• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २६, २०८२ Wed, Nov 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  २२:१६
1140x725

काठमाडौं- पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपाल आयल निगमका अनुसार भारत र नेपालमा पेट्रोलियमको मूल्य अन्तर अत्यधिक हुँदा यसरी तस्करी मौलाएको हो। 

_x000D_ _x000D_

निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार पछिल्लो पटक नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य अन्तर प्रतिलिटरमै ३१ रुपैयाँ पुगेको छ भने डिजेलको यस्तो अन्तर ३० रुपैयाँ छ। ‘पारि भारतीय बजारमा पाइने त्यही पेट्रोल नेपाली बजारमा ३१ रुपैयाँ सस्तो छ,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘समयमा मूल्य समायोजनमा ध्यान नदिँदा यो अवस्था आएको हो।’

_x000D_ _x000D_

करिब ३ महिनाअघि यस्तो मूल्य अन्तर पेट्रोलमा करिब २० र डिजेलमा २४ रुपैयाँ थियो। यसबीचमा डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा आएको तीव्र वृद्धिले भारतीय बजारमा पेट्रोलियमको भाउ उच्च छ। यसले गर्दा अहिले भारतीय बजारमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। उच्च कर र दैनिक मूल्य समायोजनले भारतीय बजारमा अहिले पेट्रोलियमको भाउ अत्यधिक पुगेको छ। तर, सोही हिसाबमा मूल्य समायोजन नहुने र कर पनि तुलनात्मक रुपमा कम हुँदा अहिले नेपाली बजारमा भारतमाभन्दा पेट्रोलियमको मूल्य कम छ। 

_x000D_ _x000D_

उच्च मूल्य अन्तर, खुला सिमाना, कम दुरी र सुरक्षा व्यवस्था फितलो हुँदा यस्तो तस्करी बढेको निगमका प्रबन्ध निर्देशक भट्टराई बताउँछन्। सीमानाकाबाट दैनिक वारपार गर्ने ठूलो संख्याका ट्रक, ट्यांकर, लरी लगायत र कतिपय अवस्थामा आउजाउ गर्ने मानिसहरुबाटै पनि यस्तो तस्करी हुने गरेको ठहर निगमको छ। 

_x000D_ _x000D_

नाकाबन्दीदेखि फस्टाएको तस्करी 
_x000D_ अहिलेभन्दा करिब ४/५ वर्षअघि नेपालमा भन्दा भारतमा पेट्रोलियमको मूल्य सस्तो थियो।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यतिबेला नेपालमा भन्दा भारतमा करिब १८ देखि २० रुपैयाँ सस्तोमा पेट्रोलियम पाइन्थ्यो। तर, त्यसपछिका समयमा भारतले कर बढाउन र छोटो समयमै मूल्य समायोजन गर्न थालेपछि भारतमा पेट्रोलियमको भाउ उकालो लाग्दै गयो भने नेपालको मूल्य संरचनामा कुनै फेरबदल आएन। नेपालमा भने त्यसयता थुप्रै पटक मूल्य घटाउने क्रम रह्यो। 

_x000D_ _x000D_

‘मूल्य निर्धारणमा भारतीय बजारसँग तादाम्य मिलाउन नसक्दा अहिले यो तस्करी हुने अवस्था आएको हो,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्। 

_x000D_ _x000D_

२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि त सिमानाकामा अत्यधिक तस्करी मौलायो। त्यो प्रवृत्ति अझै पनि रोकिन सकेको छैन। 

_x000D_ _x000D_

निगमले माग्यो गृहको सहयोग
_x000D_ निगमका अनुसार अहिले मूलतः २ र ५ नम्बर प्रदेशका सीमा क्षेत्रमा यस्तो तस्करी बढी हुन थालेको छ। 

_x000D_ _x000D_

तस्करी बढ्न थालेपछि केही दिनअघि निगमले गृह मन्त्रालयसँग सहयोग माग गरेको छ। ‘तस्करी रोक्न सुरक्षा व्यवस्था थप चुस्त बनाउन र जाँचपास प्रभावकारी देखिएको छ,’ उनी भन्छन्। 

_x000D_ _x000D_

अहिले एकैपटक मूल्यमा ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था नरहेका कारण सुरक्षा संयन्त्रमार्फत नै तस्करी रोक्नुपर्ने दावी निगमको छ। तेलमा अपचलन बढ्न थालेपछि निगमले पछिल्लो समय ट्यांकरमा लकिङ प्रणाली सुरु गरे पनि अन्य सवारी साधनबाट अपचलन हुने क्रम रोकिन सकेको छैन

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित बुधबार, कात्तिक २६, २०८२
तोलामा २१ सय घट्यो सुन बुधबार, कात्तिक २६, २०८२
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्