• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

\'टेलिकमले समयानुकुल सेवा विस्तार गर्छ\'

64x64
नेपाल लाइभ मंगलबार, माघ २२, २०७५  १८:०३
1140x725

प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमको व्यावसायिक सान्दर्भिकता र स्वस्थ अस्तित्व कायम राख्न पनि आफ्नो सेवाहरूमा निरन्तर विकास, विस्तार र विविधीकरण गर्न आवश्यक छ।

मोबाइल तथा तारसहितको सेवाहरूमा नयाँ प्रविधिमार्फत सेवा विकास र विस्तार गर्ने, ब्रोडब्याण्ड सेवामा फोरजी  र अप्टिकल फाइबरमार्फत सेवा विस्तार गर्ने कामलाई टेलिकमले पहिलो प्राथमिकतामा राखेको छ। सेवाहरूको गुणस्तरमा निरन्तर सुधार गर्ने, मर्मत सम्भार र ग्राहक सेवामा थप सुधार गरी चुस्तता ल्याउने, सेवाहरूको प्रवर्द्धन र बजारीकरणमा थप वैज्ञानिकता ल्याई प्रभावकारी बनाउने हाम्रो प्रमुख काम हो।

 नयाँ प्रविधि र कार्यगत अभ्यासहरू अपनाई प्रभावकारी जनशक्ति व्यवस्थापनमार्फत कार्य सञ्चालनलाई थप चुस्त बनाउने काम पनि टेलिकमको पहिलो प्राथमिकतामा परेको छ।

समग्रमा व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षतासहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नु नै मेरो कार्यकालको पहिलो प्राथमिकता  रहने छ।
 
तर, वर्तमान अवस्थामा कम्पनीमा देखिएका प्रमुख चुनौतीहरूमा प्रविधिको तीव्र परिवर्तनका कारण परम्परागत सेवाहरूबाट प्राप्त हुने आयमा आएको सुस्तता हो। तारसहितको सेवाहरू  बाट हुने आयमा वृद्धि नहुनु, निजी क्षेत्रका प्रतिस्पर्धीहरूको कार्यगत गतिशीलताबीच सार्वजनिक संस्थाको रूपमा विविध जटिलतासहित व्यवसाय गर्नुपर्ने अवस्था रहेको छ।

राजस्वको प्रमुख स्रोतको रूपमा रहेको मोबाइल सेवामा प्रतिस्पर्धा बढेको र थप बढ्न सक्ने सम्भावना छ।

 स्पेक्ट्रम शुल्क तथा अनुमतिपत्र नवीकरण शुल्कमा हुन सक्ने वृद्धिले गर्दा बढ्न सक्ने व्ययभार तथा बजारको परिदृष्य एवम् ग्राहकको रुचिमा हुनसक्ने परिवर्तन पनि प्रमुख चुनौती हुनेछ।

यस्ता चुनौतीको सामाना गर्दे यी सेवा क्षेत्रबाट हुने आय वृद्धिको लागि चौथो पुस्ताको मोबाइल सेवा फोरजीको देशभर द्रुत विस्तारसहित डाटा सेवाको प्रयोगमा उल्लेख्य वृद्धि गर्नु पर्ने हुन्छ।

अप्टिकल फाइबरमार्फत प्रदान गरिने ब्रोड्ब्याण्ड सेवाको देशभर विस्तार तथा परम्परागत एडिएसएल सेवालाई अप्टिकल सेवाले प्रतिस्थापन गर्दै थप सेवा बिस्तार गर्ने टेलिकमको लक्ष्य हो।

nimb
nimb
Ncell 2
Ncell 2

उच्च क्षमताको ब्याक बोन नेटवर्क बिस्तारको लागि मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइभर बिस्तार गरी डिडब्लुडीएम÷राउटरमार्फत ब्याकबोन नेटवर्क तयार गरी गुणस्तरलाई सुनिश्चित गर्ने मेरो प्रमुख लक्ष्य हो।

अन्तर्राष्ट्रिय कलबाट हुने आय बढाउन विविध विकल्पहरूको पहिचान गरी कार्यान्वयन गर्ने तथा नयाँ  भ्यालु एडेड सेवाहरूको पहिचान गरी सञ्चालन गर्ने गरी टेलिकम अगाडि बढ्नेछ।

कम्पनीका सेवाहरूलाई थप ग्राहकमुखी, सरल र सुलभ बनाई थप ग्राहक आकर्षित गर्ने, सेवाहरूको बजारीकरणमा वैज्ञानिक पद्दति अपनाउने, सेवाको गुणस्तर सुधार गर्ने तथा सोबाट ग्राहक आधार वृद्धि गर्ने कामका टेलिकम अग्रसर हुनेछट। १५ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार मात्र रहेकोमा आज कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र ताररहितका सेवाहरू तथा डाटा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर बृद्धि भई २ करोड १० लाख नाघिसकेको छ।

