• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पोखरालाई किन पर्यटनको राजधानी बनाउने?

64x64
नेपाल लाइभ शनिबार, पुस १४, २०७५  १०:०४
1140x725

पोखरामा मात्र मनाइने सडक महोत्सव युनिक महोत्सव हो। यस महोत्सवले स्वदेशी तथा विदेशी उल्लेख्य पर्यटक भित्र्याउन सहयोग गरिरहेको छ। यसलाई अझै भव्य र सभ्य बनाउने प्रदेश सरकारको चाहना छ। 

पोखरा आफैंमा प्रदेश सरकारको राजधानी हो। पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारले घोषणा गरोस् भनेर गण्डकी प्रदेश सरकार लागिपरेको छ। यसका लागि हामीले प्रस्तावपत्र केन्द्रमा पठाइसकेका छौँ। पोखरालाई नेपालको पर्यटकीय राजधानी बनाउन हामी चाहन्छौँ। 

पोखरा बाहिरबाट हेर्दा पर्यटकीय सौन्दर्यले भरिएको मात्रै देखिन्छ। तर, त्यो मात्रै सत्य होइन। गण्डकी प्रदेश सांस्कृतिक रुपले पनि धनी छ। ७ वटै प्रदेशमध्ये ख्यातिप्राप्त कवि शिरोमणि लेखनाथ पौड्यालदेखि झलकमान गन्धर्वसम्म यही प्रदेशका गहना हुन्। भूपिदेखि जनकवि केशरी धर्मराज थापासम्मको ठाउँ हो यो।

सबैभन्दा चर्चित सालैजो भाका हाम्रो प्रदेशभन्दा अन्त छैन सायद। भए पनि त्यसको उद्गमस्थल यहीँ हो। ठाडो भाका एउटै मात्र भाका हो नेपालको, जो गण्डकी प्रदेशमा मात्रै छ। झ्याउरे, घाटु, सोरठी लगायतका धेरै सांस्कृतिक संस्कारको धरोहर त्यसको मूलथलो हाम्रै गण्डकी प्रदेश हो। यो प्रदेश नेपालमा रहेका सांस्कृतिक परम्परा र संस्कारको जीवित संग्रहालय हो।
हुँदाहुँदा अहिले गण्डकीमा किराँतीको साकेला, उँधौली-उँभौली, तामाङको सेलो, थारु नृत्य पनि देखिन थालिसकेको छन्। सबै ठाउँका मान्छेहरूको बसोबास अहिले यहीँ छ। यसले गर्दा पर्यटनको विकास गर्न एकदमै टेवा पुग्छ।

यस प्रदेशलाई विश्वसामु चिनाउन पनि केहीकेही कुराको ब्रान्डिङ गर्न जरुरी देखिन्छ। सातै प्रदेशको राजधानी जस्तो पोखरालाई चिनाइराख्नु पर्दैन। पोखरा आफैंमा एउटा ब्रान्ड हो। यो प्रदेशमा पाइने थकाली खाना संसारभर चर्चित छ। फैलिएको छ। यो त उदाहरणमात्रै हो। यहाँ धेरै चिज छन्, जसले प्रदेश चिनाउँछन्।

यहाँबाट उद्गम भएर धेरै चिज संसारभरि परिचित भइसकेका छन्। यहाँका खाना, संस्कृति, संगीत नै अरुभन्दा फरक छन्। यी सबै कुरामा नेपालका अरु ठाउँभन्दा अगाडि नै छौँ। साहित्य, कलासंस्कृतिमा पनि कहाँ कम छ र? खाली यसलाई समृद्धिसँग जोड्नमात्रै बाँकी छ। 

हामीले आफ्नो प्रदेशको नाम गण्डकी भन्यौँ। यो सबै सामाजिक सद्भाव कायम गर्न, सारा संस्कृतिलाई एउटै मालामा उन्न, शान्ति र स्फूर्त बनाउन हामीले प्रदेशलाई साझा नाम गण्डकी राखेका हौँ।

