काठमाडौं– चालू वर्ष ५ हजार ६०५ सरकारी कार्यालय संगठित संस्था तथा अन्य संस्थाको ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरिएकोमा महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
आइतबार ६१ औ वार्षिक प्रतिवेदनको सारंस प्रस्तुत गर्दै ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गर्दा ९८ अर्ब ६० करोड बेरुजु पुगेको जनाएको छ।
जसमध्ये संघीय मन्त्रालय नता निकायको २४ खर्ब ६१ अर्ब ११ करोडको लेखापरीक्षण गरिएकोमा ४६ अर्ब ५४ करोड बेरुजु रहेको छ।
प्रदेश मन्त्रालय तथा निकायको ३ खर्ब २३ अर्ब ३४ करोड रुपैयाँको लेखारीक्षण गरिएकोमा ६ अर्ब ५७ करोड बेरुजु रहेको छ।
स्थानीय तहको बेरुजु ३१ अर्ब १ करोड रहेको छ। स्थानीय तहको ११ खर्ब ३९ करोड १९ अर्ब रुपैयाँको लेखापरीक्षण गरिएको थियो। जसअनुसार स्थानीय तहको सबैभन्दा बढि बेरुजु देखिएको छ।
संघीय संस्था समिति र अन्य संस्थाको ३९ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको लेखापरीक्षण गरिएकोमा १० अर्ब ६४ करोड रुपैयाँ बेरुजु देखिएको छ। प्रदेश संस्था, समिति र अन्य संस्थाको ३७ अर्ब ४९ करोडको लेखापरीक्षण गरिएको मा ८४ करोड बेरुजु देखिएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।