• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विवेकशील साझाको फुट : महत्त्वाकांक्षा र कुण्ठाको सिकार

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  १९:३०
1140x725

काठमाडौं- साझा पार्टी गठन गरेलगत्तै र स्थानीय तह चुनावअघि पोखरामा आयोजित कार्यक्रममा रवीन्द्र मिश्रले नेपाली मतदातलाई एउटा आक्षेप लगाए– नेपाली मतदाताहरुको बानी ‘रेस्टुराँमा गएर मेनु हेर्ने तर अन्तिममा मःम नै रोज्ने’ अर्थात् पुरानै शक्तिलाई बारम्बार दोहोर्‍याउने खालको छ। 

मतदाता लक्षित १८ चैत २०७३ मा दिएको त्यो भाषणमा उनले भनेका थिए, ‘मेरा एक साथीले फेसबुकमा लेख्नुभयो, नेपाली मतदाताहरुको बानी के छ भने रेस्टुराँमा गएर मेनु हेर्यो, हेर्यो, लास्टमा मःम मगायो भनेजस्तै सबै पार्टीहरु हेर्यो, हेर्यो, अनि मेरा बाजेबराजुले, मेरा बुबाले कसलाई भोट खसालेको थियो भन्दै त्यसैलाई भोट खसाल्यो। अब त्यसै गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरु खराब होइन् मतदान गर्ने जनता खराब हुन् भन्नुपर्ने हुन्छ।’

मूलधारका राजनीतिक पार्टीलाई चुनौती दिन भिन्न संस्कार र मूल्य मान्यतासहित आएको दाबी गर्दै उनले आफूहरुलाई मौका नदिए ‘मतदान गर्ने जनता पनि खराब हुन्’ भन्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए।

पोखरा भाषणको करिब पाँच महिनापछि मिश्रले २०६९ सालदेखि अभियान केन्द्रित उज्ज्वल  थापा नेतृत्वको विवेकशील नेपालीसँग ११ साउन २०७४ मा एकीकरण गरे।  स्थानीय चुनाव सकिएलगत्तै संघीय संसद्को चुनावलाई लक्षित गरी उनीहरुले बनाएको नयाँ दल थियो– विवेकशील साझा।

स्थानीय चुनावमा पाएको केही मतबाट हौसिएर केन्द्रीय चुनावमा पनि पकड जमाउने लालसाबाट मिश्र र थापाबीच एकाएक टुसाएको प्रेम १७ महिनामै ओइलायो। 

२१ महिनाअघिको मतदाता लक्षित टिप्पणीको सारबाटै गर्न मिल्ने प्रश्न हो– मिश्र र थापाले आखिर के रोजे? मःम या अरु केही?

उनीहरुलाई मौका दिएका २ लाख १२ हजार मतदाता र अरुले पनि यो प्रश्न सोध्नु किन जायज हुन्छ भने, मूलधारका पुराना राजनीतिक पार्टीभन्दा विवेकशील साझा राजनीतिक विचार, संस्कार र मूल्यमान्यतामा बिलकुलै भिन्न हुने वचन मिश्र र थापाले दिएका थिए।

Ncell 2
Ncell 2

कुण्ठा, व्यक्तिगत ईर्ष्या र लालसाले पार्टी फुटाउने पुराना दलकै रोगबाट विकेशील साझा पनि ग्रसित भएपछि रवीन्द्र र उज्ज्वल हरुले पनि लास्टम मःम नै रोजेनन् र? अब मतदातालाई खोट देखाएको त्यो भाषणलाई क्षमायाचनासहित फिर्ता लिने कि? 

