• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रचण्डको ‘ड्याम्म–ड्याम्म’, लोकतन्त्रमा खतरा

64x64
नेपाल लाइभ शुक्रबार, पुस २०, २०७५  १३:१०
1140x725

हाम्रो समाज कस्तो छ भने– छोराले बाउलाई टेर्नुपर्ने, सासुले भनेको बुहारीले मान्नुपर्ने, ‘ठूलो जात’ले अह्राएको सानाले मान्नुपर्ने।

यस किसिमको टेर्नुपर्ने समाज, आज्ञावादी देशमा लोकतन्त्र पूर्ण संस्थागत हुन्छ भन्नेमा शंका छ। दक्षिण एसियाका भारत, पाकिस्तान, नेपालमा उस्तै किसिमको चरित्र छ। 

एक जना जर्मन आएर भारतको लोकतन्त्रको भविष्य के छ  भनेर सर्वे गर्न थालेछन्। गान्धीलाई भारतमा बडो प्यारले ‘बाप्पु’ भनेर बोलाइन्थ्यो। उनले सबैतिर गान्धीकै नाम सुने। 

उनले थाहा पाए– त्यहाँ त छोरोले बुहारी छान्दा पनि बाबुको स्वीकृति चाहिने रहेछ। छोरीले त आफ्नो लोग्ने छान्ने कुरै भएन। अध्ययनपछि उनले लेखे, लोग्ने–स्वास्नी समेत आफैं छान्न नपाउने देशमा केको ‘डेमेक्र्यासी’? यो त ‘बाप्पुक्र्यासी’ हो भनेछ। त्यो कुरा त्यहाँ निकै चर्चित भएको थियो। 

अब युवायुवतीले ‘अटेर सभा’ बनाउनुपर्छ। त्यसको उद्देश्य के लेख्नुपर्‍यो भने– अटेरी परमो धर्म। हामीले बाबुलाई पनि टेर्नुपर्ने, आमालाई पनि टेर्नुपर्ने, गुरुलाई पनि टेर्नुपर्ने।

अब अवज्ञा समाज बनाउनुहोस् युवाहरुले। 

कांग्रेस–नेकपा लागयतका दलमा के मान्यता छ भने जो उमेरले सबैभन्दा ठूलो हुन्छ त्यही नेता। वृद्धतन्त्र हो त्यो त। जो बुढो 
त्यही जानकार, त्यही ज्ञानी। 

हाम्रो लोकतन्त्रको सिद्धान्त ‘अटेर तन्त्र’मा आधारित हुनुपर्छ। हरेक कुरालाई प्रश्न गर्नुपर्छ। गौतम बुद्धले पनि भनेका थिए, प्रश्न नगरी हुँदैन। बुद्धले भनेको भन्दैमा मेरो कुरा नमान। मार्क्सलाई समेत सबैभन्दा मन परेको वाक्य हो, डाउट एभ्रिथिङ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैले सबै कुरालाई प्रश्न गर्ने संस्कृति लोकतन्त्रको मर्म हो। 

कास्मिरमा चुनाव भयो। ७५ वटा सिट थियो, त्यसमा कांग्रेसले ७५ वटै जित्यो। नेहरुले चिठी लेखेर भन्नुभयो– दुई वटा सिट त विपक्षीलाई दिएको भए पनि हुन्थ्यो। त्यसको परिणाम के भयो, कास्मिरमा अहिले चुनाव नै हुँदैन। अहिले त्यहाँको मतदाताभन्दा बढ्ता संख्यामा भारतीय सेना छ। 

त्यसैले भोट मात्रै लोकतन्त्रको एकमात्र कसौटी होइन। 

भूपि शेरचनको एउटा कविता छ–
म 
एउटा दौरा, सुरुवाल, कोट र टोपी होइन। 
म 
एउटा पार्टी, नारा र भोट होइन। 

जसरी म दौरा, सुरुवाल, कोट र टोपी मात्रै होइन, त्यसरी नै एउटा नारा, एउटा पार्टी र एउटा हल्ला र एउटा खोपडी (दिमाख)मात्रै लोकतन्त्र होइन। मानिस एउटा भोट मात्रै होइन। 

म क्षमा चाहन्छु, यसलाई महेन्द्रको बोली नभनियोस्। सर्वथा म यहाँको माटोमा नसुहाउने। एउटा पूरै आयातित राजनीतिक प्रणाली हाम्रो व्यवस्थामा ल्याएर राखिएको छ। र, यसलाई नै लोकतन्त्र भनिएको छ। 

