• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अझै ‘सर’ भन्नु र?

64x64
नेपाल लाइभ आइतबार, पुस ८, २०७५  १२:०९
1140x725

यसपालीको फल ट्रेमेस्टर (सेप्टेम्बर महिनादेखि सुरु हुने चार महिनाको सेमेस्टर) मा आफ्नै छनोटको ‘मिडिया एथिक्स्’ विषय क्यानडाको ओटावा विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीहरुलाई पढाउनुपर्ने थियो। प्रोफेसर मार्क लेविस मेरा पाठ्यक्रम निर्देशक थिए। त्यसैले उनीसँग मेरो कोर्सको विषयवस्तु र कक्षाका गतिविधिका बारेमा नियमित इमेल आदानप्रदान हुन्थ्यो। इमेलमा प्रायः प्रोफ. मार्क भनेर सम्बोधन गर्ने गर्थें, एक दिन झुक्किएर ‘सर’ भनेर लेखेछु।

तब उनले ‘मलाई सर भनेकोमा लज्जाबोध भयो। तिमीले सर भनेर मेरो मानमर्दन गर्न नखोज। म सर भएको छुइँन र यो जुनीमा त्यो हैसियतमा पुग्ने योग्यता पनि राख्दिनँ। अब आइन्दा यस्तो नलेख्नु है’ भन्ने आसयको दुई अनुच्छेद लामो इमेल पठाए। इमेलको अन्त्यमा ‘डु नट फिल अदरवाइज’ (अन्यथा नमान्नु है) भनेर फेरि अंग्रेजीको क्यापिटल लेटरमा मलाई नै सर (एसआइआर) लेखेर पठाएछन्।

अर्को दिन फोन गरेर सानो बैठक गरौं न भनेर उनैले बोलाए। भेटेपछि फेरि ‘सर किन भनेको अब नभन्नू’ भन्ने विषयले आधाभन्दा बढी समय खायो। मलाई गलत शब्द प्रयोग गरिएको कुराले ग्लानि भइरह्यो। कुनै अंग्रेजी मातृभाषीले सर शब्द प्रयोग नगर्नु भनेर मलाई सम्झाएको यो पहिलो पटक थिएन। दुई वर्षअघि मेरा पिएचडीका सुपरभाइजर प्रोफेसर ड्यानिएलले सर नभन्नु भनेर चेतावनी नै दिएका थिए। कसो विद्यार्थी र सुपरभाइजरको सम्बन्ध नै धराप परेन!

तर कुइरेका देशमा सर शब्द भन्दै नभनिने भने होइन। सार्वजनिक यातायातमा पैसा तिर्न वा टिकट देखाउन भुल्यो भने ड्राइभरले ‘सर, पे हिअर, प्लिज’ (महासय, कृपया यहाँ पैसा तिर्न सक्नुहुन्छ) भनेर सम्झाउँछन्। कतैकतै पसलमा क्रेता–बिक्रेताबीच सम्बन्धको अभाव भयो भने, काम गर्न आएका मजदुर र मालिकबीच नाम लिएर सम्बोधन गर्न सकिएन भने ‘सर’ शब्द फ्याट्ट उच्चारण गर्दछन्। यसरी सामान्य बोलीचालीमा आक्कलझुक्कल प्रयोग गरिने ‘सर’ शब्दले चिनजान नभएको पराया भन्ने अर्थ दिन्छ। नाम उच्चारण गरेर बोलाउनु उनीहरुका लागि सबैभन्दा इज्जतिलो सम्बोधन हो। चिट्ठीपत्रमा सम्बोधनका लागि ‘डिअर सर/म्याडम’ भन्ने चलन छ तर त्यो पनि पातलो हुँदैछ। अचेल ‘सर’को सट्टा सम्बन्धित व्यक्तिकै नाम लेखिन्छ, जस्तैः डिअर जोन।

‘सर’ शब्दको पृष्ठभूमि

कुनै विषयमा उत्कृष्ट योगदान गरेका व्यक्तिलाई सम्मान प्रकट गर्न बेलायतमा सर शब्दको प्रयोग गरिएको पाइन्छ। मानौं जंगबहादुर कुँवरलाई ‘राणा’ उपाधि दिएजस्तो। राणा शब्दलाई जंगबहादुरका सन्तानले थर नै बनाए तर सर शब्द सम्बन्धित व्यक्ति बाहेक उसका शाखासन्तानमा सर्दैन।

