• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, प्रत्येक नेपालीका थाप्लामा ८३ हजार ४३१ रुपैयाँ

64x64
नेपाल लाइभ बुधबार, साउन ९, २०८१  ११:३९
1140x725

काठमाडौँ- नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ। गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। 

सो ऋणलाई नेपालको कूल जनसंख्या अनुसार प्रतिव्यक्तिका दरले भाग लगाउने हो भने एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ हुन आउँछ। आर्थिक वर्ष २०७९/०८० सम्म प्रतिव्यक्ति ऋण ७८ हजार ८४० रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँ थपिएको छ। 

कूल सार्वजनिक ऋणमध्ये १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ बाह्य (विदेशी) ऋण लिएको छ भने ११ खर्ब ८० अर्ब ९० करोड ९४ लाख रुपैयाँ आन्तरिक ऋण लिएको सरकारी तथ्यांकमा उल्लेख छ। 

१ वर्षमै थपियो साढे ३ खर्ब ऋण, एक महिनामै लिइयो ३२ अर्ब
एक वर्षमा सरकारले साढे ३ खर्ब ऋण लिएको छ। २०८०/०८१ मा सरकारले ४ खर्ब ५२ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ प्राप्ति भएको कार्यालयले जनाएको छ। यो कूल सार्वजनिक ऋण लक्ष्यका ७९ प्रतिशत हो। आन्तरिक ऋण प्राप्ति ९७.६८ प्रतिशत र बाह्य ऋण प्राप्ति लक्ष्यको ५८.१० प्रतिशत रहेको छ।

कूल सार्वजनिक ऋणमध्ये वर्षभरिमा १ खर्ब २३ अर्ब ६० करोड ८१ लाख रपैयाँ बाह्य ऋण प्राप्ति गरेको छ भने २ खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ आन्तरिक ऋण लिएको छ। यस्तै २०८०/०८१ को असार महिनामा मात्रै सरकारले ३२ अर्ब ८९ करोड ५८ रुपैयाँ ऋण लिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ऋण लिएर ऋणको सावाँ-ब्याज भुक्तानी
सरकारले ऋण लिएर सार्वजनिक ऋणको सावाँ-ब्याज भुक्तानी गर्ने गरेको कार्यालयको तथ्यांकले देखाउँछ। साढे ३  खर्ब ऋण लिएको सरकारले गत आर्थिक वर्षमा सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीका ३ खर्ब ५ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ। यो वार्षिक लक्ष्यको आधारमा ९२.५४ प्रतिशत हो। गत वर्षका लागि सरकारले ३ खर्ब ३० अर्ब ७१ रुपैयाँ सार्वजनिक ऋणको सावाँब्याज भुक्तानी गर्न लक्ष्य राखेको थियो। 

२ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ आन्तरिक ऋणको सावाँ-ब्याज भुक्तानीमा खर्च भएको छ। जसमध्ये आन्तरिक ऋणको सावाँ भुक्तानीमा १ खर्ब ८२ अर्ब ६२ करोड ३३  लाख रुपैयाँ खर्च गरेको छ भने ब्याज भुक्तानीमा ७२ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ। 

यस्तै बाह्य ऋणको सावाँ-ब्याज भुक्तानीमा ४९ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। जसमध्ये बाह्य ऋणको सावाँ भुक्तानीमा ४० अर्ब ७२  करोड ४१ लाख रुपैयाँ खर्च भएको छभने ब्याज भुक्तानीमा ९ अर्ब २६ करोड ३९ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

Xtrem
Xtrem

कुल गार्हस्थ उत्पादनको ४२ प्रतिशत सार्वजनिक ऋण
नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४२ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ। गत आर्थिक वर्षको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हो। यसमा पनि आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र वाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत देखिन्छ।

कूल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात पछिल्लो १० वर्षमा तलमाथि हुँदै आएको छ। आव २०७०/०७१ मा जीडीपीको २८.५१ प्रतिशत रहेकोमा आव २०७५/०७६ मा ३०.२५ प्रतिशत पुगेको थियो। आर्थिक वर्ष २०७९/०८० मा जीडीपीको ४२.७ प्रतिशत सार्वजनिक ऋण रहेको थियो।

१० वर्षमा सार्वजनिक ऋण ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। २०७२ सालमा गएको भूकम्पको पुनर्निर्माणमा ठूलो स्रोत ऋण रहेको र कोभिड महामारी र संघीयता कार्यान्वयनमा खर्चमा समेत ऋणको भर पर्दा सार्वजनिक ऋण बढेको छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
आज विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज १२, २०८३
राजमार्ग अवरुद्ध हुँदा डेढ लाख बढी सिलिन्डर ग्यास बाटोमै, काठमाडौंमा अभावको जोखिम नेपाल आयल निगमका अनुसार वीरगञ्ज भन्सारबाट ग्यास लोड भएर आएका बुलेटमध्ये केही चितवनको रामनगर, केही हेटौंडा तथा अन्य सुरक्षित स्थानमा... आइतबार, असोज ११, २०८३
हिमलुङमा १४ नेपाली सम्पर्कविहीन, उद्धारमा मौसम बाधक हिमालयन होलिडेजको टोलीका शेर्पा, गाइड तथा सहयोगी कर्मचारी सम्पर्कविहीन भएपछि उद्धारका लागि काठमाडौं र पोखरामा हेलिकोप्टर तयारी अवस्थ... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्