करिब डेढ दशक देखिको तीव्र प्रतिस्पर्धाको वातावरणमा कम्पनीले आफ्नो व्यावसायिक अग्रता कायम राखेको छ। तथापि, आगामी दिनहरूमा यो अझ चुनौतीपूर्ण हुने देखिन्छ। आफ्ना सेवा सुविधाहरूको निरन्तर र समयानुकूल विकास, विस्तार गरी बजारको माग अनुसारका अत्याधुनिक सेवाहरू सुलभ रूपमा प्रदान गरी सेवाग्राहीहरूको विश्वास र आस्था कायम गर्नेतर्फ थप प्रयास गरिनेछ। सेवाहरूको सुलभ बिक्री वितरण र विकासका साथै बिक्री पश्चातको ग्राहक सेवामा थप सुधार गरी सेवाग्राहीलाई कम्पनीको सेवामा टिकाइराख्न थप प्रयास गरिनेछ। 

यसबाट नयाँ ग्राहकको प्राप्ति तथा विद्यमान ग्राहकहरूको निरन्तरतामार्फत कम्पनीको आय वृद्धि गरी व्यावसायिक अग्रता कायम राखिनेछ। नेपालको माटोबाट सिर्जित भएर नेपालीहरूको मेहनत, लगनशीलता र नेपाली प्रयोगकर्ताहरूको विश्वास एवम् भरोसामा चलेको नेपाल टेलिकमलाई राष्ट्रिय गौरवको संस्थाको रूपमा कायम राखी हरसम्भव प्रयास गर्न हामी कटिबद्ध छौं।

व्यावसायिक उपलब्धि
कम्पनीको व्यावसायिक उपलब्धितर्फ हेर्दा भ्वाइस सेवामा कम्पनीको ग्राहक आधार आर्थिक वर्ष२०७३/७४ मा १ करोड ७६ लाख २ हजार भएकोमा १३.५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा १ करोड ९९ लाख ८० हजार पुगिसकेको छ। त्यसमा पनि क्रमिकरुपले बृद्धि हुँदै २०७५ मंसिर मसान्तसम्म ग्राहक आधार २ करोड १० लाख ९० हजार पुगेको छ।

डाटा सेवातर्फ कम्पनीको ग्राहक संख्या २०७५ मंसिर मसान्तसम्म १ करोड २० लाख  ४ हजार र डाटा घनत्व ४१.२५ प्रतिशत पुगेको छ।

 मोबाइल नेटवर्कको गुणस्तर, स्तरोन्नती र बिस्तारमा तीव्र्रता दिइएका कारण पछिल्लो ५ महिनामा मोबाइल डाटाको खपतमा करिब ६०५ ले बृद्दि भएको छ भने क्रियाशील ग्राहकहरूको सँख्या करिब १० लाखले बृद्धि भएका छन्। यो प्रक्रिया निरन्तर रहने छ।

सेवा विस्तारमा कम्पनीले यस आर्थिक वर्षमा परियोजनागतरूपमा गर्ने मुख्य कार्यमध्ये फोरजी मोबाइल तथा एफटिटिएच ब्रोड्ब्यान्ड सेवाबाट उल्लेख्य रूपमा प्राविधिक परिवर्तन देखिनेछ। फोरजी प्रबिधिको विस्तारबाट डाटा सेवाको बाहुल्यता हुनेछ। 

प्रविधिको विकास, उपभोक्ताको चाहना तथा बजारमागलाई दृष्टिगत गर्दै आफ्ना सेवालाई समयानुकूल आधुनिकीकरण, विकास र परिमार्जन गर्ने कम्पनीको निरन्तर प्रतिबद्धताको क्रममा मोबाइलतर्फको कम्पनीको चीर प्रतीक्षित फोरजी सेवाको विस्तारको लागि आह्वान भएका बोलपत्रको सम्झौता सम्पन्न भई देशव्यापी विस्तार कार्य अगाडि बढेको छ। 

सुरूको कार्य योजनामा लक्षित गरिएको भन्दा कम समयमा र अनुमान गरिएको लागत भन्दा कम रकममा उक्त परियोजना सम्पन्न गरी देशभरका मोबाइल सेवाग्राहीलाई अत्याधुनिक र उच्च डाटा रेटसहितको मोबाइल सेवा र सोअन्तर्गतका विविध सुविधाहरू   प्रदान गर्न प्राथमिकताका साथ युद्धस्तरमा कार्य अगाडि बढाइनेछ। सम्पूर्ण कर्मचारीहरू, आपूर्तिकर्ता तथा अन्य सम्बन्धित सरोकारवालाहरूको सहयोगमा सो महत्वपूर्ण परियोजना समयमै सम्पन्न हुने अपेक्षा लिएको छु।

