• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
बागलुङका ७ स्थानीय तह भाडाका घरमा, जैमिनी नगरपालिकाकाे मासिक भाडा नै ९५ हजार
64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  ११:२८
1140x725

-तारानाथ आचार्य/रासस

बलेवा- बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये ७ तह भाडाका घरमा सञ्चालित छन्। तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन्।

बाँकी ३ नगरपालिका र ४ गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका हुन्। स्थानीय तहको आफ्नै भवन नभएको र नयाँ भवन बनाउन जग्गासमेत नभएका कारण भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताइन्।

जैमिनी नगरपालिकाले सबैभन्दा धेरै भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। स्थानीय दुई व्यक्तिको घरलाई मासिक ९५ हजार ६ सय ६० रुपैयाँ दिएर कार्यालय सञ्चालन गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए। भवन निर्माणका लागि जग्गाको खोजी भइरहे पनि जग्गा नपाइएको उपप्रमुख लीला रानाले बताइन्।

ढोरपाटन नगरपालिकाले पनि दुई घर ९४ हजार ५ सय रुपैयाँमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ।

Ncell 2
Ncell 2

गलकाेट नगरपालिकाको कार्यालय पनि भाडाकै भवनबाट सञ्चालनमा रहेको छ। तीन व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ। शिक्षा र स्वास्थ्य शाखा अलग-अलग भवनमा छन् भने बाँकी सबै शाखा एउटै भवनबाट सञ्चालन गरिँदै आएको छ। कार्यालय सञ्चालनका लागि लिइएका घरको भाडा मात्रै मासिक ८४ हजार रुपैयाँ भुक्तानी हुने गरेकाले आफ्नै भवन बनाउन जग्गाको खोजी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए।

निसीखोला गाउँपालिकाको कार्यालय सञ्चालनका लागि पनि तीन वटै भवन भाडामा लिएको छ। मासिक ३४ हजार रुपैयाँ भाडा भुक्तानी हुन्छ। गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि जग्गा लिएको गाउँपालिकाले आगामी आवमा आफ्नै भवन बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए।

बरेङ गाउँपालिकाका केही शाखा सरकारी भवन र केही शाखा निजी भवनबाट सञ्चालन हुँदै आएका छन्। तत्कालीन हुग्दीशिर गाविसको भवनमा राखिएका प्राबिधिक शाखाबाहेक सबै शाखा भाडाकै भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए। उक्त गाउँपालिकाले मासिक १५ हजार रुपैयाँ भाडा भुक्तानी गर्ने गरेको छ।

shivam cement
shivam cement

ताराखोला गाउँपालिकाको भने आफ्नै भवन छ। तत्कालीन अर्गल गाविस भवनलाई मर्मत गरेर एक तला थप गरी कर्यालय सञ्चालनमा ल्याइएको बताइएको छ। बडिगाड गाउँपालिकाले पनि दुई भवन मासिक ३५ हजार रुपैयाँमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए। भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेको गाउँपालिकाले तत्कालका लागि भवन बनाउने योजना नरहेको जनाएको छ।

तमानखोला गाउँपालिका पनि आफ्नै भवनमा छ। आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेकाले भाडाको दायित्व नरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।काठेखोला गाउँपालिकाले भने एउटै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ भने ताराखोला र तमानखोलाले आफ्नै भवन भएकाले एउटै भवनबाट कार्यालय सञ्चालन गरेको भए पनि भाडामा रहेका सबै पालिका दुई वा दुईभन्दा बढी भवनमा शाखा राखेका छन्।

जिल्लामै सबैभन्दा धेरै भवनमा फैलिएको बागलुङ नगरपालिका हो। रातमाटामा रहेको आफ्नै भवनका अलवा नगरका विभिन्न शाखा सदरमुकाममा रहेका साविकका सरकारी कार्यालय कब्जा गरेर स्थानान्तरण गरिएको छ। पहिले जिल्ला विकास समिति रहेको भवनमा कर शाखा, महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति तथा महिला शाखा, भूसंरक्षण कार्यालयमा सहकारी शाखा र साविकको जिल्ला कृषि विकास कार्यालयमा प्रशासन लेखालगायतका शाखा राखिएको छ।

बागलुङ नगरपालिकालाई नगरप्रमुखको आवास र प्रमुख प्रसाशकीयको आवासबाहेक भाडाको दायित्व छैन। भाडामा सञ्चालनमा रहेका स्थानीय तहले बेला-बेलामा समस्या हुने गरेको बताउँछन्।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित सामग्री
बिदामा पनि पठनपाठन गराउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदाय... बिहीबार, जेठ १, २०८२
भोजपुरमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम दायित्व संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिका भित्रका  ४० जना उद्यमीलाई छनोट गरिएको छ । बुधबार, वैशाख ३१, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरीमा पुगेको जन्ती स्वयम्बर सकिए पछि खाजामा बुनियाँ, रसबरीलगायतका अनिय मिस्ठान्न... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्