• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गान्धीदेखि केसीसम्म सत्याग्रहविरुद्ध चटक - आयोजकः सत्ता, पात्रः मोटेराम 

64x64
नेपाल लाइभ बुधबार, माघ ९, २०७५  १४:४६
1140x725

भारतको स्वतन्त्रता अभियानका बेला अंग्रेजहरु महात्मा गान्धीका सत्याग्रहहरुबाट आजित थिए । गान्धीको व्यक्तित्व यसै पनि तेजस्वी थियो  उनको उपस्थिति एउटा ठूलो क्षेत्रलाई चलायमान बनाउन काफी हुन्थ्यो  उनको सत्याग्रह शुरु हुनासाथ एक किसिमले देशै चलायमान हुन्थ्यो। 

गान्धी आफू मात्रै सत्याग्रही भएनन् । उनले अहिंसात्मक आन्दोलनको प्रभावकारी हतियारका रुपमा सत्याग्रहलाई स्थापित गरे। पछि गएर अमेरिकामा मार्टिन लुथर किङदेखि दक्षिण अफ्रिकाका नेल्सन मण्डेलासम्मले मानव जातिको ठूलो हिस्सलाई दमन र उत्पीडनबाट बाहिर ल्याउन गान्धीले देखाएको अहिंसावादी आन्दालेनको बाटो पछ्याए। अहिले उति सारो नसम्झिने गरे पनि भारतभित्रै असहयोग र अहिंसात्मक प्रतिरोधको उभार ल्याउन गान्धी सफल भए। 

त्यसैले भारतमा अंग्रेजका लागि सत्याग्रही आन्दोलन ठूलो चुनौतीका रुपमा देखा प¥यो । न सडकका प्रदर्शनकारीलाई झैं अश्रुग्याँस हान्न मिल्ने, न सशस्त्र विद्रोहीलाई झैं गोली र मेशिन गनले हान्न मिल्ने। त्यसरी तिल्मिलाएका अंग्रेज मजिस्ट्रेटहरुमध्ये केहीले नयाँ प्रयोग शुरु गरेः सत्याग्रहको प्रतिरोध सत्याग्रहबाटै । त्यसका लागि कुनै लोभी मानिस खोज्ने, जागिर लगायत केही प्रलोभन देखाउने वा नगदै दिने र अनशन बसाउने । काँग्रेसका तर्फबाट गान्धीको प्रेरणामा कोही सत्याग्रहमा बसेको छ भने उसको भन्दा ठ्याक्कै उल्टो माग राखेर नजिकै प्रायोजित सत्याग्रह गराउने। 

अंग्रेजहरुको त्यस्तो कपटी खेलबारे भारतीय साहित्यका हस्ती प्रेमचन्दले एउटा प्रख्यात कथा लेखेका छन्ः सत्याग्रह । त्यसमा एउटा मोटेराम शास्त्री नामक पात्र छ जो अंग्रेजहरुको प्रलोभनमा परेर काँग्रेसलाई टक्कर दिन अनशन बस्छ । अनशनको शक्तिमा काँग्रेसले बनारसमा गर्न लागेको हडताल रोक्ने घोषणा गर्छ । अनि अंग्रेजहरुले दिएको पेश्की सय रुपैयाँ लिएर पेटभर खाना र मिष्ठान्न खान्छ अनि मैदानमा पुगेर सत्याग्रहको नाम लिंदै भोकै बस्न शुरु गर्छ। 

तर त्यही साँझदेखि भोक नलागी हाले पनि उसले अन्नको तृष्णा थाम्न सक्दैन । पाले बसेका पुलिसलाई धक्का दिएर बाहिर जाँदा उसले घर फर्किरहेको मिठाइवाला भेट्छ । वहाना बनाएर उसलाई कतै पठाएर बचेका मिठाइ लाटलुट पार्छ र फेरि फर्केर आफ्नो ठाउँमा बस्छ । भोलिपल्ट दिनभर भोकभोकै परेपछि मोटेराम भोकले इन्तु न चिन्तु हुन्छ । यता बजारमा उसले सरकारसित हजार रुपैयाँ लिएर भोकै बसेको भन्ने हल्ला फैलिन्छ। 

त्यस दिन साँझ एक जना काँग्रेसी नेता पाँच रुपैयाँका सुगन्धित मिठाइको पोको बोकेर मोटेरामलाई भेट्न पुग्छन् । उसलाई असह्य हुन्छ र उसले झम्टेर लिई त्यो मिठाइ फटाफट खाइसक्छ। 

अंग्रेजहरुले पूरा जीवनको व्यवस्था मिलाइदिने प्रलोभनमा पारेकाले भोकै बसेको मोटेरामले कथाको अन्तमा तृप्तिपूर्वक यस्तो संवाद बोल्छः मेरा काम सिद्ध हो गया । यह अलौकिक आनंद है, जो धन के ढेरों से नहीं प्राप्त हो सकता। अगर कुछ श्रद्धा हो, तो इसी दूकान की इतनी ही मिठाई और मँगवा दो।