आचरण, व्यवहार, संस्कार र मूल्यमान्यतामा मुलधारका पार्टीभन्दा भिन्न रहेर वैकल्पिक राजनीतिक शक्ति बनाउने भनेका उनीहरु यो प्रश्नबाट चाहेर पनि भाग्न पाउँदैनन्। 

किन मिश्र र थापाहरुको प्रेम धेरै टिक्न सकेन र वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यसको के–कस्तो असर हुन्छ भन्ने विवेचना गर्नुअघि त्यसपार्टी र पार्टीका नेताहरुले समिक्षा, प्रेस वक्तव्य र आलेखमार्फत एकाअर्कालाई लगाएका आरोप–प्रत्यारोप साराशंमा हेरौं। 

थापामाथि मिश्रपक्षको आरोप
–अभियानकेन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्नेमा मतभेद। 
– राजनीतिक चरित्र कम।  मुलुक रुपान्तरणको राजनीति गर्नुभन्दा आत्मतुष्टिका लागि सानो झुन्डमा रमाउने प्रवृत्ति।  
–विचार केही होइन, संगठन केही होइन, अभियान गर्नुपर्छ भन्नेमा मात्रै जोड।
– संगठन निर्माणमा समय दिन कोही पनि तयार नुहने।  
– नेतृत्वमा कुण्ठा  बढ्ता देखियो। एउटाको फोटो अलि बढी प्रचार भएकामा पनि कुण्ठित, राम्रो भाषण गर्दा पनि कुण्ठा पालेर बस्ने।  

मिश्रमाथि थापा पक्षको आरोप
–नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण तथा निषेधको राजनीति हाबी। 
–सानो कोटरीले निर्णय गर्ने। कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गर्न खोज्ने, अपारदर्शी तरिकाले विभागहरु विघटन गर्ने। 
– नेतृत्वमा सामूहिक भावनाको कमी। ‘हामी’ भन्दा ‘म’ भन्ने दम्भ बढ्ता। अरुको कुरै नसुन्ने, खाली अरुलाई मात्र पढाउन खोज्ने प्रवृत्ति। 
–आर्थिक पारदर्शिताको कमी। 
–सामाजिक अभियानमा बेवास्ता। 

संस्कारै असमान
रवीन्द्र र उज्ज्वलको राजनीतिक आगमन नै बेग्लै छ। उज्ज्वल ले २०६९ सालमा ‘विवेकशील नेपाली’ नामको गैरसरकारी संस्था दर्ता गरे र त्यसैबाट विभिन्न सामाजिक अभियान चलाए। उनले विवेकशील नेपालीको ब्यानरमा विभिन्न सामाजिक अभियानमा सहभागिता जनाउँथे र त्यसलाई समाजिक सञ्जालको प्रयोगसमेत गरेर प्रचारप्रसार गर्थे। 

चिकित्सा शिक्षाको माग उठाएको डा गोविन्द केसीको आन्दोलनमा उनी पनि मिसिएर र यसले राम्रै समर्थन पायो। २०७२ को भूकम्पपछिको उद्धार तथा राहत वितरणमा पनि विवेकशील साझाको टिसर्टमा आफ्ना केही मान्छे उतारे। दुःखको बेला सहयोग गरेकामा उनले धेरै सहानुभूति पनि बटुले। यसबाट हौसिएका उज्ज्वलमा राजनीतिमा आउने महत्वाकांक्षा पलायो र विवेकशील नेपाल गैरसरकारी संस्थालाई राजनीतिक दलका रुपमा निर्वाचन आयोगमा दर्ता गराए।

उनी कतिसम्म अभियानकेन्द्रित र सतही कुरामा रमाउँथे भने, पार्टीको एक वर्षको समीक्षा गरी कार्यकतालाई  बाँडिएको १८ पन्ने समीक्षापत्रमा ‘मोदी जी नेपालमा स्वागत छ तर नाकाबन्दी भुलेका छैनौं’ भन्ने अभिायान सफल भएको भन्दै त्यसलाई महत्वपूर्ण उपलब्धि मानेका छन्।

पत्रकारितामा रहेका रवीन्द्र भने बिबीसीमा रहँदा सेलिब्रिटी बने। त्यसैलाई पुँजीकृत गरेर परोपकारी पत्रकारिताका नाममा हेल्प नेपाल नेटवर्क नामको संस्थामार्फत सामाजिक काममा लागे। पत्रकारितामा नाम र दाम कमाइ सकेपछि उनलाई बिबीसीको समाचार कक्षमा मात्रै खुम्चिएर बस्न मन लागेन। राजनीतिक महत्वाकांक्षा उनमा पनि पलायो। 