पोखरा स्ट्रिट फेस्टिभलले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन एकदमै राम्रो भूमिका निर्वाह गरिरहेको छ। यसलाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न ‘इन्टरनेस्नल कार्निभल’ बनाउनेबारे सोचिरहेका छौँ।

nimb
nimb
Ncell 2
Ncell 2

हामी त्यसै पनि अरुभन्दा अगाडि गइसकेका छौँ। हाम्रो प्रदेशको राजधानी पोखरा हो। धेरै प्रदेशको राजधानी कहाँ हुन्छ? भन्नेबारे आजका दिनसम्म अन्यौलको स्थिति छ। त्यसैकारण आफ्नो राजधानीको विकास कसरी गर्ने भन्ने पनि थाहा छैन। भाग्यको कुरा यो पनि छ कि हामीले यो प्रदेशको राजधानी पोखरा नामबिना कुनै विवाद सर्वसम्मत रुपमा तोक्यौँ। 

पोखरा राजधानी भइसकेपछि ‘राजधानी’ हुनकै लागि केके चाहिन्छ त पूर्वाधार? त्यसको लागि न्यूनतम आवश्यकताहरू पनि पूरा गर्न गण्डकी प्रदेश लागि परिरहेको छ। यसलाई हामी पर्यटकीय सहरका रुपमा विकास गर्न चाहन्छौँ। पोखरा आसपासमा थुपै स्ट्यान्डर्ड किसिमका होटेल र रिसोर्ट बनाउने योजना बनाइरहेका छौँ र त्यो क्रम अगाडि बढिसकेको छ।

हामीले आफ्नो प्रदेशको नाम गण्डकी भन्यौँ। यो सबै सामाजिक सद्भाव कायम गर्न, सारा संस्कृतिलाई एउटै मालामा उन्न, शान्ति र स्फूर्त बनाउन हामीले प्रदेशलाई साझा नाम गण्डकी राखेका हौँ। यो हिजो ७ वटा गण्डक (नदी) मिलेर बनेको प्रदेश थियो। आज विभाजनका कारणले त्रिशूली ३ नम्बर प्रदेशमा गाभियो। बाँकी ६ वटा नदी हामीसँगै छन्।

पोखरा प्रदेशको राजधानी भइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्थ्यो। त्यो पनि २०२२ भित्र तयार हुन्छ। पृथ्वीराजमार्ग न्यूनतम ४ लेनको बनाउने तयारी गरिरहेका छौँ। यसका लागि एडिबीले नेपाल सरकारसँग सम्झौता गरिसकेको छ।

फास्टट्र्याक राजमार्ग पनि बनाउन सकियो भने इन्टरनेसनल एयरपोर्ट सञ्चालनमा आउँदा सजिलो हुनेछ। ११ मिटरको बन्दै गरेको जुन मध्यपहाडी लोकमार्ग बन्दै छ। यसले प्रदेश नम्बर ३, पश्चिमको ५ र ६ सँग गण्डकी प्रदेशलाई जोड्नेछ। त्यसले पनि हाम्रो पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। कृषिको आधुनिकीकरणमा पनि सहयोग पुग्ने विश्वास लिएका छौँ। 

गण्डकी प्रदेशले कोरलादेखि पोखरा जोड्ने सडक जोड्ने काम भइराखेको छ। त्यो काम पनि लगभग पूरा भइसकेको छ। गण्डकी प्रदेश समृद्धिको माला उनेर अगाडि बढ्न तयार छौँ। थुंगाहरू त बिस्तारै जोडिरहेका छौँ। चाँडै माला बन्नेछ। सडक र हवाईमार्गले हामी सम्पन्न हुनेछौं।

पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारले पोखरा महानगरसँग मिलेर काम गर्नेछ। 

अहिले पनि गण्डकी प्रदेशमा आन्तरिक पर्यटक करिब ६ लाख पर्यटक भित्रिरहेको पाएका छौँ। अहिले नेपालमा १० लाख बाह्य पर्यटक आए, त्यसको ४० प्रतिशत पोखरामा आएका छन्। त्यसकारण अहिले हाम्रो प्रदेशमा आन्तरिक र बाह्य पर्यटक १० लाख पर्यटक भित्र्याउँदै छ। अब हामीले ४ वर्षभित्रमा अर्को १० लाख भित्र्याउने लक्ष्य राखेका छौँ। महत्वाकांक्षी लाग्न सक्छ। तर, हामीले विश्वास गरेका छौँ।

२०२२ सम्म १० लाख पर्यटक यहाँ भित्र्याउने लक्ष्य राखेका छौँ। पर्यटक भित्र्याउने कुरा हाम्रो आन्तरिक कुरासँग जोडिएको छ। त्यसैले फेवाताल, पार्क, सडक, ट्राफिक व्यवस्थापन, शान्ति सुव्यवस्था कायम गर्ने कुरामा हामी गम्भीर भएर लागेका छौँ। 

