काठमाडौं– प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।
शुक्रबार नेपाल प्रहरी निरीक्षक आधारभूत तालिम ११८२ औं समूहको दीक्षान्त समारोहमा प्रथम हुने प्रशिक्षार्थी परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन्।
नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई उक्त पुरस्कार प्रदान गरिन्छ।
परियार नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं (पीजीडीपीजेड १३ औं) सर्वप्रथम भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।