सञ्चालनमा रहेको एक करोड लाइन क्षमताको मोबाइल परियोजनालाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य छ। सो अनुरूप काम भइरहेको छ। झापादेखि पर्सासम्मका तराईका ११ जिल्लामा नयाँ उपकरण तथा स्तरोन्नति कार्य गरी मुख्यतः डाटा सेवाको कभरेज तथा क्षमता र गुणस्तर अभिवृद्धि गर्न हाल सञ्चालनमा रहेको एक करोड लाईनको जिएसएम टु जी र थ्री जी आयोजनामा करिव ५०० थान बिटीएस थप खरिद गरी उपकरण प्राप्त हुने क्रममा छ। 

साथै, बीटीएसहरू मा विद्युत् आपूर्तिको समस्या न्यूनीकरण गरी गुणस्तर अभिवृद्धि गर्न हाल सञ्चालनमा रहेको आयोजनाको लट एक अन्तर्गत २६५ थान ब्याट्री प्राप्त भई जडान कार्यको क्रमा रहेको छ भने बाँकी २०० थानका लागि खरिदआदेश जारी गर्ने क्रममा रहेको छ। जसबाट मोबाइल सेवाको गुणस्तरमा महशुस हुने गरी सुधार हुने अपेक्षा लिएको छु।

त्यसैगरी अप्टिकल फाइबरमा आधारित ब्रोडब्याण्ड सेवाको विस्तारमा पनि प्राथमिकताका साथ कार्य भइरहेको छ। देशमा सूचना प्रणालीको विकासको लागि महत्वपूर्ण पूर्वाधारको विकास गर्न ग्रामीण दूरसञ्चार विकास कोषको लगानी रहने गरी नेपाल दूरसञ्चार प्राधिकरणसंगको सम्झौताअनुसार प्रदेश नम्बर १, २ र ३ अन्तर्गतको मध्य–पहाडी लोकमार्गको खण्डमा कम्पनीले विकास गर्ने पूर्वाधारको लागि खरिद प्रक्रिया अन्तिम चरणमा छ। 

हाल यी परियोजनाहरू को लेटर अफ एसेप्टेन्स जारी भई संझौता पत्र तयार गर्ने कार्य सुरु भईसकेको छ।यो काम आगामी १५ दिन भित्र संझौता हुने अपेक्षा लिएको छु।

तारसहितको सेवा तर्फ कपरमा आधारित टेलिफोनको सट्टा फाइबर मार्फत एकीकृत रूपमा भ्वाइस, डाटा, टेलिभिजन र भिडियो समेत प्रदान गर्न सकिनेछ। यसमा प्रदान गरिने भ्वाइस सेवा पनि फोरजीमा जस्तै आइपी प्रविधिमा आधारित हुनेछ। यसैगरी एडीएसएस फाइभर विस्तार तर्फ एक हजार किलोमिटर जडान कार्य सम्पन्न हुने क्रममा  छ। आइपी, आरएएन र १५ केभीए जेनेरेटरको  को बोलपत्र मूल्यांकनको प्रक्रियामा तथा बोलपत्र पुनरावलोकन सम्पन्न गरी निकट भविष्यमा आइपी माइक्रो वेव खरिदका लागि बोलपत्र आव्हान गरिनेछ।

समग्रमा भन्ने हो भने, चालू आर्थिक वर्षमा सेवा विस्तार भएका स्थानहरूमा अति विकट, विकट र सुगम सबै समावेस भएका छन्। देशका अतिविकट क्षेत्रका जिल्लाहरूमा सेवाको पूर्वाधार विस्तार र विकास गर्न विशेष जोड दिनुका साथै १०० भन्दा बढी मोबाइल टावरहरू थप गरिएको छ।

स्थानीय टेलिफोन सेवाको पनि नयाँ एमएसएएन÷एमएसएजी हरू जडान गरी सेवा विस्तार गरिएको छ। आगामी वर्ष पनि सो क्रम जारी रहनेछ। देशका सम्पूर्ण स्थानमा कम्पनीका सेवाहरूको विस्तार, विकास र गुणस्तर सुधारमा विशेष प्राथमिकताका साथ कार्य जारी राखिनेछ।

(नेपाल टेलिकमको १५औं वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक अधिकारीले दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्