काठमाडौं- नेपाल खेलकुद महासंघले रक्तदान कार्यक्रम गरेको छ।
महासंघको उपत्यका विशेष प्रदेश कमिटीले राष्ट्रिय खेलकुद परिषद् परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेको जानकारी महासंघ उपत्यका विशेष प्रदेश कमिटीका सह-इन्चार्ज रुमेश कटवालले जानकारी दिए।
यस्तै महासंघका इन्चार्ज हिलारी बोहराका अनुसार रक्तदानका लागु दुईसय बढिले फर्म भरेको भएपनि विविध कारणले सबैले रक्तदान गर्न नपाएको महासंघले ३१ औं मदन-आश्रित स्मृति यो कार्यक्रम गरेको हो।
कार्यक्रमलाई नेपाल रेडकर्स सोसाइटी र राष्ट्रिय खेलकुद परिषद, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।