गरियो लक्ष्मीपूजा, यसरी भित्र्याइयो लक्ष्मी (फोटो फिचर)

नेपाल लाइभ | २०७४ कार्तिक २ बिहीबार | Thursday, October 19, 2017 २१:४४:०० मा प्रकाशित

काठमाडौं- यमपञ्चकको तेस्रो दिन बिहीबार साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाका लागि घरको सबै ठाउँ सफासुग्घर पारेर फूलहरुले सजाई साँझ दीपावली गर्दै लक्ष्मीको स्वागत गरियो।

लक्ष्मीलाई स्वागत गर्न मूलढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पिठो तथा अबीरले पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । लक्ष्मीको स्वागतमा मूलढोका सजाउँदै विभिन्न रङको मण्डल बनाएको पनि देखियो । लक्ष्मीपूजा गरेपछिको साँझ दीपावलीले राजधानी धपक्क बल्यो।

दीपावलीपछि गरगहना, पैसा, रोटी, फलफूल चढाएर गृहिणीहरुले लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरे । राजधानीमा लक्ष्मीपूजा गरेर यसरी लक्ष्मी भित्र्याइयो: