा ब्रिफिङ गर्न अघि सारियो।

उनले एनसेल टावरमा बम विष्फोट र आगजनीका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने जारी रहेको बताए। घटनाक्रम हेर्दा नेकपा विप्लव समूहले गराएको हुनसक्ने उनले जानकारी दिए। यसअघि पक्राउ गरेर पनि छाड्दा मनोबल बढेको संकेत गरे। उनले देशका विभिन्न ठाउँमा भएको आगजनी र बम विष्फोटका घटना विस्तृतमा सुनाए।

यसैक्रममा उनले सुदूरपश्चिमको अछाम र कञ्चनपुरमा समेत एनसेल टावरमा आगजनी भएको बताए। यसक्रममा सच्याए, ‘प्रदेश ७ को नामकरण त भइसकेको छैन क्या हो?’ तर, सच्याएकै कुरा गल्ती भयो। अरु सांसदले ‘सुदूरपश्चिम’ नामाकरण भइसकेको अवगत गराएपछि उनले फेरि सुदूरपश्चिम भन्दै सच्याएर बोले।

गृहमन्त्रीलाई प्रदेशको नामाकरण भएको समेत पत्तो नहुनु ‘ठूलो इस्यु’को कुरा होइन। यति त हुन्छ नि नेपालमा छुट!

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु
सुनको मूल्य वृद्धि
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख ६, २०८३
संविधान संशोधनसम्बन्धी अध्ययन समितिलाई काँग्रेसद्वारा पूर्णता आइतबार, वैशाख ६, २०८३
दक्षिणी लेबनानमा दुई इजरायली सैनिकको मृत्यु आइतबार, वैशाख ६, २०८३
सुनको मूल्य वृद्धि आइतबार, वैशाख ६, २०८३
राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबिच शिष्टाचार भेट आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्