• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सरकार पीडितलाई न्याय दिनेभन्दा गलाउनेतिर लाग्यो : अनुपराज शर्मा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  १५:३६
1140x725

संक्रमणकालीन न्याय अलपत्र अवस्थामा पुगेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि असफलप्राय देखिएका छन्। द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाका पीडितलाई न्याय दिने कुरा प्राथमिकतामा पर्न सकेको छैन। हालै मात्र संक्रमणकालीन न्यायका सम्बन्धमा छानबिन गर्न बनेका दुई आयोगको म्याद थप एक वर्ष सरकारले थप गरेको छ। पूर्वप्रधानन्यायाधीश समेत रहेका राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग नेपाल लाइभले गरेको कुराकानीः

संक्रमणकालीन न्याय कहाँ अल्मलियो? किन यत्तिका वर्षसम्म न्यायको सुरुवात भएन? 
संक्रमणकालीन न्याय व्यवस्थाको जग नै विस्तृत शान्ति सम्झौता हो। यसका कम्तीमा तीन वटा सेक्सनमा मानव अधिकार उल्लेख छ। मानव अधिकारलाई मान्यता दिने, दन्डहिनता अन्त्य गर्ने, मानव अधिकार आयोगले अनुगमन गर्ने र अन्तर्राष्ट्रिय मानवीय कानुनलाई मान्यता दिने। त्यो सम्झौतामा पटकपटक यो विषय दोहोर्‍याइएको छ। त्यसैले संक्रमणकालीन न्यायलाई छाड्यो भने त विस्तृत शान्ति सम्झौताको जग नै भत्किन्छ। मानव अधिकारलाई हलुका किसिमले लिनु हुँदैन।

सरकार र दलहरु इमान्दार हुन किन सकेनन्?
सायद हरेक राजनीतिक दलमा नयाँ भिजनका साथ नयाँ पुस्ता अगाडि आउनुपर्ने हो कि! हामीकहाँ पटकपटकको आन्दोनलमा जसले भाग लियो, ऊ महान भइहाल्ने स्थिति छ। त्यही धङधङीमा मात्रै बाँचिरह्यौं हामीहरु। नयाँ पुस्तालाई पुरानो आन्दोलनप्रति कुनै आकर्षण हुँदैन। नयाँ समयअनुसार, नयाँ टेक्नोलोजी अनुसारको मान्यता हुन्छ।

हाम्रो नेतृत्व वर्ग पुरानो सपनामा बाँच्यो। हामी त १२ वर्ष, १४ वर्ष जेल परेको हो भन्छन्। जेल पर्नु नै ठूलो योगदान हो भन्ने लागेको छ उनीहरुलाई। मलाई हाँसो उठ्छ। हुन त तुलना गर्नु उचित होइन, तर कसैलाई फौजदारी मुद्दा लागेर २० वर्ष पनि त जेल परेको हुन्छ। त्यो महान त हुने होइन नि। जेल पर्दैमा क्षमतामा विकास हुने होइन। अर्थात्, शासन गर्ने मोहबाट मुक्त नै भएन हाम्रो नेतृत्व। त्यो मोहबाट मुक्त नभएपछि राम्रा शब्दावलीले जामा लगाउने गरेको देखिन्छ। 

पदमा पुग्नेबित्तिकै पीडितलाई सेवा गर्ने कुरा नै भुल्छौं। सेवा गर्न संस्था स्थापना गरिएको कुरा नै भुल्छौं। तर, मनोविज्ञान नै म त हाकिम हुँ भन्ने खालको छ।

कताकता हाम्रो शासनमा माफियातन्त्र र ठेकेदार हाबी भए भन्ने लाग्छ। यिनीहरुको प्रभाव नहटाउन्जेल शासन पद्धति यस्तै हुन्छ। जनतालाई पनि चुनावमा के छनोटको अधिकार हुन्छ र? दुइटा बदमासमध्ये कम बदमास चुनिन्छ। तर त्यो पनि बदमास नै हो आखिर। सरकारको राम्रो नीति आए पनि केही दिनमै निष्क्रिय हुन्छ। किनकि, त्यस्ता नीतिले असर पुग्ने वर्ग साह्रै बलियो छ।

