• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विवेकशील साझाको फुट : महत्त्वाकांक्षा र कुण्ठाको सिकार

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  १९:३०
1140x725

काठमाडौं- साझा पार्टी गठन गरेलगत्तै र स्थानीय तह चुनावअघि पोखरामा आयोजित कार्यक्रममा रवीन्द्र मिश्रले नेपाली मतदातलाई एउटा आक्षेप लगाए– नेपाली मतदाताहरुको बानी ‘रेस्टुराँमा गएर मेनु हेर्ने तर अन्तिममा मःम नै रोज्ने’ अर्थात् पुरानै शक्तिलाई बारम्बार दोहोर्‍याउने खालको छ। 

मतदाता लक्षित १८ चैत २०७३ मा दिएको त्यो भाषणमा उनले भनेका थिए, ‘मेरा एक साथीले फेसबुकमा लेख्नुभयो, नेपाली मतदाताहरुको बानी के छ भने रेस्टुराँमा गएर मेनु हेर्यो, हेर्यो, लास्टमा मःम मगायो भनेजस्तै सबै पार्टीहरु हेर्यो, हेर्यो, अनि मेरा बाजेबराजुले, मेरा बुबाले कसलाई भोट खसालेको थियो भन्दै त्यसैलाई भोट खसाल्यो। अब त्यसै गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरु खराब होइन् मतदान गर्ने जनता खराब हुन् भन्नुपर्ने हुन्छ।’

मूलधारका राजनीतिक पार्टीलाई चुनौती दिन भिन्न संस्कार र मूल्य मान्यतासहित आएको दाबी गर्दै उनले आफूहरुलाई मौका नदिए ‘मतदान गर्ने जनता पनि खराब हुन्’ भन्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए।

पोखरा भाषणको करिब पाँच महिनापछि मिश्रले २०६९ सालदेखि अभियान केन्द्रित उज्ज्वल  थापा नेतृत्वको विवेकशील नेपालीसँग ११ साउन २०७४ मा एकीकरण गरे।  स्थानीय चुनाव सकिएलगत्तै संघीय संसद्को चुनावलाई लक्षित गरी उनीहरुले बनाएको नयाँ दल थियो– विवेकशील साझा।

स्थानीय चुनावमा पाएको केही मतबाट हौसिएर केन्द्रीय चुनावमा पनि पकड जमाउने लालसाबाट मिश्र र थापाबीच एकाएक टुसाएको प्रेम १७ महिनामै ओइलायो। 

२१ महिनाअघिको मतदाता लक्षित टिप्पणीको सारबाटै गर्न मिल्ने प्रश्न हो– मिश्र र थापाले आखिर के रोजे? मःम या अरु केही?

उनीहरुलाई मौका दिएका २ लाख १२ हजार मतदाता र अरुले पनि यो प्रश्न सोध्नु किन जायज हुन्छ भने, मूलधारका पुराना राजनीतिक पार्टीभन्दा विवेकशील साझा राजनीतिक विचार, संस्कार र मूल्यमान्यतामा बिलकुलै भिन्न हुने वचन मिश्र र थापाले दिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

कुण्ठा, व्यक्तिगत ईर्ष्या र लालसाले पार्टी फुटाउने पुराना दलकै रोगबाट विकेशील साझा पनि ग्रसित भएपछि रवीन्द्र र उज्ज्वल हरुले पनि लास्टम मःम नै रोजेनन् र? अब मतदातालाई खोट देखाएको त्यो भाषणलाई क्षमायाचनासहित फिर्ता लिने कि? 

