• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अमेरिकी साझेदार रिझाउँदै मन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ बुधबार, पुस १८, २०७५  २१:५५
1140x725

काठमाडौं- गत चैत २ गते परराष्ट्रमन्त्री नियुक्त भएपछि प्रदीप ज्ञवाली विश्वमाझ नेपालको धुमिलिएको कूटनीतिक छवि सुधारका निम्ति लागि परेको दाबी गर्दै आएका छन्। यसका लागि उनले परराष्ट्रमन्त्रीको हैसियतमा करिब १४ देशको भ्रमण गरिसकेका छन्। यसै श्रृंखलामा उनी पछिल्लो पटक अमेरिका भ्रमणमा गएका थिए।

यसअघि गत मंसिर २ मा जापान गएका मन्त्री ज्ञवालीले ३ गते जापानी समकक्षी तारो कानोसँग भेट गरेका थिए। त्यसको एक महिनालगत्तै उनी अमेरिका पुगे। पुस ३ मा अमेरिका पुगेका ज्ञवालीले ४ गते अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेट गरे। यसपछि फेरि जापानी विदेशमन्त्री कानोसँग पुस २५ गते काठमाडौंमा भेट हुने तय भएको छ। 

नेपालको कूटनीति सक्रिय रूपमा सञ्चालन नभएको आरोपबीच सरकारले कूटनीतिक क्षेत्रलाई चुस्त बनाउने प्रयास गरेको छ। कूटनीतिक क्षेत्रलाई सक्रिय बनाउने प्रयास गरिएको सरकारको दाबीका बावजुद उसका केही कदममाथि भने प्रश्न उब्जिएको छ। 

नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका दोस्रो मुलुक भएपनि पछिल्लो समय अमेरिकासँगको नेपालको कूटनीतिक सम्बन्ध अपेक्षाकृत सफल नभएको विश्लेषण गर्न थालिएको थियो। सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेपछि उच्च राजनीतिक स्तरमा दुई देशबीच भ्रमण हुन सकेको थिएन। यस्तो अवस्थामा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओको निमन्त्रणामा मन्त्री ज्ञवाली अमेरिका प्रस्थान गरेका थिए। 

अमेरिकी समकक्षी पोम्पिओसँगको भेटपछि परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय रूपमा नेपालको कूटनीतिक छवि सुधार भएको बताएका छन्। तर, पूर्व राजदूत राजेश्वर आचार्यका विचारमा नेपाल मामिलामा भारतको कमजोर उपस्थिति भएकाले अमेरिकाले नेपालसँगको सम्बन्ध नयाँ शिराबाट थालनी गर्ने प्रयास गरेको हो। ‘नेपालको संविधान घोषणापछि भारत नेपाल मामिलामा बदनाम भएको छ’, आचार्यले भने, ‘यस्तो अवस्थामा नेपाल मामिलामा भारतको प्रत्यक्ष संलग्नताले थप जटिलता निम्त्याउन सक्ने देखेर नै अमेरिकाले भारतसँगकै सल्लाहमा नेपाल मामिलामा प्रत्यक्ष रूपमा सहभागी हुन खोजेको देखिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपाललाई ‘इन्डो प्यासफिक’ रणनीतिको हिस्सेदार बनाउन अमेरिका नेपाल मामिलामा प्रवेश गरेको विश्लेषकहरूको टिप्पणी छ। दुई मन्त्रीको भेटपछि सार्वजनिक गरिएको छुट्टा-छुट्टै प्रेस वक्तव्यमा अमेरिकाले नेपाल आफ्नो महत्वकांक्षी रणनीति ‘इन्डो प्यासफिक’मा सहभागी भएको बताएको छ। तर, नेपालले सार्वजनिक गरेको वक्तव्यमा भने सो विषयलाई  नकारिएको छ। अमेरिकाबाट फर्केपछि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि मन्त्री ज्ञवालीले यो कुरालाई अस्वीकार गरेका छन्। 

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा प्रसाशनले एसिया क्षेत्रमा बढ्दै गएको चीनको प्रभाव निस्तेज गर्न अख्तियार गरेको ‘एसिया केन्द्रित रणनीति’ को विस्तारित रुप ‘इन्डो प्यासफिक’ रणनीति हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको यो रणनीतिमा एसिया क्षेत्रमा भारतलाई बढी महत्व दिदैँ चीन विरुद्ध भारतलाई प्रयोग गर्नकै लागि यसको नामकरण नै ‘इन्डो’ राखिएको जानकारहरू बताउँछन्।

चिनियाँ राष्ट्रपति सि जिनफिङको महत्वाकांक्षी योजना 'बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)' लाई निष्प्रभावी बनाउन अमेरिकाको उक्त रणनीति आएको मानिन्छ। भारतीय चाहना विरुद्ध नेपालले सन् २०१७ मा चीनको सो परियोजनामा सहभागी हुने सहमति जनाइसकेको छ। आचार्यका विचारमा यो मामिलामा भारतले नेपालमा थप केही गर्न सक्ने स्थिति नभएकाले अमेरिका आफैं अघि सरेको हो। 

यही पुस २५ गते जापानी विदेशमन्त्री तारो कानो भारत हुँदै नेपाल आउने कार्यक्रम रहेको छ। केही समयअघि नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले कानोको निमन्त्रणामा जापान भ्रमण गरेका थिए। सोही भ्रमणको परस्परमा कानो नेपाल भ्रमणमा आउन लागेको र भ्रमणका क्रममा नेपाल सरकारसँग श्रम सम्झौता हुने बताइएको छ। 

आवरणमा उक्त कुरा बताइए पनि कानोको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको भनाई छ। ‘कानोको भ्रमणमा शंका गर्ने ठाउँ नभएपनि कूटनीतिमा समय, सन्दर्भ र परिस्थितिको भूमिका ठुलो हुन्छ,' पाण्डेले भने,‘कानोको नेपाल भ्रमण अमेरिका भ्रमणमा नेपालले कुनै गल्ती नगरेको प्रष्ट्याउने अवसरका रूपमा नेपालले प्रयोग गर्नुपर्छ।’

जापान पनि अमेरिकी रणनीतिको साझेदार देश हो। परराष्ट्रमन्त्री ज्ञवाली अमेरिकाको भ्रमणबाट फर्किए लगत्तै जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। केही समयअघि नेपालले चीन-भारतलाई मात्रै धेरै ठाउँ दिएको गुनासो गर्दै युरोपेली संघ (इयू), अमेरिका, जापानलगायतका देशले परराष्ट्र मन्त्रालयमा आफ्नो लिखित असन्तुष्टि जाहेर गरेका थिए।

प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्