• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

के नेपाल भू-राजनीतिक खेलमा प्यादा बन्ला?

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  १९:४४
1140x725

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हालै मात्र अमेरिकाको भ्रमण गरेका छन्। अमेरिकी विदेशमन्त्री माइक आर पोम्पियोको औपचारिक निमन्त्रणामा डिसेम्बर १८ मा मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका थिए।  सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको नेपाल भ्रमणपछि विदेशमन्त्री तहमा नेपाल र अमेरिकाबीच  औपचारिक भेटवार्ता नभएकाले पनि मन्त्री ज्ञवालीको अमेरिका भ्रमणलाई महत्वका साथ हेरिएको थियो। त्यस बेला पावेलले अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको ‘आतंकवाद विरुद्धको युद्धनीति'मा समर्थन जुटाउन नेपालको भ्रमण गरेका थिए। सन् २००१ सेक्टेम्बर ११ मा अल्कायदाले अमेरिकामा आक्रमण गरेपछि त्यस विरुद्ध विश्वको जनमत लिने प्रयासमा अमेरिका रहेको थियो। नेपालमा पनि त्यतिबेला गृहयुद्ध चलिरहेको थियो। नेपाल सरकारले राज्य विरुद्ध विद्रोह गर्ने समूहलाई आतंककारी घोषणा गरेको थियो भने शाही नेपाली सेना ती आतंककारी विरुद्ध लड्दै गरेको अवस्था थियो।

विगत केही समयदेखि नेपाललाई लाग्दै आएको दुई छिमेकी, भारत–चीन निर्देशित परराष्ट्रनीति सञ्चालनको आरोपबाट मुक्त पाउने अवसरका रुपमा आफ्नो अमेरिका भ्रमण प्रयोग गर्न चाहेको परराष्ट्रमन्त्री ज्ञवालीले प्रष्ट्याउँदै आएका थिए। नेपालले भारत-चीनलाई बढी महत्व दिने दिँदै गर्दा अमेरिका, बेलायत, जापान र अन्य नेपालका विकास साझेदार मुलुकलाई वास्ता नगरेको आरोप लाग्ने गरेको थियो।

तर, मन्त्री ज्ञवालीको अमेरिका भ्रमण सरकारलाई नै प्रत्युत्पादक सावित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा नै मन्त्री ज्ञवाली र उनका अमेरिकी समकक्षी पोम्पियोबीचको भेटवार्तापछिको निकालिएको छुट्टाछुट्टै प्रेस विज्ञप्तिका विषयमा प्रश्न उठाइएको हो। 

दुबै देशका तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिको आशय फरक परेको छ। भेटवार्तापछि सार्वजनिक गरिएको विज्ञप्तिको भाषा मात्रै फरक होइन त्यसको आशय नै फरक रहेको टिपणी भएको छ। 

नेपालले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाल ‘इन्डो प्यासफिक’ रणनीतिको हिस्सेदार भएको कुरा कतै उल्लेख छैन। यस्तै अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार ‘इन्डो प्यासफिक रणनीति’को हिस्सेदार नेपाल भएको र उत्तर कोरियासँगको शान्तिवार्तामा नेपालको भूमिका खोजी भएको छ। फलस्वरुप नेपालका अखबारका सम्पादकीयले अमेरिकाले नेपाललाई उसको उत्तरी छिमेकी देशका विरुद्ध उभ्याउन सफल भएको टिप्पणी गरे।

काठमाडौंका विदेश मामिला विज्ञहरू अमेरिकासँग यस्तो उच्चस्तरीय भ्रमणको प्रयास राष्ट्रपति बाराक ओबामाको कार्यकालदेखि नै भएको बताउँछन्। ओबामाको कार्यकालमा 'एसिया केन्द्रित रणनीति'को नाम दिइएको रणनीति हाल 'इन्डो प्यासफिक' नाम दिइएको छ। यो रणनीति अन्तर्गत नेपालको सहभागितालाई छिमेकी देश चीनलाई घेराबन्दी बनाउने प्रत्यन्तका रूपमा हेरिएको छ। अमेरिकाको इन्डो प्यासफिक रणनीतिमा भारतलाई महत्वपूर्ण साझेदारको रूपमा हेरिएको छ। भारत यो रणनीतिको महत्वपूर्ण हिस्सा किन पनि हो भने यो रणनीति हिन्द महासागर केन्द्रित छ। यसका साथै भारतको क्षेत्रफल चीनको भन्दा केही कम मात्र भएकाले हिमाली क्षेत्रसम्म भारतको फौलावट रहेको छ।

नेपाल र भुटान दुई हिमाली देश हुन्। यी दुबै देशको सीमाना इन्डो प्यासिफिक क्षेत्रका शक्तिशाली राष्ट्र मानिने भारत र चीनसँग जोडिएको छ। त्यसैले पनि अमेरिका र भारत यी दुवै देशलाई इन्डो प्यासफिक रणनीति अन्तर्गत समाहित गरेर आफ्नो भू-राजनीतिक र रणनीतिक उपस्थिति प्रभावकारी बनाउने अभिप्रायले अघि बढेका छन्।