'भगवान् भरोसा'मा मिल्ने आशा राखेको उनको पार्टीको विचार, सिद्धान्त के हो भन्ने नै प्रस्ट छैन। त्यसैले पार्टी एकीकरण हुँदा पनि विकेशील नेपाली र साझाले गम्भीर बहस गरेनन्।

पत्रकारितामा पाएको नाम र सामाजिक काम गरेबापत पाएको सहानुभूतिलाई पुँजीकृत गर्दै उनले पनि २०७३ मा साझा पार्टी खोले।

राजनीतिमा होमिएका यी दुई नयाँ खेलाडीमा राजनीतिक चरित्र कम थियो। उज्ज्वल आफूलाई अभियानकेन्द्रित गर्नमै रमाउँथे भने रवीन्द्र राजनीतिमा आफ्नो सेलिब्रिटी छवि नै काम हुने दम्भ राख्थे। 

दुवैमा भएको संस्कारगत भिन्नता मुखरित हुँदा अहिले पार्टीमा फुट आएको विश्लेषण छ, राजनीतिक विश्लेषक विष्णु सापकोटाको। ‘यी दुई पार्टी मिलेको सकारात्मक कुरा थियो,’ उनी भन्छन्, ‘नेपालमा राजनीतिक दलहरु जस्ता थिए, त्यही अवस्थामा चलिराख्नुपर्ने र सुध्रनुपर्ने दबाब बाहिरबाट बन्न नसकेको अवस्थामा कम्तीमा संस्कारकै रुपमा भए पनि नयाँ केही गर्छौं भन्ने दुई दल मिल्नुलाई मैले नेपाली राजनीतिमा सकारात्मक घटनाका रुपमा लिएको थिएँ। तर, बीचमा उनीहरु मिलेपछि के देखियो भने, यी दुइटै दलमा संस्कारगत फरक देखियो।’ 

विकेकशील अलि अभियानकेन्द्रित भएको र साझामा राजनीतिका ठूलठूला गफ हाँक्ने प्रवृत्ति भएको सापकोटाको तर्क छ। 

‘विकेकशीलमा वाद, सिद्धान्त र राजनीतिक दर्शनका ठूलो कुरा गर्न सक्ने मान्छे चाहिँ छैनन्,’ उनको भनाइ छ, ‘तर, उनीहरुको तर्क नै के थियो भने, त्यस्ता ठूला कुरा गर्नु पर्दैन, ससना कुरा गरेर जनताको दैनिक मुद्दा उठाउने हो। साझामा रवीन्द्रको राजनीतिक पृष्ठभूमि नभए पनि त्यहाँ रहेका अरुमा चाहिँ राजनीतिक रुपमा फरक–फरक पृष्भूमि भएकाले त्यहाँ ठूला कुरा गर्न जान्नेहरु एक से एक छन्। त्यसैले यो संस्कारमै भएको फरकपन हो। अहिले त्यही मुखरित भयो।’

पिँध नभएको माया–प्रेम
केही चारित्रिक विशेषतामा समानता नभए जति गहिरो प्रेममा डुबे पनि त्यो प्रेम बिहेमा बदलिँदैन, भइहाले पनि धेरै दिन टिक्दैन। अर्थात्, प्रेमले पनि केही न केही साझा धरातलको माग गर्छ। 

रवीन्द्र र उज्ज्वलबीच पलाएको राजनीतिक प्रेममा पनि त्यस्तो कुनै सिद्धान्त र मूल्यमान्यताको जग थिएन, जसले लामो कालसम्म त्यसलाई थामिराखोस्। उनीहरु चुनाव जित्ने महत्वाकांक्षाले अचानक मिलेका थिए र अचानक टुक्रिए।

यसलाई स्वयं रवीन्द्र पनि स्वीकार गर्छन्। ‘हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो,’ पार्टी फुटाएर गएका उज्ज्वल  समूहलाई उनले लेखेको 'प्रेमपत्र'मा भनेका छन्, ‘तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक–अर्कालाई राम्ररी नचिनीकनै विवाह गरेछौं।’ 