ल्याटिन भाषाको ‘सायर’ भन्ने शब्दबाट जर्मन, फ्रेन्च, स्पेनिस लगायत युरोपमा विभिन्न भाषामा आ–आफ्नै हिज्जे र उच्चारणमा ‘सर’ शब्दको प्रयोग हुन्छ। बेलायतमा सन् १२९७ मा सर्वप्रथम कुनै सैन्यअधिकारी वा रजौटालाई उसको केन्द्र सरकारप्रतिको बफादारी व्यक्त गर्न सर उपाधि दिएको देखिन्छ। बेलायतमा भौतिक विज्ञानमा अद्वितीय योगदान गरे बापत आइज्याक न्युटनलाई, पहिलो पटक सगरमाथा चढेका न्युजिल्यान्डका नागरिक एडमण्ड हिलारी, सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो भनेर पत्ता लगाउने बेलायती सर्भेयर जर्ज एभरेस्ट, दोस्रो विश्वयुद्धमा बेलायतलाई जिताउने भूमिका खेलेका तत्कालीन प्रधानमन्त्री विस्टन चर्चिललाई सर उपाधि दिइएको थियो।

कुनै विषयमा उत्कृष्ट योगदान गरेका व्यक्तिलाई सम्मान प्रकट गर्न बेलायतमा सर शब्दको प्रयोग गरिएको पाइन्छ। जंगबहादुर कुँवरलाई ‘राणा’ उपाधि दिएजस्तो। राणा शब्दलाई जंगबहादुरका सन्तानले थर नै बनाए तर सर शब्द सम्बन्धित व्यक्ति बाहेक उसका शाखासन्तानमा सर्दैन।

nimb
nimb
Ncell 2
Ncell 2

मध्यकालीन बेलायतमा वा बेलायतका औपनिवेशिक देशहरुमा नुनको सोझो गर्ने राजा रजौटा, सैनिक अधिकारी वा कुनै विशेष पराक्रम गरी बेयालतको मान बढाउने व्यक्तिहरुले सरको उपाधि पाएका छन्। अर्को शब्दमा कमनवेल्थ (इतिहासमा बेलायतका उपनिवेश भएका वा अहिले पनि बेलायती राजतन्त्रलाई मान्ने) राष्ट्रका नागरिकहरुले पाउने सर्वोच्च बेलायती मानपद्वी हो ‘सर'। भारतमा पनि इस्ट इन्डिया कम्पनीको रजगज हुँदा बेलायती उपनिवेशको अन्तर्गत रहेका एक सयभन्दा बढी बफादार रजौटा वा सेनापतिहरुलाई सर उपाधि दिइएको थियो जस्तैः हैदरावादका महाराजा किसन प्रसाद (सन् १८६४–१९४०), तत्कालीन अल इन्डिया मुस्लिम लिगका प्रमुख सुल्तान महम्मद साह (सन् १८७७–१९७), कानुन व्यवसायी बैया नरसिंहेश्वर शर्मा (सन् १८५७–१९३२) आदिले बेलायती शासनप्रति बफादार भएका कारणले सर उपाधि पाए। तर, स्वतन्त्र भारतका नेतृत्वकर्ता महात्मा गान्धी, जवाहरलाल नेहेरु वा सुवासचन्द बोस जस्ताले पाएनन् किनभने उनीहरु बेलायती साम्राज्यप्रति बफादार थिएनन्।

सर उपाधिप्राप्त व्यक्तिलाई उक्त शब्दको प्रयोग गर्दा पूरै नाम लेख्नु वा उच्चारण गर्नु पर्ने नियम छ, जस्तैः सर एडमन्ड हिलारी। अर्थात् सर एडमन्ड वा सर हिलारी मात्रै भनेर हुँदैन। सर शब्द पनि नामको अगाडि राख्नुपर्ने नियम छ। हामी त कसैको पहिलो नामका पछाडि सर लगाइदिन्छौं। यो त हाम्रो मौलिक पारा नै भइसक्यो।

नेपालमा ‘सर’को प्रयोग

अब यही शब्दलाई नेपाली परिप्रेक्ष्यमा हेरौं। हामीले साह्रै सानो हुँदा सिकेका थोरै अंग्रेजी शब्दहरुमध्ये ‘सर’ अग्रपंक्तिमा आउँछ। पहिलेपहिले केटाकेटीलाई तर्साउन ‘स्कुलमा हाल्दिएपछि सरले ठिक पार्छन्’ भनेर डर देखाउने गरिन्थ्यो। स्कुल जान थालेपछि ‘सर’ भनेको पढाउने शिक्षक भन्ने बुझिन थालियो तर माया गर्ने शिक्षक होइन, गडबड गरे भौतिक कारबाही गर्न सक्ने डरलाग्दो शिक्षक। अझै त्यो संस्कार परिवर्तन भएको छैन। अर्थात् ‘सर’ भनेको कसैलाई जबर्जस्ति अनुशासनमा राख्ने व्यक्ति हो।

