काठमाडौं– एक्सन लभस्टोरी जनरामा तयार फिल्म ‘रणवीर’को रोमान्टिक ‘मायामा म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत तथा बस्नेत स्वयम् र प्रविशा अधिकारीले स्वर दिएका छन्।
फिल्मका मुख्य कलाकारहरु शुशील सिटौला र सुवेक्षा खड्काको अभिनय रहको गीतमा शुशील र सुवेक्षाको प्रेमभाव प्रस्तुत गरिएको छ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म यही माघ १८ बाट प्रदर्शनमा आउँदै छ। फिल्ममा शुशील र शुभेक्षाका साथ सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, नरेश पौडेल, हरिहर शर्मा, टिका पहारी लगायतको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।