• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के हो स्वाइन फ्लु?

64x64
नेपाल लाइभ बिहीबार, माघ १०, २०७५  १८:०८
1140x725

स्वाइन फ्लु भाइरसको कारणले लाग्ने सरुवा रोग हो। सबैभन्दा पहिले यसको संक्रमण मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो। यो रोग फैलाउन मुख्यतया ५ प्रकारका भाइरस जिम्मेवार हुन्छन्। ती हुन्– एचवानएनवान, एचवानएनटु, एचथ्रीएनटु, एचथ्रीएनवान र एचटुएनथ्री।

म्युटेसनका कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ। जसमध्ये अहिले एचवानएनवान सबैभन्दा खतरनाक भाइरस रुपमा देखिएको छ। जसले मुख्यतया श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ।यसको संक्रमण संसारका धेरै देशमा देखिएको छ।  सर्वप्रथम त सुँगुरको सम्पर्कमा नियमित रहिरहने मानिसमा सुँगुरबाट यो भाइरस सर्ने भनिए पनि पछिल्लो समयमा नयाँ भाइरस देखिएसँगै यो सुँगुरसँग प्रत्यक्ष सम्पर्कमा हुनाले मात्र नहुने भनिँदै आइएको छ।

कसरी फैलन्छ स्वाइन फ्लु?
स्वाइन फ्लु प्रभावित व्यक्तिहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ। स्वाइन फ्लुको किटाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ। रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छिउँ गर्दा किटाणुयुक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ जसले गर्दा सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। यसबाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत किटाणु  हुन सक्छन्।

ढोकाको हेन्डिल, मोबाइल फोन, टिभीको रिमोट, भर्यानङको रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड आदि सतहमा किटाणु केही समयसम्म जीवित रहन सक्छन् जसबाट पनि अर्को व्यक्तिलाई सर्ने सम्भावना हुन्छ। भाइरस शरीरभित्र गएको सामान्यतया सात दिनभित्र स्वाइनको लक्षण देखिन सक्छ।

यो रोगले विशेषगरी श्वासप्रश्वास रोगका समस्या भएका, मधुमेह, अंग प्रत्यारोपण गरेका, रोग प्रतिरक्षात्मक शक्ति कम भएका, अन्य जटिल रोगबाट संक्रमित व्यक्ति, गर्भवती महिला, बच्चा बालबालिका, वृद्धवृद्धालाई बढी सताउने गर्दछ।

लक्षण
यसको लक्षण सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो हुन्छ। स्वाइन फ्लु भएमा ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने ,भोक नलाग्ने, जीउ दुख्ने, थकाइ लाग्ने, सास लिन कठिनाइ हुने, वान्ता हुने, झाडापखाला समेत हुनसक्छ।

उपचार र रोकथामका उपाय 
यदि सुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा उपचार सम्भव छ। 

यसबाट बँच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्घर रहनु नै हो। सार्वजनिक स्थानमा जाँदा रोग प्रतिरोधक स्तरीय मास्क एन-९५ प्रयोग गर्ने,  खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने  र साबुन–पानीले हातमुख धुने, आफ्नो नाक वा मुखतिर बारम्बार हात नलाने, खोकी लागेको व्यक्तिबाट टाढै रहने, प्रशस्त मात्रामा पानी पिउने, सकेसम्म धेरै भिडभाड भएको ठाउँतिर नजाने, आराम गरेर बस्ने, भेटघाटका बेला हात मिलाउनु, अंकमाल गर्नुको साटो नमस्कार गर्ने र माथि भनिएको लक्षण देखिएको शंका लागेमा तुरुन्त चिकित्सकसँग परामर्श गर्ने प्रमुख केही उपाय हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसलाई रोकथाम गर्नका लागि डाक्टरको सल्लाहबमोजिम भ्याक्सिनको पनि  प्रयोग गर्न सकिन्छ।