विवेकशील साझामा  दुई संयोजक भए पनि सार्वजनिक मञ्च तथा मिडियामा रवीन्द्र नै हाबी थिए। रवीन्द्रको फोटो अलि बढी प्रचार हुन्थ्यो। उनका भाषणहरु मिडियामा हेडलाइन बन्थे। तर, उज्ज्वल  भने कतै पृष्ठभूमिमा हराएझैं देखिन्थे।

आफूहरुले नक्कली प्रेमकै भरमा बिहे गर्दा दुर्घटना भएको बुझेका तिनै रवीन्द्रले फेरि 'डेटिङ'को प्रस्ताव गरेर त्यही पत्रको अन्तिममा आशा भने राखेका छन्। ‘अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ,’ उनले लेखेका छन्, ‘छिटै बसेर चिया खाऊँला। मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाऊँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि?’ 

यसरी 'भगवान् भरोसा'मा मिल्ने आशा राखेको उनको पार्टीको विचार, सिद्धान्त के हो भन्ने नै प्रस्ट छैन। त्यसैले पार्टी एकीकरण हुँदा पनि विकेशील नेपाली र साझाले गम्भीर बहस गरेनन्। र, पार्टी फुट्दा पनि कुनै गम्भीर सैद्धान्तिक मतभिन्नता चाहिएन। 

दुई पार्टी मिलेपछि बनेको विवेकशील साझाको विधानमा पनि त्यो सिद्धान्त स्पष्ट भेटिँदैन। नेपाली राजनीतिमा निष्ठा, पद्धति र मूल्यमान्यता ठूला दलले देखाउन नसकेकाले आफूहरु आउनुपरेको बाहेक खासै सैद्धान्तिक प्रस्टता विधानमा उल्लेख छैन। बहुलवादी खुल्ला समाजमा आधारित लोककल्याणकारी उदार अर्थतन्त्र आफ्नो निर्देशित सिद्धान्त हुने विधानको प्रस्तावनामा उल्लेख छ। भनिएको छ, ‘बहुलवादी खुल्ला समाजमा आधारित, लोककल्याणकारी उदारवादी अर्थतन्त्रबाट निर्देशित र लोकतन्त्रको विश्वव्यापी मान्यताबाट प्रेरित हुँदै तथा पारदर्शी, उत्तरदायी, नैतिक र उत्कृष्टताको आधारमा सञ्चालित हुने मुलुकको राजनीतिक दलको रुपमा दुवै पार्टीलाई एकीकृत गरी विवेकशील साझा पार्टीको स्थापना गरेका हौं।’

महत्वाकांक्षा र कुण्ठाको सिकार
नेपालका राजनीतिक पार्टीहरुमा कुनै गम्भीर नीतिगत मतभिन्नताबिनै फुट आउने गरेको छ। आफूलाई केन्द्रमा राखेर बनाइएका महत्वाकांक्षा र कुण्ठा नै काफी हुने गरेका छन्, पार्टी विभाजनका लागि।  

विगतमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टाराई र पूर्वपञ्चहरु कमल थापा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीबीच भएको फुटमा त्यसले नै काम गरेको थियो। रवीन्द्र मिश्र र उज्ज्वल थापा त्यसको पछिल्लो कडी मात्रै बनेका हुन्। 

विवेकशील साझामा  दुई संयोजक भए पनि सार्वजनिक मञ्च तथा मिडियामा रवीन्द्र नै हाबी थिए। रवीन्द्रको फोटो अलि बढी प्रचार हुन्थ्यो। उनका भाषणहरु मिडियामा हेडलाइन बन्थे। तर, उज्ज्वल  भने कतै पृष्ठभूमिमा हराएझैं देखिन्थे। यसबाट आफू रवीन्द्रको छायाँमा परेको महसुस थापाले गरेका थिए र आफू एक्लो नेता बन्ने महत्वाकांक्षा उनमा पलाएको थियो। अन्ततः त्यही महत्वाकांक्षाले पार्टीभित्र गम्भीर बहस नगरी फुटतिर उनलाई डोर्याएको देखियो। 