आचरण, व्यवहार, संस्कार र मूल्यमान्यतामा मुलधारका पार्टीभन्दा भिन्न रहेर वैकल्पिक राजनीतिक शक्ति बनाउने भनेका उनीहरु यो प्रश्नबाट चाहेर पनि भाग्न पाउँदैनन्। 

किन मिश्र र थापाहरुको प्रेम धेरै टिक्न सकेन र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यसको के–कस्तो असर हुन्छ भन्ने विवेचना गर्नुअघि त्यसपार्टी र पार्टीका नेताहरुले समिक्षा, प्रेस वक्तव्य र आलेखमार्फत एकाअर्कालाई लगाएका आरोप–प्रत्यारोप साराशंमा हेरौं। 

थापामाथि मिश्रपक्षको आरोप
–अभियानकेन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्नेमा मतभेद। 
– राजनीतिक चरित्र कम।  मुलुक रुपान्तरणको राजनीति गर्नुभन्दा आत्मतुष्टिका लागि सानो झुन्डमा रमाउने प्रवृत्ति।  
–विचार केही होइन, संगठन केही होइन, अभियान गर्नुपर्छ भन्नेमा मात्रै जोड।
– संगठन निर्माणमा समय दिन कोही पनि तयार नुहने।  
– नेतृत्वमा कुण्ठा  बढ्ता देखियो। एउटाको फोटो अलि बढी प्रचार भएकामा पनि कुण्ठित, राम्रो भाषण गर्दा पनि कुण्ठा पालेर बस्ने।  

मिश्रमाथि थापा पक्षको आरोप
–नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण तथा निषेधको राजनीति हाबी। 
–सानो कोटरीले निर्णय गर्ने। कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गर्न खोज्ने, अपारदर्शी तरिकाले विभागहरु विघटन गर्ने। 
– नेतृत्वमा सामूहिक भावनाको कमी। ‘हामी’ भन्दा ‘म’ भन्ने दम्भ बढ्ता। अरुको कुरै नसुन्ने, खाली अरुलाई मात्र पढाउन खोज्ने प्रवृत्ति। 
–आर्थिक पारदर्शिताको कमी। 
–सामाजिक अभियानमा बेवास्ता। 

संस्कारै असमान
रवीन्द्र र उज्ज्वलको राजनीतिक आगमन नै बेग्लै छ। उज्ज्वल ले २०६९ सालमा ‘विवेकशील नेपाली’ नामको गैरसरकारी संस्था दर्ता गरे र त्यसैबाट विभिन्न सामाजिक अभियान चलाए। उनले विवेकशील नेपालीको ब्यानरमा विभिन्न सामाजिक अभियानमा सहभागिता जनाउँथे र त्यसलाई समाजिक सञ्जालको प्रयोगसमेत गरेर प्रचारप्रसार गर्थे। 

चिकित्सा शिक्षाको माग उठाएको डा गोविन्द केसीको आन्दोलनमा उनी पनि मिसिएर र यसले राम्रै समर्थन पायो। २०७२ को भूकम्पपछिको उद्धार तथा राहत वितरणमा पनि विवेकशील साझाको टिसर्टमा आफ्ना केही मान्छे उतारे। दुःखको बेला सहयोग गरेकामा उनले धेरै सहानुभूति पनि बटुले। यसबाट हौसिएका उज्ज्वलमा राजनीतिमा आउने महत्वाकांक्षा पलायो र विवेकशील नेपाल गैरसरकारी संस्थालाई राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता गराए।

उनी कतिसम्म अभियानकेन्द्रित र सतही कुरामा रमाउँथे भने, पार्टीको एक वर्षको समीक्षा गरी कार्यकतालाई  बाँडिएको १८ पन्ने समीक्षापत्रमा ‘मोदी जी नेपालमा स्वागत छ तर नाकाबन्दी भुलेका छैनौं’ भन्ने अभिायान सफल भएको भन्दै त्यसलाई महत्वपूर्ण उपलब्धि मानेका छन्।

पत्रकारितामा रहेका रवीन्द्र भने बिबीसीमा रहँदा सेलिब्रिटी बने। त्यसैलाई पुँजीकृत गरेर परोपकारी पत्रकारिताका नाममा हेल्प नेपाल नेटवर्क नामको संस्थामार्फत सामाजिक काममा लागे। पत्रकारितामा नाम र दाम कमाइ सकेपछि उनलाई बिबीसीको समाचार कक्षमा मात्रै खुम्चिएर बस्न मन लागेन। राजनीतिक महत्वाकांक्षा उनमा पनि पलायो। 