राजनीतिक प्रणाली यस्तै अस्तव्यस्त राख्ने हो भने हामी एउटा नारा, एउटा पार्टी र चुनाव चिह्नबाहेक केही हुँदैनौं।

दोस्रो विश्वयुद्धपछि विश्वमा शितयुद्ध भयो। कम्युनिस्टहरु लोकतान्त्रिक होइनन्। लोकतन्त्रसँग उनीहरुको केही सम्बन्ध छैन, किनभने त्यहाँ चुनाव हुँदैन, अदालत पनि हुँदैन भनियो। तर, हामीकहाँ अदालत पनि छ, भलै एउटा मुद्दा २० वर्षसम्म चलिराखोस्। हामी कहाँ प्रेस पनि छ, भलै त्यहाँ तपाईंको कुरा नआओस्। 

लोकतन्त्र भनेको केवल संसदीय लोकतन्त्रको पर्यायवाची होइन। र, कम्युनिस्ट व्यवस्थामा केही त्रुटिहरु थिए भन्दैमा त्यहाँ लोकतन्त्रका केही पनि तत्व थिएनन् भन्ने होइन। 

चीनले एक अरब जनसंख्यालाई साक्षर बनाउनु, दुनियाँका कुनै पनि पुँजीवादी देशका तुलनामा कम होइन। त्यो पनि एक प्रकारको लोकतन्त्र हो। भोकै भए पनि बोल्न पाइने बेलायतको पनि लोकतन्त्र पनि एक प्रकारको लोकतन्त्र हो। 

पञ्चायतकालमा हामी कांग्रेस–कम्युनिस्ट भएर धेरै झगडा गर्‍यौं। नयाँ व्यवस्था ल्याउन चाहनुहुन्छ भने कांग्रेस, कम्युनिस्ट, राप्रपा, फोरमबीचमा धेरै झगडा आवश्यक छैन। राम्ररी विमर्श गरौं, के खोजेको हो हामीले?

थुप्रै कमी माक्र्समा पनि थिए। लेनिनमा पनि थिए। थुप्रै कमी कांग्रेसीमा पनि थिए। 

भूपी शेरचनका एक जना दाइ थिए, योगेन्द्रमान शेरचन। ती बिपी कोइरालासँग जेलमा थिए। उनी जेल पुगेको दुई वर्षपछि एउटा डायरी लेखे। त्यसमा उनले लेखेका छन्– म २९–३० वर्षको केटो। बिपी कोइराला त समाजवादबारे एसियाको सबैभन्दा जानकार नेता। मलाई त समाजवाद कसरी निर्माण हुन्छ? त्यो केही पनि थाहा थिएन। बिपी कोइराला जेलमा बस्नुपर्दा उनी उदास भए होलान्, उनको सत्ता गयो होला। म त बडा खुसी भएँ। यिनीसँग चार–पाँच वर्ष सिकेपछि त गुरुभन्दा चेला जान्ने हुने भयो। बाहिर गएर म के–के हुने भएँ भनेर रमाएँ। दुई–तीन वर्ष हाँस्दै, खेल्दैमा बित्यो। अहिले दिक्क लाग्न थालेको छ। चुनाव हुनुपर्छ, म प्रधानमन्त्री हुन्छु, समस्या समाधान भइहाल्यो नि भन्दाबाहेक ती बुढालाई केही पनि थाहा रहेनछ। 

तर, बिपी कोइरालालाई मैले किन महान भनेर सम्झेँ भने उहाँले हामीलाई ठूला सडक, विमानस्थल पनि चाहिँदैन भनेर एउटा वैकल्पिक विकास मोडेलको कुरा गर्नुभयो। 
यो न कांग्रेसले गरेको छ, न नेकपाले गरेको छ र न गर्नेवाला नै छन्। बिपीले अर्को कुरा पनि भन्नुएको थियो, प्रजातन्त्रको यो मोडेल पनि उपयुक्त मोडेल होइन। 