नेपाली विद्यालयमा अहिले ‘सर’ शब्दले शिक्षक र ‘मिस’ वा ‘म्याडम’ (अझ म्या’म) ले गुरुआमा शब्दलाई लगभग विस्थापन गरेका छन्। परम्परादेखि चलिआएको संस्कृत शब्द ‘गुरु’ वा ‘गुरुआमा’ भनियो भने त भन्ने मान्छेलाई नै पाखेजस्तो ठानिन्छ। सहरतिर अचेल साथीभाइबीच आपसमा सम्बोधन गर्न ‘गुरु’ शब्द त प्रयोग हुन्छ तर त्यो अर्थपूर्ण र श्रद्धापूर्ण रुपमा होइन कि अंग्रेजीको ‘ड्युड’ (ए केटा हो) भन्ने शैलीमा। ‘गुरुजी’ भनियो भने त फेरि भाडाको गाडीको ड्राइभर बुझिन्छ। अर्थात् शिक्षकलाई सम्मान व्यक्त गर्नुपर्ने खास नेपाली शब्द गाडीवालाको कब्जामा पुगेको छ।

‘सर’ शब्दको आसय बुझाउने समकक्षी नेपाली शब्दहरु नभएको होइनन्, छन्, जस्तैः महासय, महोदय, श्रीमान्। तर यी शब्दहरु नेपाली भाषामा ज्यादै औपचारिक लाग्छन्। 'ए महासय, तपाईंले के गर्न खोजेको?' मानौं कसैंसँग निहुँ खोज्न प्रयोग गरिने शब्द जस्तो। महोदय शब्द लेखापढी वा साहित्यिक कार्यक्रममा चले पनि दैनन्दिन बोलिचालीमा खासै प्रयोग हुँदैन। श्रीमान् शब्द सम्बन्धका हिसाबले श्रीमतीको पेवा नै हो भने व्यवसायका हिसाबले वकिलहरुको। न्यायाधीशहरु महिला हुन् या पुरुष वकिलको नजरमा श्रीमान् भइहाले। महिला कानुन व्यावसायीहरुले अर्काका लोग्नेलाई न्यायाधीश भएकै आधारमा श्रीमान् भन्ने कि नभन्ने भनेर ठूलै बहस पनि भयो। त्यस विषयलाई अर्को लेखमा छलफल गरुँला। नेपाली लेखनमा श्रीमान्/श्रीमती/सुश्री राखेर व्यक्तिको मान बढाउने काम गरिन्छ। तर ती शब्दहरुले व्यक्तिको वैवाहिक अवस्था बुझाउने भएकाले श्री मात्रै लेख्ने चलन बाक्लिँदै छ। बृहत् नेपाली शब्दकोश (सातौं संस्करण, २०६७) ले श्री शब्दलाई ‘पुरुषका नामका अगाडि लगाइने शुभ वा आरसूचक शब्द’ भनी अर्थ्याएको छ। यस आधारमा ‘श्री’ले ‘सर’ शब्दलाई प्रतिस्थापन गर्न सक्ने देखिन्छ। तर हामीलाई ‘सर’ शब्दमा यति बानी परिसक्यो कि अरु कुनै नेपाली शब्दले बराबरी तात्पर्य देलान् जस्तो लाग्दैन।

नेपाली वा संस्कृतबाट बनेको भए ‘सर’ शब्दलाई हामीले जसरी प्रयोग गर्दा पनि त्यो स्वीकार्य हुन्थ्यो किनभने त्यो आफ्नो शब्द हुन्थ्यो र त्यसलाई जसरी प्रयोग गरे पनि स्वामित्व हामीसँग हुन्थ्यो। ‘सर’ शब्द अंग्रेजीभाषीको, अनि प्रयोगचाहिँ हाम्रो मौलिक। अचेल विचार गर्छु, उनीहरुलाई हाम्रो अंग्रेजी सम्बोधन कति अजीव लाग्दो हो।