भारतको आमआदमी पार्टीको सफलताबाट लोभिएर वैकल्पिक शक्ति बनाउन लागिपरेका उनको दलले स्थानीय चुनावमा राम्रो प्रदर्शन गर्न सकेन। यसबाट आत्तिएर देवेन्द्र पौडेल लगायतका १५ जना नेताले ध्रुवीकरण गरी छुट्टै समूह बनाएका थिए र पछि पूर्वपार्टी एमाओवादीमै गएर मिसिएका थिए। केन्द्रीय चुनावमा पनि भट्टराईको नयाँ शक्ति मतदाताको रोजाइमा परेन।  

अर्कोतिर यसमा रवीन्द्रको ‘मै हुँ’ भन्ने दम्भले पनि काम गरेको देखियो। रवीन्द्रले शक्तिको अति केन्द्रीकरण गरेको थापाले सार्वजनिक गरेको १८ पन्ने समीक्षा पनि उल्लेख छ। विवेकशील स्रोतका अनुसार रवीन्द्र राजा महेन्द्र जस्तो नेता चाहिने भन्दै आफूलाई त्यसरी प्रस्तुत गर्न खोज्थे। रवीन्द्रको महेन्द्रप्रतिको मोह उनले पछिल्लो पटक अखबारमा लेखेको एउटा आलेखमा पनि पोखेका छन्। स्रोतका अनुसार, रवीन्द्र बाहिर जे भनिए पनि नेता एक जना मात्रै हुने भन्दै आफूलाई त्यस रुपमा प्रस्तुत गर्थे। उज्ज्वल उनीबाट बिच्कनुको कारण पनि त्यही हो। 

के हुन्छ वैकल्पिक राजनीति? 
रवीन्द्र र उज्ज्वलहरुले आफूहरुलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा व्याख्या गरेका थिए। उनीहरुलाई वैकल्पिक पार्टी नै मान्ने हो भने, यो फुटपछि त्यसमा के होला भन्ने जिज्ञासा बढेको छ। 

रवीन्द्र नेपाली धरातलका विरोधाभास र जटिलताहरु वैकल्पिक पार्टी निर्माणमा आउने भन्दै  त्यसबाट आफ्नो अभियान नरोकिने दाबी गर्छन्। ‘यो यात्रा कुनै पनि हालतमा रोकिँदैन,’ पार्टी फुटपछि आयोजित पत्रकार सम्मेलनमा उनको भनाइ थियो, ‘यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तीव्र हुन्छ।’ 

तर, उनले भनेजस्तो सजिलो भने छैन, वैकल्पिक राजनीतिक शक्ति निर्माणको गति तीव्र पार्नलाई। नेपालमा २०४६ सालपछि  आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्दै पार्टी निर्माणका प्रयास भएका छन् तर तिनले अपेक्षित सफलता पाउन सकेको देखिएन।

२०४६ पछि डा देवेन्द्रराज पाण्डेले वैकल्पिक राजनीतिक पार्टी बनाउने भन्दै ‘नेपाली लोक दल’ गठन गरेका थिए। तर, निर्वाचनमा त्यो दललाई  सोचे जस्तो सफलता मिलेन। 

पछिल्लो समय डा बाबुराम भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएर ३० जेठ, २०७३ मा नयाँ शक्ति पार्टी स्थापना गरे। 

भारतको आमआदमी पार्टीको सफलताबाट लोभिएर वैकल्पिक शक्ति बनाउन लागिपरेका उनको दलले स्थानीय चुनावमा राम्रो प्रदर्शन गर्न सकेन। यसबाट आत्तिएर देवेन्द्र पौडेल लगायतका १५ जना नेताले ध्रुवीकरण गरी छुट्टै समूह बनाएका थिए र पछि पूर्वपार्टी एमाओवादीमै गएर मिसिएका थिए। केन्द्रीय चुनावमा पनि भट्टराईको नयाँ शक्ति मतदाताको रोजाइमा परेन।  