राजनीतिक प्रणाली यही राख्ने हो भने हामी एउटा नारा, एउटा पार्टी र चुनाव चिह्नबाहेक केही हुँदैनौं। बिपीले वैकल्पिक सभ्यता निर्माणको कुरा पनि गर्नु भएको थियो। उहाँले सबैतिर अध्ययन गरिसकेपछि विकासको मोडेलले मात्रै पनि नहुने रहेछ, राजनीतिक प्रणालीबारे पनि सोच्नुपर्ने रहेछ भनेर आधुनिक प्रजातन्त्रको कुरा गर्नुभयो। तर, उहाँ एकदमै बिरामी पर्नुभयो। कस्तो मोडेलको आधुनिक प्रजातन्त्र?, कस्तो आर्थिक प्रणाली भन्ने चाहिं लेख्न भ्याउनु भएन। 

सादगी, अपार पारदर्शिता र जवाफदेहिताभन्दा लोकतन्त्रको राम्रो मापदन्ड, मूल्यबोध केही हुन सक्दैन। जावफेदेहीभन्दा सादगी जटिल छ। सादगीभन्दा अपारपारदर्शिता झन् जटिल छ। 

के हो जवाफदेहिता भनेको? लोकतन्त्रलाई उत्तरदायी सरकार पनि भन्छन्। लोकतन्त्र भनेको प्रतिनिधिमूलक सरकार मात्रै होइन। यो जिम्मेवार सरकार पनि हो। अहिले हाम्रो देशमा दसथोक छ तर जिम्मेवारी छैन। निर्मला पन्तको हत्या प्रकरणमा कसको जवाफदेहिता?

परम्परागत राजतन्त्रमा राजाको दरबार बाहिरपट्टि एउटा घन्टी राखिएको हुन्थ्यो। कुनै पनि प्रजाले राजाको दरबारमा गएर घन्टी बजाएपछि राजा आफंै आएर ‘तिमीलाई केही भन्नु छ?’ भनेर सोध्थे। मलाई थाहा छ, यो कथा हो। तर, यसलाई भन्छन्, जवाफदेहिता। नेपालका मल्ल राजाहरुका बारेमा पनि भनिन्छ, राजा सबै प्रजाका घरमा चुलो बलेपछि मात्रै आफू खाना खान्थे रे। 

यहाँ रामचन्द्रको धेरै वर्णन हुन्छ। रामचन्द्रलाई एउटा धोबीले भन्यो रे, यसकी स्वास्नी चरित्रहीन छ। चरित्रहीन स्वास्नीलाई राखेको छ। एउटा कुरा हुन्छ, सीताप्रति रामले गरेको अत्याचारको। अर्को कुरा हुन्छ, राजाको जिम्मेवारीको। 

कुनै पनि आम नागरिकले मलाई यो मर्का पर्‍यो भन्दा जुरुक्क उठेर राजाले त्यो समाधान गर्नुपर्छ। राजधर्मको लाख खराबी भए पनि, जस्तै कमजोरी भए पनि जिम्मेवार कोभन्दा राजा हुन्थ्यो। यताउति केही भए पनि त्यो राजाको जिम्मेवारी हुन्थ्यो। त्यही परम्परामा हुर्केका नेपालीले गाउँघरमा केही भयो भने बोलचालको भाषामा उफ्रेर भन्थे– के यो राजा नभएको देश हो?

राजा नभएको देश हो? भनेको कसैको जिम्मेवारी नभएको देश हो? भनेको हो।

लोकतन्त्रको पहिलो परिभाषा जिम्मेवारी सहितका प्रतिनिधि हो। आज हेर्नुहोस्, यहाँ जिम्मेवार को छ? जिम्मेवारी बोध गरेर राजीनामा दिएको छ कि? संसद्मा ठीक ढंगले बोलेको छ कि? संसद्मा चुट्किला हालेर हाँसोठट्टा मात्रै गरेको छ कि? यो कुरा ओलीजी (प्रधानमन्त्री केपी ओली)लाई मात्रै होइन, शेरबहादुरजीलाई पनि लागू हुन्छ र मलाई पनि लागू हुन्छ। 

यहाँ आर्यघाट नजाउन्जेल कसैले पद छोड्छ? मुख्य कुरा जिम्मेवारी हो। मेरो पालामा पार्टीले हा¥यो, म छोड्छु। मेरो पालामा सरकार गुम्यो म छोड्छु भन्ने जिम्मेवारी बोध। लोकतन्त्रमा हुनुपर्ने पहिलो गुण हो, जिम्मेवारी र जिम्मेवारीको भावना। त्यो हाम्रो समाजमा छैन। 