अहिले स्वाइन फ्लु डरलाग्दो रोगको रुपमा चिनिँदै छ। दिनदिनै यसका बिरामी बढ्ने क्रम जारी छ। अझ भन्नुपर्दा राजधानीमा त झन् यसको खतरा बढ्दै गइरहेको छ। जनचेतनाको अभाव वा यसको लक्षण सामान्य रुघाखोकीसँग मिल्ने भएका कारण धेरैजसो बिरामी  अन्तिम अवस्था पुगेपछि मात्र अस्पताल जाने गरेको देखिन्छ। जसले गर्दा एचवानएनवान पोजेटिभ देखिएका बिरामीलाई बचाउन हम्मेहम्मे परेको छ।

एचवानएनवान हो कि होइन भनेर छुट्टाउन घाँटीबाट र्यातल निकालेर जाँच गर्न पठाइन्छ। सम्भवत: त्यो जाँच टेकु प्रयोगशालामा मात्रै हुने गर्छ तर बिडम्बना, त्यसको रिपोर्ट आउन ४-५ दिन कुर्नु पर्छ। जसले गर्दा बिरामीको उपचारमा निकै ढिलो हुने गरेको देखिएको छ। एक त बिरामी नै सिकिस्त भएपछि  मात्र अस्पताल  आइपुग्छन्, अर्को रिपोर्ट नै ढिलो दिने कारण ले पनि रोगको सही उपचारमा ढिलासुस्ती हुने गरेको पाइएको छ।

यसको उपचारको लागि  भाइरलविरुध्द ओसेल्टामिविर औषधि दिने गरिन्छ। यदि बिरामीलाई सही समयमा यो औषधि उपलब्ध गराउन सकिने हो भने बिरामीलाई बचाउन सकिन्छ। तर यहाँ रिपोर्टको आधार मात्र औषधि दिने सिस्टमले गर्दा बचाउन सकिने बिरामीको पनि अकालमा मृत्यु भइरहेको छ।

बिरामीलाई डाक्टरले एचवानएनवान होला भनेर उपचार अगाडि बढाउनको लागि ओसेल्टामिविरको अभाव छ, त्यो औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र पाइन्छ र त्यसका लागि अनिवार्य पोजेटिभ देखिएको रिपोर्टको आवश्यकता पर्छ। होइन भने सोर्सफोर्स लगाउनु पर्ने हुन्छ। रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीको अवस्था नाजुक भइसक्छ । कतिपय बिरामीको त मृत्यु नै भइसक्ने खतरा समेत हुन्छ।

यदि एचवानएनवान लागेर बिरामीको मृत्यु नहोस् भन्ने चाहने हो भने सुरुमा त जनचेतना नै फैलाउनु आवश्यक छ। सहरमा त अवस्था यस्तो छ भने दुरदराजका बिरामीको अवस्था कस्तो होला। अर्को, जुन जाँच गरिन्छ त्यो जाँचलाई छिटोभन्दा छिटो हुने  व्यवस्था गर्नुपर्योु जसले गर्दा उपचारमा कुनै ढिलोसुस्ती नहोस्।

अर्को कुरा, जुन औषधिबाट मात्र निको पार्न सकिन्छ त्यो औषधि आपतकालीनको लागि भनेर प्रत्येक अस्पतालमा उपलब्ध गराउनुपर्योा, जुन औषधि डाक्टरले जाँच गरेर स्वाइन फ्लु हो भन्ने प्रमाणित भयो भने तुरुन्त दिन पाइयोस्। 

यो एउटा सरुवा रोग हो संक्रमित व्यक्तिबाट सजिलै अरुलाई सर्न सक्छ। बिरामीको परिवार त जोखिममा हुने नै भयो। त्यसैगरी बिरामीको उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न हुने स्वास्थ्यकर्मी र स्वास्थ्यकर्मीका परिवार झन् धेरै जोखिममा छौं। कति अस्पतालमा त स्वास्थ्यकर्मीलाई नै बिरामीबाट सरेको भन्ने कुरा पनि सुनिन आएको छ। यस्तो अवस्थामा प्रोफिलैक्सिसको लागि औषधि उपलब्ध नगराउने हो भने हामी स्वास्थ्यकर्मीले कहिलेसम्म यस्तै जोखिममा काम गर्ने?यस्तो डर नै डरमा बसेर उपचार गर्दा के हामीले सही उपचार दिन सक्छौं?
 

(नर्स थपलिया स्टार हस्पिटलमा कार्यरत छिन्)
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्