विस्तृत शान्ति सम्झौता भएको केही दिनअघि मात्रै १२ वर्ष पूरा भयो। १० वर्षसम्म चलेको द्वन्द्व र त्यतिबेला भएको मानवधिकार हननलाई कसरी केलाउनुहुन्छ?
केलाउनुभन्दा पनि त्यसको निराकरण कसरी भइरहेको छ भन्ने हेरिरहेको छु। त्यो द्वन्द्वमा १२/१३ हजारभन्दा बढी मानिसको मृत्यु भयो। विस्थापन पनि निकै भयो। तथापि, सुखद पक्ष चाहिं हतियारधारी र सत्ताधारीबीच शान्ति सम्झौता भयो। नेपालका लागि ठूलो उपलब्धि हो। किनकि, धेरै देशमा त्यसरी सम्झौता नभएकाले द्वन्द्वको निराकरण हुन सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

विस्तृत शान्ति सम्झौताका तीन वटा पक्ष राम्रा थिए। दन्डहिनतालाई अन्त्य गरिने, मानवधिकारको बहाली र अन्तर्राष्ट्रिय मानवीय कानुनलाई मान्यता दिने कुरा स्वीकार गरिएको थियो। तर अहिले यी तीन वटै कुरा ओझेल परेको छ। दन्डहिनता भनेअनुसार समाप्त भएन। र, आयोगको गठन पनि ढिला भयो। आयोगले जुन गति लिनसक्नुपथ्र्यो, लिन सकेन। त्यसको दोष सरकारी संयन्त्रलाई जान्छ। 

किनकि उनीहरुले कानुन, बजेट र विज्ञ कर्मचारी दिनुपथ्र्यो। करारमा विज्ञ कर्मचारी लिने गरिदिनुपर्थ्यो। त्यो नभएपछि विभिन्न व्यवधानहरु आए। र, आयोगले पनि गति लिन सकेन। अहिले द्वन्द्वपीडित व्यक्तिहरुलाई सोध्ने हो भने आयोगप्रति आस्था उजागर भएको पाइँदैन। 

पछिल्ला समाचारहरुले सरकारले नै यी दुई वटा आयोगलाई त्याग्न लागेको हो कि जस्तो देखिन्छ। त्यागेर निराकरण चाहिं हुँदैन। अब बन्ने आयोग योभन्दा सबल हुनुपर्‍यो। सबल बनाइएन वा अहिलेको जस्तै आयोग बनाइयो भने एउटा समस्या आउँछ। सरकार अब के गर्ने भन्ने अन्योलमा छ कि जस्तो देख्छु।

दुई वटा आयोगले किन ४ वर्षसम्म काम गर्न सकेनन् ?
सबैभन्दा पहिले त ती आयोगले किन काम गर्न सकेनन् भन्ने कुराको विश्लेषण गर्न जरुरी छ। दुई वटा आयोगका अध्यक्षहरुसँग मेरो कुराकानी हुँदा उहाँहरु भन्नुहुन्छ– ऐनहरु छैन। संशोधन आएन। बेपत्तासम्बन्धी कानुनै छैन। यातनाको कानुन पनि छैन। कसरी हामी काम गर्ने? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्को, सेवामा रहेका र निजामती कर्मचारीका दिइयो तर उनीहरुको लोयालिटी त्यहाँ हुंदैन। जुन मन्त्रालयबाट आउँछ, उसको लोयालिटी त्यतै हुन्छ। हामीलाई ट्रेनिङ दिन अनुरोध आएको थियो, दियौं पनि। तर ५/६ दिनमै सरुवा भएर जानुभयो। तीन वर्षमै सचिव नै कति वटा फेरिए। कसैले पनि त्यो अड्डालाई माया गरेको देखिएन। त्यसैले यही आयोगलाई निरन्तरता दिने हो भने शक्तिमान बनाउनुपर्छ। कानुन, बजेट र दक्ष जनशक्ति दिनुपर्छ। त्यति हुँदाहुँदै पनि काम भएन भने मात्र प्रश्न खडा हुन्छ।

सरकारले नै यी दुई वटा आयोगलाई त्याग्न लागेको हो कि जस्तो देखिन्छ। त्यागेर निराकरण चाहिं हुँदैन।
अहिले द्वन्द्वपीडितको सरोकार छ। हामीसँग छलफल नै गर्दैनन्। त्यो अवस्था पनि चिर्नुपर्छ। विकल्प नै सोच्ने हो भने अर्को आयोग नै आउनुपर्छ। दुई वटा आयोग आउने कि एउटै भए हुन्छ भन्ने सोच्न सकिन्छ। तर आयोग नै आउनुपर्छ। गर्ने त आयोगले नै हो। किनकि, शान्ति सम्झौता पालना गर्नुपर्छ। सो सम्झौताले आयोगको परिकल्पना गरेको छ। 

