कानको तीनवटा भाग हुन्छ– बाहिरी, मध्य र भित्री। त्यसमध्ये कानको बाहिरी भाग रातो र तातो हुने समस्या धेरैलाई होला। कान विभिन्न कारणले रातो हन्छ। जस्तै– कुनै रोगको लक्षण, मौसम परिवर्तन, हर्मोनको गडबडी आदि कारणले कान रातो हुन सक्छ। केही मानिसको बोल्दा पनि कान रातो भएको हुन्छ भने कसैलाई एलर्जीले कान रातो हुने समस्या आउँछ।
_x000D_
_x000D_
कारणहरु
_x000D_
_x000D_
– विशेषगरी एलर्जीले कान रातो हुनेगर्छ। धुँवा, धुलो, ग्यास, विकीरण, केमिकल, क्रिम, कपालमा लगाइने रङ आदिको एलर्जीका कारण कान रातो हुन सक्छ।
_x000D_
_x000D_
– संक्रमणले गर्दा पनि कान रातो हुन्छ । ब्याक्टेरियाले असर गरेको भागमा तापक्रम बढ्छ र पाक्न पनि सक्छ । भाइरल (हरपेस सिम्प्लेक्स, हरपेस जोस्टर) इन्फेक्सनले बाहिरी कान दुख्ने, रातो हुने र सानासाना फोका उठ्ने हुन्छ। हरपेस जोस्टर भएको मान्छेको जुन भागमा फोका आएका छन् त्यतातिरको मुख कमजोर हुन सक्छ। यो जनै खटिरा जस्तै हुन्छ।
_x000D_
_x000D_
– फंगल वा ढुसीका कारण पनि कान रातो हुने वा चिलाउने हुन्छ।
_x000D_
_x000D_
– छालामा हुने रोगले गर्दा पनि कान रातो हुन सक्छ।
_x000D_
_x000D_
– ‘इक्जिमा’ले गर्दा पनि कानको छाला रातो हुन्छ।
_x000D_
_x000D_
– ‘सोरासिस’ का कारण पनि कान रातो हुन सक्छ। यो वंशाणुगत र दीर्घकालीन समस्याका रुपमा रहन्छ। यो शरीरको सीमित ठाउँमा हुन्छ, जसले चिलाउने र रातो हुने समस्या निम्त्याउँछ।
_x000D_
_x000D_
– छालाको क्यान्सरका कारण पनि कान रातो हुन सक्छ।
_x000D_
_x000D_
– कान केहीले घोच्यो भने पनि रातो हुने गर्छ।
_x000D_
_x000D_
– कानभित्र कुनै चिज अड्कियो भने पनि रातो हुन सक्छ।
_x000D_
_x000D_
– धेरै पटक कान छेड्दा मासुको डल्ला (केल्लोइड) बढ्न जान्छ, जसले गर्दा कान रातो हुने गर्छ।
_x000D_
_x000D_
– कानमा आउने साधारण गिर्खाहरुका कारण पनि कान रातो हुन्छ।
_x000D_
_x000D_
– हर्मोनको गडबडीले गर्दा पनि कान रातो हुन्छ।
_x000D_
_x000D_
– कानमा चोटपटक लाग्दा पनि कान रातो र तातो हुन्छ।
_x000D_
_x000D_
– धेरै कसिलोगरी हेल्मेट लगाउनेहरुलाई पनि कान रातो र तातो हुने समस्या हुन्छ।
_x000D_
_x000D_
– कुुनै बेला मान्छे डराएर रक्तचाप बढ्दा पनि कान रातो हुन सक्छ।
_x000D_
_x000D_
– कुनै मानिसलाई चिसो लाग्यो भने वा कुनै जिचको एलर्जी भयो भने कान रातो हुन्छ।
_x000D_
_x000D_
हिमाली क्षेत्रमा कान र नाक नछोपी हिँड्दा रातो हुन्छ। चिसोबाट शरीरले आफूलाई बचाउन रगत सञ्चालन बढी गर्छ। धेरै चिसो हुँदा रगत सञ्चालन कम भएर कान र नाक झर्न पनि सक्छ। चिसो ठाउँमा पहिले कान र नाक रातो हुने र पछि मासु मरेर झर्ने हुन सक्छ।
_x000D_
_x000D_
– धेरै तातो ठाउँमा काम गर्नुपर्दा पनि कान रातो हुन सक्छ। यस्तै तापक्रम उतारचढाब हुने ठाउँमा काम गर्नेहरुको पनि कान रातो हुने गर्छ।
_x000D_
_x000D_
बच्ने उपाय
_x000D_
_x000D_
– धुलो, धुँवाबाटा जोगिने,
_x000D_
_x000D_
– चिसोबाट बच्ने,
_x000D_
_x000D_
– अनेक थरिका क्रिम नलगाउने,
_x000D_
_x000D_
– शरीरलाई ‘सुट’ गर्ने किसिमको रङ मात्र कपालमा प्रयोग गर्ने,
_x000D_
_x000D_
– धेरै ठाउँमा कान नछेड्ने,
_x000D_
_x000D_
– हिमाली क्षेत्रमा जाँदा कानलाई छोप्ने,
_x000D_
_x000D_
– चर्को घाममा काम गर्दा सन क्रिम लगाउने,
_x000D_
_x000D_
– कान रातो र तातो हुने समस्या बारम्बार देखापर्छ भने चिकित्सकको परार्मश लिनुपर्छ।
_x000D_
_x000D_
प्रस्तुतिः सिर्जना खत्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।