• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अनुहारमा कालो पोतिएर बिदाइ हुन नपरोस्

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  १७:२०
1140x725

काठमाडौं- मेरो अवधारणा र कार्यविधिलाई सकारात्मक रुपमा लिइदिनुभएकोमा धन्यवाद दिन चाहन्छु। कार्ययोजना सफलताको बारेमा जुन जिज्ञासा राख्नुभएको छ, म प्रतिबद्धता नै व्यक्त गर्न चाहन्छु- यो कार्यान्वयन शतप्रतिशत हुन्छ। यसलाई सबैको सहयोग भने आवश्यक छ। 

न्यायाधीशलाई र न्यायालयलाई सम्मान गर्न सकियो भने जनताले न्याय पाउनेछन्। न्यायालयमा धेरै जिज्ञासा र गुनासो पछिल्लो समयमा बढेको छ। अदातलका आदेश र फैसलामाथि प्रश्न उठेका छन्। मैले यही कुरालाई महसुस गरेर केही गर्ने सोच बनाएको छु, जुन कुरा मेरो प्रतिबद्धतामा उल्लेख भएको छ। 

संसद्ले गरेको र जनताले राखेको भरोसाप्रति पछाडि हट्ने अवस्था मेरो छैन। मविरुद्ध उजुरी गर्नुहुने र समाचार लेख्नुहुने सञ्चारमाध्यमले मलाई मेरा कमजोरी पहिचान गर्न मद्दत गरेको रुपमा मैले लिएको छु। यही कुरालाई भविष्यमा सम्झेर म न्याय सम्पादनमा काम गर्नेछु।  

संविधानले अवलम्बन गरेको समावेशी सिद्धान्त अनुसार न्यायाधीश नियुक्ति हुनुपर्छ।  सेवाग्राहीलाई पहुँच विस्तार गर्ने कुरा मेरो कार्ययोजनामा उल्लेख छ। अदालतप्रतिका गुनासो र जिज्ञासा अब तत्कालै सम्बोधन हुनेछन्। 

मैले फैसलामा यो बौद्धिक खेल भनेको थिइनँ तर सञ्चारमाध्यमले यसमा थप गरिदिएका हुन्। म्यारिज खेल जुवाभित्र नपर्ने भनिएको हो, बौद्धिक भनिएको छैन। 

अदालत जहिले पनि कानुन र संविधान अनुसार चल्छ। नागरिकहरुलाई अधिकारवाट वन्चित गर्न मिल्दैन। त्यही क्रममा सरकारविरोधी जस्तो देखिने आदेशहरु अदालतवाट भएका लाग्न सक्छन तर त्यसो हुँदैन। सरकारले विकास र कानुन बमोजिम गर्ने निर्णयमा मेरो कुनै  असहयोग हुनेछैन। राज्यका तीनै अंगले एक-अर्काको क्षेत्रमा हस्तक्षेप गर्न हुँदैन भन्ने मेरो मान्यता हो। यही अनुरुप म आफ्नो कार्यकालमा काम गर्नेछु। 

मेरो कार्ययोजनाहरु लागू नहुने हो कि भनेर यहाँ गरिएको चिन्ता स्वाभाविक हो। तर म चार वर्षसम्म हुने भएकाले यसमा काम गर्न सक्छु भन्ने मेरो दृढ विश्वास छ। न्यायाधीश र न्यायपालिकामा मर्यादित हुन जरुरी छ। अब अदालत सुदृढ रुपमा अघि बढ्छ। अब गौरवान्वित रुपमा अदालत अघि बढ्छ। 

मेरो विषयमा परेका उजुरीहरुमा पहिला त्यसलाई स्विकार गर्दछु। मप्रति गरेको गुनासोले मलाई सुधार गर्ने मौका दिएको रुपमा लिएको छु। यहाँ उठेका विषयमा म भागेर जान्न। अफ द रेकर्ड यहाँ भन्न चाहन्छु- वीरगन्जको पोखरीका विषयमा फिल्ड बुकमा र तिरो तिरेको रसिद तथा यसअघि नै हदम्यादको आधारमा खारेज भएकाले फैसला गरेको हुँ। एक पटक हकदैया नभएको भनी खारेज भएको थियो। खारेज भएको पुरानो आधार लिएर गरेको हो। पोखरी निजी, सरकारी जे पनि हुन सक्छ। मेरो यसमा कुनै नियत छैन। मेरो आफन्तका भनी सोधिएको प्रश्नमा मेरो असहमति छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रेरणा राज्यलक्ष्मीको फैसलामा पनि मलाई यही आरोप लागेको थियो। यो सत्य होइन। म र पोखरीका निवेदकका बीचमा कुनै पनि नातेदारिता छैन। प्रेरणाको दाइजो पाएमा कुनै विवाद छैन। पूर्वराजा वीरेन्द्रको नामबाट ज्ञानेन्द्रको नाम हुँदै दाइजोको रुपमा गएको र नेपाल ट्रष्टको हुने कानुन नभएकाले तत्कालीन समयमा यस्तो फैसला भएको हो। यो मुद्दा पुनरावेदन भई किनारा भएकाले यसमा थप भन्न चाहिनँ।

जुवा भनेको तत्कालीन मुलुकी ऐन अनुसार सन्जोगको आधारमा खेलिने थियो। म्यारिजका बारेमा त्यसमा उल्लेख नहुँदा मैले यस्तो फैसला गरेको थिए। यो मुद्दामा सर्वोच्चबाट समेत प्रतिवादीहरुले सफाइ पाइसकेकाले थप भन्न चाहिनँ। मैले फैसलामा यो बौद्धिक खेल भनेको थिइनँ तर सञ्चारमाध्यमले यसमा थप गरिदिएका हुन्। म्यारिज खेल जुवाभित्र नपर्ने भनिएको हो, बौद्धिक भनिएको छैन। 