आयोगलाई ऐन दिइएन, कर्मचारी दिइएन। के सरकार तथा पार्टीहरुले नियतवश नै यस्तो गरेका हुन्?
मलाई शंका छ, नियतवश नै हो। द्वन्द्वपीडितको मुद्दालाई सकेसम्म आममाफी र मिलापत्र गराउने लक्ष्य राजनीतिक दलहरुको देखिन्छ। तर मानव अधिकारकर्मीले त्यसलाई मान्दैनन्। गम्भीर प्रकृतिका मानव अधिकार हनन् भएका मुद्दाहरु चल्नैपर्छ।

सुरुमा हामीलाई के भनियो भने यहाँ पनि दक्षिण अफ्रिकाको मोडल चलाउँदा राम्रो। तर, अहिले हेर्दै जाँदा त्यो असफल मोडल हो। त्यहाँ एउटा पनि मुद्दा चलेन। किनभने, त्यहाँको इतिहास हेर्ने हो भने फौजदारी मुद्दालाई हेर्दा एक प्रतिशत पनि सफल नहुँदो रहेछ। मुद्दा चलेर सफाइ पाएमा पीडितलाई परिपुरण पनि दिनुपरेन। त्यसरी झन् मारमा पर्छ भनेर पहिले परिपुरण दिने, मिलापत्र गर्ने। त्यो आइडियाको प्रभाव नेपालमा पनि प¥यो। नेपालमा राजनीतिक दल, सरकारी कर्मचारी, आर्मी तथा प्रहरीहरु कोही पनि नफसुन् भन्ने नियत राखियो। अर्थान्, परिपुरण दिने, सन्तोष गराउने, मिलापत्र गराउने।

कतिपय त मिलापत्र हुनै नसक्ने केसहरु छन्। जस्तो बलात्कार गरेर मारिएको केसहरु छन्। कसरी मिलापत्र हुनसक्छ? जो पिडक छ, उसले सामाजिक सेवा गर्नुपर्ने मोडल पनि ल्याउन खोजियो। नेपाली समाजमा बलात्कृत भएका महिलाले घटना बिर्सन चाहन्छ। नयाँ घरबार बसाइसकेको छ। तर, अब आफैंलाई बलात्कार गर्नेलाई अगाडि कसरी हेर्न सक्छ उसले? तर त्यो अवधारणा पनि तुहियो अहिले।

एउटा रणनीति हुन्छ, शिकार गर्न जाँदा जनावरलाई लखेट्दै जाने। गोली हान्नुपर्दैन। अन्तिममा त्यो गल्छ र हार खान्छ। द्वन्द्वका घटनामा पनि पीडितलाई नै हार खुवाउने रणनीति अपनाउन खोजिएको भान हुन्छ। पीडित थकित भएपछि के गर्छ? बरु, सरकारले १० लाखको २० लाख गर्ला, २० लाखको ४० लाख गरिदिन्छ। परिपुरण बढाइदेला। मुद्दा एउटा पनि चल्दैन। यो कसरी भन्न सकिन्छ भने, शान्ति सम्झौता भएको ८/९ वर्षसम्म आयोग नै बनेन। त्योभन्दा पहिले राष्ट्रिय मानवधिकार आयोगले नै घटनाहरु हेरिरहेको थियो। त्यो बेला पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। तर चलेन। सरकारमा जो रहे पनि प्रवृत्ति उस्तै हुन्छ। 

निराकरण त फेरि पनि राजनीतिले नै गर्ने हो। यदि आयोग गठन नगर्ने हो भने सामान्य अदालतमै मुद्दा चल्ने बाटो त छँदैछ। तर यो विशिष्ट प्रकृतिको केस हो। संक्रमणकालीन न्याय भनेको पनि त्यसैले हो। तर त्यसको अर्थ पिडकलाई उन्मुक्ति होइन। पीडितलाई न्याय हो। त्यसैले, आयोग नै गठन नगर्नु त शान्ति सम्झौता नै नमान्ने कुरा हो। 

