मैले आफ्ना जीवनका भोगाइलाई बुझ्दै के सिकेँ भने मचाहिँ राष्ट्रवादी होइन रहेछु। जेजे धारणाका आधारमा कोही राष्ट्रवादी हुन्छ, त्यस्तो हुन सकिनँ। जस्तो जुनबेला म राष्ट्रवादी थिएँ, त्यसबेला २/३ राजनीतिक पाठशालाको आधारमा मलाई राष्ट्रवादी बनायो।
नेपाली कांग्रेस, राजा र राजाहरुको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो। आफ्नो भाग्यको निर्माता आफैं हुन्छ। राजतन्त्रमा के हुन्छ? भावीले छैटौंमा लेखिदिएको हुन्छ। तिमी राजा हुने या नहुने तर गणतन्त्र फरक कुरा हो। अहिले यो जुन राष्ट्रवाद छ। यो गणतन्त्रसँग मिल्दैन। सर्वदलीय कुरा हो। राजतन्त्रमा केही यस्ता मूल्य हुन्छन्, जस्मा प्रश्न उठाउन पाइँदैन। राजा संविधान र कानुनभन्दा माथि हुन्छ। सबै जनता उसको मुनि हुन्छन्। राष्ट्रवाद पनि लगभग त्यस्तै छ।
राष्ट्रवादमाथि प्रश्न उठाउनु सबैभन्दा गाह्रो हुन्छ। एक किसिमले यो वर्जित विषय हो। प्रश्न गर्न, विवाद गर्न, विमति जनाउनका निम्ति यो वर्जित विषय हो। राष्ट्रवाद नश्लसँग जोडिन्छ। इतिहासैभरि सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन्। समकालीन विश्वको कुरा गर्ने हो भने ट्रम्प नश्लवादी हुन्। ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी हो।
मोदी नश्लवादी राष्ट्रवादी हुन्। राष्ट्रवादले शत्रु खोज्छ। मोदीको राष्ट्रवादले २ वटा शत्रुको रचना गरेको छ। एउटा मुस्लिम र अर्को पाकिस्तान।नेपालको कुरा गर्ने हो भने कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी नै हो। यो नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन शत्रुको निर्माण गरेको छ। ओलीले एउटा भारतीय विस्तारवाद र अर्को मधेसीलाई शत्रु बनाएका छन्।
नश्लवादीय राष्ट्रवादमा वर्ण के हो? भाषा के हो? धर्म के हो? भूगोल के हो भन्ने आधारमा कोही श्रेष्ठ हुन्छ, कोही तुच्छ हुन्छ। खसआर्य, पहाड भाषी, नेपाली भाषी, हिन्दु धर्म मान्ने श्रेष्ठ। थारु, मधेसी र महिलासमेत पनि तिनीहरु तुच्छ हुन्। आफूलाई श्रेष्ठ देखाउन पहिले तुच्छ चिजको निर्माण गर्नुपर्छ। त्यसैले ओली नश्लवादी राष्ट्रवादी हुन्।
संविधान निर्माण प्रक्रिया जुन छ, यो बिलकुल नश्लवादी छ। नेपाल त विविधतायुक्त देश हो। धेरै जाति, धार्मिक सम्प्रदाय, भाषिक सम्प्रदायहरु छन्। लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो।
अर्को कुरा राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ तर सारमा यो विखण्डनकारी छ। राष्ट्रवादले आफ्नै बन्धुहरुलाई राज्यको वृत्तबाट टाढा राख्छ। त्यसले विखण्डन गर्छ। जस्तो संविधान निर्माण प्रक्रियाबारे अलिकति चर्चा गरौं – संविधान कसरी बन्यो?
