• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल-अमेरिका सम्बन्धमा चिसोपन आएकै हो? [टिप्पणी]

64x64
नेपाल लाइभ बिहीबार, माघ २४, २०७५  ०६:३६
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार भेटवार्ता भयो। भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपालले विरोध जनाएपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा चिसोपना आएको आँकलनका बीच प्रधानमन्त्री ओली र राजदूत बेरीबीच भेटवार्ता भएको हो। यससँगै मंगलबार नै शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र राजदूत बेरीबीच पनि भेटवार्ता भएको छ।

भेनेजुएलाका राष्ट्रपति मडुरो निकोलसको विरोधमा निस्किएको आन्दोलनका क्रममा भेनेजुएलाका राष्ट्रियसभा प्रमुख ३५ वर्षे हुवान गुआइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। गुआइदोको घोषणासँगै अमेरिकालगायतका देशले उनलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गरेको जनाएका थिए। 

निर्वाचित सरकारलाई अपदस्त गरी अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिकाले राष्ट्रपति स्वीकार गरेको विरोध स्वरुप नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले माघ ११ गते एक विज्ञप्ति प्रकाशित गरेका थिए। अमेरिकी हस्तक्षेपको विरोध गरेपछि नेपाल अमेरिकाबीचको सम्बन्ध बिग्रिएको बताइँदै गर्दा प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच मंगलबार वार्ता भएको हो।

यसअघि गत शुक्रबार सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिसँग गरेको कूटनीतिक ‘ब्रिफिङ’मा बेरी उपस्थित भएका थिएनन्। नेकपाका एक अध्यक्ष प्रचण्डले भेनेजुएलाको राजनीतिक परिर्वतनमा अमेरिकी हस्तक्षेपको विरुद्ध कडा वक्तव्य सार्वजनिक गरेपछि नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारको उक्त विषयमा आधिकारिक धारणा मागेको थियो। यसै विषयमा सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै भेनेजुएलाको राजनीतिक परिर्वतनमा त्यहाँका जनताको चहाना र संविधान अनुरुप समाधान गर्न आग्रह गर्दै विदेशी हस्तक्षेपको विरोध गरेको थियो।

सरकारको धारणा सार्वजनिक गरेसँगै अमेरिकाको विदेश मन्त्रालय अन्तर्गतको दक्षिण एसिया हेर्ने शाखाका एक अधिकारीले अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीलाई सरकार र पार्टीका तर्फबाट सार्वजनिक भएको धारणाको समानता र फरकका विषयमा चासो राखेका थिए। यसैबीच नेकपा सचिवालयले पनि अध्यक्ष प्रचण्डकै धारणा बम्मोजिम आफ्नो धारणा सार्वजनिक गरेको भोलिपल्ट मंगलबार प्रधानमन्त्री ओली र राजदूत बेरीबीच एकल भेटवार्ता भएको हो। यस्तै राजदूत बेरीले शिक्षामन्त्री पोख्रेलसँगको भेटवार्ता गरेका हुन्।

नेपालका लागि पूर्व अमेरिकी राजदूत सुरेशचन्द्र चालिसे एकाध घटनाले नेपाल अमेरिकाबीचको सम्बन्ध नबिग्रिने बताउँछन्। नेपाल र अमेरिकाबीच सरकारी स्तरमा मात्रै नभएर जनस्तरमा पनि सम्बन्ध स्थापित भएकाले यस्ता घटनाले दुई देशको सम्बन्ध नबिग्रिने उनको तर्क छ। वर्तमान सरकारको अन्तर्राष्ट्रिय सम्बन्धको नीतिले राष्ट्रहित भने नगर्ने बताउँदै चालिसेले भने सरकारको त्रुटीपूर्ण नीतिकै कारण दुई देशबीचको सम्बन्धमा दरार आउने कुरामा भने विश्वास नभएको बताए। 

‘गत वर्ष मात्रै २ वर्षका लागि नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगको सदस्यमा नियुक्त भएको छ’, चालिसेले भने, ‘भेनेजुएलाको मानव अधिकार र सामाजिक अपराधका विषयमा राष्ट्रसंघको मानव अधिकार आयोग र जेनेभामा ब्राजिल, पेरूलगायतका दक्षिण अमेरिकी देशले मुद्दा दर्ता गराएको नेपाललाई अवगत हुँदाहुँदै पनि नेपालका तर्फबाट भेनेजुएलाको राजनीतिक विषयमा आएको ३ वटै विज्ञप्ति परिपक्क भएनन्।’ 

