• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मोदीको छिमेक नीतिले भाजपालाई सकस

64x64
नेपाल लाइभ बुधबार, माघ २३, २०७५  ०९:१९
1140x725

विश्वकै ठुलो प्रजातान्त्रिक देश भारतमा अबका केही महिनामा १७औं लोकसभा (तल्लो सदन)को निर्वाचन हुँदैछ। प्रारम्भिक मत सर्वेक्षणाबाट राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) शक्तिमा नरहने अनुमान गरिएको छ। एनडिएको नेतृत्व भारतीय जनता पार्टी (भाजपा) तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेका छन्।

सन् २०१४ मा भएको १६औं लोकसभाको निर्वाचनअघि जनतामाझ मोदीले गरेका वाचा सत्ताको नेतृत्वमा स्थापित भएपछि पनि पूरा गर्न सकेनन्। आफू नेतृत्वको सरकारले भारतमा करिब २ सय मिलियन (२० करोड) नयाँ रोजगारीको सिर्जना गर्ने वाचा गरेका थिए उनले।

विदेशका ‘ट्याक्स हेभन’ देशमा रहेको अर्बौंको कालोधन भारतमा र्फिता ल्याउने बताएका थिए मोदीले चुनावी अभियानका क्रममा। यस्तै, आफू नेतृत्वको सरकार भ्रष्टाचार विरुद्ध लड्ने र मनमोहन सिंहको पालमा यत्रतत्र फैलिएको भ्रष्टाचारलाई निर्मूल पार्ने बताएका थिए। सिंह सरकारले 'जि-२ स्पेकट्रम' घोटाला, कमनवेल्थ खेलमा भएको घोटाला र कोइलाखानीमा भएको घोटालालाई मुख्य प्राथमिकता राखी निर्वाचन भाषणमा लोकप्रियतावादी विषय उठान गर्थे। 

तर, सिंह सरकारको पालाभन्दा मोदी सरकारको पालामा भारतमा धेरै भ्रष्टाचार भएका विश्लेषण पनि बाहिर आएका छन्। यसमा मुख्यतः निर्वाण मोदी, मेहुल चस्कि, विजय माल्या र ललित मोदीले गरेका घोटाला प्रमुख रूपमा आउँछन्। यस्तै गत वर्षको अन्त्यतिर भएको राफेल विमान खरिदमा भएको घोटालादेखि सिंह सरकारको तुलनामा मोदी सरकारको पालामा ‘टक्स हेभेन’ देशमा भारतीयहरूले कालोधन लुकाउने क्रम बढेको बताइन्छ।

कालोधनलाई फिर्ता ल्याउने अभिप्रायले मोदी सरकारले अघि सारेको ‘डिमोनिटराइजेसन’ नीतिले पनि कालोधनलाई बाहिर ल्याउन खासै सफल बन्न सकेन। मोदीले २०१६ नेभेम्बर ८ मा कालोधनलाई बाहिर ल्याउने उदेश्यले ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउने नीति अख्तियार गरेका थिए। विडम्बना! सकारात्मक उदेश्यका साथ ल्याइएको  ‘डिमोनिटराइजेसन’ नीतिले भारतको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिन्छ।

यस्तै गत लोकसभा निर्वाचनका क्रममा मोदीले वाचा गरेका गंगा नदी सफाई र अयोध्यामा भगवान रामको मन्दिर बनाउने वाचा पनि खोक्रो सावित भएको छ।

मुस्लिम अतिवाद
भारतमा करिब १ सय ५० मिलियन मुस्लिमको जनसंख्या गर्छन्। अल–कायदा र तालिवानजस्ता विश्वमै ठुला दुई जिहादवादी आन्दोलन सञ्चालन भएको पृष्ठभूमि छ। तर भारतमा आतंककारी हमला निकै कम मात्र भएको सत्य छ। राजनीतिक विश्लेषकहरू यसलाई बहुवाद पालन गर्ने र बहुसंख्यकवादी हिन्दू सिद्धान्तमा विश्वास राख्ने जनताका कारण भएको बताउँछन्।

तर, भारतीय जनता पार्टी र त्यससँग सम्बन्धित अन्य गठबन्धनहरू हिन्दूत्वको नारा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न लागी परेजस्तो देखिन्छ। विश्लेषकहरू भाजपाको हिन्दूवादी नाराले मुस्लिम सम्प्रदायमा हिंसाको भावनाको बिजारोपण गर्न सक्ने कुरामा शंका गर्छन्। भारतीय विपक्षी दलका नेता राहुल गान्धी र अन्य नेताहरूका विचारमा भाजपाले अंगीकार गरेको हिन्दूत्वको नाराका कारण धर्मनिरपेक्षतामा खतरा हुन सक्ने बताउँछन्। उनीहरूको विचारमा हिन्दूत्वको विषयले भारतमा ‘हिन्दू तालिवान’को स्थापना हुने खतरा बढेको उनीहरूको मत छ।

nimb
nimb
Ncell 2
Ncell 2

विदेशनीति सम्बन्धि मोदीका रेकर्ड
भाजपा नेतृत्वको सरकारको आन्तरिक नीतिको असफलताका साथै छिमेकी देशसँगको विदेशनीति बहसले मोदीलाई सत्तामा रहनबाट रोक्न सक्छ। तर भारतीय राजनीतिको विगतलाई हेर्ने हो भने विदेश नीतिले उसलाई प्रभाव पारेको देखाउँदैन। विपक्षी दलले आगामी निर्वाचनमा त्यो क्रमलाई तोड्ने स्पष्ट संकेत दिएका छन्। विपक्षी दलले मोदी सरकारको विदेश नीतिलाई चुनावी मसला बनाइरहेका छन्।

