काठमाडौं – मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर भएको छ।
भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ।
यस अघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो।
यस्तै उम्मेदवारमाथीको दाबी विरोधको समय पनि बढाइएको छ। यस अघि शुक्रबार साँझ ७ बजेसम्म मात्रै दाबी विरोधको समय तोकिएकोमा संशोधित कार्यतालिका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि दाबी बिरोधको समय तोकिएको छ।
यस्तै उम्मेदवारको मनोयन फिर्ता लिने समय एक घण्टा बढाइएको छ। यस अघि शनिबार बिहान १० बजेसम्म फिर्ता लिने समय रहेकोमा शनिबार बिहान ११ बजेसम्म थपिएको छ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि आधा घण्टा ढिलो हुने भएको छ। यस अघि शनिबार बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा आधा घण्टा बढाएर साढे ११ बजे सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।