Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सरकारलाई प्रतिपक्षी कहाँ छ भनेर देखाउँछौँ

64x64
नेपाल लाइभ आइतबार, माघ २०, २०७५  १६:५९
1140x725

नेपाल सरकारलाई बधाई छ। एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो। त्यो पनि दुई तिहाइको सरकारसँग। यस्तो बलियो सरकारसँग। सरकारले देखाइदियो। सरकारलाई बधाई छ।

सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने मान्य सांसदहरु खुसी नहुने कुरै भएन। तर खुसी हुनेहरुको लाममा अरु पनि थुप्रै उभिएका रहेछन्।

प्रत्येक वर्ष करिब १५ सय जति विद्यार्थीहरु नेपालभन्दा बाहिर डाक्टरी पढ्न जान्थे। डा केसीले आन्दोलन गरे र भने– नेपालको प्रवेश परीक्षा पास नगरीकन खल्तीमा पैसा बोकेर मात्रै कोही पनि बाहिर पढ्न जान पाउँदैन। १५ सयमध्ये करिब १२ सयले नेपालको प्रवेश परीक्षा पास गर्न सक्दा रहेनछन्। वर्षको १२/१३ सय विद्यार्थी बाहिर पढ्न जान रोकिए। यिनलाई बाहिर पठाएर के सर्वहाराले आफ्नो पेट पालिरहेका थिए? स्वरोजगार भइरहेका थिए। डा केसीलाई देखाइदिएपछि बाहिर पठाउने काम गर्ने, जसको काम चौपट भएको थियो, उनीहरु बडो खुसी भएका छन्। सरकारलाई बधाई छ।

केही बाहेकका मेडिकल कलेजहरुले 'राम्रो' गरिरहेका थिए। यहाँबाट अनुगमन गर्न जाने टोलीहरुलाई पहिल्यै मिलाउँथे। बिरामी पनि भाडामा ल्याउँथे। डाक्टर पनि भाडामा ल्याउँथे। एक सय जना पढाउन पाउने अनुमति पाएको मेडिकल कलेजले भाडामा ल्याएको डाक्टर र बिरामीको आधारमा करिबकरिब दुई सय सिट पाउँदैथिए। डा केसीले आन्दोलन गरे। सिट संख्या घटाएर १०० पुर्‍याइदिए। त्यतिमात्र होइन, अनुगमन गरेर नक्कली डाक्टर र बिरामी आउने कुरालाई बन्द गराइदिए। र करिबकरिब एक करोडको हाराहारीमा पुग्न लागेको मेडिकल शिक्षाको शुल्कलाई पचास लाखमुनि ल्याइदिए।

ती मेडिकल कलेज सञ्चालन गर्नेहरु डाक्टरसँग औधी रिसाएका थिए। आज ती बडो खुसी भएका छन्। सरकारलाई बधाई छ।

मेडिकल शिक्षाको क्षेत्रमा थुप्रै अनियमितता भयो भनेर डा केसीको आन्दोलनबाट उनले सरकारसँग एउटा माग राखे। त्यो मागअनुसार सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा एउटा समिति बनायो। डाक्टर केसीले भने– समितिले पुग्दैन। न्यायिक आयोग नै बन्नुपर्छ।

त्यो न्यायिक आयोगले थुप्रैलाई पोलेको छ। डामेको छ। विश्वविद्यालयका पदाधिकारीदेखि लिएर थुप्रै नियमनकारी निकायका मानिससम्मले गरेको गलत कामको बारेमा लेखेको छ। सरकारले अहिलेसम्म केही पनि गर्न सकेको छैन। तर ती सबै रिसाएका थिए। डा केसीलाई सरकारले देखाइदिँदै गर्दा उनीहरु खुसी भएका छन्।

को खुसी भएका छैनन्? लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा गएर मेडिकल कलेज सञ्चालन गर्नेसम्म सरकारले डाक्टर केसीलाई देखाइदिएकोमा खुसी भएका छन्। यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ।

