• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

देहातकी बादी डिक्रा, जब श्रीमान्‌सँगै रैथाने संगीत लिएर सहर पसिन्

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  २१:४८
1140x725

काठमाडौं- जमलस्थित राष्ट्रिय नाचघर। शनिबारको दिन। फुर्सदसहित हाजिर थिए बिन्दास दर्शक। सानो हल। खचाखच भएका दर्शक।

रेकर्ड भएको पछिल्लो गीतबाट एकल गायनको सुरसार कसिन्, डीक्रा बादीले। घाँटी तन्काइन्, गला चेकजाँच गरिन्। 

श्रीमान् कित्थ्याले सारंगी रेट्न थाले। निस्कियो सुरिलो संगीत। त्यसमै सुरिलो स्वर मिसाइन्, डीक्राले। देउडा लोकगीतको ठाडी भाकाले हल गुन्जायमान भयो। डीक्रा गुइन्जिइन् हलभरी। कोकीलकण्ठी स्वरमा उनले गीत गाउँदा केही समयअघिसम्म कोलाहल फिज्जिएको हल सुनासान बन्यो। तर उनको स्वरले सबैलाई आकर्षण गर्यो। 

सुदुरपश्चिममा लोकगायिकाको पहिचान छ, उनको। डेउडा गायनमा तहल्का मच्चाएकी लोकगीतकी कोइली हुन् डिक्रा। 

भरपुर कला लगाइन् गाउनमा डिक्राले। किनकी, त्यसकै लागि सुदुरपश्चिमबाट काठमाठौंसम्मको कष्ट गरेकी थिइन्।

केही छाडिनन् बाँकी। देउडा भाषाका दोहोरी गाइन्।  ठाडी भाकामा लोकगीत गाइन्। माहोललाई विरहको बनाइन्, गुन्जायमान बनाएर सजाइन् स्वरकै भाकामा। हँसिलो, ठट्यौलो पनि बनाइन्। 

एकल गायनको पूरै समय गुन्जिइरहिन् डीक्रा। गायनमा कतिखेर श्रीमान्‍को साथ लिइन्, कतिखेर गायिका झुमा लिम्बूको। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमान्सँग दुईटा दोहारी गाइन्। झुमासँग पनि दुइटै देउडा गाइन्।  

एकताकाकी ‘हिट’ गायिका डिक्रालाई खोज्दै काठमाडौँसम्म ल्याएका हुन्, कन्सेप्ट नेपाल, रैथाने संगीत समूह र अलिमयाँ लोकवाङ्मय प्रतिष्ठान पोखराले। 

‘मूलप्रवाहीकरण’ले उमङ्ग
सहरका एकल गायन र एकल साँझहरू। कहाँ ठाउँ पाउनु देउडाले, दोहारीले र रोइलाले। ठाउँ पाउँछन्-पपले, आधुनिकले र इङ्लिसले। रैथाने गीतसंगीत सँधै रछ्यानमा।

देउडाले नाचघरको हल के गुन्जिएको थियो, खुसीले गुन्जिए युवाहरू, श्रोताहरू, दर्शकहरू अनि अरू पनि। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पढ्न सकिन्थ्यो उनीहरूका अनुहारमा आफ्नै थलोको, आफ्नै भेगको, आफ्नै भाषाको गीत सहरमा घन्किँदाको खुसी र उमङ्ग। 

रैथाने संगीतमा हुन थालेको मूलप्रवाहीकरणको एक कारण थियो दंगदास हुनुमा।  

रैथाने संगीत समूह जन्माइएको छ, त्यसकै लागि। लागेको छ समूह, देहातका गीत सहरमा ल्याउन। 

को हुन् डीक्रा? 
दुई दशकभन्दा लामो समय देउडा गायनमा पडक जमाएकी लोकगायिका हुन्, डीक्रा बादी। तर, अचेल भने उनी ओझेलमा छिन्। कञ्चनपुरको बङ्क गाउँ हो, उनको घर। 

देउडा गायनमा एक समय सुदुरपश्चिम र मध्यपश्चिममा चर्चा चुलिएको थियो उनको। दर्जनौं दोहोरी र ठाडी भाकाका गीत गाएकी छिन्।

२०५२ सालदेखि गीत रेकर्ड भए। श्रोतामाझ लोकप्रिय भइन्। माग बढ्दै गयो। दर्जन एकल एल्बम निक्लिए। 

कहिले बिछोडको, कहिले बिरहको, कहिले पीडाको त कहिले अभावको अलाप निकाली रहिन् संगीतमा। 

गाउँघरको सुखदुःख गाइन्। सिंगो सुदुरुपश्चिम गाइन्। त्यसैले उताकी गहना भइन्। तर, मुलधारले चिनेन्। आफ्नो मानेन्। 

पहिलो एल्बम हो, ‘बसिबियाँलो’। त्यसपछि ल्याइन सारंगी, बउजू, सुनकेशरी, लडेली चेली, लोग्ने छ परदेश, माछी जाल, प्याउली फूल फूल्न देउ, साँफे बस पुगियो, हाम्रै भीरपाखा, लाल छातालगायत।

जीवनका उकाली ओरालीमा कित्थ्याको राम्रो साथ पाएकी छिन्। अहिले ५० वर्षकी भइन्। कित्थ्या चाहिँ दुईवर्ष जेठा हुन्। दुई छोरा र दुई छोरी छन्। हजुरआमा पनि बनिसकेकी छिन् डिक्रा। 

उनी राम्रो गाउँछिन्। राम्रो बजाउँछन्, श्रीमान्। राम्रो सारंगीवादक हुन्, कित्थ्या। गायन राम्रै भए पनि त्यति रुची छैन् उनको गायनमा। बरु श्रीमतीलाई सघाउँछन्।

समय चीरकाल एकनासको नहुने रेहछ। त्यो बेला क्यासेटमै जमेको थियो, गायकी। 

अहिले डिजीटल युगमा प्रवेश गर्‍यो, संगीत वाङ्मय। पुराना क्यासेटका दिन गए। तिनलाई ‘डिजिटलाइज’ गर्न सकिनन् डिक्राले। उतिबेलै गाइन्, उतिबेलै गए पनि उनका कला, नफर्कने गरी। अब यसको प्रमाण छैन उनीसँग।   

पारिवारिक समस्या बढे। आर्थिक अभाव पनि बढ्यो। काठमाडौँ मात्रै होइन, मुम्बइका स्टेजहरुमा समेत गाएकी उनी विस्तारै छायाँमा परिन्। चमक धमिलो भयो एउटा गहनाको। 

बादी समुदाय। पुर्ख्यौली पेसा गाउने, बजाउने, नाच्ने। त्यतिले के गुजारा चल्थ्यो। गरिबीले पेलिरहेको छ। सानो झुप्रो छ, घरका नाममा। 

अपेक्षा छ- आर्थिक सहयोगको। उदार केही मनहरुले दुःखेको मनमा मल्हम लागाएका पनि छन्। अझै सहयोगी हातहरु बढिदिउन् भन्ने अपेक्षा छ, उनको। 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  २१:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्