• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

धर्ममा अडिएकाे भारतीय राजनीतिकाे \'साइड इफेक्ट\'

64x64
नेपाल लाइभ बुधबार, मंसिर २६, २०७५  १६:४१
1140x725

भारतमा बलियो सरकार र त्यस्तै बलिया प्रधानमन्त्री अन्तर्राष्ट्रिय समुदायका लागि टाउको दुखाइको विषय भएको केही ‘षड्यन्त्र सिद्धान्त’मा विश्वास राख्नेहरूको विश्लेषण छ। भारतीय लोकसभाको कुल ५ सय ४५ सिटमध्ये २ सय ८२ सिट प्राप्त गरी सन् २०१४ मा शक्तिमा आएको नरेन्द्र मोदी सरकार अन्तर्राष्ट्रिय स्तरमा भारतलाई एक मजबुत राष्ट्रको रुपमा प्रस्तुत गर्न सफल भएको छ।

विश्व शाक्ति राष्ट्र अमेरिकाले नचाहँदा–नचाहँदै पनि भारतले रसियासँग सैन्य प्रयोजनका लागि ‘एस–४००’ विमान खरिद गरेको छ भने इरानसँगको उसको सम्बन्धमा कुनै आँच आउन दिएको छैन।

खासगरी एसिया प्रशान्त क्षेत्रमा आफनो प्रभुत्व कायम राख्न पनि पश्चिमा मुलुकहरूलाई नरेन्द्र मोदी जस्ता बलिया भारतीय प्रधानमन्त्री उपयुक्त थिएनन्।

भारतमा २०१९ मा हुने लोकसभाको निर्वाचन अघि नै प्रधानमन्त्रीका रुपमा मोदी सत्ताको निरन्तरता सम्भव छ/छैन भन्ने बहस चल्दै आएको छ। हालै सम्पन्न भारतका ५ राज्यको विधानसभा निर्वाचन परिणामले आगामी लोकसभा निर्वाचनपछि वर्तमान सरकारजस्तो मजबुत सरकार बन्न नसक्ने संकेत दिएको छ।

भारतका ५ राज्यमा भएको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को पराजयसँगै भारतीय प्रधानमन्त्री मोदी र उनको सरकारले गत ४ वर्षमा लिएको राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिमाथि नै विश्लेषण गर्न थालिएको छ। विभिन्न चरणमा गरी गत एक महिनाबीचमा भारतका ५ राज्यमा भएको विधानसभा निर्माचनमा भाजपाले अनपेक्षित पराजयसँगै मोदी सरकारको नीतिमाथि नै प्रश्न उठाउन थालिएको हो। ५ राज्यमध्ये मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा कांगे्रस नेतृत्वको सरकार गठन हुने भएको छ भने तेलङ्गाना र मिजोरममा क्षेत्रीय दल शक्तिमा आउने निश्चित भएको छ। राजस्थान र छत्तीसगढमा कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेकाे छ भने मध्यप्रदेशमा भने बहुमतका लागि एक सिटले पछाडि छ।

भारतका २९ राज्यमध्ये यी ५ राज्यको निर्वाचन परिणाम मात्रैले मोदी सरकारको असफलतालाई प्रतिनिधित्व नगरे पनि आगामी निर्वाचन परिणामको सम्भावित छनक भने दिएको विषयलाई नकार्न सकिँदैन।

विशेषगरी गएको ३० वर्ष यता भारतमा भाजपा एक दलीय सरकार बनाउने पहिलो पार्टी बनेको थियो। मोदीको नेतृत्व क्षमता र वाककटुताले नै २०१४ को लोकसभा निर्वाचनमा भाजपाले भारतीय जनतालाई आफूतिर आकर्षित गर्न सफल भएको थियो। ‘धेरै भयो भ्रष्टाचार, अबको पालो मोदी सरकार’ भन्ने नारासहित २०१४ को लोकसभा निर्वाचनमा होमिएको भाजपालाई अन्ततः यही नारा र मोदी नेतृत्वले एक दलीय सरकार बनाउने हैसियत प्रदान गरेको थियो।

