काठमाडौं – गायिका अस्मिता अधिकारी र शिव सागर खड्काको आवाजमा रहेको च्वाँके बालेर सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ।
भिडियोमा विवेक कार्की र अम्बिका तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ। गीतको भिडियोमा क्यामेरामा विशाल थापा, सम्पादनमा नकुल खड्का, ड्रोनमा राकेश गुरुङ प्रोड्क्सनमा विक्रम तामाङ, मेकअपमा सृष्टि थापा, सहायक निर्देशकमा सुनिल बुढाथोकीको रहेको छ।
गाउँघरको चालचलन र परिभेषको कथा रहेको हुनाले स्वर्गको टुक्रा सिक्लेसमा आएर भिडियो बनाइएको यस भिडियोका निर्देशक दिलीप समनले जानकारी दिएका छन्। सोही गीतलाई बजारमा समीप इन्भेस्टमेन्ट युट्युबद्वारा सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।