• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

कर्णालीका दर्जनौं ठूला आयोजना अलपत्र

64x64
नेपाल लाइभ सोमबार, माघ ७, २०८१  १३:४४
1140x725

सुर्खेत– ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहुवर्षीय आयोजना अलपत्र परेका छन्। 

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापर्वाहीले अलपत्र परेका हुन्।

मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच/पाँच कालीकोट तथा मुगुका चार/चार आयोजना अलपत्र अवस्थामा छन्। यस्तै, सल्यान र रुकुम पश्चिमका दुई/दुई वटा बहुवर्षीय योजना ठेकेदारको लापर्वाहीका कारण अलपत्र रहेको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर इन्जिनीयर प्रवीण कार्कीले जानकारी दिए। उनका अनुसार जुम्ला र डोल्पामा एक/एक आयोजना अलपत्र अवस्थामा छन्।


सूचीमा सांसदको पनि कम्पनी

यसरी काम अलपत्र पार्नेमा बहालवाला सांसदको निर्माण कम्पनीसमेत रहेको पाइएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरका १३ वटा सडक निर्माणको जिम्मा पाएको ‘कान्छाराम कन्स्ट्रक्सन’ ले कामै नगरी अलपत्र अवस्थामा सडक निर्माणको काम छोडेको छ। २०७८ भदौ १७ गते कान्छाराम कन्सट्रक्सनले सडक कालोपत्रे गर्ने र त्यसको समयावधि २०७९ फागुन मसान्तसम्मको थियो।

समय सकिँदा समेत हालसम्म ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। यो निर्माण कम्पनीले मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयसँग १२ करोड ९४ लाख ३६ हजारमा सम्झौता गरेको थियो। अहिलेसम्म वित्तीय प्रगति २५ प्रतिशत मात्रै रहेको छ।

यस्तै, ३० प्रतिशत मात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्को काम अलपत्र पर्दै आएको छ। श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको छ। २०७९ असार १६ गते करिब रु ५० लाखमा ठेक्काको सम्झौता भएको थियो।

२०८१ मङ्सिर २३ गते यो ठेक्काको अन्तिम भाका रहेकामा म्याद सकिएको छ। यहाँ बस्तीस्तरको विवाद रहेको भन्दै काम अगाडि बढ्न नसकी अलपत्र अवस्थामा छ। यो आयोजनाको वित्तीय प्रगति ३६ प्रतिशत मात्रै छ।

Ncell 2
Ncell 2
nimb
nimb

जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माणका लागि २०७८ माघ २५ गते १५ करोड ५२ लाख ५१ हजारको सम्झौता भए पनि हालसम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशत मात्र काम गरेको छ। २०८२ पुस ४ गतेसम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिलाइ भएको छ।

नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय, जाजरकोटमा छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण गर्ने भन्दै ठेक्का लिएको पुलको हालसम्म ३० प्रतिशत मात्र काम गरेको छ। म्याद थपेर ठेक्का २०८२ जेठ २ गतेसम्म लम्ब्याइएको छ।

निर्माण व्यवसायीले पुल निर्माणमा चासो नै नदेखाएकाले काम ढिला भएको भन्दै जिल्लास्थित पूर्वाधार विकास कार्यालयले प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पत्राचार समेत गरेको छ। यो आयोजनाको रकम रु चार करोड ८८ लाख रहेको छ। यस आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ भने वित्तीय प्रगति २९ प्रतिशत मात्रै रहेको सूचना अधिकारी कार्कीले बताए।

जाजरकोटकै बारेकोट गाउँपालिका-८ साँघुतरा र नलगाड नगरपालिका-५ सिर्केस्थित मोटरेबल पुलसमेत अलपत्र पर्दै आएको छ। नेपाल मेगा सिस्ने जेभीले नै २०७८ साउन २९ गते पुल निर्माणको ठेक्का लिएको थियो। हालसम्म उक्त पुलको काम नै हुन सकेको छैन। यस आयोजनाको लागत रु तीन करोड नौ लाख ८८ हजार रहेको छ। निर्माण व्यवसायीले काम गर्नका लागि अहिलेसम्म आयोजनास्थलमै नपुगेको भनी पूर्वाधार विकास कार्यालय, जाजरकोटले मन्त्रालयमा पत्राचार गरेको छ। यसको म्याद २०८२ असार २० गतेसम्म थप गरिएको छ।

Xtrem

Xtrem

नारायनम् निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माणका लागि २०७९ जेठ २३ गते लिएको ठेक्काको भौतिक प्रगति ५० प्रतिशत रहेको छ। २०८१ जेठ २९ गते म्याद सकिएको यो आयोजनाको लागि प्रदेश सरकारले रु चार करोड ६५ लाख विनियोजन गरेको थियो। आयोजना अहिले अलपत्र अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

