• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चन्दाको क्रिकेट रंगशालाले पूरा होला समृद्धि सपना?

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १७:४०
1140x725

मैले विगत १५ वर्षदेखि धेरै पटक, धेरै कार्यक्रम र धेरै समूहमा बताउने गरेको एउटा वाक्य हो– नेपालमा अधिकांस व्यक्ति आफ्नो काम गर्दैनन्, अरुले गर्नु पर्ने काम गर्छन्। मलाई नेपालको मुख्य समस्या नै यहि हो जस्तो लाग्छ । फेरि यो वाक्य थप उपयोगी र सत्य सावित भएको अनुभुत गरिरहेको छु।

एउटा गैरनाफामुखी संस्थाले नेपालमा अन्तर्राष्ट्रि स्तरको क्रिकेट रंगशाला बनाउने, त्यो पनि अर्बौ रुपैयाँ खर्च गरेर। झट्ट हेर्दा यो अति राम्रो काम जस्तो लाग्न सक्छ। खेल बुझेकाले यसलाई गम्भिरतापूर्वक नियालेर सुक्ष्म विश्लेषण गर्ने हो भने यसभित्र सयौं पाटो लुकेको छ। मलाई यो काम कसरी गर्छन् र काम गर्दा आर्थिक पारदर्शिता हुन्छ वा हुँदैन भन्ने विषयसँग लेखाजोखा छैन। किनकी मैले भन्ने खोजेको विषयसँग आर्थिक पाटो जोडिएको छैन। कसैले काम गरेर केहि दाम हात पार्छ भने त्यो मेरो लागि गौण विषय हो। यस विषयमा सम्बन्ध संस्थाले नै आँखा गाडुन्, त्यसमा मेरो भन्नु छैन।

अन्तर्राष्ट्रिय रंगशाला बनाउने विषय खेलसँग जोडिएकाले केहि नलेखी चित्तै बुझेन। त्यो पनि पछिल्लो समय नेपालीमाझ लोकप्रिय खेलका रुपमा रहेको क्रिकेटसँग सम्बन्धित विषय भएपछि त झनै लेख्न मन लाग्यो। मैले लेखेको विषयमा कसैलाई चित्त दुख्यो वा कसैलाई असहमति राख्न मन लाग्यो भने सार्वजनिक रुपमा बहस गर्न पनि तयार नै छु। 

कुनै अमुक चरित्रको नाममा स्थापना गरिएको संस्थाले क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियान आम नेपालीका लागि गौरवको विषय बनेको यो अवस्थामा 'जस्तो देशमा पुगिन्छ त्यस्तै भेष गर्नु' उखानविपरित जाने प्रयास गर्दैछु। यसका लागि क्षमाप्रार्थी छु। 

पहिलो मेरो असहमति भनेको खेल भनेको कुनै सामाजिक वा कसैका लागि दया राखेर गरिने काम होइन। त्यसैले खेलमाथि गम्भिर प्रहार भएको मेरो पहिलो तर्क हो।

खेल आजको समाजमा मानिसको दैनीक जीवन हो। खेलविनाको मानव समाजको अब कल्पना पनि गर्न सकिदैन। २१औं शताब्दीमा त खेल भनेको समाजको स्तरोन्नतीको प्रमुख आधार हो। खेल क्षेत्रलाई दया वा माया होइन आजको समाजमा सम्मानको आवश्यकता छ। भूकम्पपीडितका लागि घर बनाएजस्तो, भोकमरी लाग्दा खाना बाँडेजस्तो अथवा बाढीपहिरो जाँदा राहत बाँडेजस्तो समाजको वाह्वाही कमाउनका लागि क्रिकेटको रंगशाला बनाउने विषय होइन। त्यो पनि चन्दा र दाताले दिएको पैसाबाट। सबैलाई खेल क्षेत्रले गौरव गर्नुपर्ने अवस्था आएको जस्तो अनुभुति भएको होला तर, मेरो बुझाइमा नेपालको खेल क्षेत्रमा फेरि एकपटक अर्को गैरजिम्मेवार हर्कतको शिकार भएको छ।

यो कामबाट कसैले राहत, केहिले दाम र कसैले सम्मान र सफलता पनि हासिल गर्लान् तर, खेल क्षेत्र थप प्रताडित भएको छ। स्थानीय तह र प्रदेशको संरचना बनेर केन्द्रमा दुई तिहाइबाट बनेको बलियो सरकारले एक संस्थाले रंगशला बनाउने घोषणा गर्दैगर्दा ताली पड्काएर स्वागत गर्छ। त्यहि सरकारका उच्च पदस्थ व्यक्तिले देश अब समृद्धितर्फ अगाडि बढेको तर्क गर्नु अर्को दुर्भाग्य हो।

