• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको नश्लवादी राष्ट्रवादले मधेसीलाई शत्रु बनाएको छ

64x64
नेपाल लाइभ मंगलबार, पुस १०, २०७५  १६:५३
1140x725

मैले आफ्ना जीवनका भोगाइलाई बुझ्दै के सिकेँ भने मचाहिँ राष्ट्रवादी होइन रहेछु। जेजे धारणाका आधारमा कोही राष्ट्रवादी हुन्छ, त्यस्तो हुन सकिनँ। जस्तो जुनबेला म राष्ट्रवादी थिएँ, त्यसबेला २/३ राजनीतिक पाठशालाको आधारमा मलाई राष्ट्रवादी बनायो। 

नेपाली कांग्रेस, राजा र राजाहरुको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो। आफ्नो भाग्यको निर्माता आफैं हुन्छ। राजतन्त्रमा के हुन्छ? भावीले छैटौंमा लेखिदिएको हुन्छ। तिमी राजा हुने या नहुने तर गणतन्त्र फरक कुरा हो। अहिले यो जुन राष्ट्रवाद छ। यो गणतन्त्रसँग मिल्दैन। सर्वदलीय कुरा हो। राजतन्त्रमा केही यस्ता मूल्य हुन्छन्, जस्मा प्रश्न उठाउन पाइँदैन। राजा संविधान र कानुनभन्दा माथि हुन्छ। सबै जनता उसको मुनि हुन्छन्। राष्ट्रवाद पनि लगभग त्यस्तै छ। 

राष्ट्रवादमाथि प्रश्न उठाउनु सबैभन्दा गाह्रो हुन्छ। एक किसिमले यो वर्जित विषय हो। प्रश्न गर्न, विवाद गर्न, विमति जनाउनका निम्ति यो वर्जित विषय हो। राष्ट्रवाद नश्लसँग जोडिन्छ। इतिहासैभरि सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन्। समकालीन विश्वको कुरा गर्ने हो भने ट्रम्प नश्लवादी हुन्। ट्रम्पको राष्ट्रवाद अश्वेत विरोधी, आप्रवासी विरोधी, महिला विरोधी हो।

मोदी नश्लवादी राष्ट्रवादी हुन्। राष्ट्रवादले शत्रु खोज्छ। मोदीको राष्ट्रवादले २ वटा शत्रुको रचना गरेको छ। एउटा मुस्लिम र अर्को पाकिस्तान। नेपालको कुरा गर्ने हो भने कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी नै हो। यो नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन शत्रुको निर्माण गरेको छ। ओलीले एउटा भारतीय विस्तारवाद र अर्को मधेसीलाई शत्रु बनाएका छन्।

नश्लवादीय राष्ट्रवादमा वर्ण के हो? भाषा के हो? धर्म के हो? भूगोल के हो भन्ने आधारमा कोही श्रेष्ठ हुन्छ, कोही तुच्छ हुन्छ। खसआर्य, पहाड भाषी, नेपाली भाषी, हिन्दु धर्म मान्ने श्रेष्ठ। थारु, मधेसी र महिलासमेत पनि तिनीहरु तुच्छ हुन्। आफूलाई श्रेष्ठ देखाउन पहिले तुच्छ चिजको निर्माण गर्नुपर्छ। त्यसैले ओली नश्लवादी राष्ट्रवादी हुन्। 

संविधान निर्माण प्रक्रिया जुन छ, यो बिलकुल नश्लवादी छ। नेपाल त विविधतायुक्त देश हो। धेरै जाति, धार्मिक सम्प्रदाय, भाषिक सम्प्रदायहरु छन्। लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो। 

अर्को कुरा राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ तर सारमा यो विखण्डनकारी छ। राष्ट्रवादले आफ्नै बन्धुहरुलाई राज्यको वृत्तबाट टाढा राख्छ। त्यसले विखण्डन गर्छ। जस्तो संविधान निर्माण प्रक्रियाबारे अलिकति चर्चा गरौं – संविधान कसरी बन्यो?