यसका अलावा भाजपाको मुल आधारको रुपमा रहेको हिन्दु धर्मको आडले पनि निर्वाचनमा विजयी बनाउन ठूलो सहयोग पुगेको विश्वास गरिन्छ। जुन कुरालाई भाजपाका नेताहरू स्वयम् स्वीकार गर्छन्। कुल ८० प्रतिशतको हाराहारीमा हिन्दु जनसंख्या रहेको भारतमा हिन्दु धर्मको मुद्धा निर्वाचनमा प्राथमिकताका साथ भाजपाले नै अघि ल्याएको हो। तर, मोदी सरकारको नीतिगत असफलतासँगै ४ वर्षअघि जनतामाझ रहेको मोदी र उनको सरकारप्रतिको विश्वास गुमेको अनुमान गर्न सकिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

खासगरी हालै भएको विधानसभा निर्वाचनमा मध्यप्रदेश, राजस्थान र छत्तीसगढतीनै राज्यमा भाजपाको पराजयले मोदी सरकारको नीतिगत असफलताप्रति विश्लेषकहरूको रुझान बढेको पाइन्छ। यी तीनै राज्य भाजपाको गढका रुपमा परिचित राज्य हुन्। यसअघिको विधानसभाको निर्वाचनमा मिजोरममा कांग्रेस विजयी भए पनि यो निर्वाचनमा कांग्रेस पराजित भएको छ। तर, यो विषय भाजपाको सबै स्थानमा भएको पराजयले ओझेलमा पर्न गयो।

यस्तै, गत वर्षको अन्त्यमा भएको गुजरात विधानसभा निर्वाचनमा पनि भाजपाले अपेक्षाकृत मत परिणाम प्राप्त गर्न सकेन। मोदीको गृह राज्यमै विधानसभाको निर्वाचनमा भाजपा हार्ने स्थितिबीच निर्वाचन प्रचारको क्रममा मोदीले गरेको आलापले काम गरेको थियो। ‘के मेरै राज्यमा मेरा जनताले मलाई विश्वास गर्दैनन्?’ मोदीले निर्वाचन प्रचारका क्रममा भनेका थिए। भाजपा गुजरातमा विजयी भए पनि अघिल्लो निर्वाचनको तुलनामा १६ सिट कम ल्याएको थियो। कुल १ सय ८२ सिट रहेको गुजरातमा भाजपाले ९९ सिटमा जित हात पार्दा भारतीय कांग्रेसले ७७ स्थानमा विजयको झन्डा गाडेको थियो। अघिल्लो विधानसभा निर्वाचनको तुलनामा कांग्रेसको यो सुधारिएको नतिजा थियो।

कार्नाटकजस्ता केही राज्यमा भाजपाले आफ्नो उपस्थिति बढाएको पाइए पनि मध्यप्रदेश, राजस्थान र छत्तीसगढको निर्वाचन परिणामले मोदी नेतृत्वको भाजपालाई गम्भीर आन्तरिक कमजोरीका विषयमा सोच्न बाध्य तुल्याएको छ।

विधानसभा निर्वाचनमा धर्मको प्रभाव

२०१९ को लोकसभा निर्वाचनमार्फत कांग्रेसरहित देश बनाउने उद्घोष गरेको भाजपालाई ५ राज्यको मत परिणामले स्तब्ध बनाएको विश्लेषण गरिएको छ। विशेषगरी मध्यप्रदेश, राजस्थान र छत्तीसगढको पराजय भाजपालाई आगामी वर्ष हुने लोकसभा निर्वाचनलाई खतराको घन्टी हुनसक्ने आँकलन गरिएको छ। कांग्रेससँग ठूलो अन्तरको हार नव्यहोरेको भए पनि आफ्नो विरासतका रुपमा रहेका ठाउँमा पराजय भोग्दा भाजपालाई पीडाबोध हुनु स्वाभाविक रहन्छ।

केही महिना अघि कार्नाटकमा भएको विधानसभा निर्वाचनमा भाजपाले अप्रत्यासित नतिजा निकालेको थियो। कूल २ सय २२ सिटका लागि भएको निर्वाचनमा भाजपाले गत निर्वाचनको तुलनामा ६४ सिटको बढोत्तरी कायम गर्दै १ सय ४ स्थानमा जित हात पारेको थियो। यो राज्यमा भारतीय कांग्रेसले ४२ सिट गुमाउँदै ८० सिटमा चित्त बुझाउन परेको थियो। तर, उक्त राज्यमा भाजपाले गरेको निर्वाचन प्रचारशैलीलाई पछ्याउँदा कांग्रेस आईलाई हालको निर्वाचनमा फाइदा पुगेको छ।

