• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गोविन्द केसी मरोस् भन्न सरकार तयार भयो : गगन थापा

64x64
नेपाल लाइभ शुक्रबार, माघ ११, २०७५  १६:३०
1140x725

पहिलो विषय,

प्रमुख प्रतिपक्ष दलले सदनमा एउटा विषयवस्तुलाई लगातार उठाइसकेपछि यो बीचमा एकपटक पनि संवादका निम्ती प्रयास पनि नगर्ने, हामी पटक–पटक छलफल गर्न तयार छौं, यसको निकास खोज्न पनि तयार छौं भनिरहँदा छलफलका निम्ती सामान्य एउटा प्रयास पनि नगर्ने सरकारले व्यवहार देखायो। यो कुराबाट म आग्रह गर्न चाहन्छु कि सदनमा उभिएको प्रमुख प्रतिपक्ष दललाई त निषेध गर्छु भन्ने सरकारले देशैभरी एउटा सन्देश दिन खोजेको छ। मसँग दुई तिहाई छ, जो मसँग रहन्छ, रहन्छ। मसँग विरोध गर्ने वा असहमति राख्ने कसैलाई पनि म चिन्दिन, म मान्दिन, म गन्दिन भन्ने सरकारको सन्देश हो।

सरकारले निषेधको राजनीति गरेको जसलाई हामीले आजसम्म प्रष्ट उठाउँदै आएका थियौं, आजबाट उसले पुष्टि गर्यो। सरकारले निषेधको राजनीति प्रारम्भ गरेको छ। यसको प्रतिउत्तर हामी त्यही ढंगबाट दिन्छौं।

दोस्रो विषय, फेरि पनि सभामुखको विषयसँग जोडिएको छ।

सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नुभएन त हामीले भनेका थियौं नै, आजबाट त थप कुरा भन्नुपर्ने भएको छ – जालझेलपूर्ण व्यवहार गर्नुभएको छ। आज छलफल गर्न बोलाएर, सर्वदलीय बैठक बोलाएर, आज म सकेसम्म निकास निकाल्छु र निकास निकाले पनि सदनको बैठकमा मुठभेड हुन दिन्न अर्थात् तपाईंहरुको विरोध रह्यो भने सदनको कारबाही अगाडि बढाउँदिन भन्ने सन्देश हामीलाई प्रवाहित गरियो। तर, सदनमा आएर बैठक सुरु गरिसकेपछि जालझेलपूर्ण तबरबाट कदम अगाडि बढाइयो।

 

यस्तो व्यवहार पनि सभामुखको आसनबाट गर्न मिल्छ? जालझेलपूर्ण ढंगबाट सरकारको कुनै अंगजस्तो, आदेशपालकजस्तो संसदलाई प्रयोग गरिएको छ। सरकारले हिजो खुलामञ्चबाट, विभिन्न स्थानबाट आदेश जारी गर्यो–जसरी पनि विधेयक पारित हुनुपर्छ। र आज विधेयक पारित गराउन सरकारभन्दा बढी कोही लागेको छ भने सभामुख लाग्नुभएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जबकी सभामुखले आनन्दसँग के भन्न पाउने दिन हो भने आज शुक्रबार हो, सदनको नियम ११ ले शुक्रबारको सदनमा कुनैपनि सरकारी विधेयकहरुमाथि छलफल हुँदैन। त्यसैले आज म सरकारी विधेयकमाथि छलफल गर्दिन भनेर सभामुखले सदनको मुठभेडलाई टार्नु पर्नेमा उल्टो प्रतिपक्ष दललाई बोलाएर आज सकेसम्म म सदन नै चलाउँदिन, चलाए पनि तपाईंहरुले विरोध गरिसकेपछि रोक्छु भन्ने सन्देश प्रवाहित गरी ढाँटेर, छलेर सभा चलाउने भनेपछि योभन्दा ठूलो सभामुखको आसनबाट गरिने दूर्भाग्यपूर्ण व्यवहार अरु हुन सक्दैन। सभामुखले आफूलाई सभामुखको स्थानबाट आफूले जिम्मेवारपूर्ण ढंगबाट व्यवहार गर्नसक्छु भन्ने पुष्टि गर्न सक्नु भएन।

र तेस्रो कुरा भनेको डा गेविन्द केसीसँग भएको सहमतिको पालनासँग जोडिएको विषय हो।

आज जसरी विधेयकलाई संसदबाट सत्ताले ताली बजाएर पारित गरेको छ। अब सरकारले यो विषयमा जवाफ दिनुपर्छ। यो विधेयकभित्र भएका केही बन्दोवस्तलाई परिवर्तन गरेर, गर्न नहुने व्यवस्थालाई परिवर्तन गराएर, सम्झौताको केही बन्दोवस्तलाई परिवर्तन गराएर यो विधेयक पास भएको छ। सरकारको भनाइअनुसार ९५ प्रतिशत माग पुरा भएको छ। सरकारको भनाइअनुसार ५ प्रतिशत मात्रै माग पुरा भएको छैन। त्यो ५ प्रतिशतका निम्ती सरकार कस्तो–कस्तो जोखिम उठाउन तयार भयो। सरकार प्रमुख प्रतिपक्षसँग मुडभेढ गर्न तयार भयो। सरकार गोविन्द केसी मरे मरोस् भन्न तयार भयो। केका लागि? मात्र त्यही ५ प्रतिशतका लागि?

त्यो ५ प्रतिशत भनेको के हो? सरकार एउटा/दुईटा अमुक मेडिकल कलेज खोल्ने त्यति सानो स्वार्थका निम्ती नेपाल सरकार आज प्रमुख प्रतिपक्षसँग लड्न तयार छ। एउटा सत्याग्रहीको जीवन लुट्न तयार छ भनेदेखि सरकार शक्तिशाली हो की सरकारलाई चलाउने व्यापारी शक्तिशाली हो? यो प्रश्नको उत्तर सरकारले अब दिनुपर्छ।

आज सदनमा जे भयो, त्यो दुर्भाग्यपूर्ण भयो। नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई भएको सरकारले आज पेलेर कसका विरुद्धमा विधेयक पारित गर्यो। नेपालमा सार्वजनिक शिक्षा बलियो हुनुपर्छ, चिकित्सा शिक्षामा मूलतः सरकार बलियो हुनुपर्छ भन्ने मागलाई कुल्च्यो। कसले? कम्युनिष्ट सरकारले।

समाजवाद ल्याउने सरकारले सार्वजनिक शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर आज विजयोत्सव मनाएको छ। सरकारलाई बधाइ छ। आज जे व्यवहार गरेको छ त्यसका विरुद्धको लडाइँ नेपाली कांग्रेसले सडक र सदनबाट पनि लड्छ। यसको प्रतिक्रिया र प्रतिउत्तर सरकारले आउने दिनमा थाहा पाउँछ। यो कदम सभामुखलाई पनि महँगो पर्छ। सरकारलाई पनि महँगो पर्छ। कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ। इतिहास साक्षी छ।

(नेपाली कांग्रेसका सांसद गगन थापाले आजको संसद बैठक सकिएसँगै राखेको विचारको सम्पादित अंश।)

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्