'भगवान् भरोसा'मा मिल्ने आशा राखेको उनको पार्टीको विचार, सिद्धान्त के हो भन्ने नै प्रस्ट छैन। त्यसैले पार्टी एकीकरण हुँदा पनि विकेशील नेपाली र साझाले गम्भीर बहस गरेनन्।

पत्रकारितामा पाएको नाम र सामाजिक काम गरेबापत पाएको सहानुभूतिलाई पुँजीकृत गर्दै उनले पनि २०७३ मा साझा पार्टी खोले।

राजनीतिमा होमिएका यी दुई नयाँ खेलाडीमा राजनीतिक चरित्र कम थियो। उज्ज्वल आफूलाई अभियानकेन्द्रित गर्नमै रमाउँथे भने रवीन्द्र राजनीतिमा आफ्नो सेलिब्रिटी छवि नै काम हुने दम्भ राख्थे। 

दुवैमा भएको संस्कारगत भिन्नता मुखरित हुँदा अहिले पार्टीमा फुट आएको विश्लेषण छ, राजनीतिक विश्लेषक विष्णु सापकोटाको। ‘यी दुई पार्टी मिलेको सकारात्मक कुरा थियो,’ उनी भन्छन्, ‘नेपालमा राजनीतिक दलहरु जस्ता थिए, त्यही अवस्थामा चलिराख्नुपर्ने र सुध्रनुपर्ने दबाब बाहिरबाट बन्न नसकेको अवस्थामा कम्तीमा संस्कारकै रुपमा भए पनि नयाँ केही गर्छौं भन्ने दुई दल मिल्नुलाई मैले नेपाली राजनीतिमा सकारात्मक घटनाका रुपमा लिएको थिएँ। तर, बीचमा उनीहरु मिलेपछि के देखियो भने, यी दुइटै दलमा संस्कारगत फरक देखियो।’ 

विकेकशील अलि अभियानकेन्द्रित भएको र साझामा राजनीतिका ठूलठूला गफ हाँक्ने प्रवृत्ति भएको सापकोटाको तर्क छ। 

‘विकेकशीलमा वाद, सिद्धान्त र राजनीतिक दर्शनका ठूलो कुरा गर्न सक्ने मान्छे चाहिँ छैनन्,’ उनको भनाइ छ, ‘तर, उनीहरुको तर्क नै के थियो भने, त्यस्ता ठूला कुरा गर्नु पर्दैन, ससना कुरा गरेर जनताको दैनिक मुद्दा उठाउने हो। साझामा रवीन्द्रको राजनीतिक पृष्ठभूमि नभए पनि त्यहाँ रहेका अरुमा चाहिँ राजनीतिक रुपमा फरक–फरक पृष्भूमि भएकाले त्यहाँ ठूला कुरा गर्न जान्नेहरु एक से एक छन्। त्यसैले यो संस्कारमै भएको फरकपन हो। अहिले त्यही मुखरित भयो।’

पिँध नभएको माया–प्रेम
केही चारित्रिक विशेषतामा समानता नभए जति गहिरो प्रेममा डुबे पनि त्यो प्रेम बिहेमा बदलिँदैन, भइहाले पनि धेरै दिन टिक्दैन। अर्थात्, प्रेमले पनि केही न केही साझा धरातलको माग गर्छ। 

रवीन्द्र र उज्ज्वलबीच पलाएको राजनीतिक प्रेममा पनि त्यस्तो कुनै सिद्धान्त र मूल्यमान्यताको जग थिएन, जसले लामो कालसम्म त्यसलाई थामिराखोस्। उनीहरु चुनाव जित्ने महत्वाकांक्षाले अचानक मिलेका थिए र अचानक टुक्रिए।