पाली भाषामा नामका पछाडि लाग्ने सम्मानसूचक शब्द ‘जी’ लगाएर बोल्ने चलन पनि व्यापक छ, जस्तो रामजी, सीताजी आदि। आफू सरहको वा समान स्तरका मानिसलाई औपचारिक रुपमा सम्बोधन गर्नुपर्दा ‘जी’ लगाउनु ठिकै भए पनि अलि वरिष्ठ मान्छेलाई जी लगाएर सम्बोधन गरियो भने उसले आफू हेपिएको महसुस गर्न सक्छ। हिन्दी वा बंगाली भाषामा ‘जी’ लगाएर सम्बोधन गर्दा वरिष्ठ वा कनिष्ठ दुवैलाई आपत्ति हुँदैन। तर नेपाली बोलिचालीमा आदरपूर्वक सम्बोधन गर्नुपर्दा त ‘जी’ ले पुग्दैन, ‘ज्यू’ लगाउनुपर्छ। ‘ज्यू’ फेरि अलि मास्तिरकै आदर भो भने ‘जी’ अलि समकालीन। ‘ज्यू’ र ‘जी’ छुटाएर नाम मात्रै बोलाइयो भने त सम्बन्धै बिग्रेला जस्तो हुन्छ। तर कुइरेलाई नाम वा थरको एउटा शब्द बोलाए पुग्यो, सर, म्याडम केही चाहिँदैन। हामीचाहिँ ‘सर’लाई भित्र्याएर ‘श्री’ वा ‘ज्यू’लाई विस्थापित गर्दैछौं। अझ अचेल कसैकसैले ‘सर जी’ भन्दै दोहोरो मान टक्य्राउने गर्छन्।

के यो जरुरी छ?

नेपाली वा संस्कृतबाट बनेको भए ‘सर’ शब्दलाई हामीले जसरी प्रयोग गर्दा पनि त्यो स्वीकार्य हुन्थ्यो किनभने त्यो आफ्नो शब्द हुन्थ्यो र त्यसलाई जसरी प्रयोग गरे पनि स्वामित्व हामीसँग हुन्थ्यो। ‘सर’ शब्द अंग्रेजीभाषीको, अनि प्रयोगचाहिँ हाम्रो मौलिक। अचेल विचार गर्छु, उनीहरुलाई हाम्रो अंग्रेजी सम्बोधन कति अजीव लाग्दो हो।

‘सर’ शब्दको नेपाली प्रयोग यति जबर्जस्त छ कि अहिले नेपालीहरुबीच भेट हुँदा सबै शब्द नेपाली बोलिएछ भने पनि सर शब्दलाई विस्थापित गर्ने अर्को नेपाली शब्दै छैन। अरु त अरु श्रीमतीहरुले आफ्ना श्रीमान्‌का बारेमा कसैसँग कुरा गर्नुपर्दा ‘हाम्रो सर’ भन्न थालिसके।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोश (सातौं संस्करण, २०६७) मा ‘सर’ भन्ने शब्दका पाँच अर्थहरु दिइएका छन् (१) प्राकृतिक तलाउ, जलाशय वा पोखरी, (२) दूध वा दहीको तर, (३) हार वा माला, (४) महोदय बुझाउने अंग्रेजी शब्द र (५) बेलायतले प्रदान गर्ने एक उपाधि। हामी नेपाली भाषाको महोदय बुझाउन अंग्रेजी शब्द ‘सर’ प्रयोग गरिरहेका छौं। कस्तो विडम्बना!

खासमा बेलायती राज्यको श्रीवृद्धिमा कुनै पनि विशिष्ट कार्यबाट योगदान दिने व्यक्तिलाई दिइने सम्मानजनक उपाधि रहेछ सर शब्द। बेलायती उपनिवेशमा उसको नुनको सोझो गर्नेहरुलाई दिइने उपाधि भने पनि भो। उपाधि नै पाउने भए राणा प्रधानमन्त्रीहरुले अंग्रेजको नुनको सोझो गरे बापत पाउने रहेछन्। तिनीहरुमध्ये कसैले पाएको थाहा छैन।

हामीले यसलाई विद्यालयमा पुरुष शिक्षक भन्ने अर्थमा प्रयोग गर्दै ल्यायौं। अहिले आफूभन्दा अलि बढी जेठोबाठो जो कोहीलाई उसै सर भन्नु परिरहेको छ। अन्जानमै भए पनि सर शब्दको प्रयोग गरेर हामी त बेलायती औपनिवेशिकताको विरासत पो थामिरहेका रहेछौं जस्तो लाग्यो।

अझै ‘सर' भन्नु र?

प्रकाशित मिति: आइतबार, पुस ८, २०७५  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्