‘तर, यही विषयले मात्र नेपाल र अमेरिकाबीचको ‘वेल ट्रस्टेड’ सम्बन्धमा भने दरार आउँदैन,’ चालिसेले थप भने, ‘भेनेजुएलामा बस्न नसकेर ३० लाख बढी मानिसले देश छोडेका छन्। गत वर्ष १० लाख रहेको मुद्रास्फीति हाल बढेर १ करोड पुगेको छ। ८ सय नागरिकलाई गैर-न्यायिक मृत्युदण्ड दिइएको छ। यस्तो अवस्थामा सरकारले त्यहाँको परिस्थितिको उचित अध्ययन नै नगरी सार्वजनिक गरेको वक्तव्यले राष्ट्रहित भने गर्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो समय भेनेजुएलामा आर्थिक संकट गहिरिँदै जाँदा जनता सरकारसँग रुष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको विश्लेषण रहेको छ। यसै रुष्टताका बीच निकालिएको आन्दोलनको क्रममा गुआइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। यसैबीच भेनेजुएलामा भएको राजनीतिक परिर्वतनका विषयमा शक्ति राष्ट्रबीचको खिचातानीमा नेपाल सरकार फसेको कूटनीतिक जानकारहरू बताउँछन्।
 
अमेरिकाले नेपालको विकासमा आर्थिक सहयोग गरेका मात्रै छैन, शान्ति प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेलको परिप्रेक्ष्यमा नेपालले अमेरिकालाई चिढाउने वक्तव्य सार्वजनिक गर्नु कमजोरी भएको जानकार बताउँछन्। तर, नेकपा प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भने नेपाल सानो देश भएकाले साना देशका विरुद्ध हुने अन्तर्राष्ट्रिय हस्तक्षेपका विरोधमा आवाज उठाउनुपर्ने महसुस गरेरै नेकपा र सरकारले आफ्नो धारणा सार्वजनिक गरेको बताएका छन्।

‘नेपालले अंगीकार गरेको पञ्चशीलको सिद्धान्त, अहस्तक्षेपकारी सिद्धान्त र असंलग्न राष्ट्र, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको नीति नै नेपालको परराष्ट्रनीतिको मूल मर्म हो,' श्रेष्ठले भने, ‘यही मर्ममै अडिग रहेर नेकपा र सरकारले भेनेजुएलाका मामिलामा आफ्नो धारणा सार्वजनिक गरेको हो।’

उता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने सरकारले भेनेजुएलाको राजनीतिक परिर्वतनका विषयमा सरकार र नेकपाले सार्वजनिक गरेको धारणाको विरोध गरेको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली समाजको विकासमा विगत ६५ वर्षदेखि सहयोग पुर्‍याउँदै आएको अमेरिका विरुद्ध नेकपा अध्यक्ष प्रचण्डले सार्वजनिक गरेको विज्ञप्ति गलत रहेको बताए। ‘सरकारले राष्ट्रहित र राष्ट्रिय स्वार्थलाई बुझ्न सकेन,’ खाँडले भने, ‘नेपालसँग कुनै सम्बन्ध नै नरहेको देशका कारण अमेरिका जस्तो नेपालको पुरानो मित्रराष्ट्र र शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न खोज्नु दुखद् हो।’ नेपाली कांग्रेसको संसदीय दलको बैठकले पनि भेनेजुएला प्रकरणका विषयमा सत्तासिन दलले सार्वजनिक गरेको धारणा गलत ठर्‍याएको खाँडले बताएका थिए।

गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भेनेजुएलाका समाजवादी नेता माडुरोको पार्टीले घोटाला गरेको आरोप विपक्षी दलको छ। अमेरिका र अमेरिका समर्थित यूरोपका अधिकांश देशले पनि यही कुरालाई मान्यता दिएको पाइन्छ। तर, त्यहाँको प्रधान मुद्दा निर्वाचनमा घोटालाभन्दा पनि पछिल्लो समय भेनेजुएलामा बढेको चीन र रसियाको प्रभावलाई निस्तेज पार्नु रहेको विश्लेषण गरिन्छ।

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा बढ्दै गएको चीन र रसियाको प्रभावलाई त्यस क्षेत्रको क्षेत्रीयतामाथिको खतराका रूपमा विश्लेषण गरेसँगै भेनेजुएलामा भएको राजनीतिक परिर्वतनमा कानुनी राज्यको स्थापनाभन्दा अमेरिकी स्वार्थ बढी हाबी भएको सहजै बुझ्न सकिन्छ। 

यस्तै मडुरोलाई राष्ट्रपतिका रुपमा नेपालले स्वीकार गरेको र उनलाई राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी थिइ्न्। यसै परिपेक्ष्यमा सरकार र नेकपाले मडुरोको विपक्षमा विज्ञप्ति सार्वजनिक गर्नु नेकपा तथा सरकारको कमजोरी भएको कांग्रेस नेताहरू दाबी गर्छन्।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्