सन् २०१४ मे २६ मा भएको प्रधानमन्त्रीको पदभार समारोहमा मोदीले सार्क क्षेत्रका सबै देशलाई निमन्त्रणा गरेका थिए। मोदीले देखाएको उक्त हार्दिकतालाई स्वीर्कादै सार्क क्षेत्रका सबै देशबाट प्रतिनिधित्व भएको थियो। यस्तै मोदीले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरे।

सन् २०१४ को जुन १५/१६ मा गरे। यस्तै मोदी तेस्रो विदेश भ्रमणका रुपमा नेपाल आए। अगस्ट ३ र ४ मा भएको नेपाल भ्रमण १७ वर्षपछि भारतबाट भएको उच्चस्तरीय भ्रमण थियो। यस्तै भारतमा उनले पहिलो विदेशी पाहुनाका रूपमा चिनियाँ राष्ट्रपति सि जिङफिङलाई आफ्नै गृहनगर गुजरातमा स्वागत गरे। यस्तै उनले बंगलादेश र श्रीलंकाको पनि भ्रमण गरे।

अनपेक्षित रूपमा अफगानिस्तानको राजधानी काबुलबाट स्वदेश फर्किने क्रममा मोदी पाकिस्तानको भ्रमण गरे। लाहोरमा आयोजित पाकिस्तानी सकमक्षी नवाज सरिफकी नातिनीको विवाह समारोहमा मोदी सरिक भएका हुन्।

अनेपेक्षित परिणामका कारण अतीतबाट छुटकारा पाउन र प्रगति हासिल गर्न यथास्थिति बनाई राख्नुका तुलनामा ज्यादै अप्ठेरो हुन्छ। ठीक यस्तै भयो मोदीको ‘छिमेक पहिलो’को विदेशनीति पनि। 

विदेशनीति मामिलामा अपरिपक्क मोदीलाई विदेश नीति सञ्चालनमा आवश्यक न्यूनतम ज्ञानको अभाव देखियो। जसका कारण गुप्तचर विभागले सञ्चालन गरेको भारतको छिमेक नीतिमा उनी असफल हुन पुगे। जसकारण डोक्लाम घटना भयो जुन सन् १९६२ को चीन–भारत युद्धपछि भारतलाई सबैभन्दा ठूलो झट्का थियो। मोदी कार्यकालको सुरूवातमा राम्रो सम्बन्ध देखिए पनि सन् २०१७ मा भएको डोक्लाम विवादले त्यसमाथि तुषारापात भयो।

भारत–पाकिस्तान सम्बन्धमा आएको गतिरोध अन्त्य गर्ने बताए पनि मोदीको पहिलो प्रधानमन्त्रीत्वकालको अन्त्यसम्म आइपुग्दा दुई देशको सम्बन्ध सुधार हुने कुनै संकेत प्राप्त भएको छैन। यस्तै भारतले छिमेकमा भरपर्दो मित्रराष्ट्र भुटानलाई घुमाएको भएपनि गुमाउने स्थिति आएको छ। भारतको समर्थनमा प्रधानमन्त्री बनेका छिरिङ तोग्यो गत वर्ष सम्पन्न निर्वाचनको पहिलो चरणबाटै बाहिरिएका थिए। भुटानको निर्वाचनमा पहिलो चरणको निर्वाचन बढी मत ल्याउने दुई दलबीच पुनः दोस्रो चरणमा निर्वाचन हुने गर्छ।

सन् २०१५ सेप्टेम्बर २० मा जारी भएको नेपालको संविधान रोक्न भारतले गरेको प्रयास नेपालले अस्वीकार गरेपछि भारतले एकपक्षीय रुपमा नाकाबन्दी लगायो। इन्धन अभाव, औषधि अभाव र र अत्यधिक जाडोको कारण मानिसहरूको मृत्यु भयो। जसकारण नेपालले अर्को छिमेकी देश चीनसँग यातायात तथा पारवाहन सम्झौता गर्न पुग्यो।

मोदी सरकारको पाकिस्तान नीतिमा विरोधाभाष देखिन्छ। पहिलो त भारतले पाकिस्तानलाई सार्कबाट एक्ल्याउने प्रयास स्वरुप पाकिस्तानको इस्लामावादमा आयोजना हुने भनिएको सार्क सम्मेलनमा सहभागी नहुने बताउँदै आएको छ।  सन् २०१६ सेक्टेम्बर ९ र १० मा भारतको पठानकोट र उरीमा रहेको भारतीय सैन्य शिविरमा पाकिस्तानी राज्यले समर्थन गरेको आतंककारीले हमला गरेको आरोप सहित भारतले सार्कमा सहभागी नहुने बतायो। यस्तै भारतकै सक्रियतामा बिम्स्टेकलाई सार्कको विकल्पका रुपमा भारतले अघि बढाएको छ।

पछिल्लो समय श्रीलंका र माल्दिभ्सको राजनीतिक परिवर्तन भारतलाई विदेशनीतिमा हेक्का महसुस भएको हुनुपर्छ। तर यतिले मात्रै मोदीलाई आगामी निर्वाचनमा जनतालाई आश्वस्त पार्न प्रयाप्त छैन। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले र अन्य दलका नेताका छिमेक नीतिमा भारतको असफलताका विषयलाई मुख्य रूपमा उठान गर्ने प्रयास गरेको छ। जसले गर्दा मोदी र उनको पार्टीका विदेश नीति सम्बन्धि प्रश्नले आगामी निर्वाचनमा अप्ठेरो खेप्नुपर्ने निश्चित छ।

-एसिया टाइम्सबाट अनुदित

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्