कर्नाटक विधानसभा निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले मठ–मन्दिरमा पूजाआजा गरेका थिए। सोही निर्वाचन प्रचारका लागि मोदी नेपालको धार्मिक भ्रमणमा आएको आरोप पनि भारतीय विश्लेषकहरूको थियो। निर्वाचन अघिको मौन अवधिमा मोदी नेपालको जनकपुरधाम, पशुपतिनाथको मन्दिर र मुक्तिनाथको दर्शन गरी धार्मिक भ्रमणका माध्यमले निर्वाचन प्रचार गरेको आरोप उनीमाथि लागेको थियो। वैष्णव सम्प्रदायको बाहुल्य रहेको कर्नाटक क्षेत्रको निर्वाचन अघि मोदी नेपालको मुक्तिनाथ पुग्दा त्यसको असर जनमतमा परेको भारतीय सञ्चार माध्यमको विश्लेषण थियो। मुक्तिनाथ विष्णु भगवानको मन्दिर हो।

सम्भवतः कर्नाटकमा भाजपाले अपनाएको निर्वाचन प्रचारशैलीलाई अन्य राज्यमा भएका विधानसभाको निर्वाचनमा कांगे्रसले पछ्याउँदा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएको दाबी गरिएको छ। निर्वाचन अघि मध्यप्रदेश, राजस्थान राज्यमा पर्ने मन्दिरमा कंगे्रस आई अध्यक्ष राहुल गान्धीले पूजापाठ गरेका थिए। समाचारमा जनाइएअनुसार मध्यप्रदेशमा यसको प्रभाव ४० सिटमा परेको छ भने राजस्थानमा करीब ३० सिटमा परेको छ।

यसबीचमा कांग्रेस आई अध्यक्ष गान्धी पूजापाठका लागि मन्दिर जानेक्रम बढिरहेको छ। केही समयअघि कैलाश मानसरोवर गएका उनी सोही क्रममा नेपालको पशुपतिनाथको दर्शन पनि गरेका थिए।

भाजपाको कमजोर प्रदर्शनको कारण

हालै सम्पन्न भएको भारतीय विधानसभा निर्वाचन परिणामले जनताले कुरामा भन्दा काममा बढी विश्वास गरेको देखाउँछ। जनताका दैनिक काममा असर पार्नेगरी विकास गर्न नसकेको अवस्थामा सरकारले जनताको विश्वास गुमाउने विधानसभाको निर्वाचन परिणामले स्पष्ट पारेको विश्लेषकहरुको दाबी छ।

अघिल्लो लोकसभा निर्वाचनमा ग्रामिण जनताबीच गरेको वाचा पुरा गर्न नसक्दा मोदी नेतृत्वको भाजपाले पराजयको शिकार बन्नु परेको हो। आदिवासी र विद्रोही समूहको उपस्थिति बढी भएको छत्तीसगढ राज्यमा भाजपाको प्रदर्शन निरासाजनक छ। छत्तीसगढमा माओवादीले पृथकतावादी आन्दोलन चलाइरहेको छ।

यस्तै, मंसिर १३ र १४ गते भारतका विभिन्न राज्यबाट हजारौंको संख्यामा आएका कृषकहरू नयाँ दिल्लीको रामलिला मैदानमा जम्मा भए। सरकारसँग विभिन्न समयमा ऋण मिनाहाको माग गर्दा पनि सुनुवाई नभएपछि दबाब दिन भन्दै उनीहरू रामलिला मैदानमा भेला भएका हुन्। मोदीले अघिल्लो लोकसभा निर्वाचनमा आफ्नो सरकारले कृषकहरूको सबै ऋण मिनाहा गर्ने वाचा गरेका थिए। उक्त वाचालाई पुरा गर्न नसक्दा कृषकसँगै ग्रामिण भेगका जनता मोदी सरकारसँग असन्तुष्ट रहेको बताइन्छ।

मोदी सरकारको नोटबन्दी, जिएसटी ‘गुड एन्ड सर्भिस ट्याक्स’लगायतका नीतिलाई पनि भाजपाको पराजयको अर्को कारणको रुपमा विश्लेषण गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्