काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सरिक भएका छन्।
उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सो समारोहमा विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।