काठमाडौं- घरपालुवा जन्तु कुकुरको पूजा गरी आज कुकुर तिहार मनाइँदैछ। घरको रेखदेख र सुरक्षा गर्ने बफादार प्राणी कुकुरलाई मिठा खानेकुरा दिएर आज विशेष सम्मान गर्ने गरिन्छ।
यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासले पनि कुकुरको महत्व छ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको संख्यासमेत बढ्न थालेको छ।
सडकमा भौंतारिइहिँड्ने कुकुरले पनि आज मिठो खाए। गलामा फूलमाला लगाउन पाए। बेवारिस कुकुरलाई हेला गर्नेहरुले पनि आज प्रेम दर्शाउँदै पूजा गरेका छन्। वास्तवमा आज कुकुरको खुसीको दिन पनि हो।
कुकुर हुनेहरुले आज बिहानै पूजा गरेका छन् भने केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा पनि कुकुरको विशेष पूजा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।