nimb
nimb
Ncell 2
Ncell 2

बधाईको पात्र सरकार मात्रै होइन। सरकार बनाउने पार्टी पनि भएको छ। हामीले दुई तिहाइको दम्भ भनेर भन्यौं। तर यो दुई तिहाइको दम्भ कहिल्यै देख्नै पाएका थिएनौं। यो संसदमा कुनै बेला अनाथ–अपांग बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाका निम्ति कानुन बनाउने अवसर प्राप्त भयो। भूमिहीन दलितका निम्ति एकपटकका लागि जिविकोपार्जनका लागि जमिन दिऊँ र दस वर्षपछि उनीहरुले आफैं बेचबिखन गर्न पाउने सम्मको हक हस्तान्तरण गरौं भन्ने संशोधन दर्ता भयो। तर त्यो बेलामा दुई तिहाइ देख्न पाइएन। शिक्षामा राज्यको भूमिका बढाऔं भन्दै गर्दा दुई तिहाइ देख्न पाइएन। स्वास्थ्यमा राज्यको भूमिका बढाऔं भन्दै गर्दा दुई तिहाइ देख्न पाइएन। यस्ता अनेक ठाउँमा दुई तिहाइ देख्न पाइएन।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाऔं भनेर सरकारले पारित गरेको कुरा संसदमा आएर कानुन बनाउन मात्र बाँकी छ। कमरेड मनमोहनका लागि दुई तिहाइ देख्न पाइएन। कमरेड मनमोहनका लागि दुई तिहाइ देख्न नपाएता पनि कमरेड मार्सीमोहनका लागि दुई तिहाइ देख्न पाइयो। सरकारलाई बधाई छ। सरकार बनाउने पार्टीहरुका लागि पनि बधाई छ।

दुई तिहाइले डाक्टरलाई त उठाइदियो। सुतेका डाक्टर उठे। तर प्रश्न यहाँ डाक्टरको मात्र होइन। यहाँ त प्रधानमन्त्रीको विश्वास सुत्यो। प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो अब। ढल्यो। यो ढलेको विश्वासलाई कसले उठाइदिने?

प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो। पानी कसले हालिदिने? हुन त, प्रधानमन्त्रीले भन्दै हुनुहुन्छ, हाम्रो काम देखेर संसार आश्चर्यचकित भएको छ। नेपालीहरुले नबुझ्ने भएर भन्नुभएको होला। तर देशभित्र घुमेर हेर्दैगर्दा आश्चर्यचकित होइन, यस्तो वितण्डावादी तर्क र वाच्छलवादी प्रवृत्ति देखेर जनता दिक्क भएका छन्, आक्रोशित भएका छन्। 
शान्ति सुरक्षाको यत्रो संकल्प गरेर आएको सरकार। निर्मला पन्त प्रकरणको बारेमा यस्तो असंवेदनशीलता देखायो सरकारले। भर्खर मात्रै मोरङमा योभन्दा विभत्स एउटा घटना भएको छ। रुममति दासको सामूहिक बलात्कार भएको छ। निर्मला पन्तको बलात्कार प्रकरणमा यस्तो असंवेदनशीलता र गैरजिम्मेवारीपन देखाउने सरकारले त्योभन्दा फरक व्यवहार देखाउँछ भन्ने कुराको अपेक्षा गर्न सकिँदैन।

अर्थतन्त्र यस्तो संकट उन्मुख भएको छ, कुनै पनि बेला गर्ल्यामगुर्लुम ढल्ला भन्ने जस्तो छ। सरकार कुनै सार्थक पहल गर्दैन। विश्वास जगाउनका निम्ति कुनै हस्तक्षप गर्दैन। ढाकछोप गर्छ। यो देख्दैगर्दा जनता आक्रोशित भएका छन्। आश्चर्यचकित होइन।

सरकार नेपालमा लगानीका निम्ति ठूलो महोत्सव गर्दैछ। तर योभन्दा अगाडि लगानी गर्न आउँछु भनेका मानिसहरु सबै टाप ठोक्दैछन्। किन? उनीहरु हेरिरहेका छन्, पहिलोपटक देशका व्यापारीहरु, उद्योगीहरु सडकमा निस्किरहेका छन्– ब्याजदर घटाइदेऊ, काम गर्न सकिएन, प्रतिस्पर्धा गर्न सकिएन।

भएका उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन्। कोही नयाँ उद्योगधन्दा खोल्न चाहिरहेका छैनन्। सबै उद्योगधन्दा कलकारखाना चलाउने मानिसहरु यस्तो निराश भइरहेको बेलामा प्रधानमन्त्री भन्नुहुन्छ- संसार आउँदैछ। धोक्रोको धोक्रो पैसा बोकेर नेपाल आउँदैछ।

यो भनेको र यहाँभित्र भएको फरक देखेर जनता आश्चर्यचकित छैनन्, आक्रोशित छन्।

र, पहिलोपटक नेपालमा प्रधानमन्त्रीको ठाउँबाट गलत तथ्यांक प्रस्तुत गर्ने काम मात्रै होइन, तथ्यांक तोडमोड गरेर प्रस्तुत गर्न थालिएको छ। अन्तर्राष्ट्रिय प्रतिवेदन निस्कन्छ, डुइङ बिजनेश रिपोर्ट निस्कन्छ। सरकारले यहाँभित्र व्यवसायको वातावरण सुधार कसरी गर्ने भन्दैन। धम्क्याउँछ। तेरो रिपोर्ट च्यातिदिन्छु भन्छ। ट्रान्सपरेन्सी इन्टरनेशनले तेरो देशमा भ्रष्टाचार बढ्यो भन्छ। सरकार भन्छ– ट्रान्सपरेन्सी इन्टरनेशनल आफैं कुनै भर पर्ने संस्था होइन।