पोखरालाई पर्यटनको राजधानी बनाउन गण्डकी प्रदेश सरकारले पोखरा महानगरसँग मिलेर काम गर्नेछ। 

पोखरामा अहिले सबै प्रकारको खेल खेल्न मिल्ने गरी अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना अघि सारेका छौँ। यसका लागि केही दिनअघि मात्रै चाइनिज कम्पनीले फिल्ड भिजिट गरिसकेको छ। प्रदेश सरकारले त्यसमा समन्वय गर्न केन्द्रीय सरकारसँग माग गरिसकेको छ। पुसको अन्त्यतिर बहुउद्देश्यीय खेलमैदान गर्न चाइनासँग सहमति गर्दैछौँ। त्यसले पनि यहाँ पर्यटकको संख्या भित्र्याउने कुरामा ढुक्क छौँ। 

सबै कुराले सम्पन्न राजधानीमा ३ सय ६५ दिनै कन्फ्रेन्स भइरहने खालको कमसेकम एकैचोटि ३/४ हजार अटाउन सक्ने अन्तर्राष्ट्रिय सभागृह बनाउन योजना बनाएका छौँ। यसका लागि लगानीकर्ता खाजिरहेका छौँ। निजी कम्पनीसँग कुरा गरिराखेका छौँ। 

पोखरासँग जोडिएका स्याटलाइट गाउँलाई स्मार्ट गाउँ बनाउने तर्खरमा छौँ। होमस्टे छन्, तिनीहरुलाई छानेर स्मार्ट होमस्टे बनाउन आगामी वर्ष बजेट छुट्टयाउनेछौँ।

बाह्य मुलुकको शक्ति र निजी क्षेत्रले लगानी गर्न चासो देखाएन भने गण्डकी प्रदेशले पोखरा महानगरसँग मिलेर आफैं बनाउँछौँ। पोखरामा एउटा राम्रो जमिन खोजिरहेका छौँ। त्यहाँ हामीले बहुसांस्कृतिक ग्राम बनाउने छौँ। त्यो ग्राममा नेपालमा पाइने सबै जातजातिको घर हुने छ। त्यहाँ हामीले ठूलो कल्चरल हल हुनेछ।

पोखरासँग जोडिएका स्याटलाइट गाउँलाई स्मार्ट गाउँ बनाउने तर्खरमा छौँ। होमस्टे छन्, तिनीहरुलाई छानेर स्मार्ट होमस्टे बनाउन आगामी वर्ष बजेट छुट्टयाउने छौँ। ४ वर्षभित्र ती होमस्टेबाट गण्डकी प्रदेशको पर्यटनमा थप विकास गर्ने छौँ। यसले यहाँको गरिबी घटाउने छ।

हाम्रो देशमा उद्योग, कलकारखानाको विकास नभई सकेका कारणले करको दायरा पनि सानै छ। हामी गरिब छौँ। आम्दानीका हिसाबले कमजोर छौँ। जुन सरकारको आर्थिक आम्दानी कम हुन्छ, निश्चित रुपमा त्यो ठाउँमा निजी क्षेत्रको लगानी धेरै भित्र्याउनुपर्छ। 

त्यसकारण प्रदेश सरकारले जुन क्षेत्रमा लगानी हुने सम्भावना हुन्छ, त्यो क्षेत्र चुनेर हामीले विकास गरिरहेका छौँ। पर्यटन नै गण्डकीको आर्थिक आम्दानीको मुख्य आधार हो। 

हामीलाई प्रकृति र संस्कृतिले धेरै साथ दिएको छ। त्यसैले यहाँको मुख्य आर्थिक स्रोत कृषि होइन, उद्योग होइन, ऊर्जाको क्षेत्र होइन। पर्यटन नै हो भनेका छौँ। किनभने यसले रोजगारको अवस्था सिर्जना गर्न सक्छ र गरिबी निवारणमा सहयोग पुर्‍याउन सक्छ।

(पोखरामा शुक्रबारदेखि सुरु भएको २०औं सडक महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राखेको मन्तव्यको सम्पादित अंश। प्रस्तुति : विकास रोकामगर)

प्रकाशित मिति: शनिबार, पुस १४, २०७५  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्