अर्को कुरा छ, अपारपारदर्शिताको। पार्टीहरु पारदर्शी भए भने चुनाव खर्च कम हुन्छ। ‘यो पार्टीलाई भोट दिएँ भने मैले के पाउँछु?’ भन्ने कुरा मतदाताले बुझ्यो भने त्यो पैसामा बिक्दैन। ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने भयो भने पैसा बिना कसले भोट दिन्छ? चुनावमा पैसाको खेल किन ज्यादा हुन्छ भने प्रतिस्पर्धी पार्टीबीचको फरक मतदाताले देख्दैनन्। दलितले कुरा बुझिराखेको छ, कांगेस र कम्युनिस्टमध्ये को राम्रो? जस्तै पैसा खर्च गरे पनि अधिकांश दलितले बढ्ता रेडिकल पार्टीलाई नै भोट दिएका छन्। 

यदि मतदातालाई तपाईंले हाम्रो एजेन्डा यो हो। यस कारण हाम्रो पार्टी चुनावमा लड्दै छ भन्न सक्नुभयो भने त्यो पार्टीको खर्च स्वाट्टै घट्छ। भोटर किन्नुपर्दैन। इस्यु क्लियर हुनेबित्तिकै भोट किन्नुपर्दैन। म इस्युमा क्लियर भएकाले यसपालि मैले जम्मा गरेको खर्च पनि जोगियो। 

सादगी त अति ठूलो कुरा भइहाल्यो। यसका अति धेरै गुण छन्,  भनिसाध्य नै छैन। सादगी जीवन बिताउन थालियो भने त परमेश्वरसँग पनि साक्षात्कार हुन्छ। 

हाम्रो शिक्षा प्रणाली पनि अत्याचारपूर्ण छ। एउटा कक्षा ४५ मिनेटको हुनै पर्ने। मन लागे पनि नलागे पनि सुन्नै पर्ने। अनि राम्रो नराम्रो विद्यार्थीको परिभाषा के? नराम्रो विद्यार्थीले जाँचअघि नै बिर्सिने, राम्रो विद्यार्थीले जाँचपछि।

म सादगीभन्दा पनि पारदर्शितामा जोड दिन्छु। पार्टीको इस्यु के हो? यसमा पारदर्शिता छ? पार्टीको आयस्रोत के हो? यो स्रोतमा पारदर्शिता छ? किसुनजी दुई–चार रुपैयाँको पनि हिसाब राख्नुहुन्थ्यो, पार्टीमा देखाउनुहुन्थ्यो। पार्टीका नाममा जम्मा भएको एक पैसा पनि किसुनजीले अपारदर्शी तरिकाले खर्च गर्नुभएन। तर, अहिले पार्टीभित्र र बाहिर पनि ‘आई एम दी स्टेट’ भन्ने भावना छ। 

पार्टी भित्रको अवस्थाले हाम्रो देशको लोकतन्त्रको अवस्था बताउँछ। लोकतन्त्र भनेको राजनीतिक प्रणाली मात्रै हो भन्ने मानियो भने हामी कहीँ पनि पुग्दैनौं। यो जीवनशैली पनि हो। 

हाम्रो पारिवारिक संरचना नै लोकतन्त्रविरोधी छ। हाम्रो समाजमा माया–ममता छ। छोराछोरीका लागि ज्यान दिन्छु भन्ने आमाबुबा छन्। तर, छोरीले अलिकित आफूले नचिताएको मान्छेसँग बिहेवारी गर्न लागिन् भने फेरि पनि ज्यान दिन तयार हुन्छन्। बच्चालाई ‘इमोसनल ब्ल्याकमेल’ गरेर आफ्ना बच्चामाथि एउटा खास धाराणा बनाउन चाहन्छन्, बुबाआमा। छोराले सिनेमासम्बन्धी पढ्छु भन्यो भने आमाबुबा भन्छन्, इन्जिनियरिङ पढ्। अत्याचारपूर्ण समाज छ हाम्रो। 

हिटलर किन जर्मनीमा बलियो भयोभन्दा परिवारमा भएको अत्याचारपूर्ण व्यवस्थाले। बाल्यकालमा सबै बच्चालाई सिकाइएको हुन्छ– संसारमा सबैभन्दा बुद्धिमान को? मेरो बाउ। सबैभन्दा बहादुर को? मेरो बाउ। मलाई रक्षा गर्ने को? मेरो बाउ। सबै बाउ। बाउमाथि बाउ। त्यत्रो जर्मनी जस्तो सभ्य सभ्यता देशले हिटलरलाई कसरी स्वीकार गर्‍यो? त्यसमा कुनै न कुनै रुपमा पारिवारिक संरचनाको पनि हात छ। 