नेपालको भू-राजनीतिक अवस्थितिका कारण पनि अमेरिका नेपाललाई चीन घेर्ने रणनीतिको हिस्सेदार बनाउन चहान्छ। एसियाका दुई ठूला देश भारत र चीनको बीचमा रहेको नेपाल विश्व राजनीतिमा चीनको बढ्दो प्रभाव नियन्त्रण गर्न महत्वपूर्ण हिस्सेदार हुन सक्ने अमेरिकाको विगत देखिकै बुझाइ हो। भारतको व्यवहारका कारण नेपालले चीनको महत्वपूर्ण योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा हस्ताक्षर गरेको छ। जसकारण भारत अब दक्षिण एसियामा कमजोर भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

चीनका अन्य महत्वपूर्ण योजनाजस्तै एसियाली पूर्वाधार विकास बैंक, बाज्रिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मेलित (ब्रिक्स), सांघाई सहयोग संगठनजस्ता चीनको नेतृत्वका संगठनमा भारत हिस्सेदार भएपनि बिआरआईमा हालसम्म हस्ताक्षर गरेको छैन। अमेरिकाको इन्डो प्यासफिक रणनीतिको सहयोगी भारत भएकाले पनि बिआरआइमा हस्ताक्षर नगरेको मान्ने गरिएको छ। सन् २०१६ मा अमेरिका र भारतबीच भएको लजेस्टिक एक्सचेंज मेमोरेन्डम अफ एग्रिमेन्टलाई अर्को कारण मानिन्छ। सन् २०१७ मा चीन र भारतबीच भएको डोक्लाम विवादमा सोही सम्झौतालाई एक कारण मानिएको थियो। 

नेपालका केही अन्तर्राष्ट्रिय मामिला तथा कूटनीतिक क्षेत्रका जानकारहरू अमेरिका र भारत आफ्नो बृहत्तर स्वार्थ प्राप्तिका लागि नेपाललाई खेलमैदान बनाउन उद्धत रहेको बताउँछन्। नेपालले अमेरिकाको कुनै पनि योजनामा सहमत हुनुपूर्व त्यसको प्रभावको विषयमा अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ। वर्तमान विश्वका सबै मुद्दामा अमेरिका 'नियम निर्धारक' राष्ट्र भएपनि उसलाई विश्वास गर्न नसकिने दुई कारण रहेको उनीहरूको मत रहेको छ।
 
पहिलो कारण व्यापक र सर्वविदित नै छ। वर्तमान अमेरिकी राष्ट्रपति बहुलट्ठी प्रकृतिका र अविश्वसनीय किसिमका छन्। उनको बोली र व्यवहार आवेगी प्रवृत्तिका कारण विश्वनीय मान्न नसकिने बताइँदै आएको छ। यसैगरी, अमेरिकालाई प्रजातन्त्र, खुला बजार, स्वतन्त्रता र मानव अधिकारका विषयमा अन्य देशलाई सिकाउने कुनै अधिकार छैन। हत्या गरिएका साउदी अरेबियाका पत्रकार जमाल खसोग्गी हत्यामा अमेरिकी नीति, विभिन्न देशबाट आएका आप्रवासीप्रतिको अमेरिकी व्यवहार र हालै विश्वमा देखिएका समस्यामा अमेरिकी तथस्टताले उसको हैसियत कमजोर भएको हो। 

दोस्रो कारण झन् विशिष्ट छ। अमेरिकासँग नेपालको पूर्वअनुभव खासै राम्रो छैन। उदाहरणका रूपमा नेपालमा दुई दशकभन्दा बढी बसोबास गरेका भूटानी शरणार्थीका विषयमा अमेरिकाले लिएको नीति खासै सन्तोषजनक थिएन। अमेरिकाले प्रजातन्त्र र मानव अधिकारका विषयमा दिने दुवाइलाई उसको व्यवहारले गिज्याइरहेको छ। 

नेपालका सात राजनीतिक पार्टी र विद्रोही माओवादीले नेपालबाट निरकुंश राजतन्त्र फ्याली नेपालमा शान्ति स्थापना गर्न २०६२ मंसिर ७ गते बाह्र बुँदे सहमति गरे। नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जेम्स मोरियार्टीले उक्त सहमतिको विरोध गरेका थिए। उनले नेपालको उक्त कदमको विरोध मात्रै गरेनन्, राजतन्त्रप्रति आफ्नो आस्था देखाइराखे। नेपालका आम मानिस निरकुंश राजतन्त्रका विरुद्ध सडकमा संर्घष गर्दा राजदूत मोरियार्टी तत्कालीन राजकुमार पारस शाहसँग गल्फ खेल्दै थिए।