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको तीन थरी जन्ममिति देखिएपछि मैले आफ्नो छुट्टै राय मात्र जाहेर गरेको हुँ, इजलास बहिस्कार गरेको होइन।

जेपी गुप्ताको फैसलामा न्यायिक विचलन भएको आरोप ममाथि उठाइएको थियो। विशेषमा म तेस्रो न्यायाधीश थिए। तत्कालीन समयमा आयव्यय हिसाब गर्दा पुगेको देखिएको र सोही अनुरुप फैसला भएको हो। पछि सर्वोच्चबाट उल्टी हुँदै ठहर भएको थियो। उक्त फैसला न्याय परिषद्‌मा लेखी पठाइएको थियो। तपसिल खण्डमा फेखिएको कुरा कार्यान्वयनमा जाँदैन भनी निर्णय भएपछि म सर्वोच्चको न्यायाधीश २०७१ सालमा सिफारिस भएको हुँ। तत्कालीन समयमा यो किनारा भइसकेको छ। 

मविरुद्ध परेको अर्को उजुरी क्यासिनो सम्बन्धी रहेको छ। यो मुद्दा फैसला भएको छैन। सर्वोच्चको संवैधानिक इजलाशमा विचाराधिन छ। नियमावली निर्माण गरी चलाएको कारण अदालतले अन्तरिम आदेश जारी गरेको हो। मलाई ब्ल्याकमेल गरेर न्यायाधीश भएको आरोप लागेको छ। तत्कालीन समयमा उक्त मुद्दा मैले होइन निरञ्जन प्रसादले हालेका थिए। म वहाँको वकिल मात्र थिएँ। यो विषयमा पछि अर्कौ प्रमाण आएपछि खारेज भएको हो। 

इजलास बहिस्कारको आरोप ममाथि लागेको छ। इजलासमा बसेपछि कठोर बनेर आदेश गर्न बाध्य हुनुपर्ने परिस्थिति मैले भोगेको हुँ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको तीन थरी जन्ममिति देखिएपछि मैले आफ्नो छुट्टै राय मात्र जाहेर गरेको हुँ, इजलास बहिस्कार गरेको होइन। उहाँले प्रमाणपत्र देखाउँदा दुई प्रकारको थियो। तर, तीन प्रकारको भएको रहस्य खुलेपछि मैले अलग्गै राय राखेको हुँ। परीक्षा नियन्त्रण कार्यालयबाट २०११ को नयाँ जन्ममिति फेला पर्दा उहाँले नै स्वीकार गर्नुभयो। फेरि उहाँले आफू थप खानुपर्ने माग गर्नुभयो। कानुनको परिधि नाघेर कसैले खान पाउँदैन। हामीले राजीनामा दिन आग्रह गर्दा नमानेपछि अदालत बचाउनबाहेक विकल्प नदेखेर मैले यस्तो गरेको हुँ। पछि पराजुलीले उक्त कुरा स्विकार गरेर राजीनामा दिएकाले इजलास बहिस्कारको आरोप गलत हो भन्ने पुष्टि हुन्छ। 

सर्वोच्चबाट बिदाइ हुँदा अनुहारमा कालो पोतेर र बदनाम भएर आफैले अनुहार छोपेर हिँड्ने अवस्था आउन नदिनेमा म सचेत छु।

अवकाश पाएको व्यक्तिसगै काम गर्न नसक्ने र अदालत बचाउन यसो गरेको हुँ। 

अदालतमा बाह्य हस्तक्षेप धेरै छ। खासगरी बिचौलियाको चलखेल र न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप छ। यसका लागि पनि मैले आफ्नो कार्ययोजनामा उल्लेख गरेको छु। म अदालतको सम्मानमा आँच आउने काम गर्न दिन्नँ। सहयोग पाएँ भने म सफल हुनेछु। मैले गरेको कामबाट पछुताउनुपर्ने अवस्था आउनेछैन। 

सर्वोच्चबाट बिदाइ हुँदा अनुहारमा कालो पोतेर र बदनाम भएर आफैले अनुहार छोपेर हिँड्ने अवस्था आउन नदिनेमा म सचेत छु। 

जिल्ला र उच्च अदालतको समस्या समाधान गर्न बहसनोट अनिवार्य गर्न सकिन्छ। तल्लो तहमा न्यायाधीशको उजुरी अब छिटै सुनुवाइ हुन्छन्। 'कज लिस्ट' वैज्ञानिक व्यवस्थापन समस्या छ। दक्षिण एसियामा प्रधानन्यायाधीशले नै तोक्ने परम्परा रहेको छ। मुद्दा र न्यायाधीशको प्रकृति फरक हुन्छ। सबै न्यायाधीश एकै विषयमा विज्ञ हुदैनन्। हेरेर तोक्नुपर्ने अवस्था हुन्छ। गोलाप्रथामा पनि समस्या आएपछि प्रधानन्यायाधीशले तोक्ने परम्परा नेपालमा सुरु भएको हो। अब भविष्यमा यसमा प्रश्न नउठ्ने बनाउने मेरो प्रतिबद्धता छ।

(संसदीय सुनुवाइ विशेष समितिको बैठकमा राणाले मंगलबार राखेको धारणाको सम्पादित अंश।)

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्