हाम्रो शिक्षा प्रणाली पनि अत्याचारपूर्ण छ। एउटा कक्षा ४५ मिनेटको हुनै पर्ने। मन लागे पनि नलागे पनि सुन्नै पर्ने। अनि राम्रो नराम्रो विद्यार्थीको परिभाषा के? नराम्रो विद्यार्थीले जाँचअघि नै बिर्सिने, राम्रो विद्यार्थीले जाँचपछि। जब यो सम्पूर्ण व्यवस्था यति तानाशाहमुखी छ, तब केको लोकतन्त्र?

जुन व्यवस्थामा आम जनताको राज्य हुँदैन, त्यो लोकतन्त्र कुनै पनि हालतमा बाँच्दैन। बारम्बार तानाशाह आउनुको कारण के भने मतदाताको ‘भेटस्टेड इन्ट्रेस्ट’ छैन। 

प्रहरीले तैले गाँजा खाइस् भनेर पक्डेर लान्छ। एक÷दुई चोटी गाँजा खाँदैमा पक्रने हो? हाम्रो प्रहरी, प्रहरी ऐन बेलायतले शासन गर्ने बनाएको ऐनभन्दा के फरक छ? हाम्रो गृहप्रशासन ऐन ठ्याक्कै पञ्चायतकालको जस्तो छ। आज पनि को अपराधी भन्ने कुरा प्रहरीले भन्छ। दुःख दिने कुरामा अदालत, प्रहरी, सरकारी वकिल र राजनीतिक दलका कार्यकर्ताको मिलिभगत छ। 

‘ड्याम्म–ड्याम्म’ विकास गर्ने भन्ने जुन प्रचण्डजीको अभिव्यक्ति आएको छ, यसले लोकतन्त्रलाई ठूलो खतरा छ। मुख्य कुरा मानसिकता हो। लोकतन्त्रका लागि सबैभन्दा खतरा ‘म नै सबैभन्दा जान्ने हुँ’ भन्ने मानसकिता हो। 

म स्वतन्त्रताभन्दा ठूलो जीवन मूल्य कुनै मान्दै मान्दिनँ। स्वतन्त्रता र समानतामा बहस हुन्छ भने म स्वतन्त्रताकै पक्षमा उभिन्छु। 

लोकतन्त्रलाई बचाउन हामी हाम्रो जारा जहाँ हो त्यहीँ जानुपर्छ। हाम्रो संविधानमा जे–जस्तो कमी–कमाजोरी भए पनि गाउँमा अधिकार गएको हो। यो राम्रो कुरा हो। समस्या के छ भने अधिकांश स्थानीय तहमा कांग्रेसले हारेको छ। 

यसलाई हार नमानी स्थानीय संस्थाको अधिकार बढाउनलाई कांग्रेसले नेकपा, फोरम नेताहरुसँग मिलेर काम गर्नुपर्छ। तर, त्यहाँका नेता, मन्त्रीले भ्रष्टाचार गरे कांग्रेस त्यसका विरुद्धमा उभिनुपर्छ। डराउनुहुँदैन, सडकमा आएर आन्दोलन गर्नुपर्छ। त्यसबाहेक अरु विकल्प छैन। 

सादगी, जवाफदेहिता र पारदर्शितालाई आधार मानेर राजनीतिक कार्यकर्ताले काम गर्न थाल्यौं भने लोकतन्त्र बाँच्छ, कांग्रेस पनि बाँच्छ। कांग्रेस बाँच्नुपर्छ भन्नेमा मलाई खास चिन्ता छैन। लोकतन्त्र बाँच्नुपर्छ भन्नेमा चिन्ता छ। 

लोकतन्त्रका लागि खतरा छ। ‘ड्याम्म–ड्याम्म’ विकास गर्ने भन्ने जुन प्रचण्डजीको अभिव्यक्ति आएको छ, यसले लोकतन्त्रलाई ठूलो खतरा छ। मुख्य कुरा मानसिकता हो। लोकतन्त्रका लागि सबैभन्दा खतरा ‘म नै सबैभन्दा जान्ने हुँ’ भन्ने मानसकिता हो। 

(राजधानीमा बिहीबार आयोजित ‘हामीले चाहेको लोकतन्त्र’ संवाद शृंखलामा गिरीले व्यक्त गरेको विचारको सम्पादित अंश।)

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्