सल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–८ बाँकेले २०७९ जेठ ३० गते रु दुई करोड ४८ लाख ७८ हजारमा पुलको ठेक्का हात पार्‍यो। यो पुलको ठेक्काको म्याद थपसहितको २०८१ जेठ २९ गते समाप्त भइसकेको छ। यसको भौतिक प्रगति ४५ प्रतिशत मात्र छ। कालीकोटको सेरी पान्तडी पद्माघाट जुम्ला सडक (बहुवर्षीय योजनासमेत) निर्माणको ठेक्का खड्का कृष्ण सुपरस्टार जेभीले २०७७ जेठ २ गते रु चार करोड ५६ लाखको ठेक्का लियो। तर उक्त ठेक्काको काम हालसम्म ४० प्रतिशतमात्र भएको मन्त्रालयका सूचना अधिकारी कार्कीले बताए। २०८० जेठ ३० गते नै यस ठेक्काको म्याद सकिएको थियो।

वारातु सियाला रेगिंल सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय कालीकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २०७८ वैशाख २६ गते रु दुई करोड ९८ हजारको सम्झौता गरेर हालसम्म २८ प्रतिशतमात्र काम गरेर बीचमै छोडेको छ। यसको म्याद थपसहितको अन्तिम मिति २०८२ वैशाख ३० गते रहेको छ।

कालीकोटको पताला-९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवा/जगदम्बा/सुपरस्टार जेभीले २०७७ असार ३० गते रु दुई करोड ९९ लाख ४७ हजारको सम्झौता भएको थियो। सम्झौताको मिति सकिएर पनि २०८१ असार २० गतेसम्मको म्याद थप गरिएको तर थपिएको म्यादमा पनि काम नसकिएर अलपत्र अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

जाजरकोटमा पक्की पुल निर्माण गर्न २०७७ असोज १३ गते हिराचन/कारभान/सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म उक्त ठेक्काको २५ प्रतिशत मात्र रहेको छ। म्याद थपसहितको अन्तिम २०८१ जेठ ३० गते सकिएको थियो। यो आयोजनाको रकम रु १३ करोड २६ लाख ३९ हजार रहेको छ।

उता दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र परेको छ। यसको ठेक्का बिरूवा सिद्धान्त शृङ्गेश्वर जेभीले लिएको थियो। यो आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति ३८ मात्रै छ। यो आयोजनाको लागि रु १९ करोड ९४ लाख रहेको छ। यो सडक पटकपटक निर्माण गर्दा पनि निर्माण व्यवसायीले काम अगाडि बढाउन नचाहेको मन्त्रालयले जनाएको छ।

साङ्गेतडा–ब्रिन्दासैनी–चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ। कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामा÷लोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ। सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको काम समेत अलपत्र रहेको छ।

दैलेखका सात वटा आयोजनाहरु ठेकेदारको लापर्वाहीका कारण अलपत्र परेको जनाइएको छ। रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ। निर्माण व्यवसायी सम्पर्कमा नआएको जनाइएको छ। यो आयोजनाको रकम रु तीन करोड २५ लाख रहेको छ भने यसको भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगती ५४ प्रतिशत छ भने यो आयोजनाको म्याद २०८२ जेठसम्म रहेको छ।

सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनक/जयदेवी जेभीले अलपत्र परेको छ। रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्ग/जागृती जेभीले निर्माणमा समस्या बनाउँदै आएको मन्त्रालयले बताएको छ। मङ्गलगढी काँक्रेविहार सडक योजना अमर/सिस्ने/मेघा जेभीले बीचमै अलपत्र पारेपछि उक्त कम्पनीलाई कालो सूचीमा राखेर अर्को कम्पनीलाई कामको जिम्मा दिइएको छ। कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनक/जयदेवी/सनलाइट जेभीले लिएर अलपत्र पारेको छ। हुम्ला, मुगु, डोल्पा, सल्यान लगायतका जिल्लाका ठूला आयोजना पनि अलपत्र अवस्थामा रहेको जनाइएको छ।

कालोसूचीमा राख्छौं : मन्त्री बुढा

प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढाले व्यवसायीसँग छलफल गरिरहेको र काम छिटो अगाडि बढाउन निर्देशन दिएको बताए छ। उनले समयमै काम सक्नुपर्ने भन्दै केही आयोजनाको ठेक्का सम्झौता थप समेत गरिएको र अझै निर्माणको काममा लापर्वाही भए कालोसूचीमा राख्न बाध्य हुने चेतावनी दिए।

‘हामीले बारम्बार छलफल गरेर निर्देशन पनि दिएका छौं’, उनले भने, ‘कतिपय आयोजनाको म्याद थप पनि गरिएको छ, सकरात्मक ढङ्गले काम समयमै सक्न अन्तिम पटक मौका दिने र अझै पनि नभए कालोसूचीमा राखेर अगाडि बढ्ने तयारी छ।’रासस


 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अझै बन्द शनिबार, असोज १०, २०८३
शनिबार देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्