एकथरी जात अथवा नश्लले अर्को जातमाथि हिंसा थोपार्दै रगतको खोलो बगाएर संविधान बनेको थियो। पृष्ठभूमिमा भूकम्प थियो। यो भूकम्पले हल्लिएको नेपाल थियो। फास्टट्र्याक भनियो। संविधान निर्माणका नाममा अन्तरिम संविधानमा जेजे विधि थिए सबै उल्लंघन गरिए, पाखा पारियो।

nimb
nimb
Ncell 2
Ncell 2

बाँकी यो संविधान निर्माण ज्यादतीको बीचमा भएको छ। मुख्य २ घटना उल्लेख गर्न चाहन्छु।

टीकापुर घटना घट्यो। त्यहाँ अखण्डको नारा थियो। एउटा नश्लले अखण्डको नारा थारुहरुको समानताको आकांक्षा, तिनिहरुको समानताको दाबीलाई उपेक्षित र किनारा लगाउँदै अखण्डको नारा ल्याइयो। त्यो घटनामा केही प्रहरी अफिसर मारिए, केही जवान मारिए। एउटा बालक मारियो। यी जोजो मारिए सबै पहाडी थिए।

उक्त घटनापछि थारु समुदायमाथि राज्यले हिंसा थोपर्‍यो। तिनका पसल लुटिए, घरमा आगो लगाइयो, महिलालाई अपमान गरियो। तर काठमाडौंबाट के देख्यौं भने त्यहाँ जो मारिए ती श्रेष्ठ थिए। पहाडी श्रेष्ठ थिए त्यसैले सम्पूर्ण मिडियाका निम्ति समाचार त्यही बन्यो। थारुमाथि परेको हिंसाको चर्चा कहीँ गरिएन। किनभने त्यो थारु थियो, खस आर्य थिएन। नेपाली भाषी होइन। सनातन शासकवर्गको सदस्य समुदाय पनि होइन। 

‘हाम्रा साना दु:खले आर्ज्याको मुलुक होइन’ भन्ने छ। त्यसमा हाम्रा भनेको कसका? ती भनेका राणाका हुन्। शाहजीका हुन्। पुर्खा त हाम्रा पनि थिए। मधेसी, थारुका पनि पुर्खा थिए। तर राज्य कल्ले बनायो त भन्दा तिनले बनाए जसको हातमा सत्ता थियो।

मधेसको कुरा गर्नुस्। संविधान निर्माण भइरहेकै बेला मधेसी नेतृत्वका केही असहमति थिए। अन्तरिम संविधानका जेजति स्थापित मानक र मापदण्डहरु छन्। त्यसको आधारमा आग्रह र दाबी थियो। तर त्यस्तो भएन। एउटा नश्लले संविधान निर्माण गर्‍यो। मधेस बाहिर पर्‍यो। संविधान निर्माण प्रक्रियामा त्यसलाई संलग्न गराइएन। फलस्वरुप असमति राख्ने झन्डै ६० जना मधेसी नागरिक मारिए।

अहिलेको संविधान ती ६० जना मधेसीको रगतले लतपतिएको छ। संघीय संविधानको प्रयोजन ऐतिहासिक दृष्टिकोणले राजनीतिक अवसरबाट पाखा परेका, वञ्चित भएका, अपमानित भएकाहरुलाई संविधानको खोलभित्र ल्याउनु भन्ने हो। त्यसले समावेशिताको कल्पना गरेको थियो। संविधानले के गर्‍यो भन्दा समावेशिताको विरुद्ध एउटा ठूलो जनसंख्यालाई निर्णय प्रक्रियाभन्दा बाहिर पुर्‍यायो।

त्यसैले संविधान निर्माण प्रक्रिया जुन छ, यो बिलकुल नश्लवादी छ। नेपाल त विविधतायुक्त देश हो। धेरै जाति, धार्मिक सम्प्रदाय, भाषिक सम्प्रदायहरु छन्। लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो। 