नेपाल यस्तो देश बन्दैछ, जहाँ हरेक पेशा तथा व्यवसायको व्यक्तिले आफ्नोबाहेक अरु काम गरे सबैको ताली पाउछ भन्ने प्रष्ट हुन्छ। उदाहरण दिन आवश्यक छ जस्तो लाग्दैन किनकी हरेक पेशाका केही चर्चित अनुहारलाई नियालेर हेरौ प्रष्ट हुन सकिन्छ।  एउटा कलकार कलाकारिताबाटै नाम र दाम मनग्गे कमाएर सामाजिक काममा लाग्नु पर्ने थियो। तर चन्दामा क्रिकेट रंगशाला बनाइने यो देशमा नीजि लगानीमा अस्पताल र मेडिकल कलेज बन्छन्। पैसा भएकाहरु व्यापक लगानी गरेर मन्दिर र अस्पताल बनाउछन् तर चन्दा मागेर अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने कामको शिलान्यास यो देश चलाउनेहरुले गर्छन् । अनि आम नेपाली आज गौरवको दिन हो भनेर व्याख्या पनि गर्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

केही नभएको ठाँउमा केहि हुन खोज्नुलाई राम्रो मान्नुपर्छ भन्ने तर्क गर्नेहरु पनि होलान् र छन् पनि । तर स्थापित र स्थायी सरकार भएको बेला सरकार र राज्यलाई नै चुनौती दिने कामलाई राम्रो मान्न कसरी सकिएला र? राज्य चलाउनेलाई हेक्का नभएको हो वा खेलको बारेमा राम्रो ज्ञान नभएको हो? 

क्रिकेट स्टेडियम बनाउने विषय चाहना राख्ने हो भने राज्यका लागि सामान्य नै विषय हो। नेकपाका अध्यक्ष प्रचण्डले खेल निकै बुझेको शैलीमा सोहि कार्यक्रममा खेलका विषयमा गरेको भाषण हेर्दा राज्यले खेलका लागि धेरै काम गर्न लागेको आभाष पनि भयो । यदि त्यस्तो थियो भने राज्यका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला भनेको सामान्य नै विषय हो। तर किन गरिएन त? समयमा राष्ट्रिय खेलकुद हुन नसक्ने र रकमको अभावमा पटकपटक राष्ट्रिय खेल सर्ने मुलुकमा आज खेलमा ठूलै क्रान्ति गर्न लागेको जस्तो गरि राज्य संचालकले अमुक चरित्रको नाममा स्थापित संस्थालाई खेल क्षेत्रको गौरव जिम्मा लगाइरहेको छ। आगामी दिनमा खेल क्षेत्रले यसको ठूलो मूल्य चुकाउनु पर्ने नै छ।

विषय उठान गर्नुको मुख्य उद्देश्य देशमा आफनो बाहेक अरु सबै काम गर्नेहले स्याबासी पाउने क्रम बढ्दै जादा त्यसमा प्रश्न गर्नु हो। अर्को उद्दश्य भनेको खेल क्षेत्रलाई नेपालका राज्य संचालकले कहिले पनि बुझ्न नै नसकेकाले हो। खेल क्षेत्रको नेतृत्व सम्हाल्नेहरु पनि ‘निकम्मा’ नै सावित हुने अवस्था छ। खेलको विषयमा अब पनि बुझन कमजोरी भयो भने र खेललाई दयामाया राख्ने वा सामाजिक काम गर्ने थलोको रुपमा मात्रै पनि बुझियो भने हाम्रो समाज थप पछाडि पर्ने कुरामा दुई मत छैन।

आजको आधुनिक समाजमा कुनै पनि राष्ट्रको सम्बृद्धिको आधार तय गर्नु पर्यो भने त्यो देशको खेलको अवस्था र त्यो देशले ओलम्पिक्समा प्राप्त गर्ने पदकलाई मुख्यविन्दु बनाइन्छ। समाजको आर्थिक, सामाजिक र वौद्धिक विकासको आधार खेल बन्न सक्छ भन्ने विषय बुझ्न अब ढिलाई गर्नु हुँदैन।

खेल स्वस्थ हुनका लागि वा मनोरन्जनका लागि मात्र होइन आर्थिक रुपमा बलियो हुनका लागि पनि हो। खेल आजको समाजमा सामान्य व्यापार मात्र होइन उद्योग नै भइसकेको छ। तर हामी यसलाई अझै पनि दयामायाको क्षेत्रकै रुपमा स्थापित नै गर्न मरिहत्ते लागेका छौं। क्रिकेट रंगशाला लगायतका पछिल्ला ‘प्रकरण’ले राज्य र यसका चल्नु पर्ने अवयवलाई कमजोर र व्यक्तिलाई बलियो बनाउने खालको छ। यसले राज्य र लोकतन्त्र दुवैलाई हित गर्दैन। खेल क्षेत्रकै लागि भनेर गरिएको भएपनि यसले खेल क्षेत्रलाई दुरगामी रुपमा कमजोर नै बनाउछ। त्यसलै खेलका बारेमा बुझ्न अब कसैले ढिला नगरौ। राज्यले त कुनै पनि रुपमा ढिला नगरोस् भन्ने नै हो । अब नेपालले खेललाई विशेष प्राथमिकताको क्षेत्रका रुपमा तोक्दै विशेष योजना र अभियान अगाडि सार्न आवश्यक छ। नेपालको समग्र अवस्थामा सुधार ल्याउन पनि खेल प्रमुख माध्यम बन्न सक्छ भन्ने मान्यतासहित  बेलैमा पहल गर्ने हो कि ? विचार गरौ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्