यसलाई स्वयं रवीन्द्र पनि स्वीकार गर्छन्। ‘हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो,’ पार्टी फुटाएर गएका उज्ज्वल  समूहलाई उनले लेखेको 'प्रेमपत्र'मा भनेका छन्, ‘तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक–अर्कालाई राम्ररी नचिनीकनै विवाह गरेछौं।’ 

विवेकशील साझामा  दुई संयोजक भए पनि सार्वजनिक मञ्च तथा मिडियामा रवीन्द्र नै हाबी थिए। रवीन्द्रको फोटो अलि बढी प्रचार हुन्थ्यो। उनका भाषणहरु मिडियामा हेडलाइन बन्थे। तर, उज्ज्वल  भने कतै पृष्ठभूमिमा हराएझैं देखिन्थे।

आफूहरुले नक्कली प्रेमकै भरमा बिहे गर्दा दुर्घटना भएको बुझेका तिनै रवीन्द्रले फेरि 'डेटिङ'को प्रस्ताव गरेर त्यही पत्रको अन्तिममा आशा भने राखेका छन्। ‘अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ,’ उनले लेखेका छन्, ‘छिटै बसेर चिया खाऊँला। मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाऊँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि?’ 

यसरी 'भगवान् भरोसा'मा मिल्ने आशा राखेको उनको पार्टीको विचार, सिद्धान्त के हो भन्ने नै प्रस्ट छैन। त्यसैले पार्टी एकीकरण हुँदा पनि विकेशील नेपाली र साझाले गम्भीर बहस गरेनन्। र, पार्टी फुट्दा पनि कुनै गम्भीर सैद्धान्तिक मतभिन्नता चाहिएन। 

दुई पार्टी मिलेपछि बनेको विवेकशील साझाको विधानमा पनि त्यो सिद्धान्त स्पष्ट भेटिँदैन। नेपाली राजनीतिमा निष्ठा, पद्धति र मूल्यमान्यता ठूला दलले देखाउन नसकेकाले आफूहरु आउनुपरेको बाहेक खासै सैद्धान्तिक प्रस्टता विधानमा उल्लेख छैन। बहुलवादी खुल्ला समाजमा आधारित लोककल्याणकारी उदार अर्थतन्त्र आफ्नो निर्देशित सिद्धान्त हुने विधानको प्रस्तावनामा उल्लेख छ। भनिएको छ, ‘बहुलवादी खुल्ला समाजमा आधारित, लोककल्याणकारी उदारवादी अर्थतन्त्रबाट निर्देशित र लोकतन्त्रको विश्वव्यापी मान्यताबाट प्रेरित हुँदै तथा पारदर्शी, उत्तरदायी, नैतिक र उत्कृष्टताको आधारमा सञ्चालित हुने मुलुकको राजनीतिक दलको रुपमा दुवै पार्टीलाई एकीकृत गरी विवेकशील साझा पार्टीको स्थापना गरेका हौं।’

महत्वाकांक्षा र कुण्ठाको सिकार
नेपालका राजनीतिक पार्टीहरुमा कुनै गम्भीर नीतिगत मतभिन्नताबिनै फुट आउने गरेको छ। आफूलाई केन्द्रमा राखेर बनाइएका महत्वाकांक्षा र कुण्ठा नै काफी हुने गरेका छन्, पार्टी विभाजनका लागि।  

विगतमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टाराई र पूर्वपञ्चहरु कमल थापा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच भएको फुटमा त्यसले नै काम गरेको थियो। रवीन्द्र मिश्र र उज्ज्वल थापा त्यसको पछिल्लो कडी मात्रै बनेका हुन्। 

विवेकशील साझामा  दुई संयोजक भए पनि सार्वजनिक मञ्च तथा मिडियामा रवीन्द्र नै हाबी थिए। रवीन्द्रको फोटो अलि बढी प्रचार हुन्थ्यो। उनका भाषणहरु मिडियामा हेडलाइन बन्थे। तर, उज्ज्वल  भने कतै पृष्ठभूमिमा हराएझैं देखिन्थे। यसबाट आफू रवीन्द्रको छायाँमा परेको महसुस थापाले गरेका थिए र आफू एक्लो नेता बन्ने महत्वाकांक्षा उनमा पलाएको थियो। अन्ततः त्यही महत्वाकांक्षाले पार्टीभित्र गम्भीर बहस नगरी फुटतिर उनलाई डोर्याएको देखियो। 