राष्ट्रवाद अतितमुखी हुन्छ। यसले भविष्यको कल्पना गर्दैन। यसमा अतितका कुरालाई गौरवगान गरिन्छ। जस्तो असली हिन्दुस्ताना। पृथ्वीनारायणले यस भेगका भूगोलका टुक्राहरु जोडेपछि ल्याएको एउटा नारा थियो त्यो। हिन्दुत्वलाई राज्यको एउटा धर्म बनाइयो। त्यसैलाई देशको पहिचान बनाइयो। हिन्दुबाहेक जो थिए, तिनीहरु त्यसैबेलादेखि बहिष्करणमा परेका हुन्। 

‘हाम्रा साना दु:खले आर्ज्याको मुलुक होइन’ भन्ने छ। त्यसमा हाम्रा भनेको कसका? ती भनेका राणाका हुन्। शाहजीका हुन्। पुर्खा त हाम्रा पनि थिए। मधेसी, थारुका पनि पुर्खा थिए। तर राज्य कल्ले बनायो त भन्दा तिनले बनाए जसको हातमा सत्ता थियो। परम्परा थियो। वर्चश्व थियो। उनीहरुको बन्दुक थियो। 

जुनबेला संविधान निर्माण भइरहेको थियो। त्यतिबेला सिंगो मिडिया सत्तामा विलिन भएको थियो। मिडिया यति भयानक राष्ट्रवाद भएको थियो कि टनकपुरमा पहाडी मर्दा तिनीहरुको श्रेष्ठता गाइदियो।

कत्रा दुख्खले आर्ज्याको मुलुक भन्दा कस्तो लाग्छ भने पृथ्वीनारायण शाह ती नायक हुन्, जो सारा जमिन र वन फाँड्दै, बस्ती मास्दै आएका हुन्। सबै तिनले गरेका हुन्। बाँकी अरुका पुर्खा त्यसबेला के जुम्रा मारेर बसिरहेका थिए? मदिरापान गरेर लठ्ठिएका थिए? अथवा कुभ्मकर्ण जस्तो के तिनीहरु ६ महिनाको निद्रामा थिए? 

नेपाललाई बहुजातीय देश भनिन्छ। प्रत्येक जातिले यो देश निर्माणमा आआफ्नै योगदान छन्। तिनका योगदानका मात्रा र प्रकृति होलान्। तर मधेस आवाज गरेको पहाडीले हो? होइन उनीहरुले नै हो। नेपालको सबैभन्दा आदिवासी भन्न लायक त थारु नै हुन्। तिनले पनि नेपालको इतिहास, संस्कृति र सभ्यता निर्माणमा योगदान छ। त्यसले यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, एउटा भाषा, एउटा धर्मलाई श्रेष्ठ ठानियो। अन्यको योगदानलाई भने उपेक्षा गरियो। 

राष्ट्रवादले भन्छ– साम्राज्य हारे, हारेन शान हाम्रो। कुनकुन साम्राज्य कसरी हार्‍यो? शान कसरी हारेन? आफ्नो काल्पनिक श्रेष्ठता स्थापित गर्न यी चिजहरु बनाइए। केही मिथकहरु रचना गरिए। केही प्रतीकहरु निर्माण गरिए। त्यसको आधारमा एउटा श्रेष्ठ भयो र अर्को भएन। एउटालाई श्रेष्ठ मानिनको निम्ति बाँकीलाई अश्रेष्ठको दर्जामा राखियो। 

