• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

युनिटी ठगी प्रकरण : सर्वोच्चको बृहत् पूर्ण इजलासले अन्तिम सुनुवाइ गर्दै

64x64
नेपाल लाइभ बिहीबार, पुस १९, २०७५  १७:१५
1140x725

काठमाडौं– सर्वसाधारणको अर्बौं रकम बिनाइजाजत बैकिङ प्रणाली अन्तर्गत जम्मा गरी ठगी गरेको आरोप लागेको युनिटी लाइफ इन्टरनेसनल प्रकरणमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ।

सर्वोच्चले उक्त मुद्दालाई पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासमा पेशी तोकेको छ। मुद्दा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशमा पेशी चढेको हो।

युनिटी प्रकरणमा ललितपुर जिल्ला अदालतले २०७० चैत १८ गते फैसला सुनाएको थियो। जिल्ला अदालतले युनिटीको कार्य ‘संगठित अपराध’ ठहर गर्दै अध्यक्ष काशीराज गुरुङ र अन्य ११ सञ्चालकलाई जनही तीन वर्ष कैद र १२ करोड ७५ लाख जरिवाना तथा सोही बराबर जरिवाना भराउने फैसला सुनाएको थियो।

विभिन्न प्रलोभन देखाउँदै डेढ लाखभन्दा बढी सर्वसाधारणबाट सदस्यताका नाममा अर्बौं असुलेर ठगी गरेको अभियोगमा जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले यस्तो फैसला सुनाएको थियो। जिल्लाले उनीहरुलाई जनही तीन वर्ष कैदका साथै १ करोड ६ लाख २६ हजार २ सय ७३ रुपैयाँ जरिवाना तथा सोहीबराबर हर्जना असुल गर्ने आदेश गरेको थियो।

उक्त आदेशविरुद्ध युनिटीका सञ्चालकहरु तत्कालीन पुनरावेदन अदालत पाटन पुगेका थिए। पाटनले २०७४ मंसिरमा फैसला सुनाउँदै १२ जनालाई सफाइ दिने फैसला सुनायो। हाल उच्च अदालत रहेको पुनरावेदनको निर्णयविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो।

न्यायाधीशद्वय दुर्गादत्त भट्ट र शेखर पौडेलको संयुक्त इजलासले युनिटी प्रकरणसँग सम्बन्धित बिनाइजाजत कारोबारका दुई तथा ठगी र राजस्व चुहावटसहित तीन मुद्दामा फैसला सुनाएको थियो।

जिल्ला अदालतले दोषी ठहर गरेपछि १२ मध्ये ९ जनाले पुस २०७१ मा पुनरावेदन गरेका थिए।

युनिटीले ठगी गरेको बताउँदै ४ हजार एक सय ४० जनाले अदालतमा उजुरी दिएका थिए। उक्त समयमा युनिटीको सदस्य संख्या ३ लाख ४० हजार थियो। युनिटीले पिरामिड शैलीमा सदस्य संख्या थप्दै सञ्जाल विस्तार गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लाले युनिटी लाइफ इन्टरनेसनल प्रालिका अध्यक्ष गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टन्डन, निर्देशक विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई मुलुकी ऐनको ठगी महल १ कसुरमा दोषी ठहर गर्दै नोक्सान रकम भराउने फैसला उल्टायो।

जिल्ला अदालतले सोही प्रकरणमा मुद्दा दायर भई धरौटीमा रिहा भएका जनक बराल, कालु गुरुङ र कृष्ण पाठकलाई संलग्नता नभएको भन्दै सफाइ दिएको थियो। 

पाटन अदालतले युनिटीको मुद्दामा फैसला सुनाउँदा ७ वटा विधिशास्त्र समेत स्थापित गरेको थियो। 

ठगीलाई संगठित अपराधका रूपमा परिभाषित गरिएको, जाहेरी नदिएका सेयर सदस्यहरूको रकमसमेत फिर्ता हुने, पुर्पक्षका निम्ति थुनामा बसेका तर सफाइ पाएका निर्दोष प्रतिवादीलाई क्षतिपूर्ति भराउने अदालतको आदेश थियो। अपराधका प्रमुख योजनाकार र मुख्य भूमिकामा रहेका प्रतिवादीलाई सजाय तथा कसुरदारबाट बिगो र जरिवाना दामासाही रूपमा असुल गर्ने भनिएको छ। त्यस्तै, कसुरदार व्यक्तिको कम्पनीमा रहेको सेयर पुँजीबाट बिगो र जरिवाना असुल गर्ने र अदालतमा अनुपस्थित भए पनि प्रमाणबाट निर्दोष देखिएकालाई सफाइ दिने विधिशास्त्र स्थापित भएको थियो।

