• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विकासका नाममा विदेशी साँढे ल्याएर विकृति भित्र्याइरहेका छौं : प्रदीप गिरि

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २७, २०७५  १६:००
1140x725

सार्वजनिक मञ्चमा बोल्ने क्रममा धेरै कुरा गर्ने बानी छ। माओ, गान्धी सबैको कुरा भन्नुपर्ने मेरो बानी छ।

महाभारतमा एउटा पात्र छः भीमसेन। भीमसेनले दुर्योधनका सबै दाजुभाइ सिध्याए। मार्ने क्रममा पनि हात नै भाँच्नुपर्ने। हात काटेर पनि नपुग्ने रगत नै पिउनुपर्ने।

त्यसकारण म भन्छु– राजनीति यस्तै हुन्छ। भीमसेन जस्तै राजनीतिमा पनि हुन्छन्। राजनीतिको चरित्र यस्तै हो।

राजनीतिमा हिंसा, लोभ लालच सबै हुन्छ। न कृष्णका पालामा अलग थियो। न रामका पालामा अगल थियो। न गान्धीका पालामा अलग थियो। त्यसकारण राजनीतिको चरित्र बुझ्नुपर्छ।

लोकतान्त्रिक समाजवाद र साम्यवाद मार्क्सका सन्तान भन्नेहरु पनि छन्। यसमा मेरो गम्भिर असहमति छ। यसको दायरा बढाएर बुझ्नुपर्छ। युरोपमा भएको औद्योगिक क्रान्तिबाट उत्पादन र सम्पन्नताबाट मार्क्सवाद, समाजवाद तथा लोकतान्त्रिक समाजवाद आएको हो। सम्झनुपर्ने अर्को विषय छ– पूँजीवाद र साम्यवादमा केही फरक छैन।

समाजवादका व्याख्या गर्दा रोजाले समाजवादमा व्यक्तिगत स्वतन्त्रतामा अपहरण गर्न पाइँदैन भनेका थिइन्। उनै रोजा हिंस्रक क्रान्ति गर्ने क्रममा जर्मनमा सहिद भइन्। उनको मुख्य आशय के थियो भने व्यक्तिगत स्वतन्त्रता हरण गर्न पाइँदैन।

लेनिनले संविधानसभा विघटन गर्दा यो सबैभन्दा ठूलो अपराध गर्‍यौ भन्ने उनै थिइन्। तर, आधारभूत रुपमा रोजा तथा लेनिन सबै औद्योगिक क्रान्ति गर्ने पक्षका हुन्।

बीसौं शताब्दीको प्रारम्भमै तत्कालिन साधारण पत्रकारले गान्धीलाई सोधे– 'हाम्रो देश बेलायत जस्तै कहिले बन्छ?’ गान्धीले जवाफ दिए, ‘तीन पुस्तामा पनि बन्दैन। मुठ्ठीभर जनताले विश्वको चालीस प्रतिशतभन्दा बढी जनतालाई दमन गर्न, शोषण गर्न, लुट्न पाएपछि मात्रै बेलायत बन्न सकिन्छ। भारतले बेलायतको जस्तो जीवनस्तर प्राप्त गर्न भारतभन्दा छ गुणा ठूलो ६ वटा देशलाई उपनिवेश बनाउनुपर्छ।'

nimb
nimb
Ncell 2
Ncell 2

लेनिनले मजदुरहरुको नेतृत्वमा क्रान्ति हुने भनेका थिए। माओले किसानहरुको नेतृत्वमा क्रान्ति गरि देखाइदिन्छु भने। क्रान्ति ‘निड’को आधारमा हुने हो, ‘ग्रीड’का आधारमा होइन।

समाजशास्त्र त भर्खर अस्ति आएको हो। तर अर्थशास्त्र धेरै पहिले आएको हो। प्रारम्भमा पोलिटिकल इकोनोमिक्स थियो। पछि अर्थशास्त्र आएको हो। अर्थशास्त्र बारेमा जानकारी दिन अर्थशास्त्र पढेकै हुनुपर्छ भन्ने छैन। गान्धीले अर्थशास्त्र पढेका थिएनन्। उनको भनाई के थियो भने देशमा जमिन कति छ? जनसंख्या कति छ? राष्ट्रको कूल पूँजी कति छ? देशको ऋण कति छ? कुल सबैलाई जोड भन्ने उनको तात्पर्य थियो।

हामीकहाँ त्यसतर्फ ख्याल छैन, सिंगापुर बनाउने भनिँदैछ। झिँगापुर बनाउने सामर्थ्य छैन। स्विजरल्याण्ड? गाँउका सिधा सादा जनतालाई झुक्याउन सकिन्छ।

गान्धीको उठाएका कुरालाई मैले अझै जोड दिएर भन्छु। उनले भनेका थिए– बेलायत र अमेरिकाले बनाएको सभ्यता ‘निड’मा आधारित छैन। त्यो ग्रिडमा आधारित छ। आवश्यकतामा आधारित छैन, लाभ र लागतमा आधारित छ। रिकार्डो र मार्शलले के भनेका थिए, सबै बिर्सनुस्। आजको आवश्यकतामा ध्यान दिनुस्। गान्धीको भनाइ यही हो।

अर्थशास्त्र नपढे पनि गान्धी र बिपीमा अर्थ ज्ञान थियो। बिपीले विकास भनेको राजनीतिक प्रक्रिया भन्नुभएको थियो। त्यससँगै गाई पाल्ने कुरा पनि गर्नुभएको थियो। बिपीकै सिद्धान्त अनुसरण गर्दै मैले चालीस गाई पालेको थिएँ। त्यसको कहानी छुट्टै छ।

बिपीको कुरालाई पनि परिमार्जन र परिष्कृत गर्नुपर्छ। बिपीको कुरामा भुस पनि छ, गुदी पनि छ। चामल पनि छ, खोस्टा पनि छ। कुन लिने त?

