• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भारतमा असफल \'प्रधानमन्त्री रोजगार कार्यक्रम\'काे नेपालमा नयाँ \'कलेवर\'

64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  ११:०१
1140x725

नेपाल सरकारले बुधबारबाट 'प्रधानमन्त्री रोजगार कार्यक्रम' सार्वजनिक गर्दैछ। सरकारले कार्यक्रम सञ्चालनका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको जनाएको छ।

नेपालमा लागू गर्न लागिएको यो कार्यक्रम भने भारतमा असफल भएको कार्यक्रममध्येमा पर्छ। भारतमा सन् २००५ बाट सुरु भएको यो कार्यक्रम तत्कालीन भारतीय कांग्रेस गठबन्धन सरकारले सुरु गरेको थियो। मनरेगा अर्थात महात्मा गान्धी ग्रामिण रोजगार सुनिश्चितता ऐन नामकरण गरेर सुरु भएको कार्यक्रमले आशातित प्रतिफल दिन सकेको थिएन।

'रोजगारीको हकसम्बन्धी ऐन, २०७५' पारित गरिसकेको नेपाल सरकारले बुधबारबाट लागू गर्न लागेको यो कार्यक्रम विशेषत: एक कानुन हो। सरकारले पारित गरेको ऐनमा सकेसम्म युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने र नसकेको अवस्थामा जिवन निर्वाहको लागि बेरोजगार भत्ता प्रदान गर्ने जनाइएको छ।

मनरेगा कार्यक्रममा के थियाे?

भारतमा पनि याे कार्यक्रम ऐनकाे कार्यान्वयन गर्ने रुपमा सुरु भएकाे हाे।

राष्ट्रिय रोगजार सुनिश्चितता ऐन नामबाट सुरु भएको यो कार्यक्रम सन् २००८ अप्रिलबाट भारतीय सरकारले महात्मा गान्धी रोजगार सुनिश्चिता ऐन नामाकरण गरेको थियो।

भारतका ग्रामिण क्षेत्रका बेरोजगार युवालाई लक्षित गरेर ल्याइएको कार्यक्रममा बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिएको १५ दिनभित्र एक सय दिनको रोेजगार सुनिश्चित गर्नुपर्ने व्यवस्था थियो। रोजगारी दिन नसकेको अवस्थामा बेरोजगार भत्ता दिनुपर्ने रोजगार सुनिश्चिता ऐनमा उल्लेख थियो।

समाजिक सुरक्षा कोषअन्तर्गत ल्याइएको मनरेगा कार्यक्रमले ग्रामिण क्षेत्रमा बसोबास गर्ने युवाको जिवनयापनमा सहयोग गर्ने भारतीय सरकारको अपेक्षा थियो। साेका लागि राज्यअनुसार रोजगारीको तलब र बेरोजगारी भत्ता तय गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

मनरेगा कार्यक्रम यी कारणले असफल

भारतीय सरकारको यो कार्यक्रम असफल हुनुमा भारतमा व्याप्त रहेको नीतिगत भ्रष्टाचार प्रमुख कारण रहेको विभिन्न अध्ययनले देखाएको छ।

भारत सरकारले लागू गरेको यो कार्यक्रम कार्यान्वयनका ५ चरण छन्। यस कार्यक्रमलाई आवश्यक पर्ने बजेट केन्द्र सरकारले प्रदेश सरकार हुँदै स्थानिय तह, जिल्ला, नगर र वडा (ग्राम पञ्चायत)सम्म वितरण हुने व्यवस्था छ। बेरोजगारहरुको पूर्ण विवरण र बैंक खाता ग्राम पञ्चायतअन्तर्गतका निकायसँग हुने भएकाले पनि केन्द्र सरकालाई स्थानिय तहसँगको समन्वयबिना यो कार्यक्रम सञ्चालन गर्न अप्ठेराे हुन्छ। जसका कारण पनि कार्यक्रम फलदायी र दिर्घकालीन हुन सकेन।

भारतमा बेरोजगार युवालाई मनरेगाअन्तर्गत सार्वजनिक कामहरु जस्तै स्थानिय स्तरमा हुने विकास निर्माणको काममा सहभागी गराइन्छ।

केन्द्र हुँदै वडासम्म विभिन्न चरण पार गरेर पुग्ने बजेट सरोकारवाला निकायसम्म पुग्दा नीतिगत भष्टचारका कारण अत्यन्त न्यून भएको आरोप छ। जसका कारण लाभान्वित हुने भनिएकाे समूहलाई मनरेगा कार्यक्रमबाट फाइदा नपुगेकाे बताइन्छ।

माेदी सरकारकाे पनि मनरेगाजस्तै एकै प्रकृतिका याेजना

भ्रष्टाचारको अलावा यो कार्यक्रमलाई कांग्रेस आई गठबन्धन सरकारले भोट बैंकको रुपमा प्रयोग गरेको आरोप पनि लगाइन्छ।

मनरेगा कार्यक्रमलाई कांग्रेस गठबन्धन सरकारले भोट बैंकको रुपमा प्रयोग गरेको आरोपसहित वर्तमान भारतीय जनता पार्टीको सरकारले साेही कार्यक्रमलाई फरक रुपमा सञ्चालन गरिरहेको छ। जनधन योजना, अटल पेन्सन योजना, गरिब कल्याण योजना, प्रधानमन्त्री आवास योजना आदि वर्तमान सरकारले कार्यान्वयनमा ल्याएका याेजना हुन्।

सैद्धान्तिक हिसाबमा यी कार्यक्रम र मनरेगा एकै प्रकृतिका भए पनि वर्तमान सरकारले आफूले कार्यान्वयनमा ल्याएका कुनैपनि कार्यक्रमलाई मनरेगासँग जोड्ने प्रयास गरेको छैन।

नेपालमा भारतीय 'नक्कल'

भारत सरकारले लागू गरेको मनरेगा कार्यक्रमकै नक्कल गरेर ल्याइएको नेपालको प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि एक सय दिन बेरोजगार युवालाई रोजगारीको सुनिश्चितता गर्ने बताएको छ। भारतमा जस्तै नेपालमा पनि केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा गरी सरकारका ५ तह छन्। यसअनुसार नेपालमा पनि नीतिगत भ्रष्टाचार र यस कार्यक्रमलाई भोट बैंकका रुपमा प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिँदैन।

तत्कालीन नेकपा माओवादीका नेता तथा वर्तमान नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सञ्चालन गरिएको 'युवा स्वरोगजार कार्यक्रम' पनि नेपालमा सफल हुन सकेको थिएन। बेरोजगार युवालाई स्वावलम्बी बनाउने भन्दै कार्ययोजनासहित आउने युवालाई बिना धितो २ लाख रुपैयाँसम्म दिने तत्कालीन सरकारको निर्णय प्रभावकारी हुन नसकेको हो।

पार्टीका कार्यकर्ता तथा आसेपासेलाई मात्र बढी पोसेको आरोप लागेको उक्त कार्यक्रममा पनि नीतिगत भ्रष्टाचार भएको आरोप लाग्ने गरेको छ।

भूकम्प पीडितलाई सुलभ ब्याजमा आवास निर्माणका लागि ऋण दिने निर्णय गरेको सरकारले यो अवधिमा ५ सरकार फेरिँदा पनि पीडितले सुलभ ऋण प्राप्त गर्न सकेका छैनन्।

यस्तो अवस्थामा सरकारले लागू गर्ने 'प्रधानमन्त्री राेजगार कार्यक्रम'को प्रभावकारीता कस्तो रहनेछ, त्यो भने हेर्न बाँकी छ।

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्