आयोग त गठन हुन्छ। तर, यो आयोगलाई अहिले जसरी असफलतातिर उन्मुख गराइयो, अर्को आयोग पनि त्यस्तै हुनसक्छ। यो तीन वर्षमा हामीले अनुभव सँगालेका छौं। अब भने बरु तीन/चार वर्ष लागे पनि एउटा लक्ष्य लिएर हिँड्नुपर्छ। अन्य देशमा पनि धेरै वर्ष लागेका उदारहण छन्।

आयोगहरुलाई केही समस्या र अभाव थियो। तर, आफूले गर्नसक्ने सामान्य काम समेत भएको देखिएन नि? 
पीडितले विश्वास नगरेको कारण नै त्यही हो। जस्तो कि परेको निवेदनमा अनुसन्धान गर्न सकिन्थ्यो। प्रतिवेदन दिन सकिन्थ्यो तर आजसम्म एउटा पनि प्रतिवेदन तयार हुन सकेको छैन। आन्तरिक काम गरेर बाह्य काममा सरकारी सहयोग चाहिने रहेछ भने पो ‘हामीले हाम्रो काम यति सकायौं तर सरकारले सहयोग गरेन’ भन्न पाइन्थ्यो। त्यसैले आयोगलाई कमेन्ट गर्ने ठाउँ भयो– आयोगले के ग¥यो त? मानव अधिकारलाई हलुका किसिमले लिनु हुँदैन।

ती आयोगको प्रतिवेदन आइसकेपछि मानव अधिकार आयोगको भूमिका हुन्छ। उसले प्रतिवदेन दिएपछि त्यसको अनुगमन गर्छौं हामी। तर आजसम्म एउटा पनि प्रतिवेदन आएको छैन। त्यसैले आयोगले पनि काम गरेन कि भन्ने देखिन्छ। समाचारहरुमा आएअनुसार उसको समय अन्तद्र्वन्द्वमै बितेको देखिन्छ।

हाम्रो सबैभन्दा ठूलो गल्ती कहाँ हुन्छ भने हामी ऐन–कानुन ल्याएर संस्था स्थापना गर्छौं, त्यसको सार्वजनिक जवाफदेहिता हुन्छ तर पीडितसँग कुरा गर्दैनौं। अब कुनै नयाँ संरचना बनाउनुअघि नै पीडितसँग व्यापक छलफल गर्नु आवश्यक छ।

केही देशको ‘टिआरसी’को काम हेर्दा उनीहरु पारदर्शी देखिन्छन्। कतिपय ठाउँमा रेडियो–टिभीबाट कार्यक्रम चलाएर लाइभ प्रशारण समेत गर्छन्। तर हाम्रोमा त पीडितलाई प्रवेश निषेधजस्तो देखिन्छ। कतै हामी गलत प्रक्रियामा त गएका छैनौं?

प्रक्रियाभन्दा पनि हाम्रो मानसिकता कस्तो छ भने एउटा पदमा पुग्नेबित्तिकै आफूलाई आम जनताभन्दा माथिको सम्झिन्छौं। पीडितलाई सेवा गर्ने कुरा नै भुल्छौं। सेवा गर्न संस्था स्थापना गरिएको कुरा नै भुल्छौं। मनोविज्ञान नै म त हाकिम हुँ भन्ने खालको छ। किनकि, पीडित भेट भएन भनिन्छ, तर पीडितसँग संवाद नै हुँदैन।

प्रस्तावित संशोधन कानुनमन्त्रीले बाँड्नुभयो तर पीडितसँग संवाद नै भएन। तर पछि कानुन मन्त्रालयले बाँडेकै छैन भन्यो। हामीकहाँ लिखित चिठी आयो, राय दिनलाई। हामीले पनि दियौं। तर चिठी नै गएको छैन भनियो। सरकारले इमानदारिता देखाउनुपर्छ।

यस बीचमा जेजति काम भए, ती सबै जनताको आँखामा छारो हाल्न मात्र भयो भन्न सकिन्छ?
छारोभन्दा पनि एउटा खास उद्देश्यका लागि चलायमान भयो। त्यो उद्देश्य पूर्ति हुन सकेन। अब अर्को संरचना पनि यस्तै प्रक्रियाबाट आयो भने त्यो पनि सफल हुँदैन। तर हामीसँग अनुभव छ। र आयोग सफल नहुनुको कारण पनि स्पष्ट छ। लक्ष्य चाहिं पीडित केन्द्रित हुनुपर्‍यो। उसलाई कसरी न्याय दिने? व्यापक छलफलबाट टुंगोमा पुगौं।

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १५:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्