भूटानको जलविद्युत् आयोजनामा विश्व बैंकको १ दशमलव ५ प्रतिशत अमेरिकी डलर लगानीलाई भारतले स्वीकार गरेपछि मात्र अमेरिकाले नेपालमा रहेका भूटानी शरणार्थीलाई तेस्रो देश स्थानान्तरणको प्रक्रिया सुरु गरेको थियो। करिब १ लाख १० हजार भूटानी शरणाथीहरू अमेरिका, अष्ट्रेलिया, डेनमार्क, बेलायत, नर्वेजस्ता देशमा पुनःस्थापित भएका थिए। तेस्रो देश पुनर्बासका कारण हजारौं भूटानी देशविहिन बन्न पुगेका थिए। 

नेपालमा रहेका भूटानी शरणार्थी भने अमेरिकाले आफूहरुलाई भूटानमा नै पुनर्स्थापित गर्न सहयोग गर्ने आशामा थिए। अमेरिकाले भारतका माध्यमबाट थिम्पुलाई रिझाएर स्वदेश फिर्तीमा सहयोग गरी प्रजातन्त्र पुनर्स्थापनामा सहयोग गर्ने आशा भूटानी शरणार्थीले गरेका थिए। तर भूटानको राज्य संयन्त्रले चाहे बमोजिम अमेरिकाले १ लाख १० हजार भूटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्स्थापना गरी राज्यविहिन बनाउन सहयोग गर्यो। पुनर्बासपछि कयौं भूटानी शरणार्थीले पुनर्बासपछिका आकांक्षा पूरा हुन नसक्दा आत्महत्या समेत गरेका थिए।

नेपालका लागि अमेरिका भरपर्दो सहयोगी हुन सक्ने विषयलाई शंकाका रूपमा हेर्ने गरिन्छ। सन् २०१५ मा ९० प्रतिशत जनमतसहित जारी गरेको संविधानको विरोधमा भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा अमेरिकाले कुनै प्रतिक्रिया दिएन। यो विषयमा केही नबोलेर अमेरिका आफ्नो एसिया केन्द्रित रणनीतिक साझेदार भारतलाई खुशी बनाउन लागेको बुझ्न सकिन्छ।

अमेरिकाले विश्व व्यवस्थाको नेतृत्व गर्दै भारतको यस्तो अमानवीय कार्यको भर्त्सना गरोस् भन्ने नेपालको चाहना थियो। तर, यो विषयलाई अमेरिकाले कुनै पनि अन्तराष्ट्रिय फोरममा कुरा उठाएन। भारतसँगको साझेदारी नखल्बलाओस् र सम्भावित अमेरिका-भारतबीचको हतियार सम्झौतालाई प्रभावित नहोस् भनेर अमेरिकाले नेपालका पक्षमा कुनै पनि फोरममा कुरा नउठाएको बुझ्न सकिन्छ।
अर्कोतर्फ चीन नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने र आर्थिक सहयोग गर्ने प्रमुख देश हो। नेपालको पूर्वाधार विकासमा चीनको ठूलो लगानी रहेको छ। सन् २०१५ को ७ दशमलव ९ रिक्टर स्केलको महाभूकम्पपछि पनि चीनले नेपालको पुनर्निर्माणमा ठूलै रकम खर्च गरिरहेको छ। चीनबाट नेपाललाई प्राप्त हुने सहयोग भारत र अमेरिकाले संयुक्त रूपमा नेपालमा गर्ने लगानीभन्दा पनि बढी छ। 

जब भारतले नेपालको संविधानलाई अस्वीकार गर्दै आर्थिक नाकाबन्दी लगायो। त्यस बेला चीनले नेपालको संविधानलाई स्वीकार मात्रै गरेन, नाकाबन्दीबाट प्रताडित नेपाललाई १ दशमलव १३ मिलियन लिटर पेटोलियम पदार्थ रसुवागढी नाका हुँदै सहयोग गर्यो। जुन सहयोगले नेपाल र चीनबीच व्यापार तथा पारवाहन सम्झौताको लागि समेत मार्गप्रशस्त गर्यो। उक्त सन्धिपछि नेपालको समुद्रसतहसँगको पहुँचमा भारतको एकाधिकार पनि समाप्त भयो।

अमेरिका आफ्नो रणनीति प्राप्तिका लागि सफ्टपावर प्रयोग गर्ने कुरालाई तिलाञ्जली दिँदै गइरहेको छ। उदाहरणका लागि प्रजातान्त्रिक मूल्यमान्यता, खुलाबजार अर्थतन्त्र, स्वतन्त्रता र मानव अधिकार जस्ता कुरामा अमेरिकाले प्राथमिकता कम गर्दै लगेको छ। नेपालका नीतिनिर्माताहरूले भने चिनियाँ प्रभावलाई खुम्चाउने कुनै पनि ठूलो र दीर्घकालीन महत्वका रणनीतिको हिस्सेदार हुन नहुने कुरामा जोड दिएका छन्।

(एसिया टाइम्सबाट)

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्