Xtrem

Xtrem

यस्तो थियो ठगी प्रकरण
युनिटीविरुद्ध संगठित रूपमा ठगी गरेको भन्दै युनिटी पीडितले २०६७ फागुन २८ गते पाटन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेका थिए। देशभित्र र बाहिर गरी युनिटीले ३ लाख ६८ हजार ७ सय १० जनालाई सदस्य बनाएको अनुसन्धानमा भेटिएको थियो।

तीमध्ये ४ हजार १ सय ४४ जनाले युनिटीले नेटवर्किङका नाममा ठगी गरेको भन्दै उजुरी गरेका थिए। उजुरीपछि सरकारी वकिलले १ सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। जसमा ८१ जना फरार थिए भने ३१ जनालाई अभियोगसँगै अदालतमा पेस गरिएको थियो।

अदालतले पहिलो सुनुवाइ गर्दै २३ जनालाई थुनामा पठाएको थियो भने ८  प्रतिवादीसँग धरौटी माग गरेको थियो। उनीहरूबाट ३ अर्ब ७९ करोड ८ लाख २५ हजार ३ सय २७ रुपैयाँ संकलन गरेको थियो।

युनिटी सुरुमा २०६२ फागुन १७ गते इन्स्युरेन्स युनिटी लाइफ इन्टरनेसनलका नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। २०६४ भदौमा नाम परिवर्तन गरी युनिटी लाइफ इन्स्युरेन्स बनाई बिमालगायत गैरकानुनी कार्य सञ्चालन गरिएको थियो।

युनिटीले सुनसरी, कास्की, बाग्लुङ, चितवन र रुपन्देहीमा शाखा कार्यालय नै खोलेर सर्वसाधारणसँग रकम उठाएको थियो। उसले ठगीका लागि २२ वटा विभिन्न कम्पनी र संस्था प्रयोग गरेको थियो। युनिटी सञ्चालकले अस्पताल, सपिङ सेन्टर, ट्राभल्स, रियल स्टेट, डिपार्टमेन्टल स्टोर, विज्ञापन एजेन्सी, डेरी उद्योग र हाइड्रोपावर कम्पनी खडा गरेर लगानीका नाममा रकम संकलन गरेका थिए।

मुद्दा दायर हुनुअघि युनिटीका नाममा विभिन्न बैंकमा ४१ करोड २८ लाख ७ सय ८३ रुपैयाँ मौज्दात थियो।

कम्पनीले नेटवर्किङ व्यवसाय गरे पनि स्वीकृति नलिएको पाइएको थियो। सञ्चालकबाहेक केही प्रतिवादीले कम्पनीको महत्वपूर्ण पदमा रही ठेक्कापट्टा, जग्गा खरिदबिक्री जस्ता क्रियाकलाप सञ्चालन गरी नाजायज फाइदा लिएको पाइएको थियो।

युनिटीका सञ्चालकहरु पहिला पनि सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले उनीहरुको पक्षमा आदेश जारी गर्न अस्विकार गरेपछि सरकारले ठगी मुद्दा दायर गरेको थियो।

विदेशमा रहेका एक हजार नेपालीलाई समेत सदस्य बनाई तिनबाट प्राप्त रकम कमिसनबाट आएको देखाई युनिटीले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा दायर मुद्दामा भने अदालतले दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो।

आव २०६२/६३ देखि २०६६/६७ को अवधिमा ३ लाख ६८ हजार जनालाई सदस्य बनाएर युनिटीले ३ अर्ब ८३ करोड ४ लाख रुपैयाँ उठाएको थियो। संकलित रकमबाट १ अर्ब ८३ करोड ७ लाख ५० हजार रुपैयाँ कमिसन बाँडेको अनुसन्धानमा खुलेको थियो। 

सञ्चालकहरुले ३७ वटा संस्था दर्ता गरी लगानी गरेको भेटिएको थियो। 

अनुसन्धानका क्रममा युनिटीले १ अर्ब १५ करोड रुपैयाँ घरजग्गामा लगानी गरेको, ४१ करोड २८ लाख रुपैयाँ बैंक मौज्दात राखेको भेटिएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०७५  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्