काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायर खेल मंगलबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुँदैछ। खेल राति ७:४५ बजे अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सुरु हुनेछ।
पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ।
कोलकाता लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै प्ले-अफ चरणमा प्रवेश गरेको हो। लिग चरणमा १४ मध्ये ९ खेलमा जित र दुई खेल बराबरी गर्दै कोलकाताले २० अंक प्राप्त गरेको थियो।
हैदराबाद भने लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले-अफ चरणमा प्रवेश गरेको हो। हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ खेल जितेको थियो।
कोलकाता नाइट राइडर्सको टोली
श्रेयष ऐयर (कप्तान), सुनिल नारायण, रहमानुल्लाह गुरबाज (विकेटकिपर), अंगकृष रघुवंशी, वेंकटेश ऐयर, आन्द्रे रसेल, रिंकु सिंह, मिचेल स्टार्क, हर्षित राणा, वैभव अरोड र वरुण चक्रवर्ती।
सनराइजर्स हैदराबादको टोली
प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मारकंडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।