‘परम्परातगत राजनीतिमा भावनात्मक रुपमा जोडिएकाहरुले नचाहिने लगाव र नयाँ शक्ति आउनुपर्छ भन्ने बौद्धिक जमातले भावुक रोमाञ्चकता नत्यागेसम्म वैकल्पिक राजनीतिलाई अझै केही समय कठिन हुने भयो।’ 

के यी घटनालाई वैकल्पिक राजनीतिक शक्तिलाई नेपालमा अझै ‘ग्राउन्ड’ नभएको रुपमा बुझ्न सकिन्छ? 

राजनीतिक विश्लेषक सापकोटा नेपालमा नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने कुरा भावुक रोमाञ्चकता मात्रै रहेको बताउँछन्। ‘पढेलेखेका, सहरमा बस्ने र पार्टीमा सुधार हुनुपर्छ भन्ने हामीमा भावुक रोमाञ्चकता मात्रै देखियो,’ उनको तर्क छ, ‘यसले हामी कुरा गरे पनि नयाँ केही गर्छु भनेर आएकोलाई मौका दिन हामी तयार छैनौं भन्ने देखाउँछ। लामो समयदेखि राजनीति गरेर आएका ठूला राजनीतिक शक्तिसँग नेपालीहरु यसरी जोडिएका रहेछन् कि जति नै मन नपरे पनि भावनात्मक, पारिवारिक मोह छाड्नै नसक्ने।’

नयाँ शक्ति आउनका लागि बौद्धिकले भावुक रोमाञ्चकता र मतदाताले ठूला पार्टीप्रतिको अतिमोह त्याग्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘परम्परातगत राजनीतिमा भावनात्मक रुपमा जोडिएकाहरुले नचाहिने लगाव र नयाँ शक्ति आउनुपर्छ भन्ने बौद्धिक जमातले भावुक रोमाञ्चकता नत्यागेसम्म वैकल्पिक राजनीतिलाई अझै केही समय कठिन हुने भयो।’ 

अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीले पनि सोचे जस्तो सफलता भने पाउन सकेको छैन। 

भ्रष्टाचारविरुद्ध अभियान चलाएर आएको आमआदमीले सन् २०१३ को चुनावमा दिल्लीमा ७० मध्ये २८ सिट जितेपछि कांग्रेससँग मिलेर अल्पमतको सरकार बनाएको थियो। त्यस्तै सन् २०१५ को चुनावमा ७० मा ६७ सिट जितेपछि एकल सरकारको नेतृत्व गरिरहको छ। तर, उनको पार्टी दिल्लीबाहिर फैलिन सकेको छैन। 

वैकल्पिक राजनीतिक शक्तिको उदय युरोपमा सहजै भए पनि दक्षिण एसियामा सहज देखिएको छैन। त्यसमा समग्र दक्षिण एसियाको आर्थिक, सामाजिक मनोविज्ञानलाई जिम्मेवार मानिन्छ। 

विश्लेषक सापकोटा पनि यसमा सहमत छन्। उनी दक्षिण एसियामा वैकल्पिक राजनीतिक शक्ति सोचेजसरी फस्टाउन नसक्नुमा दुई कारणलाई जिम्मेवार ठान्छन्। ‘पहिलो, ठूला पार्टीका सदस्यहरु आफ्ना नेताहरुको अनैतिकता र भ्रष्टाचारबाट आफै लाभदायी छन्,’ उनको विश्लेषण छ, ‘दोस्रो, आर्थिकदेखि आफ्नो पेसासँग उनीहरु यसरी जोडिएका छन् कि खराब छन् भन्ने थाहा हुँदाहुँदै पनि बाहिर जान सक्दैनन्। यो समग्र दक्षिण एसियाकै प्रवृत्ति हो।’

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा इजरायलको आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
लेबनानमा इजरायलको आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल सोमबार, फागुन १८, २०८२
रौतहटमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय सोमबार, फागुन १८, २०८२
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्