विकासका कार्यमा जनता र कार्यकर्तालाई समावेश गरिँदैन भने परिणाम प्राप्त हुँदैन। डाक्टर, इन्जिनियर, टेक्नोक्र्याटलाई मात्रै जिम्मेवारी दिइन्छ भने विकास हुन सक्दैन। बिपीले भन्न खोज्नुभएको त्यही हो। विकासलाई जनतासँग जोड्नुपर्छ। प्रजातन्त्र आयो भनियो तर अवस्था उस्तै छ। प्रहरी प्रशासनको दादागिरी उस्तै छ। 

विकासलाई कहिलेकाहीँ असान्दर्भिक विषयसँग जोडिन्छ। कांग्रेसको सरकारको समयमा तीन करोड मोबाइल भित्रियो रे। त्यो कहीँ कांग्रेसले ल्याएको हो? त्यसो भए सुडानमा पनि कांग्रेसले लगिदिएको? विश्वमा सर्वत्र सञ्चारको विकासक्रममा मोबाइल पनि आएको हो। त्यो चाहे/नचाहे पनि आउने नै थियो।

माओको देशमा माओलाई सुनिएन। गान्धीलाई नेहरुले सुनेनन्। त्यो बेला भनिएका सबै कुरा लागु हुन्नन्। समय अनुसार परिमार्जित र परिष्कृत हुँदै जान्छन्।

चीन र भारतको जनसंख्या विश्वको आधा जनसंख्या छ। ती देशमा घनत्व बढी छ। लेनिनले मजदुरहरुको नेतृत्वमा क्रान्ति हुने भनेका थिए। माओले किसानहरुको नेतृत्वमा क्रान्ति गरि देखाइदिन्छु भने। क्रान्ति ‘निड’को आधारमा हुने हो, ‘ग्रीड’का आधारमा होइन।

नेकपाले माओलाई बिर्सिसक्यो। युद्धकालमा प्रतिपादित 'प्रचण्डपथ' पनि माओवादीहरुले बिर्सिसके।

माओ र गान्धीको कार्यपद्धतिमा अद्भुत समानता थियो। दुवै किसानुमुखी थिए। दुवै जनमुखी थिए। दुवै भन्थे– ‘जनताबाट सिक अनि जनतालाई सिकाऊ।’

हामी भने जनताबाट सिक्नै चाहदैनौं। विकासका नाममा विदेशी साँढे ल्याएर विकृति भित्र्याएका छौं। विकासे साँढे बारे एउटा कथा छ। गाईमा उच्च प्रजातीका बाच्छा उत्पादनका लागि विदेशी साँढे ल्याइयो। गर्भाधानपछि नयाँ प्रजातिमा उच्च प्रजाती हुने अपेक्षा राखिएको थियो। साँढे त ल्याइयो। गाईहरु एकै स्थान जम्मा गराइयो। गर्भाधानको लागि साँढेको पहल भएन। वरिपरि घुम्छ तर गर्भाधान क्रियामा सहभागी नै भएन। किन साँढेले आफ्नो काम गरेन भनेको त उसले आफूलाई कन्सल्ट्यान्ट भन्दो रहेछ। नेपालको विकासको प्रवृत्ति पनि यस्तै छ।

युरोपको मजदुर आन्दोलनलाई फरकफरक रुपमा व्याख्या गरे। हिन्दुस्तानमा सोसल डेमोक्रेसी भनियो। कंग्रेस सोसियल पार्टीले एक प्रस्ताव पास गरेको थियो। जसमा बिपी कोइराला सदस्य हुनुहन्थ्यो। भनियो, ‘हामी डेमोक्रेटिक फोर्स हो। प्रजातान्त्रिक समाजवादी हौं।’

नेपालको सन्दर्भमा समाजवाद प्रयोग गर्ने हो भने माओले वा गान्धीले गर्न खोजेका कार्यका मूल्यांकन गर्नुपर्छ।

नेपालमा युद्ध गरेका माओवादीले पनि कुनै समय माओले ठीक गरेका थिएनन् भनेका थिए। लेनिनको पक्षमा देखिएका थिए। देङको उदारण दिएर विकास भएको प्रष्ट्याउने गरेका पनि छन्। चीनको अवस्था भयावह हुने दिन आउँछ। कि चीनले विश्वयुद्ध निम्त्याउँछ। कि आन्तरिक समस्यामा फस्छ।

माओको देशमा माओलाई सुनिएन। गान्धीलाई नेहरुले सुनेनन्। त्यो बेला भनिएका सबै कुरा लागु हुन्नन्। समय अनुसार परिमार्जित र परिष्कृत हुँदै जान्छन्।

बिपीले भनेका सबै कुरा ठीक पनि थिएनन्। राजासँग घाँटी जोडिएको छ भनेका थिए। खै त आज घाँटी जोडिएको?

सम्पन्नताको आधारमा समानता र समानताको आधारमा सम्पन्नता अर्थशास्त्रको विकास गर्नुपर्छ। यो ओली र प्रचण्डको भन्दा पृथक हुन्छ। सम्पन्नता र समानता कैचीका दुई धार जस्तै हुन्। कुन पहिले भन्ने हुँदैन। विगत ३० वर्षमा उत्पादन उत्पादन भनिरह्यौं तर  उत्पादन हुनै सकेन।

(कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ पुस्तकको विमोचनका क्रममा भएको बहसमा गिरिद्वारा प्रस्तुत विचारको संम्पादित अंश।)

प्रस्तुतिः लिलु डुम्रे
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  १६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्