राष्ट्र बैंक, योजना आयोगदेखि लिएर वित्तीय आयोगसम्म सबैलाई निकम्मा बनाएर सानो कोटरीबाट सिंगो सरकार चलाउने कोसिस भइरहेको छ, हामी देखिरहेका छौं।
प्रधानमन्त्री भन्नुहुन्छ– म भ्रष्टाचारीको अनुहार हेर्दिनँ।

दायाँ भ्रष्टाचारी, बायाँ भ्रष्टाचारी। विमान किन्दा भ्रष्टाचार, जलविद्युतमा भ्रष्टाचार, वैदेशिक रोजगारीमा भ्रष्टाचार, दूरसञ्चारमा भ्रष्टाचार। यत्रतत्र भ्रष्टाचारी राखेर हेर्दैगर्दा, प्रधानमन्त्रीले म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्दै गर्दा मलाई डर लाग्न थालेको छ– प्रधानमन्त्रीले ऐना हेर्न बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।

एउटा विवादास्पद अन्तर्राष्ट्रिय संस्थाका लागि सरकारले नेपालको बेइज्जती गर्‍यो। सरकार लाग्यो, पार्टी लाग्यो, बाहिरको मञ्चमा यो सदनको भिडियो फुटेज देखाइएको छ। र भनिएको छ– नेपालको सदनले फादर मुन नेपाल आएको दिनमा नेपाललाई शान्ति दिवस घोषणा गरियो। २००५ को भनेर यो सदनको भिडियो देखाइएको छ। र सरकारले यत्रो भव्य स्वागत गर्‍यो, सरकारले इन्डोर्स गर्‍यो भनिएको छ।

यत्रो राष्ट्रिय बेइज्जति गरेर आएको सरकारले भर्खरै मात्र 'काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो, यो बेलामा संसारभरि परिपक्व ढंगबाट सम्बन्धहरुलाई विस्तारित गर्नुपर्नेमा, कतिपय सम्बन्धमा नयाँ आयामहरु थप्नुपर्ने बेलामा तुक न ताक भेनेजुएलाका बारेमा बोलेर नयाँ संकट नेपालमा निम्त्याएको छ। यो देखेर जनता आश्चर्यचकित होइन, दिक्क भएका छन्।

आम नेपाली जनता चाहन्छन्, प्रधानमन्त्रीले ऐनाअगाडि उभिएर एकपटक आफ्नो अनुहार हेर्नुहोस्। अनुहारमा दागैदाग लागेको छ। दागलाई मेटाउनुहोस्। हाम्रो प्रधानमन्त्री सफा देखिनुहोस्। हाम्रो प्रधानमन्त्री उज्यालो देखिनुहोस्। हाम्रो पनि चाहना यही छ। तर ऐनाको अगाडि उभिएर दाग देख्दैगर्दा प्रधानमन्त्री भन्नुहुन्छ– ऐनामा भएको दागलाई मेटाऊ। किनकि, मेरो अनुहारमा दाग हुनै सक्दैन। सत्य म नै हुँ। ब्रह्मा म नै हुँ। मेरो अनुहारमा दाग हुनसक्छ? पक्कै यो ऐनामा फोहोर छ, त्यसलाई मेटाऊ।

यो देखेर नेपाली जनता साँच्चीकै आक्रोशित भएका छन्। जनताको यो आक्रोशलाई सरकारसमक्ष पुर्‍याउने जिम्मेवारी हाम्रो हो। वाणी दिने काम हाम्रो हो। यही जिम्मेवारी बोकेर हामी यो सदनमा आएका छौं। हामी हाम्रो जिम्मेवारी पूरा गर्छौं।

सरकारको अक्षमता र अहंकारले निम्त्याएका एकपछि अर्का काण्ड र घटनाले गर्दा हामीलाई डर लाग्न थालेको छ, चिन्ता लाग्न थालेको छ– त्यो आक्रोश सरकार र प्रधानमन्त्री हुँदै भर्खरै ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति त्यो आक्रोश नतेर्सियोस्। सरकारले सिर्जना गरेको निराशाको आगोमा अरु कसैले रोटी सेक्न नआओस्। कोही जातको नाममा, धर्मको नाममा झन्डा बोकेर कोही नआओस्, हाम्रो चिन्ता यसमा छ।

हामी यो व्यवस्था जोगाउन चाहन्छौं। यो दीगो होस् भन्ने चाहन्छौं। यो संविधानलाई सार्थक पार्न चाहन्छौं।

हामीले पटकपटक सदन अवरोध गर्‍यौं। हामी दुईवटा अस्पतालको विषय लिएर उठ्यौं। केही साथीले बडो हल्कासँग जाबो अस्पतालको विषय भन्नुभयो। हामीलाई पनि राम्रोसँग थाहा छ– हाम्रो नेता गिरिजाप्रसाद कोइरालाको नाम कसैले अस्पताल अगाडिबाट मेट्न सक्ला तर शान्ति प्रक्रियामा गरेको हस्ताक्षर मेट्ने आँट छ कसैको?
हाम्रो नेता सुशील कोइरालाको नाम अस्पताल अगाडिबाट मेट्न सक्ला तर जुन संविधानको आधारमा हामी यहाँ छौं, त्यहाँबाट मेट्न सक्ने हिम्मत छ कसैको?