डा केसीको सोह्रौं सत्याग्रहमा सरकारको इमानप्रति उहाँले उठाएको प्रश्नको जवाफ दिन सरकारले सकेको छैन । बरु सरकार र पार्टीका जिम्मेवार मानिसहरु सबै माग पूरा हुँदाहुँदै पनि डा केसी अनावश्यक सत्याग्रहमा बसेको भनेर दुष्प्रचार गरिरहेका छन् । डा केसीको अभियान नै प्रायोजित र उहाँका मागहरु अरुले उचालेर राखिएका भनेर आरोप लगाउनेहरु पनि छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले त्यस्तो प्रचार गर्नु र कुनै व्यक्ति डा केसीकोभन्दा ठीक उल्टो मागहरु राखेर उपवास बस्नु संयोग मात्रै पनि हुन सक्थ्यो । संसारमा दिनदिनै धेरै संयोगहरु जुर्ने गर्छन्। 

तर नेपाल सरकारको गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत ती व्यक्तिलाई पनि डा केसीसँगै हेलिकप्टरमा काठमाडौं पठाउने निर्देशन दिनु संयोग थिएन । त्यसपछि उनलाई काठमाडौं पु¥याएपछि डा केसी सत्याग्रहरत भएको शिक्षण अस्पतालमै तिनलाई राख्नुपर्छ भनेर गरिएको जिद्दी पनि संयोग थिएन। 

त्यस्तै महान क्रान्तिकारी पार्टीका गौरवशाली भातृ संगठनका युवाहरुले शिक्षण अस्पताल पुगेर ती अनशनकारीका पक्षमा प्रदर्शन गर्न खोज्नु झनै संयोग थिएन । सरकारकै जिम्मेवार पदमा हुने तथा मिडिया र सामाजिक सञ्जालमा नियमित सरकारको बचाउमा खटिनेहरुले उनका माग पूरा गर्न आवाज बुलन्द गर्नु संयोग थिएन। 

तिनै प्रति–अनशनकारी व्यक्तिको आपराधिक विगतबारे खोजपूर्ण समाचार आएपछि अहिले उनको बचाउ गर्नेहरुबीचमा सन्नाटा छाएको देखिन्छ । जबकि उनको बचाउमा भन्न सकिने धेरै कुरा छन्ः विगतमा पिस्तोल लिएर लुटपाट र हिंसा गर्ने मानिस सुध्रिएर प्रायश्चित गर्दै सत्याग्रही किन हुन सक्दैन?

तर यहाँ प्रश्न चाहिं ती व्यक्तिको भन्दा पनि सरकार, सत्तारुढ दल र अहिलेको संस्थापनको नैतिकतामाथि उठेको छ। 

विगत जस्तो भए पनि ती व्यक्तिको उपवासको यो श्रृंखला (याद रहोस्, यस अगाडि पनि उनी डा केसीका मागविरुद्ध उपवास बसिसकेका छन्)  विधिवत रुपमा सत्तापक्ष वा ऊसँग स्वार्थ जोडिएका मानिसहरुबाट प्रायोजित थियो वा स्वतःस्फुर्त रुपमा शुरु भएको थियो भन्ने कुरा अब बिस्तारै खुल्दै जाला । उनका मागहरुको र अरु बेला उनले प्रयोग गर्ने भाषा हेर्दा त्यो नेकपाको प्रोपागाण्डा विभागबाट आएको हो कि अन्यत्रबाट भनेर छुट्याउन गाह्रो पर्छ । हुन त त्यो संयोग पनि हुन सक्छ।  

तर उनको उपवासको यो श्रृंखलालाई स्वतःस्फुर्त नै मान्ने हो भने पनि अब अकाट्य रुपमा के सावित भएको छ भने सरकार र सत्तारुढ दलको शीर्ष नेतृत्वदेखि भुइँ तहका कार्यकर्ता सम्मले डा केसीको सत्याग्रह निस्तेज पार्ने अचुक अस्त्रका रुपमा उनको उपवासलाई लिएकै हुन्।

त्यस अर्थमा ती मानिसको व्यवहारिक भुमिका प्रेमचन्दको कथाको पात्र मोटेराम शास्त्रीको भन्दा उल्लेख्य फरक छैन । मोटेरामलाई अंग्रेजहरुले सय रुपैयाँको खाना र जीवनभर जजमानीबाट मुक्तिको प्रलोभन दिएर उपवास बसाएका थिए । नेपालमा यस अघि उपवास बसेका मोटेरामहरुमध्ये एक जनाले एउटा मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिइनुपर्ने माग राखेका थिए । अर्का एक जनाको स्वार्थ अर्को एउटा प्रस्तावित मेडिकल कलेजसँग जोडिएको थियो। 

तर यसपल्ट सेनाको हेलिकप्टरमै उनलाई उडाउने गरी जसरी राज्यले उनको उपवासको उच्च मुल्यांकन गरेको छ, त्यो हेर्दा अहिलेको सत्ता संस्थापनले यी मोटेरामको उपवासलाई उच्च मुल्यांकन नै गरेको देखिन्छ । डा केसीको सत्याग्रहविरुद्ध कुनै तथ्यपरक कुरा गर्न नसकेपछि विवशतापूर्वक अन्तिम गोटीका रुपमा सरकारले यी मोटेरामको उपवासलाई उपयोग गरेको हो वा उसँग यस्तै अरु गोटीहरु पनि छन्, त्यो भविष्यले बताउला। 

प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्