देशप्रेम फरक कुरा हो। राष्ट्रवाद र देशप्रेम दुवै फरक कुरा हुन्। देशको एउटा भूगोलभित्र जन्मिन्छ। त्यहाँको माटो टेकिन्छ। आमाको दूध चुसिन्छ। कसैले दोर्‍याएर आँगनको पल्लो छेउमा पुर्‍याइदिन्छ। कसैले जंघारमा डुंगाले तारिदिन्छ। त्यो परिवेश र संस्कृतिले एउटा सम्बन्धको निर्माण गर्छ। त्यसमा आमालाई जन्माउने आमाप्रति सबैको ममता हुन्छ। आफूले टेकेको माटोको माया लाग्छ। त्यो भूमि, जसले अन्न दिन्छ। त्यो आकाश, जसले हावा दियो। त्यो प्रकृति, जसले सौन्दर्यचेतनाको निर्माण गरिदियो। त्यसप्रति स्वाभाविक ममता र अपनत्व हुन्छ। 

महेन्द्र शासनको जगजगी भएकै बेला पढेँ, त्यही पढाएँ। ममा राष्ट्रवाद पनि त्यही बेला सुरु भयो। इतिहासले मलाई मधेसीलाई धोती भन्न, बिहारी भन्न सिकायो।

त्यो अपनत्व र ममताको कृतज्ञतामा नागरिकले आफ्नो देश र समाजका लागि केही न केही चेष्टा गर्छ। देशप्रेम ममतापूर्ण हुन्छ। कृतज्ञतापूर्ण हुन्छ। यो नश्लीय छैन, विभाजन गर्दैन। यो श्रेष्ठ र अर्को तुच्छ भन्ने हुँदैन। भूगोलको चौबन्दीभित्र जो बसेका हुन्छ, ती सबैलाई माटोको माया हुन्छ। मलाई पनि माटोको माया छ। देशप्रेम विभेदकारी हुँदैन। 

जुनबेला संविधान निर्माण भइरहेको थियो। त्यतिबेला सिंगो मिडिया सत्तामा विलिन भएको थियो। मिडिया यति भयानक राष्ट्रवाद भएको थियो कि राष्ट्रवादका जो नायक हुन्, उत्पाति, वित्पाति बनाइरहेको थियो। मिडियाले टनकपुरमा पहाडी मर्दा तिनीहरुको श्रेष्ठता गाइदियो। ती घटनालाई मिडियाले यसरी प्रस्तुत गर्‍यो मानौं, संविधान निर्माण प्रक्रियामा मधेस मारिनु गौरव र पौरखको कुरा हो। त्यस्तो हुनुमा सनातनी दृष्टिकोणले हेर्दा यो देश खसआर्यले बनाएकाले हो। उनीअरुको एकलौटी शासन भएकाले हो।

महेन्द्र शासनको जगजगी भएकै बेला पढेँ, त्यही पढाएँ। ममा राष्ट्रवाद पनि त्यही बेला सुरु भयो। इतिहासले मलाई मधेसीलाई धोती भन्न, बिहारी भन्न सिकायो। हामी वीर पृथ्वीनारायणका सन्तान हौं। मधिसेहरु कायर हुन्। राष्ट्रवादको कुरा पर राखेर तिनीलाई मान्छे मान्न पनि तयार थिएन। अहिलेको संविधान त अपराधिक दस्तावेजका रुपमा दर्ता गरिएको छ।

हामी फरक जातजाति छौं त्यसैले देश संघीयतामा गयो। यो राष्ट्रवादले त्यसको सारतत्व झिकिदियो। संविधान प्राविधिक बन्यो, त्यो सबैको साझा बनेन। यो परिस्थिति राष्ट्रवादले निर्माण गरेको हो। राष्ट्रवाद जो नश्लीय प्रकृतिको छ। कसैले कसैलाई विभेद नगरीकन, घृणा नगरीकन राष्ट्रवाद हुँदैन।

[पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा 'म किन राष्ट्रवादी होइन?' शीर्षकमा लेखक खगेन्द्र संग्रौलाले दिएको मन्तव्यको सम्पादित अंश। प्रस्तुति : विकास रोकामगर]

प्रकाशित मिति: मंगलबार, पुस १०, २०७५  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्