• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तीन सय हप्ता सफा गर्दा पनि बाग्मतीमै ढल

64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  ०७:१९
1140x725

-पूर्णप्रसाद मिश्र/रासस 

काठमाडौं- 'बाग्मती सफाइ महाअभियान' सुरु भएको आज ३ सयाैं हप्ता पूरा भएको छ। तर, नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। विसं २०७० जेठ ५ गते सुरु भएको बाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ। 

सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका–२ स्थित कालोपुल वरपरका नागरिकको गुनासो छ।

वडाध्यक्ष राजेश महर्जन सुन्दरीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा लगिएको ढल फुटेर पुलमुनिको क्षेत्रमा दुर्गन्ध फैलने, पानी परेका बेला नदी किनारको सडकमा पानी जमेर आवागमनमा समस्या आउने गरेको बताउँछन्।

'गत हप्ताकाे  परेको वषा माघे झरीले पुलमुनि दह जम्यो, सवारी आवतजावतमा समस्या भयो, वडाका तर्फबाट मैले पटकपटक अधिकार सम्पन्न बाग्मती समितिका आयोजना प्रमुखलाई भनेँ, काम हुन सकेको छैन, महानगरपालिकाका प्रमुखले पनि यो समस्या समितिका अधिकारीसँग राखिसक्नु भएको छ, तर पनि अवस्थामा सुधार आउन सकेको छैन”, उनले भने। 

बाग्मती कोरिडोर वर्षौंदेखि कालोपत्र हुन नसक्दा पनि यस क्षेत्रका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलो खप्नु परेको छ। नदी किनारका दायाँबायाँ अहिले पनि फोहर र प्लाष्टिक थुप्रिएको देखिन्छ। पहिलेजस्तो नदी किनारमा दुर्गन्धले जान नसकिने अवस्था सफाइ अभियानका कारण नभए पनि अपेक्षा गरे जति सफा हुन नसकेको सृष्टि महिला समूहकी अध्यक्ष पार्वता डङ्गोलले बताइन्। 

नदी किनारमा लगाइएको पर्खाल वर्षामा आउने बाढीको बहाव क्षेत्रभन्दा तल भएका कारण पनि थापाथली पुलमुनिको कुपण्डोलबाट बल्खु पुलसम्मै डुबानमा पर्ने गरेको छ। नदी किनारमा सडक बनाइएको छ तर चक्रपथ आयोजनाले बोलपत्र आह्वान गरेका चार वर्षसम्म पनि कालोपत्र हुन नसकेको वडाध्यक्ष महर्जनले बताए। 

गुह्येश्वरीबाट प्रशोधन गरिएको फोहर पानी पशुपतिमुनि बाग्मतीमै हालिएको छ। त्यसलाई अन्यत्र व्यवस्थापन गर्न अधिकार सम्पन्न बाग्मतीले ठोस पहल गरेको छैन। सुन्दरीघाट क्षेत्रमा पनि ढल हाल्दा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको अभियानकर्मी चित्र सुनुवारले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उपत्यकाबाट ३६ मेट्रिक टन फोहर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्। स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन्। 

बाग्मती सफाइ महाभियानको २९९ औं हप्तामा ललितपुरतिरको शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो। 

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३२ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न बाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए। 

Xtrem

Xtrem

गुह्येश्वरीमाथिको नदी सफाइको २६०औं हप्तामा गोकर्णेश्वर नगरपालिका–६ र ८ को सीमास्थित माकालबारी पुल क्षेत्रअघिको नदी किनारमा सफाइ गरियो। दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको बाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए। 

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो। मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ। घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ। 

सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले नगरपालिका क्षेत्रको बाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताए। सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो। 

रुद्रमती सफाइ अभियानको २५४ हप्तामा रातोपुल–श्रीरामचन्द्र मन्दिर–सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। सफाइ नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत अभियानकर्मीको सक्रियता थियो। सो अवसरमा वडाध्यक्ष कार्कीले घर आँगनको सफाइ नगरे अर्को हप्ता वडा कार्यालयले कारवाही गर्ने जानकारी दिए। 

सफाइमा जनप्रतिनिधिको बेवास्ता 

विष्णुमती सफाइको २२६ औं हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका–३ को सीमास्थित धनेश्वर पुल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए। सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी १०० को उपस्थिति रहेपनि जनप्रतिनिधिले यस क्षेत्रको सफाइमा बेवास्ता गरेको उनको गुनासो छ। 

बाग्मतीको तिलगङ्गा क्षेत्रमा २०० औं हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो। तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए। सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। 

सुन्दरीघाटस्थित बाग्मती नदी किनारमा १०९ औं हप्ताको सफाइ गरियो। १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिए। 

मनोहरा नदी सफाइको ९९औं हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्रप्रसाद दङ्गालले बताए। सफाइमा सुरक्षाकर्मीलगायत १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो। 

चक्रपथ सफाइ अभियानको ९५औं हप्तामा चक्रपथस्थित चप्पल कारखानाबाट शङ्खपार्कसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए। शङ्खपार्कमा बिहान व्यायाम गर्ने, दिउँसो आराम गर्ने मानिसको भीड लाग्ने गरे पनि पानीका बोतललगायत फोहर भेटिएको थियो। 

प्लाष्टिकजन्य सामग्री र सुर्ती एवं खैनीका खोलले चक्रपथ क्षेत्रमा बढी फोहर देखिएको उनले बताए। २७ किमी चक्रपथमा सार्वजनिक शौचालयका व्यवस्था नगरिँदा सडक किनारमै दिसा, पिसाब गरी दुर्गन्ध फैलिएको अभियानकर्मी रेणुका गुरुङले बताइन्। महानगरपालिकाले सार्वजनिक शौचालय बनाउने कामलाई महत्व नदिएको अभियानकर्मीको भनाइ छ। 

आलोकनगर सफाइको ९५ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए। सो अवसरमा 'प्लाष्टिक सडकमा नफालौं' भन्नेलगायत विषयमा जनचेतनामूलक अभियान चलाउँदै बाग्मती सफाइ महाभियानको २९९औं हप्तामा सहभागी भएको थियो। 

सफाइ महाभियान सुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ। सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ। बाग्मती किनारमा सञ्चालन भएका सुँगुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन। 

माघ २६ गते बाग्मती सफाइ महाभियान शुरु भएको ३०० औं हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ। विशेष कार्यक्रमका लागि सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ। 

विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको जनाइएको छ। संघीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको जनाइएको छ।

माघ २६ गते बिहान ७ बजे आलोकनगर र युएन पार्कमा जम्मा भई प्रभातफेरिसहित शङ्खमूलमा पुगेर ३०० हप्ताको सफाइसहित विशेष कार्यक्रम गरेर मनाइने सचिवालयका सचिव चक्रबहादुर चन्दले बताए। 

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्