भारतको आमआदमी पार्टीको सफलताबाट लोभिएर वैकल्पिक शक्ति बनाउन लागिपरेका उनको दलले स्थानीय चुनावमा राम्रो प्रदर्शन गर्न सकेन। यसबाट आत्तिएर देवेन्द्र पौडेल लगायतका १५ जना नेताले ध्रुवीकरण गरी छुट्टै समूह बनाएका थिए र पछि पूर्वपार्टी एमाओवादीमै गएर मिसिएका थिए। केन्द्रीय चुनावमा पनि भट्टराईको नयाँ शक्ति मतदाताको रोजाइमा परेन।  

अर्कोतिर यसमा रवीन्द्रको ‘मै हुँ’ भन्ने दम्भले पनि काम गरेको देखियो। रवीन्द्रले शक्तिको अति केन्द्रीकरण गरेको थापाले सार्वजनिक गरेको १८ पन्ने समीक्षा पनि उल्लेख छ। विवेकशील स्रोतका अनुसार रवीन्द्र राजा महेन्द्र जस्तो नेता चाहिने भन्दै आफूलाई त्यसरी प्रस्तुत गर्न खोज्थे। रवीन्द्रको महेन्द्रप्रतिको मोह उनले पछिल्लो पटक अखबारमा लेखेको एउटा आलेखमा पनि पोखेका छन्। स्रोतका अनुसार, रवीन्द्र बाहिर जे भनिए पनि नेता एक जना मात्रै हुने भन्दै आफूलाई त्यस रुपमा प्रस्तुत गर्थे। उज्ज्वल उनीबाट बिच्कनुको कारण पनि त्यही हो। 

के हुन्छ वैकल्पिक राजनीति? 
रवीन्द्र र उज्ज्वलहरुले आफूहरुलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा व्याख्या गरेका थिए। उनीहरुलाई वैकल्पिक पार्टी नै मान्ने हो भने, यो फुटपछि त्यसमा के होला भन्ने जिज्ञासा बढेको छ। 

रवीन्द्र नेपाली धरातलका विरोधाभास र जटिलताहरु वैकल्पिक पार्टी निर्माणमा आउने भन्दै  त्यसबाट आफ्नो अभियान नरोकिने दाबी गर्छन्। ‘यो यात्रा कुनै पनि हालतमा रोकिँदैन,’ पार्टी फुटपछि आयोजित पत्रकार सम्मेलनमा उनको भनाइ थियो, ‘यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तीव्र हुन्छ।’ 

तर, उनले भनेजस्तो सजिलो भने छैन, वैकल्पिक राजनीतिक शक्ति निर्माणको गति तीव्र पार्नलाई। नेपालमा २०४६ सालपछि  आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै पार्टी निर्माणका प्रयास भएका छन् तर तिनले अपेक्षित सफलता पाउन सकेको देखिएन।

२०४६ पछि डा देवेन्द्रराज पाण्डेले वैकल्पिक राजनीतिक पार्टी बनाउने भन्दै ‘नेपाली लोक दल’ गठन गरेका थिए। तर, निर्वाचनमा त्यो दललाई  सोचे जस्तो सफलता मिलेन। 

पछिल्लो समय डा बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएर ३० जेठ, २०७३ मा नयाँ शक्ति पार्टी स्थापना गरे। 

भारतको आमआदमी पार्टीको सफलताबाट लोभिएर वैकल्पिक शक्ति बनाउन लागिपरेका उनको दलले स्थानीय चुनावमा राम्रो प्रदर्शन गर्न सकेन। यसबाट आत्तिएर देवेन्द्र पौडेल लगायतका १५ जना नेताले ध्रुवीकरण गरी छुट्टै समूह बनाएका थिए र पछि पूर्वपार्टी एमाओवादीमै गएर मिसिएका थिए। केन्द्रीय चुनावमा पनि भट्टराईको नयाँ शक्ति मतदाताको रोजाइमा परेन।  