त्यसैले यहाँ प्रश्न दुईटा नेताको नामको अस्पतालको होइन। अस्पताल जोगाउने कुरा आफ्नो ठाउँमा छ। यहाँ प्रश्न सरकारको नियतको हो। प्राथमिकताको हो। सोचको हो। सरकार यति हैसियतमा भएको प्रतिपक्षीलाई त निषेध गरेर जान चाहन्छ, अस्तित्वलाई अस्विकार गरेर जान चाहन्छ भने सरकारले लोकतान्त्रिक आचरण राख्दैन मात्रै होइन, सरकारका प्राथमिकता यी सबै विषयमा हुन्छन्। गर्नुपर्ने काम गर्दैन, नगर्नुपर्ने काम गर्छ। जहाँ नबोल्नुपर्ने हो, त्यहाँ बोल्छ। जहाँ बोल्नुपर्ने हो, त्यहाँ बोल्दैन। यो अवस्थामा प्रतिपक्षी स्वभाविक रुपमा चिन्तित हुन्छ। र ती विषय उठाउँछ।

हामीले सरकारलाई यही ठाउँबाट लडेर गल्ती बाध्य बनाएका छौं। फेरि पनि बनाउँछौं। संवैधानिक आयोगमा प्रतिपक्षी नेतासँग जुन छलछाम गरिएको छ, त्यसलाई पनि सच्याउन बाध्य बनाउँछौं। चिकित्सा शिक्षा विधेयक पारित भएको छ। तर त्यसमा जुन प्वाल राखिएको छ, त्यहाँबाट छिरेर बदनियतका साथमा जे गर्छु भनेर सोचिएको छ, त्यो गर्न दिइन्न। नेपाली कांग्रेस उभिन्छ। र चिकित्सा शिक्षामा भएको सुधारलाई अवरोध गर्न खोज्ने प्रत्येक कदमलाई यसले रोक्छ।

त्यो हिम्मत पनि हामीसँग छ। नैतिक तागत पनि छ।

हामीलाई हाम्रो जिम्मेवारी थाहा छ। निर्वाह गर्छौं। त्यो गर्दैगर्दा सदनमा हामी हिजो उठ्यौं। विरोध गर्‍यौं। आफ्ना कुराहरु राख्यौं। भोलि आवश्यकता परेको बेलामा फेरि गर्छौं। तर जिम्मेवार र जवाफदेही प्रतिपक्षी भएर काम गर्दैगर्दा अनन्तकालसम्म संसद अवरोध गर्नुहुन्न भन्ने हामीलाई थाहा छ। सदन चाँडो खुलोस् भन्ने कुरामा सरकारलाई चिन्ता छैन। 

अब सदन चल्छ। तर हाम्रो सम्बन्ध अब हिजोको जस्तो रहँदैन। हामीसँग यो सदनमा जस्तो व्यवहार गरिएको छ। त्यो व्यवहार एउटा दुईटा घटना र दिनबाट हामी बिर्सन सक्दैनौं। हामी सम्झिरहने छौं। मनमा पनि लिइरहने छौं। र त्यो अनुरुपको व्यहार पनि गरिराख्ने छौं।

सरकार संसारलाई आश्चर्यचकित बनाउने काममा लागिरहोस्। प्रतिपक्षी देखिएन भनेको होइन सरकारले? प्रतिपक्षी सुनिएन भनेको होइन सरकारले? भोलिबाट सडकबाट पनि, सदनबाट पनि सरकारलाई प्रतिपक्षी कहाँ छ भनेर देखाउँछौं। र अब सरकारलाई आश्चर्यचकित पार्ने पालो हाम्रो हो। प्रतिपक्षी कस्तो हुँदो रहेछ भनेर आश्चर्यचकित हुने पालो सरकारको हो।

सरकारलाई फेरि पनि बधाई छ।

(प्रतिनिधिसभाको आइतबारको बैठकमा थापाले गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन शुक्रबार, वैशाख ४, २०८३
संसदका सबै गतिविधि पारदर्शी बनाउँछु : सभामुख शुक्रबार, वैशाख ४, २०८३
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै शुक्रबार, वैशाख ४, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा शुक्रबार, वैशाख ४, २०८३
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्