एकथरी जात अथवा नश्लले अर्को जातमाथि हिंसा थोपार्दै रगतको खोलो बगाएर संविधान बनेको थियो। पृष्ठभूमिमा भूकम्प थियो। यो भूकम्पले हल्लिएको नेपाल थियो। फास्टट्र्याक भनियो। संविधान निर्माणका नाममा अन्तरिम संविधानमा जेजे विधि थिए सबै उल्लंघन गरिए, पाखा पारियो।
बाँकी यो संविधान निर्माण ज्यादतीको बीचमा भएको छ। मुख्य २ घटना उल्लेख गर्न चाहन्छु।
टीकापुर घटना घट्यो। त्यहाँ अखण्डको नारा थियो। एउटा नश्लले अखण्डको नारा थारुहरुको समानताको आकांक्षा, तिनिहरुको समानताको दाबीलाई उपेक्षित र किनारा लगाउँदै अखण्डको नारा ल्याइयो। त्यो घटनामा केही प्रहरी अफिसर मारिए, केही जवान मारिए। एउटा बालक मारियो। यी जोजो मारिए सबै पहाडी थिए।
उक्त घटनापछि थारु समुदायमाथि राज्यले हिंसा थोपर्यो। तिनका पसल लुटिए, घरमा आगो लगाइयो, महिलालाई अपमान गरियो। तर काठमाडौंबाट के देख्यौं भने त्यहाँ जो मारिए ती श्रेष्ठ थिए। पहाडी श्रेष्ठ थिए त्यसैले सम्पूर्ण मिडियाका निम्ति समाचार त्यही बन्यो। थारुमाथि परेको हिंसाको चर्चा कहीँ गरिएन। किनभने त्यो थारु थियो, खस आर्य थिएन। नेपाली भाषी होइन। सनातन शासकवर्गको सदस्य समुदाय पनि होइन।
‘हाम्रा साना दु:खले आर्ज्याको मुलुक होइन’ भन्ने छ। त्यसमा हाम्रा भनेको कसका? ती भनेका राणाका हुन्। शाहजीका हुन्। पुर्खा त हाम्रा पनि थिए। मधेसी, थारुका पनि पुर्खा थिए। तर राज्य कल्ले बनायो त भन्दा तिनले बनाए जसको हातमा सत्ता थियो।
मधेसको कुरा गर्नुस्। संविधान निर्माण भइरहेकै बेला मधेसी नेतृत्वका केही असहमति थिए। अन्तरिम संविधानका जेजति स्थापित मानक र मापदण्डहरु छन्। त्यसको आधारमा आग्रह र दाबी थियो। तर त्यस्तो भएन। एउटा नश्लले संविधान निर्माण गर्यो। मधेस बाहिर पर्यो। संविधान निर्माण प्रक्रियामा त्यसलाई संलग्न गराइएन। फलस्वरुप असमति राख्ने झन्डै ६० जना मधेसी नागरिक मारिए।
अहिलेको संविधान ती ६० जना मधेसीको रगतले लतपतिएको छ। संघीय संविधानको प्रयोजन ऐतिहासिक दृष्टिकोणले राजनीतिक अवसरबाट पाखा परेका, वञ्चित भएका, अपमानित भएकाहरुलाई संविधानको खोलभित्र ल्याउनु भन्ने हो। त्यसले समावेशिताको कल्पना गरेको थियो। संविधानले के गर्यो भन्दा समावेशिताको विरुद्ध एउटा ठूलो जनसंख्यालाई निर्णय प्रक्रियाभन्दा बाहिर पुर्यायो।
त्यसैले संविधान निर्माण प्रक्रिया जुन छ, यो बिलकुल नश्लवादी छ। नेपाल त विविधतायुक्त देश हो। धेरै जाति, धार्मिक सम्प्रदाय, भाषिक सम्प्रदायहरु छन्। लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो।
राष्ट्रवाद अतितमुखी हुन्छ। यसले भविष्यको कल्पना गर्दैन। यसमा अतितका कुरालाई गौरवगान गरिन्छ। जस्तो असली हिन्दुस्ताना। पृथ्वीनारायणले यस भेगका भूगोलका टुक्राहरु जोडेपछि ल्याएको एउटा नारा थियो त्यो। हिन्दुत्वलाई राज्यको एउटा धर्म बनाइयो। त्यसैलाई देशको पहिचान बनाइयो। हिन्दुबाहेक जो थिए, तिनीहरु त्यसैबेलादेखि बहिष्करणमा परेका हुन्।
‘हाम्रा साना दु:खले आर्ज्याको मुलुक होइन’ भन्ने छ। त्यसमा हाम्रा भनेको कसका? ती भनेका राणाका हुन्। शाहजीका हुन्। पुर्खा त हाम्रा पनि थिए। मधेसी, थारुका पनि पुर्खा थिए। तर राज्य कल्ले बनायो त भन्दा तिनले बनाए जसको हातमा सत्ता थियो। परम्परा थियो। वर्चश्व थियो। उनीहरुको बन्दुक थियो।
जुनबेला संविधान निर्माण भइरहेको थियो। त्यतिबेला सिंगो मिडिया सत्तामा विलिन भएको थियो। मिडिया यति भयानक राष्ट्रवाद भएको थियो कि टनकपुरमा पहाडी मर्दा तिनीहरुको श्रेष्ठता गाइदियो।
कत्रा दुख्खले आर्ज्याको मुलुक भन्दा कस्तो लाग्छ भने पृथ्वीनारायण शाह ती नायक हुन्, जो सारा जमिन र वन फाँड्दै, बस्ती मास्दै आएका हुन्। सबै तिनले गरेका हुन्। बाँकी अरुका पुर्खा त्यसबेला के जुम्रा मारेर बसिरहेका थिए? मदिरापान गरेर लठ्ठिएका थिए? अथवा कुभ्मकर्ण जस्तो के तिनीहरु ६ महिनाको निद्रामा थिए?
