काठमाडौं- नेपाल आएका चर्चित गायक सोनु निगम बिरामी भएका छन्। पोखरामा रहेका उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल काठमाडौं ल्याइएको छ।
गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ। अस्पताल स्रोतका अनुसार गायक निगमलाई अस्पतालको ५ सय १ नम्बर बेडमा राखेर उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।