• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जिडिपी मापन प्रणाली कति विश्वसनीय?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ३, २०७५  २०:४४
1140x725

कुल ग्रार्हस्थ्य उत्पादन (जिडिपी) मुलुकको अर्थतन्त्रको महत्वपूर्ण सूचक मानिन्छ। जिडिपीले मुलुकभित्र कुल कति परिमाण बराबरको वस्तु तथा सेवा उत्पादन भए भन्नेकुरा देखाउने मात्र नभई अर्थव्यवस्थाको वास्तविक अवस्थासमेत  दर्शाएको हुन्छ। तर, नेपालको हकमा भने जिडिपीको तथ्यांक आफैंमा कति आधिकारिक छ भन्ने प्रश्न उब्जन थालेको छ।

मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका विभिन्न पेसा, व्यवसाय तथा उत्पादनका क्षेत्रहरू जिडिपीको दायराभित्र अटाउन नसक्दा उक्त तथ्यांक कति विश्वसनीय छ भन्ने प्रश्न उठेको हो। संयुक्त राष्ट्रसंघीय लेखा पद्धतिले तयार गरेको म्यानुअलअनुसार राष्ट्रिय लेखा तर्जुमा गर्दा २१ सूचकांकका आधारमा राष्ट्रिय लेखाको गणना गर्ने व्यवस्था गरेको छ। 

नेपालले १७ वटा सूचकांकका आधारमा मात्र जिडिपी निर्धारण गर्दै आएको छ। राष्ट्रसंघीय लेखा पद्धतिले तयार पारेको म्यानुअल सन् २००८ मा परिमार्जन भइसकेको छ। तर नेपालले भने अझै सन् १९९३ को म्यानुअललाई आधार मान्दै जिडिपी मापन गर्दै आइरहेको छ। जसकारण कुल गार्हस्थ्य उत्पादनले समेटेका सबै तथ्यांकले पूर्णता नपाएको साथै महत्वपूर्ण आर्थिक गतिविधि जिडिपीमा समेट्न नसकिएको विश्लेषकहरुको मत छ। करिब अढाई दशकअघिका आर्थिक गतिविधि र मुलुकको अर्थ व्यवस्थालाई आधार मानेर तयार गरिएका म्यानुअलले पछि थपिएका आर्थिक गतिविधि समेट्न नसकेको भन्दै बहस हुन थालेको छ। 

नेपालले सन् २०००/२००१ लाई जिडिपी निर्धारणका लागि बेञ्चमार्किङको आधार लिएको छ। १९ वर्ष अगाडिका तथ्यांकलाई विश्व परिवेशमा स्वीकार नगरिने पक्ष एकातर्फ छ भने अर्को तर्फ २०००/२००१ को कुल गार्हस्थ्य उत्पादन गणना सूचकांक परिवर्तन भइसकेका छन्। नयाँ वस्तु तथा सेवाले अर्थतन्त्रमा प्रवेश लिइसकेको अवस्थामा साविकका सूचकका आधारमा गरिएको गणनाले यथार्थ जिडिपी मापन गर्न सक्दैन।

उदाहरणका लागि सफ्टवेयर व्यवसाय, उपभोक्ता समितिबाट हुने कारोबार, वित्तीय सहकारी संस्थाको कारोबार, शिक्षाक्षेत्रका परामर्शदाता संस्थाको कारोबार, म्यानपावर कम्पनीका कारोबारजस्ता विषयले अर्थतन्त्रमा पुर्‍याएको योगदान राष्ट्रिय लेखाप्रणालीको दायरामा आउन सकेको छैन। जसले गर्दा कुल गार्हस्थ्य उत्पादन न्यून भएकोले राजस्व सङ्कलनको प्रतिशत र वृद्धिदर समेत यथार्थपरक नरहेको प्रष्ट आधारहरू देखिन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्याल नेपालले पुरानै 'स्टाण्डर्ड' लागू गरिहेका कारण जिडिपीको तथ्यांक वास्तविकताको सबैभन्दा नजिक छ भनेर स्वीकार्न नसकिने बताउँछन्। ‘हामीले राष्ट्रसंघीय लेखा पद्धतिले सन् १९९३ मा तेस्रो पटक तयार पारेको लेखापद्धतिअनुसार जिडिपी निकाल्छौं। जुन सन् २००८ मा चौथो पटकसमेत संशोधन भईसकेको छ। यो अवधिभित्र वस्तु तथा सेवा उत्पादनका क्षेत्रमा धेरै आयाम थपिएका छन्। जो अझै जिडिपीमा समेटिएका छैनन्,’ महानिर्देशक अर्यालले भने।

संयुक्त राष्ट्रसंघीले लेखापद्धतिले नेपाललाई अन्तराष्ट्रिय औद्योगिक वर्गीकरणका आधारमा जिडिपी निर्धारण गर्न बारम्बार सम्झाउने समेत गरेको उनको भनाइ छ। 

महालेखा परीक्षक कार्यालयको ५५औं वार्षिक प्रतिवेदनले पनि यस विषयलाई मुलुकको अर्थव्यवस्थाको प्रमुख समस्याका रूपमा औंल्याएको थियो। कतिपय व्यवसाय वार्षिक लेखा प्रणालीमै समावेश नभएका कारण पनि अहिलेको तथ्यांकलाई पूर्ण आधिकारिक मान्न नसकिने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। ‘राष्ट्रिय आय गणना सूचकांक प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्ने तथा त्यो सम्भव नभएमा ५ वर्षको अन्तरालमा अद्यावधिक गरी मिलान गर्नुपर्छ। यस्ता तथ्यांकको आधार १० वर्षसम्म पनि अद्यावधिक नभई गणना गरिएका सूचनाको यथार्थता राष्ट्रसंघले स्वीकार नगर्ने अवस्था हुन्छ,' महालेखा परीक्षक कार्यालयका प्रवक्ता विष्णुप्रसाद अर्याल बताउँछन्। 

नेपालमा जिडिपी निर्धारण गर्दा मुख्यतया तीनवटा कुरालाई आधार मानिन्छ। उत्पादन क्षेत्र, उपभोग तथा खर्च विधि र आय विधि। उत्पादन क्षेत्रअन्तर्गत कृषि, पशुपन्छी, वन, औद्योगिक उत्पादन, विकास निर्माणलगायतका वस्तु तथा सेवालाई समेटिन्छ। खर्च विधिमा प्रत्येक व्यक्ति र परिवारले गरेको औसत खर्च, सरकारले गरेको खर्च, लगानी, आयात/निर्यातलगायत क्षेत्र समेटिन्छ। त्यसैगरी आय विधिअन्तर्गत तलब, ज्याला, सरकारको आम्दानी, कर, राजश्व, सार्वजनिक संस्थानको चालु बचतलगायत विषय समेटिन्छ।

खर्च विधि र आय विधिअन्तर्गतका अधिकांश विषय पुरानै स्टान्डर्डसँग मिल्दोजुल्दो भएपनि उत्पादन क्षेत्रमा थुप्रै नयाँ व्यवसायले प्रवेश पाइसकेका छन्। ती क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण स्थान राखेपनि जिडिपीमा कति प्रतिशत हिस्सा समेटेका छन् भन्ने कुनै आँकडा भेटिँदैन।

प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्