काठमाडौं- कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन बनाउने घोषणा गरिएको छ।
तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा 'कोटेश्वर इन्टरसेक्सन' बनाउनका लागि बजेट सुनिश्चित गरिएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।
बजेट प्रस्तुत गर्दै उनले ग्वार्कोमा फ्लाइओभर बनाइने बताएका छन्।
सरकारले कोटेश्वरको इन्टरसेक्सनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।