नेपाललाई बहुजातीय देश भनिन्छ। प्रत्येक जातिले यो देश निर्माणमा आआफ्नै योगदान छन्। तिनका योगदानका मात्रा र प्रकृति होलान्। तर मधेस आवाज गरेको पहाडीले हो? होइन उनीहरुले नै हो। नेपालको सबैभन्दा आदिवासी भन्न लायक त थारु नै हुन्। तिनले पनि नेपालको इतिहास, संस्कृति र सभ्यता निर्माणमा योगदान छ। त्यसले यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, एउटा भाषा, एउटा धर्मलाई श्रेष्ठ ठानियो। अन्यको योगदानलाई भने उपेक्षा गरियो।
राष्ट्रवादले भन्छ– साम्राज्य हारे, हारेन शान हाम्रो। कुनकुन साम्राज्य कसरी हार्यो? शान कसरी हारेन? आफ्नो काल्पनिक श्रेष्ठता स्थापित गर्न यी चिजहरु बनाइए। केही मिथकहरु रचना गरिए। केही प्रतीकहरु निर्माण गरिए। त्यसको आधारमा एउटा श्रेष्ठ भयो र अर्को भएन। एउटालाई श्रेष्ठ मानिनको निम्ति बाँकीलाई अश्रेष्ठको दर्जामा राखियो।
देशप्रेम फरक कुरा हो। राष्ट्रवाद र देशप्रेम दुवै फरक कुरा हुन्। देशको एउटा भूगोलभित्र जन्मिन्छ। त्यहाँको माटो टेकिन्छ। आमाको दूध चुसिन्छ। कसैले दोर्याएर आँगनको पल्लो छेउमा पुर्याइदिन्छ। कसैले जंघारमा डुंगाले तारिदिन्छ। त्यो परिवेश र संस्कृतिले एउटा सम्बन्धको निर्माण गर्छ। त्यसमा आमालाई जन्माउने आमाप्रति सबैको ममता हुन्छ। आफूले टेकेको माटोको माया लाग्छ। त्यो भूमि, जसले अन्न दिन्छ। त्यो आकाश, जसले हावा दियो। त्यो प्रकृति, जसले सौन्दर्यचेतनाको निर्माण गरिदियो। त्यसप्रति स्वाभाविक ममता र अपनत्व हुन्छ।
महेन्द्र शासनको जगजगी भएकै बेला पढेँ, त्यही पढाएँ। ममा राष्ट्रवाद पनि त्यही बेला सुरु भयो। इतिहासले मलाई मधेसीलाई धोती भन्न, बिहारी भन्न सिकायो।
त्यो अपनत्व र ममताको कृतज्ञतामा नागरिकले आफ्नो देश र समाजका लागि केही न केही चेष्टा गर्छ। देशप्रेम ममतापूर्ण हुन्छ। कृतज्ञतापूर्ण हुन्छ। यो नश्लीय छैन, विभाजन गर्दैन। यो श्रेष्ठ र अर्को तुच्छ भन्ने हुँदैन। भूगोलको चौबन्दीभित्र जो बसेका हुन्छ, ती सबैलाई माटोको माया हुन्छ। मलाई पनि माटोको माया छ। देशप्रेम विभेदकारी हुँदैन।
जुनबेला संविधान निर्माण भइरहेको थियो। त्यतिबेला सिंगो मिडिया सत्तामा विलिन भएको थियो। मिडिया यति भयानक राष्ट्रवाद भएको थियो कि राष्ट्रवादका जो नायक हुन्, उत्पाति, वित्पाति बनाइरहेको थियो। मिडियाले टनकपुरमा पहाडी मर्दा तिनीहरुको श्रेष्ठता गाइदियो। ती घटनालाई मिडियाले यसरी प्रस्तुत गर्यो मानौं, संविधान निर्माण प्रक्रियामा मधेस मारिनु गौरव र पौरखको कुरा हो। त्यस्तो हुनुमा सनातनी दृष्टिकोणले हेर्दा यो देश खसआर्यले बनाएकाले हो। उनीअरुको एकलौटी शासन भएकाले हो।
महेन्द्र शासनको जगजगी भएकै बेला पढेँ, त्यही पढाएँ। ममा राष्ट्रवाद पनि त्यही बेला सुरु भयो। इतिहासले मलाई मधेसीलाई धोती भन्न, बिहारी भन्न सिकायो। हामी वीर पृथ्वीनारायणका सन्तान हौं। मधिसेहरु कायर हुन्। राष्ट्रवादको कुरा पर राखेर तिनीलाई मान्छे मान्न पनि तयार थिएन। अहिलेको संविधान त अपराधिक दस्तावेजका रुपमा दर्ता गरिएको छ।
हामी फरक जातजाति छौं त्यसैले देश संघीयतामा गयो। यो राष्ट्रवादले त्यसको सारतत्व झिकिदियो। संविधान प्राविधिक बन्यो, त्यो सबैको साझा बनेन। यो परिस्थिति राष्ट्रवादले निर्माण गरेको हो। राष्ट्रवाद जो नश्लीय प्रकृतिको छ। कसैले कसैलाई विभेद नगरीकन, घृणा नगरीकन राष्ट्रवाद हुँदैन।
[पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा 'म किन राष्ट्रवादी होइन?' शीर्षकमा लेखक खगेन्द्र संग्रौलाले दिएको मन्तव्यको सम्पादित अंश। प्रस्तुति : विकास रोकामगर]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।