‘परम्परातगत राजनीतिमा भावनात्मक रुपमा जोडिएकाहरुले नचाहिने लगाव र नयाँ शक्ति आउनुपर्छ भन्ने बौद्धिक जमातले भावुक रोमाञ्चकता नत्यागेसम्म वैकल्पिक राजनीतिलाई अझै केही समय कठिन हुने भयो।’ 

के यी घटनालाई वैकल्पिक राजनीतिक शक्तिलाई नेपालमा अझै ‘ग्राउन्ड’ नभएको रुपमा बुझ्न सकिन्छ? 

राजनीतिक विश्लेषक सापकोटा नेपालमा नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने कुरा भावुक रोमाञ्चकता मात्रै रहेको बताउँछन्। ‘पढेलेखेका, सहरमा बस्ने र पार्टीमा सुधार हुनुपर्छ भन्ने हामीमा भावुक रोमाञ्चकता मात्रै देखियो,’ उनको तर्क छ, ‘यसले हामी कुरा गरे पनि नयाँ केही गर्छु भनेर आएकोलाई मौका दिन हामी तयार छैनौं भन्ने देखाउँछ। लामो समयदेखि राजनीति गरेर आएका ठूला राजनीतिक शक्तिसँग नेपालीहरु यसरी जोडिएका रहेछन् कि जति नै मन नपरे पनि भावनात्मक, पारिवारिक मोह छाड्नै नसक्ने।’

नयाँ शक्ति आउनका लागि बौद्धिकले भावुक रोमाञ्चकता र मतदाताले ठूला पार्टीप्रतिको अतिमोह त्याग्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘परम्परातगत राजनीतिमा भावनात्मक रुपमा जोडिएकाहरुले नचाहिने लगाव र नयाँ शक्ति आउनुपर्छ भन्ने बौद्धिक जमातले भावुक रोमाञ्चकता नत्यागेसम्म वैकल्पिक राजनीतिलाई अझै केही समय कठिन हुने भयो।’ 

अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीले पनि सोचे जस्तो सफलता भने पाउन सकेको छैन। 

भ्रष्टाचारविरुद्ध अभियान चलाएर आएको आमआदमीले सन् २०१३ को चुनावमा दिल्लीमा ७० मध्ये २८ सिट जितेपछि कांग्रेससँग मिलेर अल्पमतको सरकार बनाएको थियो। त्यस्तै सन् २०१५ को चुनावमा ७० मा ६७ सिट जितेपछि एकल सरकारको नेतृत्व गरिरहको छ। तर, उनको पार्टी दिल्लीबाहिर फैलिन सकेको छैन। 

वैकल्पिक राजनीतिक शक्तिको उदय युरोपमा सहजै भए पनि दक्षिण एसियामा सहज देखिएको छैन। त्यसमा समग्र दक्षिण एसियाको आर्थिक, सामाजिक मनोविज्ञानलाई जिम्मेवार मानिन्छ। 

विश्लेषक सापकोटा पनि यसमा सहमत छन्। उनी दक्षिण एसियामा वैकल्पिक राजनीतिक शक्ति सोचेजसरी फस्टाउन नसक्नुमा दुई कारणलाई जिम्मेवार ठान्छन्। ‘पहिलो, ठूला पार्टीका सदस्यहरु आफ्ना नेताहरुको अनैतिकता र भ्रष्टाचारबाट आफै लाभदायी छन्,’ उनको विश्लेषण छ, ‘दोस्रो, आर्थिकदेखि आफ्नो पेसासँग उनीहरु यसरी जोडिएका छन् कि खराब छन् भन्ने थाहा हुँदाहुँदै पनि बाहिर जान सक्दैनन्। यो समग्र दक्षिण एसियाकै प्रवृत्ति हो।’

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्