• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत २५, २०८२ Wed, Apr 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धङ्गे नाचको संरक्षणमा युवाको अग्रसरता

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १८:२२
1140x725

रुकुम (पूर्व)– छमछम बज्ने सितारा हाली बुनेको कालो मखमलको चोली, घुँडासम्म आउने मखमलकै सुरुवाल, टाउकोमा सेतो पगरी अनि रङ्गीचङ्गी धागोबाट बुनेका फूलका थुङ्गाजस्तै देखिने लहरा पगरीबाट कम्मरसम्म पुगेको हेर्दा जो कोहीलाई अनौठो लाग्छ। 

अनि त्यसैमा काठबाट बनेका डरलाग्दा विभिन्न आकृतिका मुकुण्डा अनुहारमा, काठबाट बनेका खुकुरी र तरबार कम्मर अनि हातमा, त्यसैमाथि पनि लठ्ठीलाई बङ्गाएर बाँदरको जस्तै जोडेको पुच्छर। यो दृश्यले सबैलाई चकित पार्छ।

साना–साना बालबालिका र टाढाबाट आएका पाहुना झट्ट हेर्दा त तर्सिन्छन् पनि। 

यो सबै कसैलाई तर्साउन नभई रुकुम (पूर्व) को एक मौलिक नाच हो। जसलाई नचारु तथा धङ्गे नाच भनिन्छ।

परम्परागत लोपोन्मुख नचारु तथा धङ्गे नाच समूह क्याङसीले आफ्नो गाउँको कला र संस्कृतिलाई जोगाइ राख्न गाउँगाउँमा गई यो नाच प्रस्तुत गर्ने गरेको छ। 

समूहले नाचेरै रु ९ लाख १५ हजार ४ सय १५ सङ्कलन गरेको समूहका सदस्य पुनबहादुर रोकाले बताए।

समूहले मङ्सिर २६ गतेबाट सुरु गरेको नाच एक महिनासम्म सञ्चालन गरेको थियो। 

भूमे गाउँपालिकाको कार्यालयबाट नाच सुरु गरेको उक्त नचारु तथा धङ्गे नाच समूहले भूमेको काँक्री, लुकुम, महत, सिमा, पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो सेरा, तकसेरा, बाछिगाउँ, कोल, राङ्सी, रोल्पाको थवाङ र दाङ जिल्लाका विभिन्न ठाउँमा नाच प्रदर्शन गरेको थियो। 

परम्परागत कला, संस्कृतिलाई बचाइ राख्ने र त्यही कला र सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले यो नाच गाउँगाउँमा गएर नाचेको समूहले जनाएको छ।

मौलिक कला र संस्कृतिको जगर्ना गर्ने भन्दै वडापालिकाले पनि जनजाति संस्कृति तथा वेषभूषा संरक्षण क्याङ्सी शीर्षकमा बजेट छ्ट्याएको भूमे गाउँपालिका–३ का वडाध्यक्ष दिलमान रोकाले जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

वडापालिकाबाट छुट्याइएको  १ लाख ९५ हजार रकमले नचारु नाचको पोशाक खरिद गरेको समूहले जनाएको छ। 

त्यसैगरी नाचेर सङ्कलन गरिएको रु ९ लाख ९५ हजार ४ सय १५ मा ४ लाख ८४ हजार ७ सय १५ सामग्री खरिद र समूह व्यवस्थापनमा खर्च भएको समूहका सदस्य रोकाले बताए। उनका अनुसार अहिले ४ लाख ३० हजार ७ सय समूहको बचत रहेको छ।

बचत रकमलाई संस्कृति जगेर्ना गर्ने कार्यमा लागानी गर्ने उनको भनाइ छ। 

के हो धङ्गे नाच 

सत्ययुगमा गुरु गोरखनाथले दैत्ते राक्षसलाई मार्न नसकेपछि नचारु तथा धङ्गे नाचको पोशाकमा सजिदा दैत्तलाई मार्नसक्ने शक्ति गुरु गोरखनाथलाई प्राप्त भएको किम्बदन्ती छ।

त्यसै समयदेखि यस नाचको सुरु भएको नचारु नाचका गुरु धर्मबहादुर रोकामगरले बताए। 

उनले धने, 'गाउँ गाउँमा राक्षस तथा राक्षसरुपी व्यवहारबाट हुने अशान्त, पीर व्यथालाई शान्त पार्न गोरखनाथलाई पुकारी नाच्ने गर्दछौँ, जसले गर्दा नाचबाट विभिन्न देवीदेवता प्रसन्न भई गाउँलाई सुरक्षा गर्ने विश्वास रहिआएको छ।' 

विभिन्न ठाउँमा गएर नाच प्रदर्शन गर्दा पनि उक्त ठाउँका मानिसलाई सुरक्षा मिल्ने उहाँले बताए। 

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन बुधबार, चैत २५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक बुधबार, चैत २५, २०८२
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न बुधबार, चैत २५, २०८२
मानव इतिहासमा सबैभन्दा टाढाको यात्रा सम्पन्न बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्